Archive for November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहको शव आज भेटिएको छ। साहको शव बाराको डुमरवाना गाविस -७ तागिया नजिकै भौमथ घाटको जंगलमा गाडिएको अवस्थामा भेटिएको हो।
साहले लगाएको कपडा र चश्माको आधारमा शव साहकै भएको पुष्टी परिवारले गरेको छ। ४ दिनदेखि प्रहरी टोलीले शव खोजे पनि नभेटेपछि तालिम प्राप्त कुकुरको सहयोगमा आज शव फेला परेको हो। एक महिनाअघि असोज १८ गते काठ तस्करीको समाचार संकलन गर्न बोलाएर साहको माओवादी कार्यकर्ताहरुले गोली हानी हत्या गरेका थिए। साहको भोलि शवयात्रा गरी अन्त्यष्ठी गरिने बताईएको छ।
यसअघि प्रेस चौतारी नेपालको नेतृत्वमा काठमाण्डौंका सञ्चारकर्मीको टोलीले आज बिहान कलैयास्थित पत्रकार वीरेन्द्र साहको निवास पुगेको छ। टोलीले स्वर्गिय साहकी पत्नी उमरावती देवी, घरपरिवार र स्थानीय प्रहरी प्रशासन, सञ्चारकर्मी र मानवअधिकारकर्मीसँग भेटेको छ। भेटका क्रममा स्वर्गिय साहकी पत्नीले आफ्नो पतिलाई जुनसुकै स्थितिमा भएपनि सार्वजनिक गर्न पहल गरिदिन आग्रह गर्नुभएको थियो।
पत्रकार टोलीमा प्रेस चौतारीका अध्यक्ष बालकृष्ण चापागाई, गनेश बस्नेत, गगन विष्ट, महासंघका केन्द्रीय सदस्य सूर्य थापा, भीमसेन राजवाहकलगायत रहनुभएको छ।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
ए एफ सी अन्डर ज्ञढ छनौट प्रतियोगिता अर्न्तर्गत यमनविरुद्धको खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा यमनले नेपाललाई ३-० ले हराएको हो।
खेलको पहिलो हाफसम्म दुबै टोलीबाट कुनै गोल नभए पनि दोश्रो हाफमा यमनले लगातार ३ गोल गर्यो। यमनले खेलको ६५, ६६ र ७१ औं मिनेटमा लगातार गोल गरे पनि नेपालले १ गोल पनि गर्न सकेन र ३-० को पराजय भोग्नुपर्यो। प्यालेष्र्टाईन र अफगानिस्तान सहभागी नभएपछि आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको थियो।
Popularity: 16%
November 8th, 2007
- मोती चाम्लिङ
वर्तमानमा मात्र होइन सर्वकालीन समाजका हरेक क्षेत्रमा अध्यारा र उज्याला पक्ष हुन्छन् नै। मानिसले हरक्षण अध्यारा पक्षहरुलाई पराजित गर्न जानी नजानी संघर्ष गरिरहेको हुन्छ। तवर तरिकाहरु कुनै मूर्त हुन्छन् भने कुनै अमूर्त हुने गर्दछन्। जीवन हार र जीतको प्रश्नमा जोडिएको एउटा निश्चित यात्रा पनि हो। त्यसैले, जीतको अपेक्षा जति धेरै हुन्छ त्यति नै हारको संभावना पनि प्रचुर मात्रामा रहन्छ। फेरि कुनै हारहरु जीतको प्रतिकात्मक हुन्छन् त कुनै जीतहरुमा हार प्रतिविम्वित भइदिन्छन्। (more…)
Popularity: 16%
November 8th, 2007
नेकपा (एमाले), बेल्जियम कमिटि
नेकपा (माओवादी) ले बाराका पत्रकार बीरेन्द्र साहलाई अपहरण गरी नृशंस हत्या गरेको समाचारले सिंगो मानव जगतलाइ नै स्तब्ध बनाएको छ। बीरेन्द्र साहको अपहरण गरी जंगली शैलिमा गरेको कत्लेआमलाई हरेक बहानाबाजी गरेर लुकाउन असफल भएको कथित क्रान्तिकारी माओबादी नेतृत्वले एक महिना पुगिसक्दा पनि ती हत्यारा अपराधी जल्लादहरुलाई प्रशासन समक्ष नबुझाउनुले माओबादीले मानबीय समबेदना पूर्णरुपमा गुमाईसकेको पुष्टि हुन्छ। माओबादीका यस्ता अक्षम्य तथा जघन्य अपराधहरुको नेकपा-एमाले), बेल्जियम कमिटि तीब्र आक्रोश, घृणा तथा घोर भर्त्सना गर्दछ र साथै माओबादी नेतृत्वलाई आमरुपमा माफी माग्दै ती जल्लादहरुलाई तत्काल प्रशासनमा बुझाउन र बर्बर जङ्गली शैलीका अराजक तथा अपराधिक कृयकलापमा संलग्न आफ्ना कार्यकर्ताहरुलाई पूर्णरुपमा नियन्त्रणमा राखी एउटा जिम्मेवार पार्टीको भूमिका निर्बाह गर्न जोडदार माग गर्दछ।
पत्रकार बीरेन्द्र साहलाई अपहरण गरी बर्बर हत्या गर्ने जंगली माओबादी जल्लादहरुलाई तत्काल गिरफ्तार गरी हदै सम्मको काबार्ही गर्न र पत्रकार बीरेन्द्र साहलाई सहिद घोषणा गरी आबश्यक क्षतिपूर्ति प्रदान गर्दै बीरेन्द्र साहको परिबारजनको भरण-पोषण लगायत सम्पूर्ण सुरक्षाको राज्यले जिम्मा लिन नेपाल सरकार समक्ष नेकपा (एमाले), बेल्जियम कमिटि जोडदार माग गर्दछ।
सरस्वति चापागांइ
सचिब
नेकपा (एमाले), बेल्जियम कमिटि
…………………………………………………………….
Motherland Nepal.
Condemn for the criminal act of killing of Journalist Birendra Shah.
We felt very sorry and our heart was crying when we read that Journalist, Birendra Shah was kidnapped and killed mercilessly later. Anyone easily can guess how will be the future of press freedom and fate of Nepali people if Maoist rules the country. How we can believe that Maoist will rule in democratic way, communists don’t believe in democratic election any where in the world. Communist are the dictators, They can’t take truth & criticism that’s why They do not like press freedom too.
We Motherland Nepal and Nepali in the bay area,
Strongly condemn this dreadful, heinous and inhumane act of Maoist.
They must be punished for this act and we all are behind the journalist of Nepal.we are doing a small help for the Birendra Shah’s family, from our side, but we want the criminals to be punished harshly and no such crime will occur again by the Maoist in Nepal.
Long live Motherland!!!
Long live Nepal!!!
Anil pandey
President
Sajjan Pandey
(Secretary)
Motherland Nepal.
……………………………………………………
ANNFSU, C.C.
All Nepal National Free Students Union strongly condemns the assignation of Central Member of Press Chautari Late Birendra Sha by moist barbarically. The killing has reminded us the inhuman, uncultured and barbaric act of Maoist.
ANNFSU express its condolence on the unrecoverable loss of the beloved one of late Birendra Sha’s family and family member of Federation of Nepal Journalist Association. We strongly demand justice for the family and arrest for the murder and compensation to his family and good education to his family.
Lastly, ANNFSU is in favor of human rights, rule of law and democratic values.
InSolidarity
Thakur Gaire
Chairperson
ANNFSU, C.C.
……………………………………………………………………….
Reporters Without Borders
Press release
6 November 2007
NEPAL
Maoists confess that journalist Birendra Shah was killed the day he was kidnapped
Reporters Without Borders said today it was shocked and deeply saddened to learn of the death of Birendra Shah after Maoist leaders told a press conference that the journalist had been killed on the day he was kidnapped exactly one month ago.
The press conference was told that party cadres had abducted and killed 34-year-old Shah, who worked for privately-owned Nepal FM radio, Dristri Weekly and Avenues TV in Bara, southern Nepal.
The Maoist leaders said it had been established that Shah had been beaten to death on 5 October 2007, the day he was snatched. A local newspaper revealed that it was Lal Bahadur Chaudhary, a member of the Maoist Bara regional committee who personally carried out the fatal beating of the journalist.
An investigative commission set up the Maoist movement reported that Shah was kidnapped on the orders of Lal Bahadur Chaudhary. Two other party cadres, Kundan Faujdar and Ram Yekbal Sahani, helped him to abduct and murder the journalist. They then buried him in the jungle region some 160 kilometres from the capital. Lal Bahadur Chaudhary has reportedly fled to India to avoid arrest.
“We urge the authorities to take the necessary steps against those who committed this vile murder,” the worldwide press freedom organisation said. “The killers of Birendra Shah have already been identified for several days. They should be arrested and tried. The investigation should also identify the instigators of the murder. We also urge the Maoist leaders to rapidly punish all cadres and militants implicated in this killing and recent attacks against journalists.”
The organisation expressed its sincere condolences to Shah’s family and colleagues. He is the second journalist to be killed since the fall of King Gyanendra’s regime in April 2006, which preceded a return to democracy.
……………………………………………………………………….
नेपाल पत्रकार महासंघ यूएइ सम्पर्क समिति
दामोदर नेपाल, यूएइ / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
नेपाल पत्रकार महासंघ यूएइ सम्पर्क समितिले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी एक महिनाअघि माओवादीद्वारा अपहरण गरिएका पत्रकार वीरेन्द्र साहको हत्याले प्रवासमा रहेका सम्पूर्ण पत्रकार जगत स्तब्ध भएको जनाउँदै दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेको छ।
हरेक नेपालीको स्वतन्त्र पूर्वक बाँच्न पाउनु पर्ने अधिकार सुनिश्चित हुनु पर्ने अवस्थामा स्वतन्त्रपूर्वक आफ्नो पेशामा संलग्न एक पत्रकारको हत्या हुनुले प्रेस स्वतन्त्रता र मानवअधिकारको हनन मात्र होइन सम्पूर्ण नेपालीहरुको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ। पत्रकार जगतले सदैव समाजको हितलाई ध्यानमा राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सबैमा जाहेर नै छ। समाजमा घट्ने घट्ना हुन् वा सामाजिक संरचना विथोल्न गरिने प्रयास हुन् ती सबैको सार्वजनिकीकरण नै पत्रकारिताको मूल ध्येय हुन्छ। गलत नियतले कसैको पनि व्यक्तिगत विषयमा कलम चलाइनु हुन्न, यो पत्रकारिताको मर्म हो। तर कसैबाट व्यक्तिगत स्वार्थका खातिर भए गरेका गलत कामहरु र कर्तुतहरुको भण्डाफोर गर्दै सामाजिक विकासमा लाग्न हरेकलाई सुसूचित गर्दा पत्रकारहरु नै शिकार बन्नु यो कस्तो विडम्वना - अझ देशमा शान्ति सुरक्षा प्रदान गरी हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा बोकेर बसेको सरकारको नालायकी पनले त देशमा सरकार नै छ कि छैन भन्ने शंका उब्ज्याइरहेको छ।
नेकपा माओवादीले अंगिकार गरेको क्रान्तिकारी धार र नयाँ नेपाल निर्माणको दिशामा लाग्ने कार्यकर्ता के यस्तै हुन् त, जसले एउटा जुझारु पत्रकारलाई समाचार सम्प्रेषण गरेकै आधारमा निर्ममतापूर्वक हत्या गर्न सक्छन् ? यस्ता बर्बर र निर्दयतापूर्वक गरिएका हत्याका श्रृंखलाले पत्रकारको कलम बन्द हुने होइन अझ तिखारिएर जाने कुरा हामी सबैलाई जानकारी गराउँदछौं। माओवादीको तर्फबाट भएका यस्ता गैर जिम्मेवारपूर्ण घटनाको हामी घोर भर्त्सना गर्दछौं । साथै पत्रकार साहको हत्यामा संलग्न दोषीहरुलाई तुरुन्त नियन्त्रणमा लिई हदैसम्मको कारवाही गर्न हामी सकारसँग जोडदार रुपमा माग गर्दछौं।
Popularity: 17%
November 8th, 2007
राजबहादुर गुरुङ, पोखरा/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
सरकारका एक जना बरिष्ठ मन्त्रीले वर्तमान सरकारको नेतृत्व परिबर्तन कुनै पनि हालतमा हुन नसक्ने बताउनु भएको छ।
सात दलीय एकता कायम राख्नका लागि पनि नेतृत्व परिबर्तनमा जाना नहुने बरु संसदमा रहेका १२ दलीय एकतालाई समेत एक ठाउंमा ल्याउने पक्षमा आफू रहेको शिक्षामन्त्री प्रदिप नेपालले बताउनु भएको हो। ‘यो एउटा लहड हो एक ताका नागरिक समाजको नेतृत्वमा सरकार बनाउने लहड आएको थियो’ अहिले माधब नेपालको लहड आएको छ, यस्ता लहडले मुलुकलाई कमजोर बनाउने समेत मन्त्री नेपालले प्रष्टयाउनु भयो।
उहांले बर्तमान अबस्थाको अन्यौल ल्याउनुमा नेकपा माओबादी र नेपाली कांग्रेसको हठ भएको बताउंदै शिक्षा तथा खेलकुद मन्त्री प्रदिप नेपालले गणतन्त्र र पूर्ण समानुपातिक निर्बाचनको माग नेकपा एमालेको भएतापनि माओबादी पार्टीले बेइमानी गर्दै आफूहरुको भनाइएको बताउनु भएको छ।
संसदमा एमालेले प्रस्ताबको पक्षमा मतदान नगरेको भए माओबादी हत्या हिंसामा लाग्न सक्ने र कांग्रेसलाई साथ छाडदा राजासंग मिल्न सक्ने खतरा रहेको हुंदा बिचको धारबाट दुबैलाई मिलाएर जाना बाध्य रहेको बताउनु भयो।
यसै बिच शिक्षा मन्त्री प्रदिप नेपालले कवि जनार्दनशरण त्रिपाठीद्वारा रचित नेपाल श्री महाकाब्य को बिमोचन गर्नुभयो। कार्यक्रममा मन्त्री नेपालले साहित्य चेतनाको संवाहक भएको बताउंदै मुलुकमा हाल जातिय राज्यको अबधारणा आएको छ त्यो गलत हो भन्नुभयो। नेपाली समाजमा धर्म, संस्कृति, भाषा सबै मिश्रति प्रणालीको रहेको हुनाले पनि यसलाई जगेर्नामा लाग्न कवि, कलाकारहरुलाई शिक्षा मन्त्री नेपालले आग्रह गर्नुभयो।
कार्यक्रममा समाजसेवी चन्द्रमान गुरुङले शिक्षा, साहित्यले नै समाजमा चेतना जगाउने हुंदा साहित्यिक क्षेत्रलाई अझ फराकिलो बनाउंदै अघि बढन आग्रह गर्नुभयो।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अब सुरु हुने अन्तरिम संसदको नियमित अधिवेसनलाई शान्ति र सहमतीको अधिवेशन बनाइने बताउनुभएको छ।
आज विराटनगरमा संचारकर्मीहरुसग कुरा गर्दै प्रधामन्त्री कोइरालाले मंसिर ३ गते सुरु हुने अधिवेशनलाई शान्ति अधिवेशनको रुपमा रुपान्तरण गर्ने बताउनुभयो। उहाँले विशेष अधिवेशनले पारित गरेका विषयलाई फेरि हिउदे अधिवेशनमा राखिने कोइरालाले जानकारी पनि दिनुभयो। उहाँले २०६४ साल भित्रै चुनाव गर्ने प्रतिवद्धता दोहोर्याउँदै सात पार्टी मिलेर निर्वाचनको नयां मिति तोकिने बताउनुभयो।
प्रधानमन्त्री कोइरालाले सरकारको नेतृत्व गर्नु फाटेको जुत्ता लाएजस्तै भएको भन्दै प्रधानमन्त्री पदलाई जतिखेर पनि फाल्न सकिने धारणा राख्नु भयो। उहांले आफू प्रधानमन्त्री पदबाट हटे जनता सामु जाने समेत बताउनुभयो। संसदबाट गणतन्त्र र समानुपातिक निर्वाचनको प्रस्ताव पारित भएको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले दुई तिहाई बहुमतले पारित नगरेसम्म संविधान संसोधन नहुने बताउनुभयो। उहाले माओवादी सरकारमा नआई चुनाव हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्रीले उनीहरु सरकारमा आएनन् भने चुनाव चाँहदैनन् भन्ने कुरा प्रष्ट हुने धारणा राख्नुभयो।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
प्रधानमन्त्री कोइरालाले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने र वीरेन्द्र साहको परिवारलाई सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभएको छ।
मोरङका पत्रकारहरुसँग आज विराटनगरमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बचन व्यक्त गर्नुभएको हो। भेटमा पत्रकारहरुले प्रधानमन्त्रीलाई पत्रकार साहलाई सहिद घोषणा गर्न र दोषीलाई कारवाही गर्न माग गरेका छन्। पत्रकार महासंघ मोरङका सभापति शिवबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले कोइरालालाई पत्रकार साहका बालबच्चाको भरण पोषणको माग समेत गरेको छ।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तर्राईको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।
आरामका लागि विराटनगर पुग्नुभएका प्रधानमन्त्री कोइरालाले आज बिहान आफ्नै निवासमा पूर्वाञ्चलका सुरक्षा अधिकारीहरुसँगको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। उहाँले सुरक्षा अधिकारीहरुसँग पूर्वाञ्चलको सुरक्षा अवस्थाका बारेमा जानकारी पनि लिनुभएको थियो।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
बारा र चितवनमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। घटनामा परी अन्य १७ यात्रु घाइते भएका छन्।
काठमाडौबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ३ ख २९२६ नम्बरको सितारा ट्राभल्सको बस गए राति महेन्द्र राजमार्गमा पर्ने बाराको आधाभारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतक सुनसरी जिल्लाको डुमरवा- ७ भलुवाही निवासी चौधरी थरका २५ वर्षीय यूवक रहेको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। मृतकको पुरा नाम खुल्न सकेको छैन। घाइतेहरुमा झापाको जुगडी ६ निवासी दिपक अधिकारी, सुनसरी गणेशपुरको राजेश चौधरी, मोरङ राजगढ ५ निवासी प्रेम गुरुङ, झापा चन्द्रगढीका सागर मैनाली लगायत रहेका छन्।
घाइतेमध्ये १० जनाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र बाँकी १० जनाको पथलैयाको क्लिनिकमा उपचार भइरहेको छ।
यस्तै काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ख ७३३८ नम्बरको बस गएराति त्रिशूलीमा खसेर एकजनाको मृत्यु भएको छ। चितवनको दारेचोक गाउँ विकास समितिको घोप्टेभीरबाट ट्रक नदीमा खसेर दुर्घटना हुँदा ट्रकका खलासी हेटौंडाका नवीन तामाङको मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुगलिङले जनाएको छ।
Popularity: 16%
November 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ८ -
महोत्तरीमा गएराति डाँका र प्रहरीबिच भएको भिडन्तमा एक प्रहरी जवानको मृत्यु भएको छ। महोत्तरीको नैनी १ थरुवाही गाउँमा डकैत गर्न गएका डाँका र खबर पाउने बित्तिकै गस्तिका लागि त्यहां पुगेका प्रहरी टोलीबीच भएको भिडन्तमा प्रहरी जवान बिन्देश्वर साहको मृत्यु भएको हो।
डाँकासँगको भिडन्तमा घाइते भएका दिनेश साहको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठामा उपचार भई रहेको छ। डाँकाहरुले उक्त गाउँ बाट झण्डै चार लाख बराबरको धनमाल लुटि लगेको जनाइएको छ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शिक्षा तथा खेलकुदमन्त्री एवं नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले संसदबाट गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनसम्बन्धी प्रस्ताव हालै बहुमतबाट पारित भएपनि त्यो कार्यान्वयन हुन नसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
काभ्रेको बनेपामा भूतपूर्व सैनिक सङ्गठन काभ्रेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काङ्ग्रेसबिना दुइ तिहाई बहुमत नपुग्ने र काङ्ग्रेस विपक्षमा रहेकोले त्यो प्रस्ताव कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
एमाले स्थायी समिति र केन्द्रीय समितिको निर्णय बिना नै माओवादीसँग एमालेले तालमेल गरेको खुलासा गर्दै उहाँले यसले एमालेको महाधिवेशन नजिक आएकाले एमालेको नेतृत्वमाथिनै प्रश्नचिह्न उभिएको र उक्त निर्णय एमाले केन्द्रीय समितिले अनुमोदन नगर्ने पनि दाबी गर्नुभयो ।
संविधानसभाको चुनाव जति र्सर्दै गयो, त्यति राजतन्त्रको आयु लम्बिने बताउँदै उहाँले काङ्ग्रेस र माओवादीको हठले राजतन्त्रलाई सहयोग पुर्याइरहेको बताउनुभयो ।
पत्रकार वीरेन्द्र साहको हत्या गरेर माओवादीले निरङ्कुश शैली अपनाएको पनि उहाँले टिप्पणी गर्नुभयो ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्थानीय प्रशासनले शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै सप्तरीका पाँच सय निजामती कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।
जिविस सप्तरीका नायब सुब्बा प्रभुनारायण यादवको हत्यापछि शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन तथा आफूहरुको मागप्रति राज्य गम्भीर नभएको भन्दै कर्मचारीहरुले सामूहिक राजीनामा दिएको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र कार्कीले बताउनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन सप्तरीका अध्यक्ष ढकबहादुर अधिकारीको नेतृत्वमा कर्मचारीहरु प्रजिअ गणेशबहादुर खत्रीसमक्ष राजीनामा दिन गएका थिए ।
तर बन्द कार्यालय खोलेमात्र राजीनामा स्वीकार गर्ने प्रजिअ खत्रीले बताएपछि हुलाकमार्फत् सरकारसमक्ष राजीनामा पठाइएको सङ्गठनका अध्यक्ष अधिकारीले बताउनुभयो ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बलात्कारको आरोपमा प्रहरीले आज १४ बर्षको एक बालकलाई पक्राउ गरेको छ ।
मोरङ, पथरी घर भएका ती बालकले आफ्नै छिमेकको पाँच वर्षीया बालिकालाई दुई दिनअघि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालतर्फ लगिएको छ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महोत्तरी जिल्लाको पोखरभिण्डा गाविसका २० घर सार्की परिवार स्थानीय उच्च जातिका भनिनेहरूबाट दिइएको यातनाका कारण बिचल्लीमा परेका छन् ।
पोखरभिण्डाका २० घर सार्की परिवारले एक स्थानीय यादवको घरको सिनो नफालेको निहुँमा निजहरुलाई यादवहरुले पानी-पँधेरो, सार्वजनिकस्थल, मिल आदि जान रोक लगाएका छन् ।
खेतमा धान काट्न, वनमा दिसापिसाव गर्न तथा छरछिमेकीसँग बोलचाल गर्न समेत सार्कीहरुलाई यादव जातिले रोक लगाएका छन् ।
यसैक्रममा उनीहरूले फूलबाबु महरालाई आफ्नो साइकल पसल खोल्न नदिएको, सुरेश रामलाई औषधी पसल खोल्न नदिएको, वीरेन्द्ररामलाई धान कुट्ने मिलवाट हटाएको, बच्चाहरुलाई ट्युसन पढ्न नदिएको तथा महिलाहरुलाई वनमा दिसा-पिसाब गर्नजानबाट समेत स्थानीय बुद्धि यादव, कैलाश यादव, रामसेवक शाहा लगायतकाले रोक लगाएका छन् ।
सार्की परिवारहरुलाई अरुले सहयोग गरेमा जरिवाना गर्ने चेतावनी समेत दिइएको पीडित जिती महरा, वीरेन्द्र महरा, महेन्द्र तथा दलित जनजाति पार्टी जिल्ला कार्य समिति सदस्य रामसागर महराले बताउनुभयो ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले कालिकोट जिल्ला धौलागोह गाविस वडा नं- ८ र ९ का सक्रिय कार्यकर्ता १४ जनालाई स्थानीय माओवादी कार्यकर्ता गोरीकला बिकको नेतृत्वमा आएको माओवादीको समूहले यही कात्तिक ७ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको र घाइतेलाई उपचार गर्न अन्यत्र जानसमेत नदिएकोमा निन्दा गरेको छ ।
पार्टीले यही कात्तिक १६ गते रुपन्देही जिल्ला क्षेत्र नं. ७ तेनुहवा गाविसका पार्टी कार्यकर्ता अब्दुलमोकिम मुसलमानका भाइ अब्दुलवकिललाई हतियारधारी समूहले अपहरण गरी बेपत्ता बनाएको जनाएको छ ।
नेकपा माओवादीद्वारा गत वर्ष पुस ११ गतेदेखि रोल्पा जिल्ला तालावाङ गाविस-९ नेपाली काङ्ग्रेसका कार्यकर्ता कमानसिंह खड्काको कब्जामा लिइएको घरसम्पत्ति फिर्ता गर्न पनि पार्टीले माग गरेको छ ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पत्रकार वीरेन्द्र साहको हत्याको भर्त्सना गरेको छ ।
जिम्मेवारहरुलाई कानुन तथा अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डअनुरुप अभियोजन गर्न राज्यअधिकारीहरुले पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नु अव अपरिहार्य भएको छ भन्दै उच्चायुक्तको कार्यालय नेपालले राज्यअधिकारीहरुलाई सहयोग गर्न नेकपा (माओवादी) ले साहको शव रहेको ठाउँ पत्ता लगाउने कुरालाई प्राथमिकता दिने विश्वास गरेको छ ।
उच्चायुक्तको कार्यालयले व्यक्तिहरुलाई सोधपुछ, अभद्र व्यवहार वा अझ नराम्रो कामका लागि अज्ञात स्थलतर्फलैजाने कार्यले र्सवाधिक आधारभूत मानवअधिकार सिद्धान्तको उल्लङ्घन गर्ने बताएको छ ।
उच्चायुक्तको कार्यालयले नेकपा -माओवादी)का सबै तहमा यस्ता कार्य अन्त्य होऊन् भन्ने सुनिश्चित गर्न नेतृत्वलाई आह्वान गरेको छ ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुर तिहार मनाइँदैछ । इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ ।
आज गृहस्थीहरू कुकुरको पूजाका साथै माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने गरिन्छ ।
आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ ।
युधिष्ठिरलाई र्स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ । अन्तरिक्षमा ‘लाइका’ नामक कुकुर पनि पुग्न सकेको छ ।
यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नुको अर्थ प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व छ भन्ने जीवनदर्शन रहेको छ ।
Popularity: 16%
November 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पत्रकार वीरेन्द्र साहको हत्याको विरोधमा सुदूरपश्चिमका पत्रकार महासङ्घका शाखाहरुले नेकपा (माओवादी)का समाचार बहिस्कार गर्ने निर्णय गरेका छन् ।
अपराधीलाई कारवाही तथा पीडितका परिवारलाई क्षतिपूर्ति माग राख्दै आन्दोलनमा उत्रिएका सुदूरपश्चिमका छवटै शाखाले संयुक्त विज्ञप्ति जारी गर्दै सो कुरा जनाएका हुन् ।
माओवादीका स्थानीय कार्यकर्ताबाट साहको हत्या गरिएको पुष्टि भइसक्दा पनि माओवादीले सार्वजनिक रुपमा माफी नमागेको जनाउँदै शाखाहरुले आगामी मङ्सिर २ गतेसम्म माओवादीको कुनै पनि समाचार सम्प्रेषण सम्पादन तथा प्रकाशन नगर्ने बताएका छन् ।
मृतक साहलाई सहिद घोषणा गरिनुपर्ने तथा उनका छोराछोरीको पठनपाठन र परिवारको पालनपोषण व्यवस्थाको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै शाखाहरुले ती मागको सुनुवाइ नभए कडा सङ्घर्ष गरिने चेतावनी पनि दिएका छन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा शाखाले संयुक्तरुपमा सो विज्ञप्ति जारी गरेका हुन् ।
घटनाको विरोधमा सुदूरपश्चिमका विभिन्न स्थानमा नारा, जुलुस, धर्ना, कोणसभालगायत सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकामा सम्पादकीयसमेत बहिस्कार गरिएको छ ।
विज्ञप्तिमा यसअघि अपहरित कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको स्थितिसमेत सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।
Popularity: 16%
November 8th, 2007