Archive for November 10th, 2007

प्रधानमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल संवतको नयाँ वर्ष११२८ को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्रीले यस उपलक्ष्यमा दिनुभएको शुभकामनामा ‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिन्छ । नेपाल सम्बत् त्यही कालको इतिहास, सभ्यता र संस्कृतिको एक जीवन्त धरोहर हो भन्नुभएको छ ।’

‘देशवासीको हक र हितलाई दमन गर्ने क्रममा हाम्रो इतिहास र संस्कृतिको साश्वत र मौलिक पक्षहरूलाई पनि धेरै कालसम्म दबाएर राखियो । लोकतन्त्रको स्थापना र पुनर्स्थापनापछि मात्र हामीलाई ती सबैको पुनरुत्थान गर्ने अवसर प्राप्त भएको हो । त्यसैकारण उदार लोकतान्त्रिक परिपाटीमा मात्र हाम्रा यावत कुराहरूको समूचित विकास हुन्छ भन्ने यथार्थलाई हामी कसैले पनि बिर्सनु हुँदैन,’ उहाँले आफ्नो शुभकामनामा उल्लेख गर्नुभएको छ ।

‘नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाको योगदानको कदर गरेर उहाँलाई हामीले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेका छौं भन्दै प्रधानमन्त्रीले नेपाल संवत्लाई त्यही रूपमा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै गतवर्षआफूले यसका कतिपय विषयहरूको शोध र सन्धान गर्न आग्रह गरेको बताउनुभएको छ ।

‘नेपाल विभिन्न जातजाति, धर्मावलम्बी एवं भाषाभाषी भएको एक प्राचीन मुलुक हो । एकले अर्काको भाषा, धर्म, संस्कृति, चार्डपर्व तथा रीतिरिवाजहरूको आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ तर यो परम्परामा अवरोध ल्याएर हामीलाई विभाजित मनःस्थितिमा राख्ने र राष्ट्रलाई कमजोर पार्ने नियोजित प्रयत्नहरू हुन थालेका छन् भन्दै प्रधानमन्त्री कोइरालाले शुभकामानामा भन्नुभएको छ यसप्रति हामीले समयमा नै सजग हुनर्ुपर्छ र आपसमा सहयोग, स्नेह र सद्भाव स्थापित गरेर राष्ट्रलाई मजबुद पार्ने कार्यलाई सदैव अक्षुण्ण राख्नु पर्छ ।

‘नेपाल संवत् हाम्रो आफ्नै धरतीबाट उठेको सम्बत् हो । यसलाई हामीले हाम्रो पारस्परिक एकताको सम्बन्ध सूत्रको रूपमा विकसित गर्न सक्नुपर्छ’, प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गर्नुभएको छ ।

Popularity: 9%

1 comment November 10th, 2007

तिहारको चौथो दिन मनाइँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महान् चाड तिहारको चौथो दिन आज देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ ।

आज आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ ।

द्वापरयुगमा कृष्णले आफ्नै हातले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसैबेलादेखि गोबर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ ।

आजै हिन्दु धर्मअनुसार अति पवित्र मानिने गाईपूजा गरिन्छ ।

मानव जीवनमा गाईको दूधलाई पोषण तत्वको रूपमा लिइनुका साथै विभिन्न धार्मिक कार्यमा यसको गहुँत र गोबर पनि प्रयोग गरिन्छ ।

यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ ।

यस्तै आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ।

संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि र्सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ ।

Popularity: 9%

1 comment November 10th, 2007

नेपाल संवतको नयाँ वर्ष मनाइँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल संवत् ११२८ आज देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले इ.सं. ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको प्रारम्भ गर्नुभएको हो ।

नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो ।

नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतत्लाई पुनर्जीवन गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।

नेपाल सम्बत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधर साख्वालाई सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Popularity: 9%

Add comment November 10th, 2007

हत्या गरिएका पत्रकारको अन्तिम संस्कार सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीद्वारा अपहरण गरी हत्या गरिएका पत्रकार वीरेन्द्र साहको हिजो बराडिलवागाउँमा अन्तिम संस्कार गरियो ।

दाहसंस्कारअघिको शवयात्रामा नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारी तथा बारा र पर्साका पत्रकार सहभागी थिए ।

कलैयास्थित उहाँको घरमा राखिएको साहको पार्थिव शरीरमा पत्रकार महाङ्घको झण्डा ओढाइएको थियो ।

महासङ्घका उपाध्यक्ष शिव गाउँले, महासचिव महेन्द्र विष्ट, कोषाध्यक्ष हेमन्त काफ्ले, सदस्य सूर्य थापा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईं, उपाध्यक्ष गणेश बस्नेत, महासचिव गगन विष्ट, कोषाध्यक्ष भीमसेन राजबाहक, प्रेस काउन्सिलका सदस्य दीपेन्द्र चौहानलगायत महासङ्घ, प्रेस चौतारी, प्रेस युनियनका प्रतिनिधि, पत्रकार, सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि बस्याल, प्रहरी उपरीक्षक श्याम खत्री समेतले फूलमाला अर्पण गरी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

शवलाई कलैया नगर परिक्रमा गर्राई दुधोरा नदीमा लगी अन्तिम संस्कार गरिएको थियो ।

पत्रकार साहलाई गत असोज १८ गते बाराको उमजनस्थित पिपरा बजारबाट माओवादीले अपहरण गरी हत्या गरेका थिए ।

Popularity: 9%

Add comment November 10th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....