Archive for November 26th, 2007

कोलोराडोमा ९९औ देवकोटा जयन्ती तथा कवि गोष्ठी (+Photo)

कोलोराडो, एचकेनेपाल डट कम, नोभेम्बर २६ -
अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १८ नोभेम्बर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९ औं जन्म जयन्ती भव्यताका साथ मनाइयो। साथमा कवि गोष्ठी एवं पुस्तक विमोचन कार्यक्रम समेत रहेको थियो।

नेपालसंग भौगोलिक हिसाबले मिल्दो जुल्दो अमेरिकाको रमणीय राज्य कोलोराडोमा बसोबास गर्ने नेपाली माटो, भाषा, संस्कृति र साहित्यलाई माया गर्ने नेपालीहरुको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट भ्रमणको शिलशिलामा कोलोराडो आइपुग्नु भएका वरिष्ठ राजनीतिज्ञ -ने.का. संसदीय दलका सदस्य सचिव) एवं कवि वेनुपराज प्रसाई प्रमुख अतिथि रहनु भएको थियो। राष्ट्रिय एकता सम्बन्धी स्वागतगानबाट शुरु गरिएको उक्त साहित्यिक समारोहमा सभापति, प्रमुख अतिथि लगायत उपस्थित सवैले देवकोटाको तस्वीरमा माल्यार्पण गरि हार्दिक श्रद्धाञ्जलि समेत अर्पण गरेका थिए।


च्याप्टरका उपसभापति सुशिल त्रिपाठीले उपस्थित सवैलाई स्वागत गर्दै च्याप्टरको कृयाकलाप छोटकरीमा प्रस्तुत गर्नु भएको थियो भने राजेन्द्र शर्माले महाकवि देवकोटाको बारेमा संक्षिप्त चर्चा गर्नु भएको थियो। कार्यक्रमका अन्य वक्ताहरुमा रक्कि माउन्टेन फ्रेण्ड्स अफ नेपालका अध्यक्ष धर्मराज श्रेष्ठ सोही संस्थाका संस्थापक अध्यक्ष रमाकान्त अधिकारी, समाजसेवी श्री रामप्रसाद श्रेष्ठ, प्राध्यापक डा.राधावरध्वज खाती हुनुहुन्थ्यो। वक्ताहरु सवैले महाकवि देवकोटाको नेपाली साहित्य आकाशमा रहेको उचाईको चर्चा गर्दै यस्तो महान सपुतको जन्म जयन्ती मनाएर आफ्नो संकृतिको जगेर्नामा अनेसास कोलोराडो च्याप्टरले देखाएको अग्रसरताप्रति खुशी व्यक्त गर्दै अगामी दिनहरुमा नेपाली भाषा र संस्कृतिको विकास र संवर्द्धनमा अझ ससक्त कार्यक्रम गर्दै जाओस् भन्ने कामना समेत गर्नुभयो।

प्रमुख अतिथिको आशनबाट बोल्दै प्रर्साईले जन्मभूमिदेखि यति टाडा रहेर पनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको जगेर्नामा नेपाली दाजुभाई दिदीबहिनीहरु संवेदनशील रहेको देख्दा आफू ज्यादै हर्षित भएको कुरा व्यक्त गर्नु भयो। कोलोराडोको भौगोलिक रमणीयताका साथै नेपालीहरुको आतिथ्य र अत्मीयता देख्दा आफू नेपालभित्रै रहेको महसुस भईरहेको कुरा समेत उहाँले गम्भीरताका साथ भन्नु भयो।

कार्यक्रमका सभापति ज्ञानेन्द्र गदालले नेपाली भाषा, साहित्य कला र संस्कृति हाम्रो पहिचान हो, राजनैतिक, समाजिक र आर्थिक रुपले विखण्डन तर्फ अग्रसर हाम्रो देशलाई अहिलेको परिस्थितिमा एकताको एउटै सुत्रमा बाध्ने माध्यम नेपाली भाषा र संस्कृति नै हो, यिनलाई बचाउन सकेमा विश्वमा नेपाल बाँची रहनेछ भन्दै अनेसास यसैमा लागि परेको संस्था हो भन्नु भयो।

कार्यक्रमको सफलताको लागि वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा -मिसिगन) अनेसासाका संस्थापक अध्यक्ष होमनाथ सुवेदी -भर्जिनिया) र विश्व सन्देश पत्रिकाका संपादक एव यूवा कवि हेमन्त श्रेष्ठले इमेलबाट पठाउनु भएको शुभकामना सन्देश समेत सभापति गदालले कार्यक्रममा सुनाउनु भएको थियो।

कवि तथा कवयत्रीहरु प्रमोद घिमिरे, दिक्षा गौतम, केशव आचार्य, भुपेन्द्र महत, आचार्य प्रभा साबु कार्की, वेनुपराज प्रर्साई र ज्ञानेन्द्र गदालले कविता वाचन भएको थियो। रेडियो नेपालका वरिष्ठ कार्यक्रम संचालक फणिन्द्र ध्वज कार्कीले बडो रोचक ढंगले कार्यक्रम संचालन गर्नुभएको थियो।

त्यसै गरी सोही कार्यक्रममा आचार्य प्रभाद्वारा लिखित कविता संग्रह “परदेशबाट” को विमोचन कार्यक्रमका प्रमुख अतिथि वेनुपराज प्रर्साईले गर्नुभयो। विमोचित पुस्तकको बारेमा बोल्दै कवयत्री आचार्यले उक्त पुस्तकमा आफ्ना लेखन यात्राको २५ वर्षभित्रका नयाँ पुराना कविताहरु संग्रहित रहेको र यी कविताहरुमा मानवीय, दुख पीडा र यथार्थता व्यक्त गरिएको कुरा प्रष्ट पार्नु भयो।

Popularity: 9%

Add comment November 26th, 2007

माअ‍ोवादीद्वारा चन्दा संकलन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादी, तनहुँले सङ्घात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अन्तिम अभियानका लागि भन्दै यहाँका उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी र र्सवसाधारणसँग चन्दा सङ्कलन गरिरहेका छन्।

नेकपा माओवादी जिल्ला सङ्गठन समिति, तनहुँका सेक्रेटरी दिनेशद्वारा हस्ताक्षरित पत्रमा रकम उल्लेख नभए पनि पत्रसँगै टाँसिएको चिटमा भने अपेक्षा गरिएको रकम उल्लेख गरिएको छ।

सो सम्बन्धमा प्रतिक्रिया माग्दा दिनेशले चन्दा स्वेच्छिक भएको र जर्बजस्ती नगरिएको बताउनुभयो।

हालसम्म कति चन्दा सङ्कलन भयो भन्नेबारे अभियान नसकिँदै जानकारी दिन गाह्रो हुने उहाँको भनाइ थियो।

Popularity: 9%

2 comments November 26th, 2007

बैङ्क लुट्ने सात जना पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँ कमलादीस्थित बैङ्क अफ काठमाडौँको केन्द्रीय कार्यालयमा आइतबार साँझ लुटपाट गरी दुई करोडभन्दा बढी लुटपाट गर्ने सशस्त्र समूहमध्ये सात जनालाई गिरफ्तार गरिएको छ।

सो समूहले हतियार देखाउँदै बैङ्कका सुरक्षाकर्मी एवं कर्मचारीलाई कोठामा थुनेर लुटपाट मच्चाएको थियो।

लुटपाटलगत्तै एक जनालाई बीस हजार रुपैयाँसहित बैङ्क नजिकै गिरफ्तार गरिएको थियो भने २० लाख चानचुनसहित अर्का एक जनालाई बागबजारबाट गिरफ्तार गरिएको थियो।

त्यसपछि रातभर कडा नाकाबन्दी र चेकजाँच गर्ने क्रममा थप शंकास्पद पाँच जनालाई पक्राउ गरिएको थियो।

प्रहरीले बैङ्क लुटपाटमा सहयोग गरेको आशंकामा बैङ्कका केही गार्डलाई पनि हिरासतमा राखेर सोधपूछ गर्दैछ।

Popularity: 9%

2 comments November 26th, 2007

पहिला नेताको दिमागमा गणतन्त्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले नेताहरूको दिमागमा गणतन्त्र आएपछि मात्र नेपालमा गणतन्त्र स्थापना हुनसक्ने बताउनुभएको छ।

काभ्रेको बनेपामा साहित्यकार दिनेश सेवाचार्यद्वारा लिखित ‘शब्दहरूको भूमि’ कवितासङ्ग्रह सार्वजनिक समारोहमा बोल्दै उहाँले राज्यको पुनःसंरचनाका लागि सबैको मानसिकतामा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।

आचार्यले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले अघि सार्नुभएको धारणा पुरानै भएपनि शक्ति राष्ट्रका नेताबाट आएपछि दलहरूमा नयाँ तरङ्ग ल्याएको बताउँदै नेताहरूले आफ्नो क्षमतामाथि आफैले अविश्वास गरेकाले मध्यस्थताको खोजी गर्नुपरेको उल्लेख गर्नुभयो।

Popularity: 9%

3 comments November 26th, 2007

सोनापुर गाविस बन्दमुक्त गाउँ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लगातारको बन्द र हडतालका कारण दिक्क भएका सुनसरी जिल्लाको सोनापुर गाविसका सम्पूर्ण राजनीतिक दलको सर्वपक्षीय भेलाले सो गाविसलाई बन्दमुक्त गाउँको रुपमा घोषणा गरेको छ।

नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र नेपाल सदभावना पार्टी लगायतका दलको भेलाले सोनापुर गाविसमा कुनै पनि विषयमा हडताल नगर्ने सहमतिसहित सो विषयबारे जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई बोधार्थ दिएका छन्।

बारम्बारको बन्द र हडतालले गाउ“को जनजीवन अस्तव्यस्त भएको र औद्योगिक क्षेत्रको स्थिति डामाडोल भएको भन्दै सोनापुरवासीले अब उप्रान्त कहिल्यै बन्द नगर्ने सहमति गरेको पार्टी प्रतिनिधिहरुले बताएका छन्।

Popularity: 8%

Add comment November 26th, 2007

पिसाब र पानी खाई खाडलमुनि तपस्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सदरमुकाम विदुरस्थित इलम प्रशिक्षण केन्द्र अगाडि एकसाता अघिदेखि निराहार खाडलमुनि तपस्यामा बसेका मनोक्रान्ति योगका साधक श्याम श्रेष्ठ तपस्याबाट आइतबार अपराह्न बाहिर निस्किएका छन्।

यही मङ्सिर २ गतेदेखि पानी मात्र सेवन गरेर भूतपस्यामा बसेका ललितपुर निवासी २७ वर्षीय श्रेष्ठले तपस्याबाट बाहिर निस्किएपछि आफू गुरुले सिकाएको मनोक्रान्तिको अभ्यासबाट नै सात दिनसम्म निराहार बन्द खाडलभित्र बस्न सफल भएको बताउनुभयो।

शान्ति र स्वस्थ जीवनको कामना गर्दै नौ फिट गहिरो खाडलभित्र बसेर तपस्या गरेका श्रेष्ठले गुरु विकासानन्दको प्रेरणाबाट आफूलाई सिद्धि प्राप्ति भएको दावी गर्नुभयो।

अँध्यारो र अक्सिजनको अभाव भएको खाडलभित्र लामो समय बस्दा आफूलाई दर्ुइपटक धेरै पीडा भएको बताउँदै श्रेष्ठले मनोक्रान्तिको योगाभ्यासबाट आफूले ठूलो कष्ट सहन सकेको दावी गर्नुभयो।

तपस्यास्थलमा बस्नुपूर्व दुई दिनदेखि खाना नखाएका श्रेष्ठले आफ्नो पिसाब र पानी सेवन गरेर तपस्या गरेको बताउनुभयो।

तपस्वी श्रेष्ठ बाहिर निक्लिएको अवस्था हेर्नका लागि अपराह्न तपस्यास्थलमा नुवाकोटका सयौँ दर्शक उपस्थित थिए।

Popularity: 8%

6 comments November 26th, 2007

कीर्तिमानी धावकलाई नागरिक अभिनन्दन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गिनिजबुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल नेपालका एभरेस्ट म्याराथुन धावक हरिबहादुर रोकायालाई आइतबार नेपालगञ्जमा नागरिक अभिनन्दन तथा सम्मान गरियो।

जुम्ला जिल्ला चन्दननाथ गाउँ विकास समितिका धावक रोकायाले सगरमाथा बेसक्याम्पदेखि नाम्चे बजारसम्मको दूरी ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा पुरा गरेपछि सन् २००५ मा कम समयमा एभरेस्ट म्याराथुन दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको भनी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नाम लेखिएको थियो।

कार्यक्रमअघि खेलकुद पत्रकार समूहको आयोजनामा धावक रोकायालाई बाँके जिल्लाको राँझा विमानस्थनवाट स्थानीय भेरी प्राविधिक शिक्षालयको सभाकक्षसम्म सम्मानका साथ ल्याइएको थियो।

राँझा विमानस्थलदेखि कार्यक्रमस्थलसम्म सडकका दुवै छेउमा रहेका स्थानीय विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, खेलाडी तथा खेल पदाधिकारी, खेल प्रशिक्षक, पत्रकार, व्यापारी तथा र्सवसाधारणले धावक रोकायाको अभिनन्दन गरेका थिए।

धावक रोकायालाई नेपाल प्रहरीको ब्यान्ड टोलीले राष्टिय सलामीसमेत अर्पण गरी स्कर्टिङ गरेको थियो।

Popularity: 8%

Add comment November 26th, 2007

बेलायतमा नेपाली फिल्म “वास्तविकता” प्रदर्शन

एचकेनेपाल डट कम, नोभेम्बर २६ -
प्रभात प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली चलचित्र वास्तविकता अहिले युकेका बिभिन्न ठाउँहरुमा प्रदर्शन हुँदै छन्।

प्रदर्शनको क्रममा गत शनिबार आसफोर्डमा वास्तविकताको प्रदर्शन गरियो। सगरमाथा गोर्खा कम्युनिटीको आयोजनामा सो फिल्म प्रदर्शनका अवसरमा प्रबासी नेपाली साहित्य समाज (प्रभात) का अध्यक्ष गणेश राईले सगरमाथा गोर्खा कम्युनिटिका अध्यक्ष सन्तोष घलेलाई कार्येक्रमको आयोजना गरिदिनु भएकोमा प्रभातको तर्फबाट आभार पत्रका साथ संस्थाका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा आफ्नो बिचार राख्दै अध्यक्ष घलेले नेपाली कलाको बिकासको निम्ति प्रभातको गर्बिलो कदम भएको उल्लेख गर्दै यस्ता राम्रो कदम सधैं अघि बढि रहोस् भनेर शुभकामना दिनु भएको थियो।

कर्यक्रममा लेखक तथा निर्देशक मुलिबीर राईले कलाकारहरुको परिचय दिदै फिल्म बनाउंदाका भोग्नु परेका कठिनाइहरुको सम्झनाहरु सुनाउनु भएको थियो। नवराज राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा किरात याक्थुम चुम्लुङका अध्यक्ष श्री प्रसाद लिम्बु लगायत अन्य बिशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्रका कलाकारहरुको पनि उपस्थिति रहेको थियो।

Popularity: 8%

Add comment November 26th, 2007

कतारवासी कस्केलीहरुको प्रथम साधारणसभा सम्पन्न

बिलबहादुर गुरुङ, कतार / एचकेनेपाल डट कम, नोभेम्वर २६ -
कतारवासी कस्केलीहरुको साझा संस्था कास्की आदर्श सेवा समाज दोहा कतारको प्रथम साधारणसभा नयां नेतृत्वको चयन गर्दै शुक्रबार सम्पन्न भएको छ।

नेपाली राजदूतावास दोहा कतारका कार्यवाहक राजदूत रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभाको सभापतित्व समाजका संयोजक बिलबहादुर गुरुङले गर्नु भएको थियो। समाजको व्यानर खोलेर प्रमुख अतिथि खड्काले साधारणसभाको उद्घाटन गर्नुभएको थियो। समाजको सांगठानिक प्रतिवेदन सचिव ध्रुवराज अधिकारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवराज अधिकारीले प्रस्तुत गर्नु भएको थियो।

समाजको प्रथम साधारणसभालाई खुल्ला सत्र र बन्द सत्र गरि दुई भागमा विभाजन गरिएको थियो। खुल्ला सत्रमा प्रमुख अतिथि तथा कार्यवाहक राजदूत रामकाजी खड्का, विशेष अतिथिहरुमा एनआरएनए-आईसीसीका सचिव सागर नेपाल, एनआरएनए-आइसीसीका सदस्य टि.बि.कार्की र एनआरएनए-एनसीसी कतारका संयोजक राजेश दर्शन अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यको क्रममा उहांहरुले कास्की आदर्श सेवा समाजको प्रथम साधारणसभाको पूर्ण सफलता तथा प्रगतिको कामाना गर्नुहुदै समाज जागरुक भएकोमा खुसी व्यक्त गर्नु भयो।

स्मरणीय रहोस् लामो समयदेखि सुसुप्त अवस्थामा रहेको यस समाजलाई गति दिनु पर्छ भनि लागेका जुझारु कस्केलीहरुको एक भेलाले बिलबहादुर गुरुङको संयोजकत्वमा तीन महिनाअघि मात्र तदर्थ समिति गठन गरेको थियो। त्यसरी नै शुभकामना मन्तव्य व्यक्त गर्नु हुने अतिथिहरुमा कतार नेपाल पत्रकार संघका सभापति नेत्र खनाल, ने.क.पा.एमाले प्रवास पार्टी कमिटिका सचिव सम्सेरदिन मिया“, प्रवासी नेपाली सम्पर्क मञ्चका सचिव राम हरि गैरे, प्रवासी नेपाली मजदुर एकता समाजका संयोजक पेमा ग्याल्जेन शेर्पा, कतार नेपाल एकता समाजका सचिव गंगा सुवेदी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधि ज्ञान बिखर्चि र गोर्खा प्रवासी संघका अध्यक्ष विरबहादुर थापा आदि हुनुहुन्थ्यो।

खुल्ला सत्रको अन्तमा संायोजक तथा साधारणसभाका सभापति बिलबहादुर गुरुङले समाजको साधारणसभालाई यस रुपमा सफलता दिलाउन जो जस्ले सहयोग र सदभाव प्रदान गर्नु भयो उहांहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु हुदै प्रमुख अतिथि, विशेष अतिथिहरु र अतिथिहरु प्रति कृतज्ञता प्रकट गर्नु भएको थियो। साथै एनआएनए-एनसीसी कतारका संयोजक राजेश दर्शन अर्यालको संयोजकत्वमा सम्सेरदिन मिया र रामहरि गैरे सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन समितिको चयन गर्नुहुदै तदर्थ समिति विघटन भएको घोषणा सभापति गुरुङले गर्नु भएको थियो।

बन्द सत्रमा संयोजक बिलबहादुर गुरुङले प्रस्तुत गर्नु भएको समाजको संसोधित विधान, सचिव ध्रुवराज अधिकारीले प्रस्तुत गनु भएको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष शिवराज अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएका थिए। त्यसरी नै संस्थापक अध्यक्ष बलराम सापकोटा र सचिव तिलक सापकोटाले प्रस्तुत गर्नु भएको आप\mनो कार्यकालको आर्थिक प्रतिवेदनलाई आधिकारीक विवरणहरु समावेश नभएकोले अपूर्ण ठहर गर्दै प्रतिवेदनमा प्रस्तुत आय व्यय विवरण वहांहरु दुवैजनाको नाममा वेरुजु देखाउने र नयां बन्ने कार्यासमितिले त्यसलाई फर्स्यौट गर्न पहल गर्न पनि साधारणसभाले निर्देशन दिएको छ।

त्यसै गरि ध्रुवराज अधिकारीको अध्यक्षतामा समाजको बन्द सत्रले आगामी २ वर्षको लागि निर्विरोध रुपमा कुल १५ सदस्यीय नयां कार्यासमिति चयन गरेको छ। समाजको विधान अनुसार नयां निर्वाचित कार्यसमितिले २ सदस्य थप गरि १७ सदस्यीय कार्यासमितिलाई पूर्णता दिने छ। निर्वाचन समितिले प्रस्तुत गरेको कार्यतालिका अनुसार अध्यक्ष पदमा क्रमशः ध्रुवराज अधिकारी र बिमल सुवेदी, उपाध्यक्ष पदमा क्रमशः हंशराज ढकाल, तिलक सापकोटा र शिवराज अधिकारी, सचिव पदका लागि ध्रुवराज अधिकारी, महेन्द्र सुवेदी र राम प्रसाद गौतम, सह-सचिव पदमा रामबहादुर नेपाली र कोषाध्यक्ष पदमा प्रसन्न पंगेनीको उमेदवारी दर्ता भएको थियो। निर्वाचन समितिमा परेको उजुरी अनुसार अध्यक्ष पदका प्रत्यासी बिमल सुवेदी र सह-सचिवका प्रत्यासी रामबहादुर नेपालीको उमेदवारी बदर भएको थियो भने उपाध्यक्ष पदका लागि हंशराज ढकालको समर्थनमा अन्य दर्ुइ प्रत्यासीहरुले र सचिव पदका लागि रामप्रसाद गौतमको समर्थनमा अन्य दुई प्रत्यासीहरुले आ-आप\mना उमेदवारी फिर्ता गरेका थिए। यसरी अध्यक्ष पदमा धु्रवराज अधिकारी र उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हंशराज ढकाल, रामप्रसाद गौतम, प्रसन्न पंगेनी र सदस्यहरुमा क्रमशः महवुव रम्जान मियां, प्रकाश अधिकारी, दिपक अधिकारी, बिमल गुरुङ, बिरभद्र आचार्य, नारायण सुनार, गुरु देव ज.सी., खिमबहादुर कार्की, हिरामणी दाहाल र भेषबहादुर थापा निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक राजेश दर्शन अर्यालले गर्नु भएको थियो। अन्तमा नव निर्वाचित कार्यासमितिलाई संयोजक अर्यालले सपथ ग्रहण गराउनु भएको थियो भने सह-सचिव पदमा नयां कार्यासमितिलाई पद पूर्ति गर्ने अधिकार प्रत्यायोजन गर्दै समाजको साधारणसभा सम्पन्न भएको छ।

कतारबाटः बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment November 26th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....