Archive for November 14th, 2007

नेदरल्याण्ड काँग्रेसको बृहत भेला नोभेम्बर २४ मा

ईन्द्र क्षेत्री, एचकेनेपाल डट कम, नोभेम्बर १४
नवगठित नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको बृहत भेला आगामी नोभेम्बर २४ तारिख शनिवारका दिन उत्रेच्क शहरमा हुने भएको छ।

भेलाले नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको पूर्ण कार्यसमिति घोषणा गर्नुका साथै आफ्नो अवधारणा, कार्यक्रम तथा भावी कार्यदिशा तय गर्नेछ । समितिका संयोजक नारायण आचार्यका अनुसार युरोप काँग्रेस तथा युरोपका बिभिन्न देशमा कार्यरत जनसम्पर्क समितिहरुलाई निमन्त्रणा पठाउने कार्य जारी छ। भेलामा नेपालबाट को आउने भन्ने प्रष्ट भै नसकेको भए पनि सम्पर्क निरन्तर भैरहेको कुरा आचार्यले बताउनु भयो। युरोप काँग्रेसका तर्फबाट संयोजक दिल गुरुङका साथै अन्य पदाधिकारीहरु उपस्थित हुने पक्का भै सकेको छ भने बेल्जियमबाट ब्यापक उपस्थिति हुने जनाएको छ। अन्य देशहरुबाट पनि उल्लेख्य सहभागिता हुने कुरा संयोजक आचार्यले बताउनु भयो।
Vanue: FORUM, Kanaalweg 86, Utrecht www.forum.nl

Popularity: 9%

Add comment November 14th, 2007

पत्रकार साहको हत्यारालाई कारवाहीको माग गर्दै पत्रकारहरुको प्रदर्शन

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, नोभेम्बर १४ -
पत्रकार वीरेन्द्र साहको हत्यारालाई पक्राउ गरी कडा कार्वाहीको माग गर्दै आज पत्रकारहरुले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन्।

प्रेस चौतारीको आयोजनामा हुने उक्त प्रदर्शन आज दिउंसो १:३० बजे शुरु हुने बताइएको छ। नयाँ बानेश्वरबाट शुरु हुने बिरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने बताईएको छ।

सरकारले पत्रकार स्वर्गिय साहको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्नु पर्ने, माओवादीले सार्वजनिक माफी माग्नु पर्नेलगायतका मागहरु रहेका छन्। पत्रकार साहको हत्याराहरुको पहिचान भै सक्दा पनि सरकारले पक्राउ गरी कारवाही गर्न नसकेकोमा प्रेस चौतारीले आपत्ति जनाएको छ।

Popularity: 9%

Add comment November 14th, 2007

दुई अपहरणकारी प्रकाउ

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, नोभेम्बर १४ -
युवकलाई अपहरण गरी आफन्तलाई फिरौती रकम मागेका दुईजना अपहरणकारलाई हिजो थापाथलीबाट प्रहरीले प्रकाउ गरेको छ भने अपहरित युवकलाई सकुशल मुक्त गराइएको छ।

अल्फा इन्स्टीच्युटमा काम गर्ने जनक सिलवाल र रौतहट घर भै ललितपुरमा बस्ने २० वर्षीय विजय चौधरीले सर्लाही घर भै हाल ग्वार्कोमा बस्दै आएका १८ वर्षीय राजकुमार दासलाई हिजो अपहरण गरेका थिए। लेनदेनको विषयमा अपहरण गरिएको अपहरणकारीहरुले दासका आफन्तलाई फोन गरी फिरौती रकम माग गरेका थिए।

अपहरणकारीले फिरौती रकम लिएर थापाथली अल्फा इन्स्टीच्युटमा बोलाएका थिए। आफन्तबाट तत्काल खबर पाएर उक्त ठाउंमा छापा मार्दा प्रहरीले दुई जना अपहरणकारीलाई पक्राउ गरेको छ भने अपहरित दासलाई सकुशल मुक्त गराइएको प्रहरीले जनाएको छ।

त्यसै गरी, करीब डेढ महिनाअघि अपहरणमा परेका बाराका ९ वर्षीय बालक अजय पटेललाई प्रहरीले स्थानीयबासीको सहयोगमा अपहरण मुक्त गरेको छ। असोज १० गते अपहरणमा परेका बालक पटेललाई भावराटार गाविसबाट हिजो बिहान सकुशल मुक्त गरेको प्रहरीले जनाएको छ।

Popularity: 9%

Add comment November 14th, 2007

सडक दुर्घटनामा एकको मृत्यु

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, नोभेम्बर १४ -
गएराति यात्रुवाहक बसले ठक्कर दिंदा कल्याणपुरमा एक जनाको मृत्यु भएको छ।

धरानबाट काठमाडौंतर्फ आइरहेको ना २ ख २४४० नं. यात्रुवाहक बसले ठक्कर दिंदा गम्भीर रुपले घाइते भएका पूर्ण चौधरीको सगरमाथा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरु गरेको बताईएको छ।

Popularity: 9%

Add comment November 14th, 2007

नेपलिज डेमोक्रेटिक युथ काउन्सिल युएसए पुनर्गठन

सम्वाददाता एचकेनेपाल डट कम, नोभेम्बर १३ -
अमेरिकामा रहेर नेपालको राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको स्थापना, संरक्षण र सम्वर्दनका लागि अग्रणी भूमिका निभाउदै आएको संस्था नेपलिज डेमोक्रेटिक युथ काउन्सिल यूएसएलाई पूर्णता दिइएको छ।

नवगठित समितिले नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन पूर्ण सहयोग गरि रहने विज्ञप्तिमा जनाएको छ। विदेशमा रहेका नेपालीहरुका समस्याप्रति युथ काउन्सिल सधै गम्भीर रहिरहने छ। विगतका दिनहरुमा यहांहरुबाट यस NDYCUSA लाई सहयोग र सुझाव प्रदान गरिदिनु भएकोमा नेपलिज डेमोक्रेटिक युथ काउन्सिल परिवार हार्दिक धन्यवाद प्रकट गर्दछ। साथै आगामी दिनहरुमा पनि यहांहरुको अमूल्य सहयोग र सुझावको अपेक्षा युथ काउन्सिल परिवार राख्दछ विज्ञप्तिमा भनेको छ।

नवगठित समितिका सल्लाहकार र कार्यसमितिका सदस्यहरु निम्न प्रकारका रहेका छन्-
सल्लाहकारहरुः
खगेन्द्र जी.सी.
आङदावा शेर्पा
डा. बिनोद साह
मृदुला कोईराला
संजय पराजुली
कार्य समितिका सदस्यहरु
प्रमोद सिटौला - अध्यक्ष
बिष्णु सुवेदी - उपाध्यक्ष
विश्व शाह - महासचिव
विपीन राज उप्रेती - सचिव
सतीश मल्ल - कोषाध्यक्ष
मुक्ती दवाडी - सदस्य
नविन शेरचन - सदस्य
रक्षीता कोईराला - सदस्य
सन्तोष चौलागाई - सदस्य
ओम प्रधान - सदस्य

Popularity: 9%

Add comment November 14th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....