Archive for November 25th, 2007

मन्थलीमा निषेधाज्ञा जारी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माअ‍ोवादी र स्थानीय बासिन्दाबीच भएको झडप नियन्त्रण गर्न रामेछापको सदरमुकाम मन्थलीमा आज निषेधाज्ञा जारी गरिएको छ।

मौसमी चन्दा भन्दै खेतमा दाइँ गरिरहेका किसानहरुसँग चन्दा असुली गर्न थालेपछि माअ‍ोवादी र स्थानीय बासिन्दा बीच झडप भएको थियो। झडपमा चार जना घाइते भएको बुझिएको छ।

Popularity: 9%

1 comment November 25th, 2007

माओवादी नेताको कार्यक्रम बहिस्कार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पत्रकार वीरेन्द्र साहको हत्या गरिएकोमा माओवादीले माफी नमागेसम्म उनीहरुको औपचारिक समाचार वहिष्कार गर्ने निर्णय गरेको तनहुँका पत्रकारहरुले नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् अन्तरिम व्यवस्थापिका संसदका विधायक देव गुरुङको कार्यक्रम वहिष्कार गरे।

नेकपा माओवादी निकट कुमाल राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित गणतन्त्र घोषणा, समानुपातिक निर्वाचन प्रणाली र कुमाल जातिको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन आएका माओवादी नेता गुरुङको कार्यक्रम पक्रकारहरुले बहिष्कार गरेका हुन्।

माओवादीले पत्रकार साहको हत्यालाई लिएर अहिलेसम्म पनि माफी नमागेको र साहको परिवारलाई आफ्नो पार्टीबाट कुनै पनि किसिमको क्षतिपूर्ति नदिएका कारण सबै पत्रकारहरुले माओवादी नेता गुरुङको कार्यक्रम वहिष्कार गरेको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष प्रदिप काफ्लेले बताउनुभयो।

Popularity: 9%

2 comments November 25th, 2007

माओवादी दरवारिया हुन्-राज्यमन्त्री गुरुङ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री इन्द्रबहादुर गुरुङले माओवादीहरु दरवारिया भएको आरोप लगाउनुभएको छ।

स्याङजाको गल्याङमा आयोजित नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले उक्त आरोप लगाउनुभएको हो।

राज्यमन्त्री गुरुङले माओवादीहरुले राजालाई सहयोग पुग्ने काम मात्र गरिरहेको र कसरी राजालाई सहयोग पुग्छ भन्नेतर्फमात्र तल्लिन रहेको बताउँदै भन्नुभयो - माओवादी चुनावी प्रतिस्पर्धामा जान चाहेन र चुनाव विथोल्ने कार्यहरु मात्र ग-यो।

माओवादीले चुनाव विथोल्न र सफल हुन नदिन मधेसी र आदिवासीलाई समेट्ने निहुँमा पूर्ण समानुपातिक भन्दै आएको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा विधायक शङ्करप्रसाद पाण्डे, काङ्ग्रेस स्याङ्जाका सभापति खगेन्द्र रेग्मी, सहसभापति कमल पङ्गेनी एवं सम्पूर्ण गाविसका सभापतिहरुले संविधानसभा निर्वाचनको मिति तुरुन्त घोषणा गर्न माग गरका थिए।

Popularity: 9%

9 comments November 25th, 2007

माअ‍ोवादी सांगठनिक विद्रोहको तयारीमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनमुक्ति सेना र नेपाली सेनालाई तत्काल राष्ट्रिय सेना बनाउन राष्ट्रको आवश्यकता भएको बताउनुभएको छ।

सातौं जनमुक्ति सेना दिवसको अवसरमा शनिबार चितवनको शक्तिखोर स्थित माओवादी जनसेनाको तेस्रो डिभिजनमा आयोजित समारोहलाई उद्घाटन सम्वोघन गर्दै उहाँले सेना समायोजनका लागि वैधानिक सहमति र त्यस खालको वातावरण कायम हुन नसकेको बताउनुभयो।

उहाँले पुरानो सेना राजनीतिकरूपमा पराजित भएको र जनसेना राजनीतिकरूपमा विजयी भएकोले नेपाली सेना भन्दा जनसेना नै अगाडि रहेको समेत दावी गर्नुभयो। उहाँ“ले अहिले देश कठिन राजनीतिक परिस्थितिमा रहेको बताउँदै यसको दोष सरकारलाई दिनुभयो।

वर्तमान सरकारले ऐतिहासिक वास्तविकतालाई नबुझेकोले आफूहरू सांगठनिक विद्रोहको तयारीमा रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो। आफूहरूको अबको आन्दोलन नेपाल सरकारको काबुबाट बाहिरको हुने र यस्तो विद्रोह भए यसको जिम्मा सरकारले नै लिनुपर्ने पनि बताउनुभयो।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका हतियार तथा सेना प्रमुख जनरल जोन एरिक विल्हीमसनले दलहरूलाई सहमतिको राजनीति गर्न सुझाव दिनुभयो।

सो अवसरमा अध्यक्ष प्रचण्डले साप्ताहिक खेलकुदको समेत उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा व्याण्ड बाजा बजाएर सेनाकै शैलीमा अध्यक्ष प्रचण्डलाई सलामी अर्पण गरिएको थियो भने झण्डोत्तोलन समेत गरिएको थियो। कार्यक्रममा जनसेनाले १८ प्रकारका पिटिहरू प्रदर्शन गरेका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

सशस्त्र द्वन्द्वको समयमा युद्ध मैदानमै वाषिर्की मनाउँदै आएका जनसेनाले पहिलो पटक अस्थायी क्याम्पमा वृहतरूपमा जनमुक्ति सेना दिवस मनाएका हुन्। जनमुक्ति सेनाको बृहत कार्यक्रममा पहिलो पटक र्सवसाधारणका लागि समेत अस्थायी शिविर खुला गरिएका कारण हजारौं र्सवसाधारणहरूको सो कार्यक्रममा उपस्थिति रहेको थियो। र्सवसाधारण माझ गृह जिल्लामा अध्यक्ष प्रचण्डले पहिलो पटक सम्बोधन गर्नुभएको हो।

कार्यक्रममा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई, मोहन बैद्य किरण, रामबहादुर थापा बादल, हिशिला यमी, दिनानाथ शर्मा लगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

Popularity: 9%

2 comments November 25th, 2007

पत्नी र सालीलाई तेजाव खन्याइयो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
झापा जिल्लामा एक व्यक्तिले आफ्नी श्रीमती र सालीमाथि अति ज्वलनशील पदार्थ तेजाव खन्याएको छ।

केरखा बस्ने धनराज गिरीले आफ्नी श्रीमती मीना राई र साली गीताको टाउकोमाथि तेजाव खन्याएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

तेजावबाट घाइते दुवै जनालाई तत्काल दमकस्थित आम्दा अस्पतालमा उपचारार्थ भर्ना गरिएको तर स्थिति नियन्त्रणभन्दा बाहिर रहेकाले त्यहाँबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

टाउकोमाथि तेजाव खन्याएको कारण अनुहारका साथसाथै पूरै शरीरमा असर परेको बताइएको छ।

अभियुक्त गिरी हाल फरार रहेको र उनको खाजी कार्य जारी रहेकोर् इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Popularity: 9%

16 comments November 25th, 2007

अनलाइन पत्रकारिता पुरस्कार स्थापना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अनलाइन मिडिया एसोसिएसन नेपाल (ओमान)ले अनलाइन मिडिया र त्यसमा कार्यरत सञ्चारकर्मीलाई थप प्रोत्साहित गर्न उत्कृष्ट अनलाइन पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ।

सो एसोसिएसनको बैठकले सो निर्णय गरेको हो। निर्णयअनुसार हरेक वर्ष एउटा अनलाइन पत्रिका र एकजना अनलाइन मिडियामा कार्यरत पत्रकारलाई सो पुरस्कार प्रदान गरिने छ। पुरस्कारअर्न्तर्गत ताम्रपत्र र रू.पाँच हजार १।- प्रदान गरिने संस्थाले जनाएको छ।

बैठकले देशभित्र अनलाइन मिडियाको शाखा गठन कार्यलाई तीव्रता दिने कार्य सुरु गर्ने र विदेशमा रहेका अनलाइनकर्मीहरूलाई समेटेर अनलाइन मिडिया एसोसिएसन सर्म्पर्क समिति गठन गर्ने प्रक्रियासमेत थालनी गर्ने निर्णय गरेको छ।

साथै बैठकले अनलाइन मिडियासम्बन्धी लेखरचना र गतिविधि समेटेर द्वैमासिक रूपमा बुलेटिन प्रकाशन गर्न एसोसिएसनका उपाध्यक्ष तिलक मल्लको संयोजकत्वमा अर्का उपाध्यक्ष विभोर बराल र महासचिव धर्मराज भुसाल सदस्य रहेको प्रकाशन समिति पनि गठन गरेको छ।

Popularity: 9%

Add comment November 25th, 2007

दाजुभाइमाथि बञ्चरो प्रहार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आफ्नै ठूलोबुबा सेतीराम बोहराको बन्चरो प्रहारबाट सिद्धेश्वर गाविस, वडा नं. ९ कल्लेचौर बस्ने १० वर्षीय प्रकाश बोहराको मृत्यु हुनाका साथै उनका भाइ ८ वर्षीय पुष्प बोहरा गम्भीर घाइते भएका छन्।

दाजुभाइबीचको अंशसम्बन्धी विवादलाई लिएर दाजुले भाइका छोराहरूलाई बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।

गम्भीर घाइते पुष्प बोहरालाई उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ। मृतकका बाबु शेरबहादुर बोहरा र ठूलोबुबा सेतीराम बोहराबीच केही दिनअघि अंशसम्बन्धी विवाद भएको बताइएको छ।

प्रहरीले अभियुक्त सेतीरामलाई पक्राउ गरी कारबाही सुरु गरिसकिएको बताएको छ।

Popularity: 9%

Add comment November 25th, 2007

माओवादी जनसेना दावी गरेभन्दा कम

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २५-
अस्थायी शिविरमा रहेका माओवादी जनसेनाको संख्या माओवादीले दाबी गरेको भन्दा निकै कम रहेको खुलासा भएको छ।

माओवादीले ३१ हजार जनसेना रहेको दाबी गरे पनि सो संख्या २४ हजार मात्र रहेको खुलासा भएको हो। अमेरिकी पूर्व राष्ट्रपति जिमि कार्टरसँगको भेटमा नेपालस्थित राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख इयान मार्टिनले माओवादी जनसेनाको संख्या करिब २४ हजार रहेको र तीमध्ये करिब ६ हजार अयोग्य रहेको बताउनुभएको कार्टरले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

३१ हजारमध्ये ७ हजार सेनाले शिविर छाडेर घर फर्केको हुनसक्ने अनुमान समेत गरिएको छ। पत्रकार सम्मेलनमा कार्टरले भन्नुभयो, मार्टिनले मलाई डिसेम्बर मध्यसम्ममा जनसेनाको दोस्रो चरणको प्रमाणीकरण सकिने बताउनुभएको छ, जहाँ ६ हजार जनसेना प्रमाणीकरणमा अयोग्य साबित हुने सम्भावना छ।

Popularity: 9%

Add comment November 25th, 2007

माओवादी संविधानसभा चुनाव भाँड्न लागेका छन् - मन्त्री गुरुङ

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २५-
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्बीसुब्बा गुरुङले माओबादी संबिधान सभा निर्बाचन भाँड्न लागि परेको आरोप लगाउनुभएको छ।

धनकुटामा शनिवार मौनाबुधुक उच्च माबिको उद्घाटन गर्दै मन्त्री गुरुङले माओबादीले आफ्ना कृयाकलापका बारेमा समीक्षा गर्ने बेला आएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो-अहिले बादबिबाद होइन, माओबादी र माओबादीलाई यहाँसम्म ल्याउने सात दलले पनि आत्मसमीक्षा गर्नुपर्छ। काग्रेस नेतृत्वको सरकारमा काम गर्न असजिलो भएको बताउर्दै मन्त्री गुरुङले सरकारमा बसेर पनि सोचे जस्तो बिकाश गर्न नसकिएको सुनाउनुभयो।

Popularity: 9%

2 comments November 25th, 2007

धरानमा फेसन कलेजको स्थापना (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर २५ -
सुन्दर नगरी धरानमा भेलोसिटी फेसन कलेज खुलेको छ। भारतस्थित सिलीगुडीको शाखाको रुपमा खुलेको उक्त कलेजको सोमबार विविध कार्यक्रमसमेत आयोजना गरी उद्घाटन गरिएको छ। (more…)

Popularity: 9%

Add comment November 25th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....