Archive for November 17th, 2007

बेलायतमा नेपाली कला साहित्य संगीत मञ्चको गठन

मिजास तेम्बे, बेलायत / एचकेनेपाल डट कम, नोभेम्बर १७ -
२०६४ सालको लक्ष्मी पूजाका दिन महाकवि लक्ष्मीप्रसाद देबकोटाको ९९औं जन्म जयन्ती मनाउदै सोही दिन बेलायतका केही नेपाली कलाकार र साहित्यकारहरुले “नेपाली कला साहित्य संगीत मञ्च” नामक एक नयाँ मञ्चको गठन गरेका छन्।

प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संगीतको संरक्षण र सम्बर्द्धन गर्न खोलिएको उक्त मञ्चका पदाधिकारीहरुमा सभापति किसन राई, उप - सभापति चोक गुरुङ, महासचिव मिजास तेम्बे, सचिव काङमाङ नरेश, सह-सचिव नरेश राई, कोषाध्यक्ष प्रकाश राई, सह- कोषाध्यक्ष शिव राई तथा प्रवक्ता र संयोजकमा क्रमशः भिमबहादुर मिलन र जुरेन्द्र लिम्बू रहनुभएको छ।

नेपाली साहित्य सम्बन्धि बेलायतमा केही संघ संस्थाहरु रहे पनि सम्पूर्ण नेपाली कला, साहित्य र संगीतलाई समेटेर लान सक्ने छाता संगठनको खाँचो परिरहेको अवस्थामा नेपाली कला साहित्य संगीत मञ्चले महत्वपूर्ण भूमिका निभाउन सक्ने आशा लिइएको छ। ‘हामी कलाकारितामा क्रान्ति ल्याउन चाहन्छौं’ सभापति किसन राईले भन्नुभयो।

वास्तवमा मञ्च के हो भन्ने सन्दर्भमा उपसभापति चोक गुरुङले भन्नुभयो - ‘यो एउटा यस्तो चौतारी हो जहाँ कलाकर्मीहरु र साहित्यकर्मीहरुले आ-आफ्ना कला र साहित्यको समान प्रस्तुति दिन र समानरुपले सम्मान प्राप्त गर्न सक्छन्।’

बेलायतको स्यान्ड्रस्टमा भएको महाकवि जन्म जयन्ती कार्यक्रममा बिभिन्न कविहरुद्वारा कविता वाचन पनि गरिएको थियो।

Popularity: 9%

Add comment November 17th, 2007

आज राष्ट्रिय कफी दिवस मनाइंदै

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १७ -
प्रत्येक वर्ष मङ्सीर १ गते मनाउदै गरिएको राष्ट्रिय कफी दिवस आज मुलुकमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

कफी दिवसका सन्दर्भमा विभिन्न प्रदर्शनी, चेतनामूलक पर्चा वितरण, अन्तर्क्रिया लगायतका कार्यक्रमहरु गरी मनाइदैछ। कफी दिवसकै अवसरमा आज राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राजधानीमा कफी प्रदशनी गरिदैछ। राजधानीको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने कफी प्रदर्शनीमा आधा दर्जन कम्पनीले स्टल राख्ने कार्यक्रम रहेको छ। कफीखेतीको विस्तारका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले आज विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछन्।

Popularity: 9%

1 comment November 17th, 2007

संविधान सभाको मिति तोक्न जोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनसम्बन्धी विशेष अघिवेशनको निर्णयबारे नागरिक समाजका प्रतिनिधिहरूसँग आज यहाँ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

सो अवसरमा नागरिक समाजले संविधानसभालाई गौण बनाई गणतन्त्रलाई बढी महत्व दिन नहुने, जनताको विचार बुझ्न राष्ट्रिय गोलमेच सम्मेलन बोलाई संविधानसभाको मिति तोक्नुपर्ने, मङ्सिर ६ गते पछि संविधान, संसद र सरकारको औचित्य समाप्त हुने हुँदा त्यसतर्फदलहरू सचेत हुनुपर्ने, सहमतीय सिद्धान्तलाई जोड दिएर सातदलीय एकता कायमै राख्नुपर्ने सुझाव दियो ।

यसैगरी सात दलको यन्त्र असफल भएकाले नयाँ किसिमले सहमति र सयन्त्र निर्माण गर्नुपर्ने, दलगत स्वार्थभन्दा राष्ट्रहितलाई ध्यानमा राखी एकता गर्नुपर्ने, बल प्रयोगको राजनीति अन्त्य गरी जनतालाई शान्तिसुरक्षाको अनुभूति दिनुपर्ने, शान्ति सम्झौताको कुन बुँदामा कमी देखियो त्यसको अध्ययन हुनुपर्नेमा वक्ताहरूले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियालाई कायम राख्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै आउँदो संसद अधिवेशनबाट देशको राजनीतिक निकास खोज्ने कार्यमा नागरिक समाज र प्रबुद्ध वर्गबाट सुझाव लिन सो कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।

उहाँले देशलाई नयाँ राजनीतिक निकास दिनकै लागि संसदको विशेष अधिवेशन आहृवान गरिएको बताउँदै संसदको निर्देशनलाई सात दल र सरकारले गम्भीरताका साथ लिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रलाई असफल बनाई विदेशी सेना ल्याउने हल्ला सुरु गरिएको, मधेसका घटना र सुरक्षा अवस्थाले राष्ट्रलाई चिन्तित बनाएको उल्लेख गर्दै अब जनताका धर्ैयताको बाँध टुट्ने सम्भावना रहेकाले त्यसतर्फदलहरूले ध्यान दिनुपर्छ भन्नुभयो ।

पार्टीद्वारा नयाँ आधारमा नयाँ एकताका लागि जारी गरिएको अवधारणापत्र पढेर सुनाउँदै माओवादी नेता डा.बाबुराम भट्टर्राईले सामन्तवाद र राजतन्त्र रहेसम्म शान्ति सम्झौताको कार्यान्वयन हुननसक्ने बताउनुभयो ।

उहाँले संविधानसभाको चुनाव जेठमा नगरिनु शान्ति सम्झौताको उल्लङ्घन हो भन्दै के कति कारणले त्यो चुनाव हुन सकेन त्यसको वस्तुगत आधार केलाई नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।

डा.भट्टर्राईले समानुपातिकको मोडेल बारे दलहरूमा छलफल गरी एकरूपता बनाइनुपर्ने र आफ्नो पार्टीद्वारा राखिएको २२ बुँदे माग कार्यान्वयन हुनुपर्ने धारणा पनि राख्नुभयो ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा.रामवरण यादवले माओवादी सरकारबाट हटेपछि जनतामा निरासा आएको बताउँदै जनताको भावनाअनुसार सात दल आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्नुभयो ।

नेकपा एमालेका रघुजी पन्तले सरकारको नेतृत्व परिवर्तनको कुरा सात दलले आफूभित्रै छलफल गरी टुङ्गो लगाउनुपर्ने र एकता कमजोर बनाउन नहुने धारणा राख्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले अन्तरिम संविधान मानिसकेपछि अहिले गणतन्त्रको कुरालाई जोड दिएर सम्झौताविपरीत कार्य गर्न नहुने बताउनुभयो ।

डा.सुन्दरमणि दीक्षितले संसदले पारित गरेको गणतन्त्रको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

Popularity: 9%

1 comment November 17th, 2007

आगोको ज्वालामा नाङ्गो खुट्टाको यात्रा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मनोक्रान्तिका साधकसाधिकाले खुल्लामञ्चमा नाङ्गो खुट्टाले आगोको यात्रा गरे ।मनोक्रान्ति साधक सङ्घद्वारा आयोजित सो अग्नियात्रामा २९ साधकसाधिका सहभागी थिए ।

अग्निसिद्धि नाम दिएको सो अग्नियात्रा गर्न उत्साहित साधकसाधिकालाई नियन्त्रणमा लिन स्वयम्सेवकहरुलाई निकै कठिन परेको थियो ।

कार्यक्रममा डा. योगी विकासानन्दले अग्निसिद्धिमा जानुअघि साधकसाधिकालाई ऊर्जा प्रदान गर्न सहयोग पुर्याउनुभएको थियो ।

यसअघि साधक साधिकाले योगका विभिन्न आसन प्रदर्शन गरेका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा डा. योगी विकासानन्दले साधकहरुले मर्नु र मार्नुभन्दा चमत्कार गरेर देखाउन सक्छन् भने उदाहरण पेस गरेका छन् भन्नुभयो ।

Popularity: 9%

5 comments November 17th, 2007

मुलुक विखण्डनको दिशातर्फ अग्रसर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चुरे भावर प्रदेश एकता समाजका अध्यक्ष केशवप्रसाद मैनालीले जातीय आन्दोलनले मुलुक विखण्डनको दिशातर्फअग्रसर बनेकाले गोलमेच सम्मेलनमार्फ वर्तमान राजनीतिक गतिरोधको हल गरिनुपर्ने बताउनुभएको छ ।

झापाको विर्तामोडमा पत्रकारसँगको साक्षत्कारमा मैनालीले सङ्घीयता र गणतन्त्रविना समस्याको समाचान ननिस्कने जिकिर गर्दै भन्नुभयो -सात दलको सरकारले तत्काल संविधानसभा निर्वाचनको मिति घोषणा गर्नु बिलम्व गर्न हुँदैन ।

विभिन्न जातीय सङ्गठनले तर्राईमा पहाडे मूलका व्यक्तिलाई “पहाड जाऊ” भने नारा लगाउनु राष्ट्रिय एकताको धज्जी उठाउनु हो भन्दै मैनालीले राष्ट्रिय झण्डा जलाइँदा सरकारले सानो विज्ञप्ति निकालेर मौनता साधेको आरोप लगाउनुभयो ।

Popularity: 9%

4 comments November 17th, 2007

५ हजार कोटाका लागि ८५ हजार कोरियाली भाषा सिक्दै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दक्षिण कोरियाका लागि नवनियुक्त नेपाली राजदूत कमल कोइरालाले कोरिया सरकारले प्रथम चरणमा उपलब्ध गराएको पाँच हजार कामदार कोटाका लागि काम गर्न जान ८५ हजार नेपालीले कोरियाली भाषा सिक्दै गरेको रेकर्ड आफूले पाएको जानकारी दिनुभएको छ।

आफ्नो कार्यकालमा नेपाल भ्रमणका लागि आउने कोरियाली पर्यटकको हालको सङ्ख्यामा दोब्बर वृद्धि हुने दावी उहाँले गर्नुभएको छ ।

उहाँले कोरियामा नेपाली श्रमिकको सङ्ख्या बढाउनका साथै कोरियाली श्रमिकसरह नेपाली श्रमिकलाई सेवा सुविधा दिलाउनेतर्फआफू दृढताका साथ काम गर्ने बताउँदै कोरियामा नेपाली दूतावासको स्थापनापछि श्रमिकले भोग्दै आएका अनेकौँ कठिनाइ पन्छने छ भन्नुभयो ।

राजदूत कोइरालाले मुलुकमा राजनैतिक स्थिरता कायम भएमा कोरियाबाट लुम्बिनी र यसको आसपासका क्षेत्रका लागि उल्लेख्य सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

Popularity: 9%

5 comments November 17th, 2007

कतारमा किराँत राई यायोक्खाको वनभोज (+Photo)

कुमार कार्की, दोहा, कतार / एचकेनेपाल डट कम, नोभेम्बर १७ -
किराँत राई यायोक्खा समाज कतारको आयोजनामा वनभोज कार्यक्रम गत १६ नोभेम्वर शुक्रवारका दिन अलखोर पार्कमा सम्पन्न गरेको छ।


कतारमा कार्यरत राई जातिहरुको साझा संस्था किराँत राई यायोक्खा समाज दोहाले आयोजना गरेको वनभोज कार्यक्रममा कतारका विभिन्न क्षेत्रमा रहेर कार्यरत राई तथा गैर राईहरुको उत्साहजनक उपस्थिती रहेको थियो।

विभिन्न जातजातिहरुको व्यापक उपस्थिती रहेको दोहामा जनजातिहरुका विभिन्न संघ संस्थाहरु रहेका छन्। त्यस मध्ये किराँत राईहरुको साझा संस्थाको रुपमा यो संस्था सकृय रुपमा कार्यरत रहेको छ। वनभोज कार्यक्रममा पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी, लगायत राई तथा गैर राईहरुको उपस्थिती रहेको थियो। विभिन्न रोचक खेल, नृत्य, र सुमधुर गीत संगीतहरुले समावेश गरिउको कार्यक्रममा झुम्नेहरुले वेग्लै मजा लिएका थिए साथसाथै आफु कतारमा भईरहँदा नेपालमा नै भएर आफ्ना डाँडा पाखामा वनभोज गर्दै रमाईलो गरेको महसुस गरेका थिए। वनभोज कार्यक्रममा रमाईलोका लागि रोमाञ्चक खेलहरुको आयोजना गरिएको थियो। रोमाञ्चक खेलमा हसाउने अर्काको नक्कल गर्ने जस्ता अभिनयमूलक खेलहरुले वेग्लै आनन्दको अनुभूति दिएको थियो।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रमलाई रोचक ढंगले संचालन गर्दै विक्रम चेतनशील राईले व्यङ्गयात्मक प्रस्तुती गर्दै कार्यक्रमलाई रोचक वनाउनु भएको थियो। कार्यक्रममा गीता मगर, मिलन गुरुङलगायतले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष चन्द्रसेर राई, कार्यक्रममा नेपाल कतार पत्रकार संघका सचिव क्रान्ति सिंह, नयाँ नेपालका सम्पादक, खोटाङ जागृति सेवा समाजका अध्यक्ष राई रमेश गाँउले, मोरङ्ग सुनसरी प्रवासी सेवा समाजका सहसचिव सरोज वास्तोला, पत्रकार किसन राई गीतकार भरत विशाल राई, लगायतको उपस्थिती रहेको थियो।


Popularity: 9%

5 comments November 17th, 2007

बेल्जियममा देउसी - भैलो (+Photo)

सरस्वती चापागाई, बेल्जियम / एचकेनेपाल डट कम, नोभेम्बर १७ -
शुभ दीपावलीको सुअवसरमा नेकपा-एमाले), बेल्जियम महिला पार्टी सक्रियदलको नेतृत्वमा दुई दिन लोकतान्त्रिक देउसी-भैलो कार्याक्रम बेल्जियममा सम्पन्न भयो।

नेकपा (एमाले),बेल्जियम महिला पार्टी सक्रियदलको नेतृत्वमा पचासौं जनाको उपस्थितिमा भएको उक्त देउसी-भैलो कार्यक्रममा अधिकांश महिलाहरु थिए भने गणतन्त्र नेपालको र नेपाली जनताको एकमात्र प्यारो पार्टी नेकपा (एमाले)को पक्षमा नेकपा (एमाले), बेल्जियम महिला पार्टी सक्रियदलको सदस्य कमरेड मुना ताम्रकारले अत्ति नै सुमधुर स्वरमा तथा आकर्षक शैलिमा भट्याउनु भएको थियो भने क. मुना के सी, क. शारदा अर्यालको नेतृत्वमा बीच बीचमा गाइएका लोकतान्त्रिक गणतान्त्रिक गीतहरुले उपस्थित सबैलाई नचाएर उक्त देउसी भैलो कार्यक्रमले अत्ति नै रोमाञ्चित र उत्साहित वातावरण बनाएको थियो।


लोकतान्त्रिक देउसी-भैलो कार्यक्रम नेकपा (एमाले), बेल्जियम कमिटिका सचिब क. सरस्वति चापागाईको घरबाट अघिल्लो दिन सुरुभै भोलिपल्ट संस्थापक क. कृष्ण खतिवडाको घरमा गएर समापन भएको थियो। समापन कार्यक्रममा बोल्ने क्रममा नेकपा (एमाले) बेल्जियम कमिटिका सचिब क. सरस्वति चापागाई, सदस्य क. तुलशी नाथ सुबेदी र एन. डि. एफ., बेल्जियमका केन्द्रीय सदस्य क. केशब चापागाईले महिला पार्टी सक्रिय दलको नेतृत्वमा भएको देउसी-भैलो कार्यक्रम अत्ति नै उत्साहपूर्ण ढंगले पूर्णरुपमा सफल भएको बताउदै हार्दिक बधाई ज्ञापन टक्रयाउदै भबिष्यमा अझ सशक्त ढंगले महिला पार्टी सक्रियदल अघि बढ्ने अपेक्षा राख्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिबद्धता प्रकट गर्नु भएको थियो। महिला पार्टी सकृयदलको सचिब क. इशा गुरुङले देउसी-भैलो कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यबाद दिंदै भबिष्यमा पनि यस्तै सशक्त सहयोगको अपेक्षासहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो।


Popularity: 9%

4 comments November 17th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....