Archive for November 4th, 2007

आन्दोलित विद्यार्थी र आपूर्ति मन्त्रालयका पदाधिकारीबीच वार्ता

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
पेट्रोलियम पर्दाथको मूल्यवृद्धिको बिरोधमा आन्दोलन गर्दै आइरहेका आठ बिद्यार्थी संगठन र नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुबीचको वार्ता आज हुँदैछ।

राजधानीको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा बिहान ११ बजेपछि वार्ता हुने भएको हो।
यसअघि शुक्रवार भएको वार्तामा आठ विद्यार्थी संगठनका नेताहरु तथा आयल निगमका पदाधिकारीहरु सहभागी भए पनि आपूर्ति मन्त्रालयका कुनै पनि पदाधिकारी नआएपछि वार्ताले औपचारिकता पाउन सकेको थिएन।

अस्तिको वार्ताका क्रममा आयल निगमले मूल्यवृद्धि गर्नुपर्ने कारणबारे तयार पारिएको तथ्यहरु उपलब्ध गराएको थियो। आज निर्धारित समयमै त्रिपक्षीय वार्ता हुने नेपाल विद्यार्थी संघका महामन्त्री मनोजमणि आचार्यले जानकारी दिनुभयो। आठ विद्यार्थी संगठनहरुले यसअघि मुल्यबृद्धि तत्काल फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आयल निगमसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

Popularity: 9%

Add comment November 4th, 2007

सेउती खोलामा गए राति भएको मोटर साइकल दुर्घटनामा एकको मृत्यु

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
गए राति १० वजे सुनसरीको तरहरास्थित सेउती खोला नजिक दुर्घटना हुंदा को २ प १९७१ नम्वरको मोटरसाइकल चालक सन्तोष कटुवालको घट्ना स्थलमै मृत्यु भएको छ।

मोरङ कसेनी ५ निवासी कटुवालसंगै मोटरसाइकलपछि वसेका इटहरीका मोहन थापाको सामान्य उपचारपछि वडा प्रंहरी कार्यालय धरानले नियन्त्रणमा राखेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Popularity: 9%

Add comment November 4th, 2007

अज्ञात समूहद्वारा कांग्रेस कार्यकर्ताको अपहरण

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
गए राति आठ वजे सिरहाको लहान नगरपालिका ३ अस्पताल चोकमा रहेको सन्तोष लजका सञ्चालक तथा काग्रेस कार्याकर्ता वेचन यादवलाई अज्ञात समूहले अपहरण गरेको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार आफ्नो लजवाट सडकतर्फ जादै गर्दा यादवलाई अपहरण गरिएको थियो। यादवको अपहरणमा संगलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

Add comment November 4th, 2007

राजनीतिक सहमति जुटाउन आज सातदलीय बैठक बस्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
माओवादीद्वारा संसदमा प्रस्तुत गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणालीको बारेमा सहमति जुटाउने अन्तीम प्रयास स्वरुप आज सातदलिय गठबन्धका शीर्ष नेताहरुको बैठक बस्दैछ।

अहिले विहान प्रधानमन्त्रि निवास बालुवाटारमा बस्ने भनिएको शीर्ष नेताहरुको बैठकमा माओबादी प्रस्तावका बारेमा संसदमा मतदानको अवस्था आउन नदिन सहमित खेाज्ने जनाइएको छ। संसदमा प्रस्तुत राजनितिक प्रस्ताब बारे दलहरुवीच सहमति नजिक पुग्न लागेको भन्दै थप छलफलका लागि संसदको बिशेष अधिबेशन मतदानको अन्तिम चरणमा पुगेको बेला आज सम्मका लागि स्थगित गरिएको थियो।

संसदमा दलहरुवीच मतदानको अवस्था आउन नदिनका लागि सहमति खोज्ने भनिएपनि संसदमा प्रस्तुत राजनीतिक एजेण्डाका बारेमा दलहरुवीचमा कुनै सहमति भने कायम भइसकेको छैन। काग्रेसले संसदबाट गणतन्त्रको संकल्प प्रस्ताब पारित गरेर संविधानसभाले अनुमोदन गर्ने आफ्नो पुरानो अडानमा यथावत रहने निर्णय गरेको छ।

त्यस्तै हिजो बसेका अन्य दलका बैठकले पनि सहमतिको कुनै बिकल्प निकाल्न सकेका छैनन। आज बस्ने शीर्ष नेताहरुको बैठक सहमितमा नपुगेमा संसदमा मतदानको प्रक्रियाद्वारा राजनीतिक प्रस्ताबको टुंगो लगाइनेछ।

Popularity: 9%

Add comment November 4th, 2007

भर्जिनियामा काँग्रेसीहरुको भेटघाट तथा चियापान

गौतम दाहाल भर्जिनिया,अमेरिका / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
नेपाली काँग्रेसमा आस्थावान् र नेपालमा रहँदा काँग्रेसको विभिन्न निकायमा रहेर काम गरिसकेका सक्रिय काँग्रेसीहरुको पहलमा शनिवार यहाँ आपसी भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ।

वी.पी. कोइरालाको मेलमिलापको नीतिसँगै हरेक वर्ष नेपालमा काँग्रेसले पनि यस्तो चियापानको आयोजना गर्दै आएको सन्दर्भमा अमेरिकाको राजधानीको छिमेकी राज्यमा पनि काँग्रेसका आस्थावान कार्यकर्ताहरुले यो चियापानको आयोजना गरेका हुन्। विजया दशमी तथा दीपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा वासिङ्टन डि.सी.,भर्जिनिया र मेरिल्याण्ड राज्यमा छरिएर रहेका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति थियो।

कार्यक्रममा कार्यवाहक नेपाली राजदूत कालीप्रसाद पोखरेलले यस किसिमको कार्यक्रमले आपसी सौहाद्रता र परिचयको क्रमलाई बढाउने धारणा व्यक्त गर्दै नेपाली संस्कृति र पहिचानलाई अभिवृद्धि गर्ने काममा सबैले प्रयास गर्नुपर्छ भन्नुभयो। नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री वीरमणी ढकालले जो जहाँ रहेपनि पार्टीको सांगठनिक हितका लागि काम गर्नुपर्छ भन्नुभयो। अमेरिकामा विद्यमान जनसम्पर्क समितिको विवाद बारे चर्चा गर्दै ढकालले स्पष्ट रुपमा भन्नुभयो ‘विभाजित र विवादित जनसम्पर्क समितिको कुनै औचित्य छैन। मुलुकमा दुई पार्टी समेत एक भईसकेको स्थितिमा अमेरिकामा फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ र असहमत पक्षलाई समेत समेट्नुपर्छ।’ स्मरणीय छ ढकाल यसअघि विवादित समूहको नेतृत्वको पक्षमा बोल्नुहुन्थ्यो र एकपक्षीय ढंगमा भएको कनेक्टिकट भेलामा समेत उहाँ सहभागी हुनुहुन्थ्यो। ढकालले जनसम्पर्क समितिको आपसी विवाद र असहमतिका बारेमा दुवै समूहसँग समन्वय गरी समाधानको विन्दू पत्ता लगाउन आफूले पहल गर्ने घोषणा समेत कार्यक्रममा गर्नुभयो।

आयोजकका तर्फबाट बोल्दै राजेन्द्र रावतले विदेशमा रहेपनि मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सबैले सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। उहाँले डि.सी. मेट्रो क्षेत्रमा हालसम्म काँग्रेसप्रति आस्थावान कार्यकर्ता र शुभचिन्तकहरुको कुनै औपचारिक संगठन नभएकोले गर्दा कार्यक्रम केही शुभचिन्तक साथीहरुको पहलमा आयोजना गरिएको जानकारी दिनुभयो। रावतले पनि जनसम्पर्क समितिभित्रको आपसी विवादलाई चाँडै समाधान गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

आपसी परिचयको क्रममा बोल्ने सबैले काँग्रेसप्रति आस्थावान सबैजना एउटै जनसम्पर्क समितिभित्र समेटिनु पर्ने र त्यसका लागि विवाद समाधान गर्नमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। यसै क्रममा जनसम्पर्क समिति, अमेरिकाका सचिव गौतम दाहालले समितिका अध्यक्ष आनन्द विष्टको शुभकामना सन्देश सुनाउँदै आफूहरु पनि विवाद लम्ब्याएर लैजाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले समितिका अध्यक्ष विष्ट हाल नेपालमा रहेता पनि आफूहरुको तर्फबाट विवाद समाधानका लागि समन्वय गर्ने काममा पूर्ण सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्नु नहुने भन्दै उहाँले यसै भेटघाटबाटै त्यस्तो समन्वयको नेतृत्व तयार गरिएपनि आफूहरुलाई आपत्ति नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जनसम्पर्क समितिका कोषाध्यक्ष रामहरि सुवेदी, नेपाली काँग्रेस समन्वय समिति, मेरिल्याण्डका संयोजक नारायण थापालगायतले पनि काँग्रेसप्रति आस्थावान सबै साथीहरु मिलेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

नेपाली काँग्रेसको व्यानरमा यसरी चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको यो क्षेत्रमा यो नै पहिलो कार्यक्रम हो।

Popularity: 9%

Add comment November 4th, 2007

अपहरित पत्रकारको रिहाइको माग गर्दै आजदेखि देशभर विरोध प्रदर्शन

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
नेपाल पत्रकार महासंघले माओवादीद्वारा अपहरित पत्रकार वीरेन्द्र साहको सकुशल रिहाईको माग गर्दै आजदेखि देशभर विरोध प्रदर्शन गर्ने भएको छ।

महासंघको हिजो राजधानीमा बसेको बैठकले आज देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष विष्णु निष्ठूरीले जानकारी दिनुभयो। राजधानीमा आज महासंघले सिंहदरबार दक्षिण गेटमा संसद बैठक सुरु हुने समयमा धर्ना दिने कार्यक्रम समेत तय गरेको छ।

सरकार र माओवादी दुवैले पत्रकार साहको अवस्था सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म साहको अवस्था अज्ञात रहेकोले महासंघले विरोधको कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

Popularity: 9%

Add comment November 4th, 2007

फोरमद्वारा सरकार र संसद विघटनको माग

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले तत्काल वर्तमान सरकार र संसद विघटन गर्नुपर्ने बताउनुभएको छ।

उहाँले सरकार र संसद दुबैको औचित्य समाप्त भएको जिकिर गर्दै विघटन गरेर सर्वपक्षीय चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो। मधेसी जनअधिकार फोरमद्वारा रुपन्देहीको मर्चबारमा शनिवार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनआन्दोलन दई र मधेस आन्दोलनले वर्तमान सरकार र संसदलाई संविधानसभा निर्वाचन सम्पन्न गर्ने र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने म्याण्डेड दिएको तर सरकार र संसद दुबैले ती कुरा पुरा गर्न नसकेको आरोप लगाउनुभयो।

उहाँले आन्दोलनको भावना अनुरुप काम गर्न नसकेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपर्ने बताउनुभयो। सरकार र फोरमबीच भएको सहमति र सम्झौता कार्यान्वयन नभएको जनाउंदै यादवले मंसिर ५ सम्म सरकारले सम्झौता कार्यान्वयन नगरे फोरमले आन्दोलन गर्ने चेतावनी दिनुभयो।

Popularity: 9%

Add comment November 4th, 2007

राजनीतिक संकटको अन्त्य चाडैः कांग्रेस कार्यवाहक सभापति कोइराला

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशिल कोइरालाले राजनीतिक दलहरुबीचको विश्वासको संकट चाडै अन्त्य हुने बताउनुभएको छ।

हातेमालो संचारले शनिवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले अहिलेको मुख्य काम संविधान सभाको चुनाव गर्नु भएकाले चुनावी बातावरण बनाउन सबै दल लाग्नुपर्ने बताउनुभयो। काँग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेकेा उल्लेख गर्दै उहाँले राजनीतिक सहमतिबाट संसदको बिशेष अधिबेशन अन्त्य गर्नर्ुपर्ने बताउनुभयो।

कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य देबेन्द्र पौडेलले गणतन्त्र राज्यकै एजेण्डा भएकाले गणतन्त्र घोषणामा ढिलो गर्न नहुने बताउनुभयो। उहाँले माओवादी संबिधानसभाको चुनावप्रति प्रतिबद्ध रहको बताउनुभयो।

Popularity: 9%

1 comment November 4th, 2007

राजनीतिक समस्याको समाधान मतदानबाट होइन आपसी छलफलबाट

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ४ -
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अहिले देखिएको राजनीतिक समस्याको समाधान मतदानबाट नभै आपसी छलफलबाट हुनुपर्ने बताउनुभएको छ।

झापाको विर्तामोडमा शनिवार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री सिटौलाले राजनीतिक दलहरु मुलुकको हितमा भन्दा व्यक्तिवादी सोचाइमा लागेकाले मुलुकको अवस्था ब्रि्रँदै गएको टिप्पणी गर्नुभयो। राजनीतिक दलहरुको विचार र सिद्धान्त फरक भए पनि समस्या समाधानको लागि एक हुनुको विकल्प नरहेको उहाँको भनाई थियो। एकआपसमा दोष लगाएर समस्याको समाधान निस्किँदैन भन्दै उहाँले एकआपसमा दोषारोपण गर्ने बानी छाडेर मुलुकको हितको बारेमा सोच्नुपर्ने बताउनुभयो।

Popularity: 9%

Add comment November 4th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....