Archive for November 19th, 2007

सात दिन जमीनभित्र तपस्या गर्ने योजना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मनोक्रान्ति साधकहरूले आगोमा हिडेर तथा शरीरमा मोटर गुडाएर चर्चा बटुलिरहेकै समयमा एक साधकले सातदिनको लागि जमिनभित्र पुरिएर नुवाकोटवासीको ध्यान खिचेका छन् ।

आफ्नै पिसाब सेवन गरी सात दिनसम्म बन्द खाडलभित्र तपस्या गर्नका लागि ललितपुरका २७ वर्षीय श्याम श्रेष्ठ विदुरमा नौ फिट गहिरो र नौ फिट फराक खाडलमा हिजो अपरान्ह ४ बजे प्रवेश गरेका छन् ।

भूतपस्या नाम दिइएको उक्त साधना शान्तिको कामना सहित आयोजना गरिएको मनोक्रान्ति साधक सङ्घले जानकारी दिएका छन् ।

खाडलभित्र प्रवेश गरेका साधक श्रेष्ठलाई माथिबाट जस्तापाता राखी माटोले पुरिएको छ ।

आवश्यक पर्दा पानीमात्र सेवन गरी तपस्यामा बस्ने श्रेष्ठले मनोक्रान्ति योगसमेत गरिने बताएका छन् ।

मङ्सिर ९ गते अपरान्ह ४ बजेमात्र जमिनबाट बाहिरीने कार्यक्रम भएका श्रेष्ठ खाडलमा प्रवेश गर्नुपूर्व प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा र्सवसाधारणको उपस्थिति रहेको थियो ।

साधक श्रेष्ठ सदरमुकाम विदुर स्थित घरेलु तथा शिल्प विकास कार्यालयको प्राङ्गणमा खनिएको खाडलमा भूतपस्यामा बसेका छन् ।

Popularity: 9%

Add comment November 19th, 2007

आज सात पार्टीको शीर्ष नेताको बैठक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनको मिति, व्यवस्थापिका-संसदको विशेष अघिवेशनबाट पारित प्रस्तावलगायत मुलुकको समसामयिक राजनीतिबारे छलफल गर्न सात पार्टीको शीर्ष बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले आज बिहान नौबजे शीर्ष बैठक बस्ने जानकारी दिनुभयो ।

आजै अपराह्न बस्न लागेको संसदको नियमित अधिवेशन अगाडि राजनीतिक गतिरोध टुंग्याउने उद्देश्यले वार्ता हुन लागेको हो।

Popularity: 9%

Add comment November 19th, 2007

राजाको अपमान गरे सजाय हुने व्यवस्था खारेज गर्न माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
फ्रीडम फोरमले राज्यविरुद्धको अपराध र सजायँ ऐन २०४६ को दफा ४ (१) नेपालको अन्तरिम संविधान, २०६३ सँग बाझिएको भनी आज सर्वोच्च अदालतमा सो कानुन खारेजीका लागि रिट निवेदन दायर गरेको छ ।

सो ऐनको दफा ४(१) मा कसैले लेखेर वा वचनले वा आकार र चिहृनद्वारा वा अन्य कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपले श्री ५ महाराजाधिराज वा राजपरिवारप्रति घृणा, द्वेष वा अवहेलना गरे-गराएमा वा सो गर्ने उद्योग गरेमा वा दुरुत्साहन दिएमा तीन वर्षम्म कैद वा रु.तीन हजारसम्म जरिवाना वा दुवै सजायँ हुनेछ भनी प्रकाशनमा प्रतिबन्ध लगाएको जनाइएको छ ।

ऐनमा उल्लेखित प्रावधानले राजा र राजपरिवारबारे छलफल गर्न, र्सार्वजनिक बहस गर्न र निजहरुबारे उठेका कुरा वा आलोचना छाप्न, कुनै कुराको प्रकाशन तथा प्रसारण गर्नलाई रोक लगाएको देखिन्छ भन्दै फोरमले कुनै पनि निकायले कुनैपनि र्सतमा वा बहनामा संविधानप्रदत्त मौलिक हकमाथि आघात पुर्याउनु संवैधानिक मूल्यमान्यतामाथिको चुनौती भएकाले उक्त ऐनका व्यवस्था संविधान विपरीत भएको जिकिर गरेको छ ।

फ्रीडम फोरम, लिगल डेस्कका अधिवक्ताद्वय ऋषिराम घिमिरे र सुवास शर्मा तथा फोरमका कार्यकारी निर्देशक सन्तोषबाबु सिग्देलले दायर गरेको उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सूचना तथा सञ्चार एवं कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

Popularity: 9%

2 comments November 19th, 2007

विद्युत उत्पादन बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गण्डक बाँध सञ्चालन गर्ने भारतको सिँचाइ विभागले नहरमा पानी रोक्दा नवलपरासीको गुठीप्रसौनीस्थित गण्डक जलविद्युत केन्द्र विगत चारसाता अघिदेखि ठप्प भएको छ ।

भारतको विहार सिँचाइ विभागले प्रत्येक वर्षस्तै यस वर्षपनि नहर सरसफाइ र ब्यारेज मर्मतसम्भारका लागि पानी बन्द गरेपछि यही कात्तिक ७ गतेबाट विद्युत केन्द्र ठप्प भएको केन्द्रका लेखा अधिकृत वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

दैनिक छ देखि सात मेघावाटसम्म विद्युत उत्पादन गर्ने सो केन्द्रमा चारसातादेखि भारतको विहार सरकारले पानी नखोल्दा दैनिक रु.छदेखि सात लाखसम्मको उत्पादन ह्रास भएको जनाइएको छ ।

पानी नभएका कारण केन्द्रमा विद्युत उत्पादन हुन नसकी नेपाल सरकारलाई प्रत्यक्ष रुपमा घाटा भएतापनि विहार सरकारले प्रत्येक वर्षनहर मर्मतसम्भार गर्नका लागि पानी रोक्ने गरेकाले विहार सरकारलाई अप्रत्यक्ष रुपमा नाफा भएको पनि बताइएको छ ।

केन्द्रबाट उत्पादित विद्युत भारतको रामनगरस्थित विद्युत कार्यालय र नवलपरासीको बर्दघाटस्थित विद्युत कार्यालयद्वारा वितरण हुने गर्छ ।

Popularity: 9%

Add comment November 19th, 2007

काँग्रेस सांसदहरुद्वारा ह्विप उल्लंघन गर्ने चेतावनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गणतन्त्र, राजतन्त्र र संविधानसभा निर्वाचनको प्रणालीबारेमा पार्टी महासमितिले स्वीकार गरेका विषयलाई पार्टीको मुख्य मान्यता बनाउने कि अन्य विकल्प खोजी गरिने भन्ने विषयमा नेपाली काङ्ग्रेस पार्टीभित्र गम्भीर बहस प्रारम्भ भएको छ ।

पार्टीं संसदीय दल एवं काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुको प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा सो बहस सुरु भएको हो ।

बैठकमा खुमबहादुर खड्का, विनयध्वज चन्द, गोविन्दराज जोशीलगायतले नेका महासमितिले गरेका निर्णयभन्दा बाहिर गएर निर्णय गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

नेका महासमितिको बैठकले व्यवस्थापिका-संसदबाट गणतन्त्रको घोषणा गर्न नहुने निर्णय गर्दै संविधानसभाको निर्वाचनमा मिश्रति र समानुपातिक प्रणाली अवलम्बन गरिनुपर्नेजस्ता विषय अनुमोदन गरेको थियो ।

बैठकपश्चात् सांसद जोशीले सञ्चारकर्मीहरुसँग नेकाभित्र गणतन्त्र, राजतन्त्र र संविधानसभा निर्वाचन प्रणालीबारेमा महासमितिले लिएका निर्णय गम्भीर बहस सुरु भएको जानकारी दिँदै महासमितिका निर्ण्र्ााबाहिर गएर कुनै निर्ण्र्ाागरिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो- पार्टी महासमितिले गरेको निर्णय अडान राख्नुपर्छ, त्यसमा अरु दल सहमत हुन्छन् भन्ने हुन्छन्, नत्र आफ्नो बाटो लाग्छन्, यदि पार्टीको निर्णयविपरीत गएमा हामी पार्टीको आदेश उल्लङ्घन गछौँ ।

Popularity: 9%

Add comment November 19th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....