Archive for November 11th, 2007

बेल्जियममा महाकवि देवकोटा जयन्ती सम्पन्न

सम्वाददाता ब्रसेल्स, बेल्जियम / एचकेनेपाल डट कम, नोभेम्बर ११-
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९ औं जन्म जयन्ती समारोह १० नोभेम्बरका दिन बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न भएको छ।

कृष्ण बजगाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा देवकोटाको बहुआयमिक ब्यक्तित्वका बारेमा उहाँले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई गीतकार बिमल गिरीले स्वागत गर्नु भएको थियो। रमेश कँडेलको कुशल उद्घोषणमा सञ्चालित कार्यक्रममा कुम शाहीले महाकविप्रति श्रद्धा ब्यक्त गर्दै महाकविको ‘यात्री’ कविता वाचन गर्नु भएको थियो। बिमल, गिरी, कृष्ण बजगाईं, बिनिता रिमाल, रमेश कँडेल, संजु नेपाल, टिकाराम शर्मा आदिले आ-आफ्ना कविता गीत तथा गजल वाचन गर्नु भएको थियो।

देवकोटा जयन्ती मनाउन उपस्थित सोही भेलाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको पुर्नगठन गरेको छ। कृष्ण बजगाईं अध्यक्ष रहेको उक्त समितिमा उपाध्यक्ष बिमल गिरी, महासचिव रमेश कँडेल, सचिव शंकर बजगाईं, कोषाध्यक्ष कुम शाही, सदस्यमा खिम गुरुङ र बिनिता रिमाल रहनु भएको छ। हाललाई ७ सदस्य पदाधिकारी रहेको उक्त समितिमा बाँकी सदस्य तथा सल्लाहकार पछि थप्ने निर्णय गरिएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर पुर्नगठन गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट पठाईएको पत्र र अनेसासका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष होमनाथ सुवेदीले नयाँ कमिटिलाई पठाउनु भएको शुभकामना पत्र रमेश कँडेलले पढेर सुनाउनु भएको थियो।

Popularity: 9%

Add comment November 11th, 2007

राजीनामा फिर्ता लिन गृहमन्त्रालयको आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्रालयले स्थानीय कार्यालयको काम बन्दबाट र्सवसाधारणलाई मर्का पर्ने र अराजक समूहलाई नै फाइदा पुर्‍याउने हुँदा स्थानीय तहका कर्मचारीले दिएको भनिएको राजीनामा फिर्ता लिई आ-आफ्नो काममा सरिक हुन सबै कर्मचारीलाई नेपाल सरकारका तर्फबाट अपिल गरेको छ ।

मन्त्रालयद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा तर्राईका केही जिल्लामा देखिएको शान्ति सुरक्षाको अवस्था र संवेदनशीलताप्रति सप्तरीका कर्मचारीले देखाएको चिन्ता र चासोलाई समेत दृष्टिगत गरी कर्मचारीलगायत र्सवसाधारणको जीउधनको सुरक्षा व्यवस्थालाई स्थानीय प्रहरी प्रशासनबाट भरपर्दो बनाउन थप प्रयत्न भइरहेको पनि स्पष्ट गरिएको छ ।

मन्त्रालयले पूूर्वी र मध्य तर्राईका केही जिल्लामा विभिन्न सशस्त्र समूहका नामबाट र्सवसाधारणको अपहरण गर्ने, फिरौती असुल गर्ने, लुटपाट र हत्या-हिंसा गर्नेजस्ता कार्यहरू विगत केही समयदेखि शृङ्खलाबद्ध रूपमा भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा हालै मात्र जिल्ला विकास समिति सप्तरीका नासु प्रभुनारायण यादवलाई सदरमुकामबाट घर फर्किदै गर्दा गोली हानी हत्या गरेको घटनाप्रति नेपाल सरकार, गृहमन्त्रालयका तर्फबाट दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमा हत्यामा संलग्न जुनसुकै समूहका व्यक्तिलाई तदारूकताकासाथ खोजी गरी कानुनको दायरामा ल्याई सख्त कारबाही गर्न सरकार प्रतिबद्ध भएको जनाउँदै हत्याराको खोजी गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिइसकिएको उल्लेख छ ।

Popularity: 9%

Add comment November 11th, 2007

माअ‍ोवादी र राजाबीच साँठगाँठ छः मन्त्री

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङल नेकपा (माओवादी)का नेताहरू राजा ज्ञानेन्द्रसँग घाँटी जोड्न पुगेको आफूले सुनेको बताउँदै माओवादीका पछिल्ला अस्थिरतावादी गतिविधिले प्रतिगामी शक्तिलाई बल पुगेको आरोप लगाउनुभयो ।

उहाँले राजा ज्ञानेन्द्र व्यक्तिगत पूजाआजाका लागि मठमन्दिर धाउने गरेको भन्ने भनाइप्रति आफू असहमत रहेका स्पष्ट गर्दै भन्नुभयो-”नवदुर्गाको पूजा गर्न राजा ज्ञानेन्द्र कुनै न्हुच्छेलाल महर्जन भएर होइन, राजाले पाएको सांस्कृतिक हैसियत प्रदर्शन गर्न गएका हुन् ।”

राजालाई ती स्थानमा जान दिनुहुँदैन भन्ने पक्षमा आफू रहेको भए पनि प्रधानमन्त्रीले व्यक्तिगत रूपमा पूजाआजा गर्न चाहनेलाई दिनुपर्छ भनेको खुलासा पनि उहाँले गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले नेकपा (माओवादी)को सहभागिताबिना पनि संविधानसभाको निर्वाचन हुन्छ भन्नुभयो । मन्त्री गुरुङले भन्नुभयो- “निर्वाचन राष्ट्रिय आवश्यकता हो, त्यसैले नेकपा -माओवादी) या कुनै दलले भाँजो हाल्दैमा राष्ट्रिय आवश्यकताको परिपूर्ति गर्नबाट वञ्चित हुनुहुँदैन ।”

Popularity: 9%

1 comment November 11th, 2007

मन्त्रीहरुलाई लेटरप्याडमा नेपाल संवत् प्रयोग गर्न निर्देशन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल सम्वत् सबै नेपालीको साझा सम्वत् भएकाले यसलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानद्वारा नेपाल सम्वत् ११२८ को अवसरमा मध्यपुर थिमीस्थित शङ्खधर साख्वाः चोकमा आयोजित माल्यार्पण कार्यक्रममा शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उहाँले नेपाल सम्वत्लाई आजैदेखि मौलिक सम्वत्का रूपमा सुरुवात गर्ने बताउनुभयो ।

उहाँले आजैबाट देशमा नयाँ युगको थालनी भएको घोषणा गर्दै अब प्रधानमन्त्रीको लेटरप्याडमा नेपाल सम्वत् उल्लेख हुने पनि जानकारी दिनुभयो । सो अवसरमा उहाँले सबै मन्त्रीलाई आफ्नो मन्त्रालयको लेटरप्याडमा नेपाल सम्वत् राख्न पनि निर्देशन दिनुभयो ।

सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले तत्कालीन आठ राजनीतिक दलबीच बृहत् छलफल र सहमतिपछि सम्झौता भई निर्माण गरिएको अन्तरिम संविधानलाई संसदबाट गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचनप्रणालीको माग गरी केही दलले उल्टयाउने प्रयास गरेको आरोप लगाउनुभयो ।

संसद्बाट हालै पारित प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अन्तरिम संविधान संशोधन गर्नुपर्ने र सोका लागि दुइ तिहाइ बहुमत आवश्यक भएको बताउँदै उहाँले त्यसका लागि बृहत् छलफल आवश्यक भएको औँल्याउनुभयो ।

काङ्ग्रेसलाई जबर्जस्ती घेराबन्दी गरेर बाध्य पार्ने कल्पना नगर्न आग्रह गर्दै मन्त्री पौडेलले काङ्ग्रेसलाई चित्त बुझेमा मात्र काङ्ग्रेस सो प्रस्तावप्रति सहमत हुने बताउनुभयो ।

कार्यक्रममा विज्ञान तथा वातावरणमन्त्री महन्थ ठाकुरले नेपाल सम्वत्लाई र्सवसाधारणसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले अब बन्ने नयाँ संविधानमा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा राखिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले नेपाल सम्वत्कै दिनदेखि नेपालीहरूले शान्ति कायम गर्ने प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका नेवाः देय् दबुका अध्यक्ष मल्ल के. सुन्दर, इमेज च्यानलका अध्यक्ष आर.के. मानन्धर, इतिहासविद् जगदीशचन्द्र रेग्मी, मदनकृष्ण श्रेष्ठलगायतले नेपाल सम्वत्लाई व्यवहारमा लागु गर्न संसद् र मन्त्रिपरिषद्बाट तत्काल निर्णय गर्नुपर्ने बताउनुभएको थियो ।

Popularity: 9%

Add comment November 11th, 2007

कतारमा दीपावली साँझको वाहवाही (+Photo)

कतारमा दीपावली साँझको वाहवाही
दुई दर्जन अतिथि सम्मानित

सुविन श्रेष्ठ, दोहा कतार / प्रतिनिधि एचकेनेपाल डट कम, नोभेम्बर ११ -
तिहारै आयो, लौ झिलिमिलिको संगीतमा उपस्थित सबैले स्वदेशमा रहेको अनुभूति गरे। परिवेश र माहौल समेत स्वदेशमय बन्न पुग्यो। यस्तो अवसर भने फैमिली म्युजिक ग्यालरी कतारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमले जुराएको हो। (more…)

Popularity: 9%

Add comment November 11th, 2007

घाचोकमा देवकोटा जयन्ती

राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम, नोभेम्बर ११ -
सधैभरी शहर बजारमा मात्र केन्द्रीत साहित्यिक पर्व यस पटक ग्रामिण भेगमा समेत मनाएका छन्। ९९ औ लक्ष्मी प्रसाद देबकोटा जन्मजयन्तीको अबसर पारी कास्की जिल्लाको सुदूर पूर्वी गाऊं घाचोकमा स्थानिय सिर्जना साहित्य सदनद्वारा प्रकाशित सिर्जना पत्रिकाको ५ औ संस्करण लोकार्पण भएको छ।

सो क्षेत्रका सांसद एबं अन्तरिम संसदका बिधायक प्रकाशबहादुर गुरुङले एक समारोहबीच लोकार्पण गर्दै कला, गीत संगीत, शिक्षाले समाजमा भएका समस्याहरुलाई उजागार गर्दै समुन्नत समाज निर्माणमा प्रेरित गराउने बताउनुभयो। सांसद गुरुङले बिकट र ग्रामिण बस्तीहरु बिकासको क्रमसंगै बिस्थापित हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै भएका र रहेकाहरुले अन्य क्षेत्रको सहयोगमा सिर्जनाका कृतिहरुलाई बचाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पोखराबाट गएका साहित्यिक ब्यक्तित्वहरु कृष्ण भण्डारी ‘मुमुक्षु’ गिरि प्रसाद गुरुङ, राजेन्द्र चापागाइ, देबराज तिवारी, महेश्वर पोखरेललगायतले साहित्यिक कृतिहरु पाठ गरेका थिए।

Popularity: 9%

1 comment November 11th, 2007

कतारमा शुभ दीपावलीको अवसर पारेर भलिबल प्रतियोगिता सम्पन्न

बिलबहादुर गुरुङ, दोहा / एचकेनेपाल डट कम, नोभेम्वर ११ -
शुभ दीपावली २०६४ को पावन अवसरमा दमक यूवा क्लब मिसाइड, कतारको आयोजनामा गत ८ नोभेम्वरका दिन एक मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

सल्लाहकार बुद्धिबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कास्की आदर्श सेवा समाज दोहा, कतारका संयोजक बिलबहादुर गुरुङको उपस्थिति रहेको थियो। विशेष अतिथि गुरुङले भलिबल र्सर्विस गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

नोभेम्वर ९ तारिख शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा कतार प्रतिनिधि टि.बि. कार्कीको प्रमुख आतिथ्यमा उक्त भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्याक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि कार्कीले नेपालीहरु जहा“ र जस्तो सुकै अवस्थामा पनि आफ्नो सस्कृतिबाट अलग रहन सक्दैनन् र यो एउटा नेपालीहरुको विशेषता नै हो। खेलले मानिसलाई स्वस्थ्य राख्न मदत गर्छ नै त्यसको साथै जन्मभूमिबाट कोसौ टाढा रहेका हामी गैर आवासीय नेपालीहरुविच एक आपसमा भाईचाराको सम्बन्ध विकास गर्न ठूलो भूमिका खेल्छ, मन्तव्यको क्रममा प्रमुख अतिथिले भन्नु भयो। खेलकुदको विकासमा दमक यूवा क्लबले जुन प्रशंसानिय कार्य गरेको छ त्यसको लागि क्लबलाई धन्यवाद दिनु हुदै अन्य संघ संस्थाहरुले पनि यसको अनुसरण गर्नु पर्ने कुरामा प्रमुख अथितिले जोड दिनु भएको थियो।

समापन कार्याक्रलाई विशेष अतिथि बिल बहादुर गुरुङले पनि सम्बोधन गर्नुभएको थियो। वास्तवमा हामी विचको एकता नै सबैभन्दा ठूलो बल हो भन्ने कुरा यस कायाक्रमको भव्य सफलताबाट दमक यूवा क्लबका यूवाहरुले व्यवहारिक रुपबाट नै प्रमाणित गरेका छन् - आफ्नो मन्तव्यको क्रममा विशेष अतिथिले भन्नु भयो। विशेष अतिथि गुरुङले दमक यूवा क्लबका सदस्यहरुको एकता र आफ्नो कामप्रतिको लगावलाई मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो। त्यसरी नै उक्त प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने नेपाली समाजहरु र खेलाडी तथा खेलप्रेमी सम्पूर्ण नेपालीहरुलाई हार्दिक धन्यवाद दिदै कार्याक्रमका संयोजक बिमल गुरुङले आगामी दिनमा पनि यस्तै खालको साथ र सहयोगको अपेक्षा क्लबले राखेको विचार व्यक्त गर्नु भयो।

प्रतियोगितामा सबै प्रतियोगी टिमहरुलाई पराजित गर्दै तनहु मिलिजुलि समूहले प्रथम स्थान ओगट्न सफल भएको थियो भने धम्पुस - पोखरा टिमले द्वित्तीय स्थान ओगट्न सफल भएको थियो। यसरी दुबै टिमले एक एक वटा खसि र प्रमाण-पत्र हात पार्न सफल भएका थिए भने मोहन गुरुङको नेतृत्वमा आएको सास्को ग्रुपको टिमले तृतीय स्थान ओगट्दै नगद पुरस्कार र प्रमाण-पत्र प्राप्त गरेको थियो। त्यसरी नै प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने दमक यूवा क्लबका खेलाडी तेजबहादुर क्षेत्रीले प्राप्त गरेका छन्।

प्रमुख अतिथि कार्कीले प्रतियोगितामा प्रथम र द्वित्तीय हुने टिमहरुलाई खसि उपहार प्रदान गर्नु भएको थियो। त्यसरी नै प्रथम हुने टिमलाई प्रमाण-पत्र र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार र प्रमाण-पत्र विशेष अतिथि बिलबहादुर गुरुङले र द्वित्तीय हुने टिमलाई कार्याक्रमका अतिथि इन्जिनियर खालिद कलाम अन्सारीले प्रदान गर्नु भएको थियो। तृत्तीय हुने टिमलाई नगद पुरस्कार र प्रमाण-पत्र कार्याक्रमकी अतिथि श्रीमति सजनि के.सी.-कार्की) ले प्रदान गर्नुभएको थियो।

प्रतियोगिताको सुरुदेखि अन्तसम्म अत्यन्त रोचक र प्रभावकारी रुपमा कार्याक्रम सञ्चालन गर्नु हुने नारान सुनारलाई क्लबप्रति उहांको विगतको सहयोगलाई उच्च मुल्याङ्कन गर्दै दमक यूवा क्लबले कदर-पत्रद्वारा सम्मान गरेको छ। त्यसरी नै क्लबलाई स्थापनाकालदेखि नै हर तरहले सहयोग गर्दै आउनु भएका चन्द्र थापा मगर र पिताम्वर सापकोटालाई पनि कदर-पत्रद्वारा सम्मान गरिएको छ। सम्मानित व्यक्तित्वहरुलाई विशेष अतिथि बिलबहादुर गुरुङले कदर-पत्र प्रदान गर्नुभएको थियो। त्यसरी नै भलिबल प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न स्वयंसेवकको रुपमा सहयोग गर्नु हुने व्यक्तित्वहरुलाई पनि प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो। प्रशंसा-पत्रद्वारा सम्मानित हुनु हुनेहरुमा रिम तामाङ, लालविर घले, यज्ञ प्रसाद पौडेल, विनोद बराल, याम बहादुर परियार, अर्जुन गुरुङ, निरञ्जन गौतम, ओमप्रसाद गुरुङ, सन्तोष नेपाली, श्रवण तामाङ, शेरचन लामा लगायतका हुनुहुन्थ्यो। वहांहरुलाई क्लबका सल्लाहकार तथा कार्यक्रमका सभापति बुद्धिबहादुर बुढाथोकीले प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो।

अन्तमा सभापति बुढाथोकिले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र सहयोगी समाज कास्की आदर्श सेवा समाज दोहा, कतारलाई धन्यवाद ज्ञापन गर्नु हुदै कार्यक्रमको विधिवत रुपमा समापन भएको घोषणा गर्नुभयो।

Popularity: 9%

Add comment November 11th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....