Archive for November 18th, 2007

‘सालै ज्यु…’ का गायक युक्त गुरुङको दुर्घटनामा मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चर्चित लोकगीत ‘सालै ज्यु’ का गायक युक्त गुरुङको गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।

गुरुङ चढेको मोटरसाइकललाई काठमाडौँको नयाँ बानेश्वरमा एउटा ट्याक्सीले ठक्कर दिएपछि उहाँको मृत्यु भएको हो।

मोटरसाइकलमा उहाँ पछाडि बसेर यात्रा गरिरहनुभएको थियो। मोटरसाइकल चालकको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ।

रेडियो नेपालमा कार्यरत गायक गुरुङको सालै ज्यु लगायत अन्य ठाडो भाकाका गीतहरु पनि चर्चित रहेका छन्।

Popularity: 9%

9 comments November 18th, 2007

पेटमाथि गाडी गुडाइयो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अथक साधना र निरन्तर योगाभ्यास गरेका मनोक्रान्तिका कार्यकर्ताहरुले शनिबार खुलामञ्चमा आफ्नो पेटमाथि गाडी गुडाएर देखाए।

मनोक्रान्ति साधक सङ्घद्वारा आयोजित कार्यक्रममा योग साधक साधिकाहरूले पेटमाथि गाडी गुडाएर सबैलाई आर्श्चयचकित बनाएका थिए ।

मनोक्रान्तिका १५ वर्षीय साधिका लगायतका साधकहरूले आफ्नो पेटमाथि गाडी कुदाउन सक्नुमा मनोक्रान्तिको प्रभाव भएको बताउनुभयो ।

कार्यक्रममा अन्य थुप्रै साधकसाधिकाले पनि योगासनका विभिन्न आर्श्चर्य लाग्दा कार्यक्रमहरू प्रदर्शन गरेका थिए ।

Popularity: 9%

Add comment November 18th, 2007

आज राति उल्कावर्षा हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
‘टेम्पल टटल’ नामक पुच्छ्रेताराका कारण उत्पन्न हुने उल्कावृष्टि (उल्कावर्षा) आइतबार राति ३ बजेदेखि सोमबार बिहान ५ बजेसम्म अत्यधिक मात्रामा देखिने नेपाल खगोलीय समाजले जनाएको छ ।

समाजका अनुसार उल्का वर्षाको स्रोत लियो तारामण्डल (सिंह राशि) भएकोजस्तो देखिएकोले यसलाई ‘लियोनिड मिटियर सावर’ नामसमेत दिइएको छ ।

प्रतिघण्टा १५ देखि २० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको जनाउँदै समाजले ती उल्काको गति प्रतिसेकेन्ड ७१ कि.मि. को हाराहारीमा हुने र करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भएपछि यस्तो दृश्य देखिने बताइएको छ ।

नेपालका सबै क्षेत्रबाट नाङ्गो आँखाले अवलोकन गर्न सकिने उक्त वर्षा नेपालको उत्तरी क्षेत्रको आकाशमा प्रष्ट देखिने समाजले जनाएको छ ।

पुच्छ्रेताराले र्सूयको परिक्रमा गर्ने क्रममा र्सूयको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्ने र ती कण एवम् चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएपछि उल्कावर्षा हुने विज्ञहरूले बताएका छन् ।

नेपाली जनजिब्रोमा उल्का वर्षालाई ‘तारा खसेको’ पनि भनिने गरिन्छ ।

टेम्पल टटल सन् १८६५ मा जर्मन खगोलविद् अर्नेस्ट टेम्पल र सन् १८६६ मा अमेरिकी खगोलविद् होरेश टटलद्वारा छुट्टाछुट्टै पत्ता लगाइएको हो । यसको र्सूयलाई परिक्रमा गर्ने अवधि करिब ३३ वर्ष रहेको छ ।

Popularity: 9%

Add comment November 18th, 2007

सुजातालाई ०४७ सालको संविधान चाहियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका नेतृ सुजाता कोइरालाले ०४७ सालको संविधानलाई पुनःबहाली गरेर मात्र वर्तमान सङ्कटको समाधान हुने बताउनुभएको छ । तर ०४७ को संविधान ब्युत्याउँदा त्यसमा भएका राजाका अधिकार भने कटौती गरेर नेकपा (माओवादी)लाई पनि समावेश गरिनुपर्ने उहाँको भनाइ थियो ।

रिपोटर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो-”०४७ सालको संविधान खारेज गर्नु सबैभन्दा ठूलो गल्ती थियो, गिरिजाबाबु (प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला) पनि यो संविधान खारेज गर्न चाहनुहुन्नथ्यो, नेकपा (माओवादी) शान्तिप्रक्रियामा आउँछन् भनेर हामीले सबै कुरा दिदै गयौँ तर समाधान निस्केन ।”

नेतृ कोइरालाले नेपाली काङ्ग्रेसले मुलुकमा शान्ति ल्याउन हरेक कुरा छोड्दै जाँदा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टीलाई ‘एम्बुस’मा पारेको आरोप लगाउँदै माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने वार्तामा उहाँ रहनुभएकोले समस्याको यो जटिल गाँठो फुकाउने काम पनि उहाँकै हो भन्नुभयो ।

Popularity: 9%

7 comments November 18th, 2007

माअ‍ोवादी कार्यकर्ताले नै पत्रकार ठकुरीको अपहरण गरेको ठहर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मानव अधिकार सन्धि अनुगमन समन्वय समितिको अध्ययन टोलीले प्रत्यक्षदर्शी, पीडित परिवार, आफन्त, सञ्चारकर्मी, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, राज्यका विभिन्न सरोकारवाला निकाय एवम् राजनीतिक दलसँगको प्रत्यक्ष भेटघाट र सम्वादपश्चात् पत्रकार प्रकाश ठकुरी अपहरण घटनामा नेकपा (माओवादी)का कार्यकर्ता संलग्न रहेको यथेष्ट आधार-प्रमाण भएको ठहर रहेको छ ।

घटनाका सम्बन्धमा माओवादी पक्षले आफ्नो संलग्नता अस्वीकार गर्दै आइरहेको भएता पनि हालसालै प्रहरीले गिरफ्तार गरेका पोमलाल शर्माले प्रहरीमा दिएको बयान, स्थानीय सञ्चारकर्मीसमक्ष गरेको अभिव्यक्ति तथा प्रत्यक्षदर्शीका रूपमा पीडित परिवारको बयानले समेत अपहरणको घटनामा माओवादी कार्यकर्ताको संलग्नता रहेको देखिन्छ भन्दै टोलीले र्सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा घटनाका सम्बन्धमा अपराध अनुसन्धानको प्रक्रिया अगाडि बढाएर न्यायिक छानबिन गरी वास्तविक तथ्य र्सार्वजनिक गर्न राज्यद्वारा उच्चस्तरीय न्यायिक समिति गठन गरिनुपर्ने जनाएको छ ।

घटनामा नेकपा (माओवादी)प्रत्यक्षरूपमा मुछिएको अवस्था रहेकाले आरोपित व्यक्तिहरूको छानबिनमा सहयोग गरी कानुनी राज्यको मान्यतालाई सम्मान गर्न नेकपा (माओवादी) समक्ष मानव अधिकार सन्धि अनुगमन समन्वय समितिले माग गरेको छ ।

पत्रकार ठकुरीको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक गुजारा चलाउन समेत अत्यन्त कठिन बन्दै गएको परिस्थितिमा निजको परिवारलाई तत्काल मानवीय राहत एवम् क्षतिपूर्ति प्रदान गर्नसमेत समितिले सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ ।

Popularity: 9%

Add comment November 18th, 2007

रसुवामा तामाङ चलचित्रको छायाङ्कन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिमाली जिल्ला रसुवाको तामाङ संस्कृतिलाई अन्तरराष्ट्रिय सामु परिचित गराई पर्यटकको आगमनमा वृद्धि गराउने उद्देश्यले बेलायती नागरिकले तामाङ संस्कृतिको चलचित्र छायाङ्कन गरेका छन् ।

उत्तरी रसुवाको ठूलो भार्कु तथा ठाडे गाउँ क्षेत्रमा छायाङ्कन गरिएको उक्त चलचित्रमा तामाङ समुदायको रहनसहन, भेषभूषा, नाचगान, पूजाआजा, चार्डपर्व रीतिरिवाजका साथै प्राकृतिक सौर्न्दर्यको दृश्यसमेत छायाङ्कन गरिएको बताइएको छ ।

बेलायतस्थित दारम विश्वविद्यालयका प्रा डा. बेन क्याम्बेलको नेतृत्वमा रहेको चलचित्र छायाकङ्न टोलीमा अर्का बेलायती नागरिक खोज्मु क्याम्बेलको सहभागिता थियो ।

सन् १९८९ मा ठाडे इलाका क्षेत्रमा बसी तामाङ भाषामा आफूले पिएचडी गरेको तर यहाँको संस्कृति आफ्नो देशका जनताले नबुझेकाले तामाङ जातिका बारेमा बेलायतका नागरिकलाई जानकारी गर्राई रसुवा भ्रमण गराउन उत्प्रेरित गर्ने अभिप्रायले चलचित्र छायाङ्कन गरिएको बताइएको छ।

Popularity: 9%

Add comment November 18th, 2007

हङकङमा आज पोखरेली झ्याल आइडल प्रतियोगिता हुदै (News update)

एचकेनेपाल डट कम, नोभेम्बर १८ -
हङकङमा पहिलो चोटी ‘पोखरेली झ्याल आइडल’ नृत्य प्रतियोगिता आज मंकी हिलमा भै रहेको छ। मितेरी सेवा समिति पोखरा - हङकङको आयोजनामा हुंदै गरेको प्रतियोगिता अपरान्ह १ बजेदेखि बेलुकी करिव ७ बजेसम्म सञ्चालन हुनेछ। (more…)

Popularity: 9%

Add comment November 18th, 2007

माओवादीले आज मुलुकभर आमसभा गर्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १८ -
नेकपा माओवादीले संसदको विशेष अधिवेशनबाट पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई दवाव दिने उदेश्यले आज मुलुकभर आमसभा गर्ने भएको छ।

संसदले पारित गरेको गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव तत्काल कार्यान्वयन गर्न दवाव दिन विरोध जुलुससहित राजधानीमासमेत आमसभा गरिने माओवादी नेता वर्षमान पुन अनन्तले जानकारी दिनुभयो।

राजधानीको वानेश्वर, मंगलवजार र भत्तपुरको दत्रातयमा विरोध जुलुससहित दिउँसो १ बजे गरिने आमसभामा माओवादी केन्द्रीय नेताहरुको सहभागिता रहने उहांले वताउनुभयो।

Popularity: 9%

Add comment November 18th, 2007

बेपत्ता पत्रकार ठकुरीको खोजीमिसन आज पनि छलफलमा जुट्दै

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १८ -
कञ्चनपुरका अपहृरत पत्रकार प्रकाशसिंह ठकुरीको खोजी र रिहाइको लागि पहल गर्न कञ्चनपुर पुगेको नेपाल पत्रकार महासंघको मिसन आज पनि छलफलमा जुट्दैछ।

महासंघका उपसभापति डीआर पन्तको संयोजकत्वमा गएको तीन सदस्यीय टोलीले आज महेन्द्रनगरमा सुरक्षा निकाय, नागरिक समाज र माओवादी स्थानीय नेतृत्वसंग छलफल गर्ने मिसन सदस्य रमेश विष्टले जानकारी दिनुभयो।

स्थानीय पत्रकारहरु तथा अपहरित पत्रकार ठकुरीको परिवारसंग हिजो भएको छलफलमा उनको अपहरणमा माओवादीको संलग्नता भएको पाइए पनि कुन स्तरको कार्यकताको संलग्नता भन्ने अझै प्रष्ट भइनसकेको उहाँले वताउनुभयो।

गत असार २१ गते महेन्द्रनगर नगरपालिका - १ बाट अपहरणमा परेका पत्रकार ठकुरीको स्थिति अझैसम्म अज्ञात रहेको छ।

Popularity: 9%

Add comment November 18th, 2007

सडक दुर्घटनामा परी राजधानीमा एकको मृत्यु

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १८ -
राजधानीको वानेश्वरस्थित बुद्धनगरमा गएराति ट्याक्सी र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यू भएको छ।

मोटरसाइकल दायाँ मोड्ने क्रममा ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका ठेगाना खुल्न नसकेका युक्त गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्याक्सी, चालक र मोटरसाईकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी सप्तरीको राजविराजबाट रुपनितर्फ जादै गरेको मोटरसाइकललाई गएराति एक सवारी साधनले ठक्कर दिदा एकजनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।

ठक्करबाट सप्तरी जिल्लाका मानराजा वडा नं ७ बस्ने अनरुदप्रसाद शाहकी ३५ वर्षीया श्रीमतीको मृत्यु भएको हो। घाइते हुनेमा मोटरसाइकल चालक शाह, उनका १२ वर्षीय छोरा विदा शाह, ६ वर्षीया छोरी पिङ्की, र ४ वर्षीय छोरा रुपेश रहेका छन्। उनीहरुले राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ।

ठक्कर दिने सवारी साधनका बारेमा भने केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Popularity: 9%

Add comment November 18th, 2007

तराईमा आन्दोलनरत सातसमूहले आजबाट राजनीतिक सम्मेलन गर्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर १८ -
मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्षसहित तराईमा आन्दोलनरत सातवटा समूहले राजनीतिक गतिरोध अन्त्यको प्रयासमा आजबाट बृहत राजनीतिक सम्मेलन आयोजना गर्ने भएका छन्।

राजधानीको ललितपुरमा आज दिउँसो सुरु हुने सम्मेलन पर्सिसम्म चल्ने फोरम असन्तुष्ट पक्षका नेता किशोर विश्वासले बताउनुभएको छ। संसदबाट गणतन्त्र घोषणा, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र आत्म निर्णयको अधिकारसहितको संघीय शासन प्रणालीको व्यवस्था गरी अन्तरिम संविधान संशोधन गर्न सम्मेलनले माग गर्ने फोरमको असन्तुष्ट पक्षले जनाएको छ।

Popularity: 9%

Add comment November 18th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....