Archive for November 15th, 2007

पक्राउ परेका सबै पत्रकार रिहा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १५ -
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज सिंहदरबार मूलगेटमा गरेको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको सबै पत्रकार रिहा भएका छन्।

प्रहरीले पत्रकारहरुलाई झण्डै डेढ घन्टा नियन्त्रणमा राखेर रिहा गरेको हो। माओवादीद्वारा मारिएका पत्रकार विरेन्द्र साहलाई सहिद घोषणा गर्न तथा अपहरण गरिएका पत्रकार प्रकाश सिंह ठकुरीको अवस्था सार्वजनिक गर्न माग गर्दै काठमाडौं शाखाले आज बिहान सिंहदरबारको दक्षिण ढोकामा धर्ना तथा घेराउ कार्यक्रम गरेका थिए। सोही क्रममा प्रहरीले हस्तक्षेप गरी २५ पत्रकारलाई पक्राउ गरेकोको थियो।

प्रेस चौतारी र रिपोर्टर्स क्लबले आज एक विज्ञप्ति जारी गरी पत्रकार गिरफ्तारीको भर्त्सना गरेका छन्। पक्राउ पर्नेमा काठमाडौं शाखाका सभापति युवराज विद्रोही, पत्रकारहरु उजिर मगर, इश्वरराज ढकाल, धनबहादुर मगरलगायत रहेका थिए। मन्त्रीहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाउन सिंहदरबार मूलगेटमा धर्ना र घेराउ गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति युवराज विद्रोहीले जानकारी दिनुभयो। करिब एक घण्टाका लागि तय गरिएको धर्नामा सञ्चारसम्बद्ध विभिन्न संघसंस्था, अधिकारवादी लगायतको पनि उपस्थिति रहेको थियो। पत्रकार वीरेन्द्र साहको हत्याको घटनालाई लिएर माओवादीले माफी माग्नुपर्ने लगायतका माग शाखाले अघि सारेको छ।

Popularity: 9%

Add comment November 15th, 2007

व्यापारी अपहरणमा, सुट वारेण्टेड भारतीय अपराधी नेपालमा पक्राउ

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १५ -
सप्तरीको कल्याणपुरस्थित मारुति राइस मिलका सञ्चालक टिङकु अग्रवाल गएराति अपहरणमा परेका छन्।

इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार कल्याणपुर ३ स्थित आफ्नै राइसमिल अगाडिबाटै उनलाई मोटरसाइकलमा आएका अज्ञात हतियारधारी समूहले अपहरण गरेको हो। २१ वर्षीय अग्रवालको सकुसल रिहाईका लागि बिभिन्न संघ संस्थाले बिज्ञप्ति जारी गरि रिहाईको माग गरेका छन्।

यसैबीच भारतीय कुख्यात अपराधी सुभाष झा गएराति सप्तरीको राजबिराजबाट पक्राउ परेका छन्। जनआन्दोलन चौक नजिकै शंकास्पद अवस्थामा घुमिरहेका झालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। झा कुनै ब्यक्तिको अपहरण गर्न राजबिराज आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनीसंग नेपाली नागरिकता समेत रहेको जनाइएको छ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भरत प्रधानले बताउनु भयो। भारतका कुख्यात अपराधी झालाई भारतप्रहरीले सुट वारेण्ट समेत जारी गरेको छ।

Popularity: 9%

Add comment November 15th, 2007

माओवादी संविधानसभाको निर्वाचन चाहदैन- देउवा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १५ -
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले संविधानसभाको निर्वाचन नचाहेको बताउनुभएको छ। उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माओवादीको माग संविधानसभाको चुनाव हुन नदिने षड्यन्त्र मात्र भएको बताउनुभएको हो।

स्वदेशी लगानीबाट निर्माण भएको धादिङ जिल्लाको थोपलखोला जलविद्युत आयोजनाको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणाली दुवै माग राखेर माओवादीले दर्रि्र चरित्र देखाएको आरोप लगाउनुभयो। समानुपातिक निर्वाचन प्रणाली लागू गरेर संविधानसभाको चुनाव कहिल्यै पनि गर्न नसकिने उहाँले बताउनुभयो। माओवादीको प्रस्ताव जबर्जस्ती चुनावको वातावरण भाँड्न मात्र भएकोले यो कांग्रेसलाई कदापी मान्य नहुने बताउनुभयो। उहाँले नेपालमा जलविद्युत्को सम्भावना प्रचुर भए पनि सो अनुसार काम नभएको बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले माओवादीलाई जंगल फर्कनबाट रोक्न मात्र एमालेले माओवादीको प्रस्तावमा समर्थन जनाएको बताउनुभयो।

एक दशमलव ६५ मेगावाट विद्युत उत्पादनको क्षमता भएको यो आयोजना ३१ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो।

Popularity: 9%

2 comments November 15th, 2007

सिंहदरबारबाट दुई दर्जन पत्रकार पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाराका पत्रकार वीरेन्द्र साहका हत्याराहरुलाई कारबाही गर्नुपर्ने र कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै सिंहदरबार गेटमा धर्ना दिन गएका दुई दर्जनभन्दा बढी पत्रकारलाई प्रहरीले आज गिरफ्तार गरेको छ।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको आह्वानमा सिंहदरबार गेटमा धर्ना दिई मन्त्रीहरुलाई भित्र पस्न नदिन पत्रकारहरु जाँदा ३५ जना पत्रकार गिरफ्तार गरिएका हुन्।

गिरफ्तार पत्रकारहरुलाई पुलिस क्लबमा राखिएको छ।

उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा गिरफ्तार गरिएको हो।

Popularity: 9%

Add comment November 15th, 2007

काठमाडौँको फोहर उठ्न थाल्यो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिसडोलका बासिन्दाहरुले अवरोध पुर्‍याएपछि तिहार अगाडिदेखि उठ्न छाडेको काठमाडौँका फोहर आजदेखि काठमाडौँ महानगरपालिकाले उठाउन थालेको छ।

सिसडोलका बासिन्दालाई वाईसीएलका कार्यकर्ताले कुटेपछि त्यहाँका बासिन्दाले फोहर फाल्न रोकेका थिए।

आज दिउँसो माअ‍ोवादीसँग वार्ता गरिने भएपछि सिसडोल बासिन्दाले फोहर फाल्न दिएका हुन्।

कयौँ दिनसम्म फोहर नउठेपछि राजधानी दुर्गन्धित बन्न पुगेको थियो। सडक र चोकमा हिजोसम्म पनि फोहरको डंगुर देखिएका थिए।

Popularity: 9%

1 comment November 15th, 2007

सुरक्षा अवस्थासम्बन्धी विशेष बैठक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशको सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न आज मन्त्रिपरिषद् र सुरक्षा प्रमुखहरुको बैठक दिउँसो बालुवाटारमा बस्दैछ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तराई र देशका अन्य भागमा बिग्रँदै गएको सुरक्षा स्थितिका बारेमा छलफल गर्न यो बैठक डाक्नुभएको हो।

मन्त्रिपरिषदको बैठक भनेर नडाकिएको भए पनि सबै मन्त्रीलाई बालुवाटारमा आउन भनिएको स्रोतले जनाएको छ।

Popularity: 9%

Add comment November 15th, 2007

मलेसियामा सात नेपाली साप्ताहिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिध-
मलेसियामा प्रकाशन तथा वितरण हुने नेपाली साप्ताहिक पत्रिकाको संख्यामा बृद्धि हुँदै गएको छ । हालसम्ममा मलेसियामा प्रकाशन तथा वितरण हुने नेपाली साप्ताहिक पत्रिकाको सङ्ख्या सात पुगेको छ ।

यसरी प्रकाशन तथा वितरण हुने साप्ताहिक पत्रिकाहरुमा श्रम साप्ताहिक, जनपृष्ठभूमि, श्री अभिलेख, नेपाल सन्देश, हाम्रो आवाज, नव कान्तिपुर र नवोदित रहेका छन् । यी मध्ये नवकान्तिपुर र नवोदित साप्ताहिकले गत एक हप्ता अघिदेखि आफ्नो प्रकाशन तथा बिक्री वितरण सुरु गरेका हुन् ।

मलेसियाका गाउँ गाउँमा समेत नेपाली पत्रपत्रिका पढ्न पाउनाले कतिसम्म ती पत्रपत्रिकाको पहुँच पुगेको छ भन्ने कुराको पुष्टि हुन्छ ।

Popularity: 9%

1 comment November 15th, 2007

पत्रकार साहको परिवारलाई १० लाख

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हत्या गरिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

साहको हत्या माअ‍ोवादी कार्यकर्ताले गरेका थिए। हत्यारा अझै पनि पक्राउ परेका छैनन्।

यसैबीच माअ‍ोवादी अध्यक्ष प्रचण्डले हत्यामा संलग्न माअ‍ोवादी कार्यकर्तालाई पक्रन वाईसीएललाई खटाइसकेको भए पनि उनीहरु अहिले जनतान्त्रिक गोइत समूहमा प्रवेश गरिसकेको जानकारी आएको बताएका छन्।

Popularity: 9%

1 comment November 15th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....