Archive for December, 2007
डम्बर सुब्बा, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरिया सिओलको छोडनोस्थित छोगेसा गुम्बाको सांस्कृतिक भवनमा नेपाली कोरिया सांस्कृतिक मञ्च दक्षिण कोरियाको आयोजकत्वमा संगीत सरगम २ भव्यताका साथ सम्पन्न भएको छ। (more…)
Popularity: 15%
December 31st, 2007
मिजास तेम्बे, युके / एचकेनेपाल डट कम -
नेपाली कला साहित्य तथा संगीत मञ्च यु.केले आफ्नो उद्धेश्य अनुरुप अभिब्यक्ति श्रृंखला नामक एक ऐतिहासिक कार्यक्रमको आरम्भ गरेको छ।
विशेष गरेर प्रवासमा रहेका हरेक क्षेत्रका कलाकारहरुलाई क्रमिक रुपले मञ्च दिएर प्रस्तुत गर्दै लैजाने कार्यक्रमलाई अभिव्यक्ति श्रृंखला नाम दिइएको छ। अभिव्यक्ति श्रृंखला भाग एकमा गायक तथा संगीतकार चोक गुरुङलाई मञ्चले प्रस्तुत गरेको छ।
डिसेम्बर २८ को दिन स्यान्ड्रस्टको वुलवीच हलमा भएको गायक चोक गुरुङको एकल प्रस्तुतीको प्रमुख अतिथिमा नेपाली पप गीतका प्रवर्तक मानिनु हुने गायक नोर्देन तेन्जिङ भुटिया रहनु भएको थियो भने अतिथिहरुमा क्रमशः डा. चन्द्र लक्सम्बा, डा. गोविन्द दाहाल, गायक गणेश पुन, क्याप्टेन योगेश राई र कवयित्री लीला सेलिङ रहनु भएको थियो।
तीन खण्डमा बिभाजन गरिएको उक्त एकल प्रस्तुतीको पहिलो खण्डमा गायक चोक गुरुङले आफ्ना स्वर र संगीतका सात वटा गीतहरु प्रस्तुत गर्नु भयो भने दोस्रो खण्डमा अन्य प्रतिभाशाली कलाकारहरु गायकहरु किसन राई, नरेश राई र अशोक बंशीले आ-आफ्ना गीतहरु सुनाउनु भयो। कार्यक्रमको अन्तिम खण्डमा गायक चोकले उहाँका बाँकी गीतहरु प्रस्तुत गर्नुभएको थियो।
नेपाली कला साहित्य संगीत मञ्च यु.केका अध्यक्ष किसन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका प्रवक्ता मिलनले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन गजलकार मिजास तेम्बे र कवि काङमाङ नरेशले गर्नु भएको थियो।
Popularity: 15%
December 31st, 2007
वेदप्रसाद खरेल, अमेरिका / एचकेनेपाल डट कम -
जनसम्पर्क समिति अमेरीका केन्द्रीय समितिको पूर्ण वैठकले अमेरीकाको विभिन्न क्षेत्रमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान विभिन्न व्यक्तिहरुलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
समितिका अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा सम्पन्न वैठकले डा . विनोद शाह न्यूर्योक, विनय अर्याल केनटकी, दुर्गा दाहाल पेन्सलभेनिया, कपिल अधिकारी क्यालीफोर्निया, सानुबावु शिलवाल नर्थ क्यारोलिना, वैकुण्ठ खनाल क्यालिफोर्निया, श्रीमती प्रभा शर्मा वासिङ्गटन डि .सी, लोकहरी कंडेल टेक्सासलाई केन्द्रीय समितिको सदस्य पदमा मनोनयन गरिएको छ। केन्द्रीय सदस्य रविकिरण कोइरालालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
त्यसै गरी वैठकले विभिन्न उपसमितिहरुको गठन गर्ने निर्णय गरेको छ। सो निर्णय वमोजिम संगठन समितिको संयोजकमा महासचिव वेदप्रसाद खरेल, प्रचार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं मिडिया कोअर्डिनेटर राम हरि सुवेदी, आर्थिक समितिको कमिटीको संयोजकमा कोषाध्यक्ष रविकिरण कोइराला, सांस्कृतिक समितिको संयोजकमा सचिव गौतम दाहाललाई मनोनयन गरिएको छ।
वैठकले जनसम्पर्क समिति अमेरीकासंग आवद्ध रहने गरी भर्खरै अधिवेशन सम्पन्न गरेका न्यूर्योक च्याप्टर र क्यालिफोर्निया च्याप्टरलाई अनुमोदन गरेको छ भने कोलोराडोमा जनवरी १३ मा हुन गईरहेको उक्त च्याप्टरको अधिवेशन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिका रुपमा सचिव गौतम दाहाल, नर्थ क्यारोलिना च्याप्टरको यहि जनवरी १ मा हुन गइरहेको अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा सानुबावु शिलवाल, वासिङ्गटन डि .सी .मा जनवरी ६ मा हुन गइरहेको अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा अध्यक्ष आनन्द विष्ट, महासचिव वेदप्रसाद खरेल, सचिव गौतम दाहाललाई प्रतिनिधिको रुपमा खटाउने निर्णय गरेको छ।
Popularity: 15%
December 31st, 2007
काठमाडौं, छिरिङ्ग तेन्जिङ शेर्पा / एचकेनेपाल डट कम-
पौष १५, राजधानीको मुटु टुंडिखेलमा पहिलो पटक आदिबासी गुरुङ जातिको नयां बर्ष च्यु-वा (मुसा वर्ग) भब्यताकासाथ बिशाल कर्यक्रमसहित मनाएको छ।
ईतिहांसमा प्रथमपटक आदिबासी जनजातिहरुले नेपाली सेनाको नियन्त्रणमा रहेको विशाल मञ्चमा कार्यक्रम सम्पन्न भएको छ। संघीय लोकतन्त्रिक गणतन्त्र मार्फत तमुवान स्वायत्त प्रदेशको स्थापना, तमु च्यिवा-लो (मुसा वर्ग) को ल्होछारको शुभकामना लेखिएको बिशाल ब्यानरले सजिएको मञ्चमा प्रमुख अतिथिको रुपमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको आसनग्रहण रहेको थियो।
विगतदेखि बर्तमानसम्ममा आदिबासी जनाजातिहरुले बिभिन्न कठिनाई र अवरोधहरुको बावजुद राम्रोसंग आफ्नो पहिचान, कला र सँस्कृतिहरु खुल्ला रुपमा प्रस्तुत गर्न नसकेको तर अबदेखि चुपलागेर नबस्ने र समान अवसर र सुबिधाको लागि निरन्तर सङ्घर्षरत रही अगडि बढ्ने वक्ताहरूले बताए। उपत्यकामा लाखौका सङ्ख्यामा रहेका गुरूङहरू कार्यक्रमलाई सफल पार्न एक जुट भएका थिए। युद्धमा निपुण र बहादुरी देखाएर विश्वमा नाम कमाएका यस जाति प्राय: आ-आफ्ना मौलिक भेषभूषामा सजिएका देखिन्थे।
मङ्गोलमूलका जातिहरुले प्राचीनकालदेखि नै भौगोलिक भिन्नता श्रृतु र समयको आधारमा हिमाल र पहाडमा गरी दुई तरिकाले मनाउने ल्होछार मध्यको ग्याल्पो र सोनाम ल्होछारमा यो ल्होछारलाई सोनाम ल्होछारको रुपमा मानिदै आएको छ।
Popularity: 15%
December 31st, 2007
सुजन गुरूङ, पर्वत / एचकेनेपाल डट कम -
पर्बत जिल्लाको पन्चासेको काखामा रहेको आर्थरमा खेलकुद प्रतियोगिता र दोहोरी गीतको आयोजना गरी तमु जातिको ल्होछार पर्व सम्पन्न भएको छ।
पौष १० देखि सुरु भएको मेलाको उद्घाटन पर्बत जिल्लाका जिल्ला प्रमुखबाट भएको थियो। मेलामा भलिबलतर्फ २० क्लबले सहभागिता जनाएका थिए। भलिबलतर्फ दुर्लुङ मुनाल युथ क्लब पर्बत र डिम्मुवा म्यजिक युथ क्लब पर्बतबीच भएको खेलमा म्यजिक युथ डिम्मुवा प्रथम र मुनल द्वितीय भए। प्रथम हुनेलाई १२ हजार रूपैयाँ र द्वितीय हुने लाई ८ हजार रूपैयाँ नगद र प्रमाण पत्र वितरण गरिएको थियो। खेलमा नव बुद्ध अर्थर तृतीय भएका थिए। कर्यक्रमको आयोजना श्री पन्चासे युथ क्लुबले गरेका थिए।
Popularity: 15%
December 31st, 2007
रुसाहाङ चेम्जोङ, मलेसिया / एचकेनेपाल डट कम -
डिसेम्बर ३०, मलेसियामा विभिन्न पत्रपत्रिकाहरु प्रकाशनको क्रममा अर्को “जनजाति आवाज” साप्ताहिक समाचारमूलक पत्रिका प्रकाशनमा आएको छ।
जनजाति युवाहरुको सक्रियतामा उक्त पत्रिका प्रकाशनमा ल्याइएका हुन। मलेसियाका क्वलालम्पुरस्थित चौतारी होटल एण्ड लजमा विमोचन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सभापति मोहन थेवे हुनुहुन्थ्यो भने प्रमुख अतिथि मलेसिया मूलका नेपाली नागरिक पदम बाबा हुनुहुन्थ्यो। त्यस्तै गरी लामो समयदेखि प्रकाशन हुदै आएको श्रम साप्ताहिक पक्रिकाबाट प्रेम सुनुवारले प्रतिनिधित्व गर्नु भएको थियो।
कार्यक्रममा सन्तोष लिम्बू, प्रेम सुनुवार, राज रेडियम राई, बिक्रम शेर्पा, थिरबहादुर दाहाल, हरिदास श्रेष्ठ, जीतमान लिम्बू, धन कुमार मावो “लिम” मोहोन थेव, पदम बाबालगायतका वक्ताहरुले मन्तव्य तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन रुसाहाङ चेमजोङले गर्नु भएको थियो। अन्त्यमा मलेसिया तथा देश विदेशमा छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीहरु एक भएर जाने कामना गर्दै जलपानसहित कार्यक्रम विसर्जन गरिएको थियो।
Popularity: 15%
December 31st, 2007
सरस्वति चापागाई, बेल्जियम / एचकेनेपाल डट कम -
यही डिसेम्बर २८ तारिकका दिन ब्रशेल्स अन्तराष्ट्रिय बिमानस्थलमा बेल्जियमका लागि नवनियुक्त राजदूत प्रमेश हमाललाई नेकपा (एमाले) बेल्जियम कमिटिले हार्दिक स्वागत गरेको छ।
नेकपा (एमाले) बेल्जियम कमिटिको सचिब सरस्वति (सरु) चापागाईको नेतृत्वमा गएको नेकपा (एमाले) बेल्जियम कमिटिले उहांलाई पुष्पगुच्छा तथा खादाहरु अर्पण गरी हार्दिक स्वागत गरेको थियो। एनआरएन, बेल्जियम लगायत बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले समेत उहांको स्वागत गरेका थिए।
Popularity: 15%
December 31st, 2007
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्मनी शाखाको पुनर्गठन
प्रेस विज्ञप्तिः
आज मिति २०६४ पौष १५ गते बसेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जर्मनी शाखाको बैठकले साविकमा भएको कार्यसमितिलाई श्री चक्रकुमार सुवेदीको अध्यक्षतामा निम्नानुसार पुर्नगठन तथा विस्तार गरेको छ।
प्रधान संरक्षक डा. मदन कुमार भट्टराई
संरक्षक श्री प्रल्हाद कुमार प्रसाई
सल्लाहकार श्री राम प्रताप थापा
सल्लाहकार श्री दिल बहादुर गुरुङ्ग
१) श्री चक्रकुमार सुवेदी अध्यक्ष
२) श्री मनकाजी नेपाली उपाध्यक्ष
३) श्रीमती उषा शर्मा महासचिव
४) श्री सुशिल अधिकारी सचिव
५) श्रीमती विनिता क्षेत्री कोषाध्यक्ष
६) श्री गोपी कृष्ण प्रर्साई सदस्य
७) श्री गंगालाल श्रेष्ठ सदस्य
८) श्री कृष्णहरि पुष्कर सदस्य
९) श्री कृष्णराज प्रसाई सदस्य
१०) श्री किशोर सुव्वा सदस्य
११) सुश्री दिपा रायमाझी सदस्य
१२) सुश्री रश्मी शर्मा सदस्य
१३) श्री दिनेश मानन्धर सदस्य
१४) श्री थानेश्वर सापकोटा सदस्य
१५) श्री खगेन्द्र चापागाईं सदस्य
१६) डा. केदार प्रधान सदस्य
१७) श्री शिखर खडका सदस्य
१८) श्री अनिल वली सदस्य
१९) श्री शिव अधिकारी सदस्य
२०) श्री शंकर पाहारी सदस्य
२१) श्री दिवाकर झा सदस्य
२२) सुश्री निसुना खडका सदस्य
वैठकले निवर्तमान अध्यक्ष श्री मनिषा भट्टराई तथा अन्य सदस्यहरुले दिनु भएको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दै भविष्यमा जंहां रहे पनि जंहां भए पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अनिमेष सेवामा लाग्न शुभकामना दिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्मनी शाखाका प्रधान संरक्षक डा. मदन कुमार भट्टराईज्युका पूज्य पिताज्यू गम्भीर दुर्घटनामा परी सघन उपचार कक्षमा उपचार गराइ रहनु भएकाले वहांको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जर्मनी शाखाका सल्लाहकार श्री दिलबहादुर गुरुङका प्रात स्मरणीय पूज्यपिता श्री काजी गुरुङ्गको असमायिक निधन भएकोमा मृतात्माको चीर शान्तिको कामना तथा परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।
वैठकले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीवहिनीहरुमा नंया वर्ष २००८ को उपलक्ष्यमा सुख शान्ति तथा संवृद्धिको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेको छ।
चक्रकुमार सुवेदी
अध्यक्ष
सुशिल अधिकारी
सचिव
Popularity: 15%
December 31st, 2007
सम्बाददाता, साउदी अरेविया / एचकेनेपाल डट कम -
अरबको खाडी क्षेत्रमा अबस्थित मरुभूमि राष्ट साउदी अरबको पूर्बिय प्रान्त दम्माम शहरमा हालै नेपाली आदीबासी जनजाति मञ्च, प्रबास कार्य समितिको वाषिर्क साधारण सभा सम्पन्न भएको छ।
साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धीजीवि, समाज सेवी, पत्रकार, मञ्चका कार्य समितिको सदस्यहरु लगायत अन्य आमन्त्रित प्रबासी आदिबासी जनजाति जन समुदायहरुको व्यापक उपस्थिति रहेका थिए।
साधारण सभाले बिधानतः पुरानो कार्य समितिको बिघटन गरी सर्वसम्मतिले पुन १ वर्ष अबधिको लागि नयाँ कार्य समिति गठन गरेको छ। जस अनुसार अध्यक्षमा रत्नकुमार लावती, उपाअध्यक्ष नेत्र राई, महासचिब जगेबु दिलिप लिम्बु , कोषाध्यक्ष तेजकुमार चेम्जोङ्ग, सचिब अमित राई, सदस्यहरुः इन्द्र लिम्बु, खेम गुरुङ्ग, सन्जीब लामा, राजु मगर र चेक लामा रहनु भएको छ। त्यसै गरी सल्लाहकार समिति अन्तर्गत प्रमुख सल्लाहकारमा केशरमान गुरुङ्ग र सदस्यहरुमा प्रेम चेम्जोङ्ग, तिल ब. राई, बिरेन्द्र चौधरी, राजपति गुरुङ्ग, तिलक गुरुङ्ग, प्रतिमान बिक र सूर्य श्रेष्ठ रहनु भएको छ।
भेलाले भरतकुमार लामालाई पुनः प्रबक्ता र कानुनी सल्लाहकारमा पहिम मान ब. लिम्बुलाई चयन गरेको छ। भेला मञ्चको निवर्तमान अध्यक्ष केशरमान गुरुङ्गको अध्यक्षतामा र समाज सेबी प्रेम चेम्जोङ्गको प्रमुख अतिथ्यमा कार्यक्रम सञ्चालन सचिब दिलिप लिम्बुले गर्नु भएको थियो। प्रबक्ता भरत लामाको स्वागत मन्तब्यपछि क्रमश: अतिथिहरु किरात एकता संघका नगेन्द्र पाराघरी लिन्बु, तमु धी साउदी अरबका राजपति गुरुङ्ग , अ.ने.सा.स. साउदी च्याप्टरका का.बा. सभापति तिलक गुरुङ्ग, तराई आदिबासी समुदायका बीरेन्द्र चौधरी, स्वर्गिक मार्गका तिल ब. राई, सूर्य श्रेष्ठ, सोम लिम्बु आदिले पुनर्गठित नब कार्य समितिको प्रगतिको कामना गदै आ-आफ्नो मन्तब्य दिनु भएको थियो भने निवर्तमान उपाध्यक्ष नेत्र राईले आदिबासी जनजातीहरुको बारेमा प्रकास पार्नुभएको थियो।
निवर्तमान महासचिव रत्न लावतिले मञ्चको आगामी लक्षित कार्यक्रमसहित वाषिर्क प्रतिबेदन र कोषाध्यक्ष मान ब लिम्बुले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा मञ्चका संस्थापक अध्यक्ष केशरमान गरुङ्गले स्थापना कालदेखि हालसम्म मञ्चले खेलेको भूमिकाको बारेमा बोल्दै पुनर्गठित नब कार्य समितिलाई अग्रिम बधाईसहित प्रगतिको शुभकामना ब्यक्त गदै उक्त्त कार्यक्रमको बिर्सजन गरी नयाँ कार्य समितिलाई शपथ ग्रहण गराउनु भएको थियो। कार्यक्रम दमामस्थित एक होटलको सभाकक्षमा आयोजना गरिएको थियो।
Popularity: 15%
December 30th, 2007
दक्षिण कोरिया / एचकेनेपाल डट कम, डिसेम्बर ३० -
नेपालीको शान - इण्डियन आइडल - ३ प्रशान्त तामाङको लाइभ कन्सर्ट दक्षिण कोरियामा हुनेभएको छ। सोही कार्यक्रममा इण्डियन आइडल प्रतियोगिताका टप टेन पूजा चटर्जी, नेपालका चर्चित गायक क्रान्ति आले र नायिका पूजना प्रधान दक्षिण कोरियामा आउने भएका छन्। (more…)
Popularity: 15%
December 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले समग्र मधेस एक प्रदेश होइन, मधेसमा पनि अनेक प्रदेश हुनुपर्दछ तर त्यो प्रदेशको निर्माण भाषिक, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक आधारमा वैज्ञानिक ढङ्गबाट हुनुपर्छ भन्नुभएको छ ।
महासचिव नेपालले भन्नुभयो-”नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा अघि बढिसकेको छ र यसको कार्यान्वयन संविधानसभाको निर्वाचनपछि हुन्छ ।”
नेपालले संविधानसभा निर्वाचनलाई केन्द्रविन्दु बनाएर सबैले इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, नारायणी अञ्चलस्तरीय मुस्लिम भेलालाई सम्बोधन गर्दै उहाँले संविधानसभा निर्वाचनअगाडि सात दलभित्र केही न्यूनतम बुँदामा सहमति हुनुपर्नेमा जोड दिनुभयो ।
महासचिव नेपालले पुस २० गतेसम्ममा संविधानसभा चुनावका लागि आवश्यक पर्ने कानुन संशोधन र अन्य प्राविधिक आधार तयार गरेपछि मात्र चैत २० गतेसम्म चुनाव गर्न सकिने हुँदा यर्सतर्फ सरकार विशेष संवेदनशील हुनुपर्ने बताउँदै राष्ट्रलाई विकासको नयाँ चरणमा प्रवेश गराउनका लागि संविधानसभा चुनाव अपरिहार्य छ र यसका लागि शान्ति, राजनीतिक स्थिरता, सद्भाव र सहिष्णुता कायम हुनुपर्दछ भन्नुभयो ।
“जतिसुकै बाधा र जटिलता आए पनि अब कुनै पनि हालतमा निर्वाचन सार्नु हुँदैन”- उहाँले भन्नुभयो-”निर्वाचन सारेर जेठमा गरेको गल्तीलाई कुनै पनि हालतमा दोहरिन दिनु हुँदैन, सरकारले निर्वाचनको वातावरण बनाउनै पर्दछ ।”
Popularity: 15%
December 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सभामुख सुवास नेम्बाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकमा देखिएको सङ्कटको निकास खोज्नुपर्ने बताउनुभएको छ ।
नेपाल मगर विद्यार्थी सङ्घको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले व्यवस्थापिका-संसद्ले शुक्रबार गरेको संविधानको तेस्रो संशोधनपछि मुलुकले सङ्घात्मक शासन पद्धति अवलम्बन गरेकाले अब मुलुक सोही जगमा उभिएर अघि बढ्छ भन्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रमा मात्र समानुपातिक र सङ्घीयता फस्टाउने भएकाले विद्यार्थी महाधिवेशनले पनि त्यसैको पक्षमा फैसला गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभामुखले समयमा नै संविधानसभाको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै त्यसो गर्न नसकिएमा हालसम्मका ऐतिहासिक उपलब्धिहरू सबै गुम्न सक्नेतर्फ पनि सचेत गराउनुभएको थियो ।
Popularity: 15%
December 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतीयद्वारा पटकपटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्तामा नेकपा एमाले निकट अनेरास्ववियुले शनिबार नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।
सयौँको समूहमा गएको अनेरास्ववियुको टोलीले भारतद्वारा अतिक्रमण गरिएको सुस्तामा नेपालको राष्ट्रिय झण्डा र अनेरास्ववियुको गरी दुईवटा झण्डा गाड्यो । त्यस अवसरमा अनेरास्ववियु समर्थित विद्यार्थीले भारतविरुद्ध नाराबाजी गर्दै अतिक्रमित जमीन फिर्ता गर्न माग गरेका थिए ।
यसैबीच सुस्ताकै अतिक्रमणको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नाका लागि सुस्ता बचाउ अभियानका पदाधिकारीहरुसमेत एकसय जनाको टोली आज काठमाडौँतर्फ आउने भएको छ ।
सुस्ताको विषयमा सरकारलाई गम्भीर हुन तथा सुस्ताबासीको कुण्ठित आवाजलाई सुनाउनका लागि सिंहदरबार घेर्ने तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको अभियानका उपाध्यक्ष आलम खाँले बताए ।
नेपालको संसदीय टोलीले अवलोकन गरी फर्केको दुई दिनपछि १२ पुसमा भारतीय पक्षले सुस्ता क्षेत्रको निरीक्षण गरेको र आफूले त्यसबारे गृहमन्त्रालयमा जानकारी गराएको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनुभयो ।
Popularity: 15%
December 30th, 2007
दामोदर नेपाल, यूएइ / एचकेनेपाल डट कम-
गत बुधबार यूएइको दुबईमा भएको नेपालीहरुको एक भेलाले सुरज कुमारको संयोजकत्वमा नेपाली एकता मञ्च यूएइ गठन गरेको छ।
विगतमा दुर्गादत्त पोख्रेलको संयोजकत्वमा सक्रिय नेपाली जन प्रगतिशील मञ्च र केही समयअघि रामचन्द्र सापकोटाको संयोजकत्वमा गठन गरिएको नेपाली जन प्रगतिशील मञ्च दुबैलाई विघटन गरी सुरजकुमारको संयोजकत्वमा नेपाली एकता मञ्च नामक नयाँ संस्थाको गठन गरिएको जनाइएको छ।
पाँच सदस्य पछि थप गरिने गरी गठित उक्त समितिका अन्य सदस्यहरुमा रमेश बेलबासे, रामचन्द्र सापकोटा, राजु भुषाल, देबेन्द्र कार्की, केपी किरण, किसान परियार, टीकाराम भट्ट तथा नारायणदत्त लम्साल रहनु भएको छ।
Popularity: 15%
December 30th, 2007
बेनजिर भुट्टोको हत्यामा अल कायदाको हात (News update)
एचकेनेपाल डट कम, डिसेम्बर २९ -
पाकिस्तानी सरकारले बेनजिर भुट्टोको हत्यामा अल कायदा र तालेबानको हात रहेको आशंका व्यक्त गरेको छ।
पाकिस्तानी सरकारले बेनजिर भुट्टोको मृत्युपछि आतंककारीबीच भएको फोन वार्ताको रेकर्ड प्राप्त गरेको दावी समेत गरेको छ।
त्यसैगरी सरकारी अधिकारीहरुले बेनजिर भुट्टोको हत्या नभई एक दुर्घटना भएको बताएका छन्। सरकारी अधिकारीका अनुसार बेनजिर भुट्टोको मृत्यु गोली र बमका छर्राहरुले लागेर नभई आफू चढेको गाडीको छतमा टाउको ठोकेर मृत्यु भएको बताएका छन्। त्यहाँ गोली चलेको भए पनि बेनजिर भुट्टोलाई गोली नलागेको र आत्मघाती बम विस्फोटनका छर्राहरुले पनि नछोएको बताएका छन्। गोलीबारी र बम बिस्फोटनबाट बच्न तत्काल गाडीभित्र पस्न खोज्दा देब्रेतिरको टाउको छतमा ठोकिएर गम्भीररुपले घाइते हुनुभएकी भुट्टोको मृत्यु भएको बताएका छन्। गोलाबारी र आत्मघाती बम बिस्फोटनको ठीकअघि उहाँ गाडीमा उभिएर आफ्ना समर्थकहरुलाई अभिवादन फर्काई रहनुभएको थियो।
तर पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) का वरिष्ठ नेता फारुक नाइकले सरकारी अधिकारीहरुको यो भनाईलाई झुटको पुलिंदा भनेर आलोचना गर्नुभएको छ। उहाँका अनुसार बेनजिर भुट्टोलाई दुई गोली लागेका थिए। एउटा टाउकोमा र अर्को टाउकोमा …।
बेनजिर भुट्टोका हत्यापछि पाकिस्तानको विभिन्न शहरमा बढेको हिंसामा कम्तीमा ३० जनाको ज्यान गएको छ भने सरकारी कार्यालयहरु र सवारी साधनहरुमा तोडफोड र आगजनीहरु भएको खबरहरु प्राप्त भएका छन्।
……………………………………………………………
पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या (Breaking News)
एचकेनेपाल डट कम, डिसेम्बर २७ -
पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पीपुल्स पार्टीका नेतृ बेनजिर भुट्टोलाई आज गोली हानी हत्या गरिएको छ।

बेनजिर भुट्टो। तस्विरः बीबीसी
रावलपिंडीमा आयोजित एक र्यालीलाई सम्बोधन गरेर फर्कने क्रममा मोटरसाइकलमा सवार अज्ञात समूहले भुट्टोमाथि ५ राउण्ड गोली प्रहार गरे लगात्तै सोही ठाउंमा आत्मघाती बम बिस्फोटनहरु भएका थिए। घायल अवस्थामा रहनुभएकी भुट्टोलाई तत्काल अस्पताल पुर्याइएको थियो। पाकस्तानी समय अनुसार साँझ ६:१६ बजे उहाँलाई मृत घोषित गरिएको थियो।

जीवनको अन्तिम यात्रा। यस तस्विरलाई भुट्टोको जीवनको अन्तिम तस्विर हुन सक्ने अनुमान गरिएको छ। कारमा चढेको केही क्षणमा उहाँमाथि ५ गोली प्रहार भएको समाचार एजेन्सीहरूले जनाएका छन्। तस्विर सौजन्यः बीबीसी।
५४ वर्षीया भुट्टो ८ वर्ष लामो राजनैतिक निर्वासनपछि गत अक्टोबरमात्र स्वदेश फर्कनुभएको थियो। उहाँ जनवरी ८ मा हुन गैरहेको आम चुनावको प्रचारप्रसार अभियानमा लागि रहनु भएको थियो। गत अक्टोबर एक विशाल -यालीमा पनि आत्मघाती बम बिस्फोटन गराइ भुट्टोको हत्या प्रयास भएको थियो। त्यसबेला भुट्टोलाई केही नभए पनि -यालीमा सरीक उहाँका १ सय ३० भन्दा बढी समर्थकहरूको ज्यान गएको थियो।
आजको घटनामा १५ भन्दा बढीको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन्। घटनापछि सो क्षेत्र तनावग्रस्त बनेका छन्। भुट्टोका हत्यापछि भुट्टोका समर्थकहरुले तोडफोड र आगजनीहरु सुरु गरेको समाचार एजेन्सीहरुले बताएका छन्। त्यसै गरी अर्का पूर्वप्रधानमन्त्री नवाज़ शरीफका समर्थकहरूको -यालीमाथि अज्ञात समूहले गोली चलाउंदा ४ जनाको ज्यान गएको समाचार एजेन्सीहरूले बताएका छन्।

आत्मघाती बम बिस्फोटनपछि।
Popularity: 16%
December 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम -
क्यूवाका राष्ट्रपति फिडेल क्यास्ट्रोले राजनीतिबाट सन्यास लिने अधिक संकेत दिनुभएको छ। यसअघि पनि क्यास्ट्रोले राजनीतिमा युवा पुस्ताको पालो आएको भन्दै राजनीतिबाट अलगिने संकेत दिनु भए पनि यस्तो पुष्टि हुन सकेको थिएन।
क्यूवाको राष्ट्रिय सभामा पठाउनुभएको पत्रमा राष्ट्रपति क्यास्ट्रोले आफू सक्रिय राजनीतिका लागि आफूलाई उमेरले पनि साथ नदिएको आशयको व्यहोरा उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ। क्यास्ट्रोले आफ्ना उत्तराधिकारीको रुपमा रहेका आफ्ना भाई कार्यवाहक राष्ट्रपति राहुल क्यास्ट्रोलाई सहयोग र समर्थन गर्न पनि जनता समक्ष अपिल गर्नुभएको छ।
गत हप्ता पनि ८१ वर्षीय कम्युनिष्ट नेता क्यास्ट्रोले आफूले युवा पूस्तालाई राजनीतिमा अगाडि बढ्नबाट रोक्न नहुने भन्ने व्यहोराको वक्तव्य दिंदा उहाँले राजनीतिबाट सन्यास लिन लागेको विश्लेषण गरिएको थियो।
Popularity: 15%
December 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादी अध्यक्ष प्रचण्डले अन्तरिम संविधानमा गणतन्त्र लेखिएपछि शुक्रबारदेखि नेपालमा नयाँ युग सुरु भएको बताएका छन्। प्रचण्डले अन्तरिम संविधान शुक्रबार तेस्रोपटक संशोधन भएपछि राजतन्त्रको औचित्य विधिवत रूपमै पतन भएको बताए।
नेपाल बहिरा संघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै प्रचण्डले देशमा अब कहिल्यै पनि राजतन्त्र नआउने उल्लेख गरे। सात दलको उच्चस्तरीय संयन्त्रको बैठक छिट्टै बसेर सरकार सञ्चालनका बारेमा छलफल गर्ने जानकारी पनि उनले दिए।
तराईका जनताको अधिकांश माग पूरा भइसकेको उल्लेख गर्दै प्रचण्डले तराईवासी पनि संविधानसभा चुनावमा जान्छन् भन्नेमा आफू विश्वस्त रहेको बताए। उनले माओवादीबाट सरकारमा सामेल भएका मन्त्रीहरूले आज बेलुकासम्ममा सपथ खाइसक्ने जानकारी पनि दिए।
Popularity: 15%
December 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा माओवादीले सरकारमा जाने आफ्ना मन्त्रीहरुको नाम आज प्रधानमन्त्रीलाई बुझाएको छ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले माओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको नाम आज बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाउनु भएको हो। माओवादी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा नै माओवादी मन्त्रीहरु सरकारमा सहभागी हुने भएका छन्। माओवादीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पम्फा भुसालको नाम सिफारिस गरेको छ।
त्यस्तै स्थानीय विकास राज्यमन्त्रीमा पदम राई र वन तथा भूसंरक्षण राज्यमन्त्रीमा नवीन विकलाई सिफारिस गरिएको छ। यसअघि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री रहनुभएका खड्गबहादुर विश्वकर्मा भने सरकारमा सामेल हुनुभएको छैन।
असोज १ गतेदेखि सरकारबाट बाहिरिएको माओवादी २३ बुँदे सहमतिसँगै सरकारमा पुनः सामेल भएको हो। नेकपा माओवादीका ४ मन्त्रीहरुले गएको असोज १ गते सरकारबाट बाहिरिएको घोषणा गरेका थिए भने बन मन्त्री मातृका यादवले त्यसअघि नै राजिनामा दिएपछि माओवादी सरकारबाट बाहिरिएको थियो।
Popularity: 15%
December 29th, 2007
भूमिराज राई, युके / एचकेनेपाल डट कम -
चाम्स प्रोडक्सनको ब्यानरमा निर्माण शुरुभएको नेपाली चलचित्र ‘पश्चाताप’को बिहीवार बिहान शुभ साइत पारेर शुभमुहुर्त गरिएको छ। जितेन्द्र चेम्जोङको छायांकन र निर्माणमा बन्न लागेको पश्चातापको निर्देशन चर्चित निर्देशक मिलन चाम्स र पटकथा ईश्वर चाम्लिङको रहेको छ। (more…)
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल-भारत सीमासम्बन्धमा धेरै पक्षबाट देखाइएको चासोका सम्बन्धमा परराष्ट्रमन्त्री, परराष्ट्रसचिव तथा नापी विभागका महानिर्देशकले व्यवस्थापिका-संसद अन्तरराष्ट्रिय सम्बन्ध विभागलाई जानकारी गराउनुभयो।
नेपाल-भारत सीमाको नक्साङ्कन सन् १९८१देखि वैज्ञानिक तरिकाले ऐतिहासिक दस्तावेज, सम्झौता, अन्तरराष्ट्रिय कानुन र सिद्धान्तका आधारमा भइरहेको जनाइएको छ।
नेपाल र भारतका संयुक्त प्राविधिक समूहले नेपाल-भारत सीमाको करिब ९८प्रतिशन नक्साङ्कन वैज्ञानिक तथ्य तथा ऐतिहासिक दस्तावेजका आधारमा आपसी समझदारीमा गरिसकेको जनाइएको छ।
संयुक्त समूहले सुस्ता क्षेत्र र कालापानीबारे अझै काम गर्न बाँकी रहेको र दुवै देशले ती क्षेत्रको काम सम्बन्धित दस्तावेजको जाँच र स्थलगत अध्ययनबाट गर्ने बताइएको छ।
ती क्षेत्रको नक्साङ्कनको काम नसकेसम्म त्यहाँको अवस्थालाई पहिलेकै स्थितिमा राख्नुपर्ने आवश्यकता दुवै पक्षले स्वीकारेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल सरकार बाँकी क्षेत्रको काम भारतसँग प्राविधिक एवं कूटनीतिकस्तरमा खुलस्त सम्वादका माध्यमले सकाउन प्रतिबद्ध र निरन्तर संलग्न भएको मन्त्रालयले बताएको छ।
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँबाट बेसीसहरतर्फ जाँदै गरेको ग.१ ख २८२८ नं. को बस शुक्रबार दिउँसो डुम्रे-बेसीसहर मार्गको भानु गाविस, वडा नं. ५ राम्चेमा पल्टँदा लोकदोहोरी गायक बद्री पंगेनीसहित छ जना यात्रु घाइते भएका छन्।
अन्य घाइतेहरूमा लोकदोहोरी गायिका मञ्जु महत, वीरबहादुर गुरुङ, केसर गुरुङ, अमृत गुरुङ र टुनीमाया गुरुङ रहेका छन्।
बेसीसहरमा आगामी आइतबार हुने कार्यक्रममा भाग लिन बस रिजर्भ गरी उहाँहरू त्यसतर्फ गइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अहिले तुरतुरेस्थित गोरखा सामुदायिक क्लिनिकमा उपचार भइरहेको छ। तीव्र गतिमा भएका कारण उक्त बस मोड्ने क्रममा पल्टेको बताइएको छ।
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गाईं काटेको आरोपमा सुनवल गाविस, वडा नं. ९ निवासी हरिराम धम र उनका छोरालाई इलाका प्रहरी कार्यालय, सुनवलले पक्राउ गरेको छ। अभियुक्तद्वयले सोही ठाउँ निवासी रामबहादुर कमरको गाई राति चोरेर काटेको बताइएको छ।
प्रहरी निरीक्षक दिवाकर घिमिरेले काटिएको गाईको टाउकोसमेत फेला परेको जानकारी दिनुभयो। स्थानीयवासीहरूले अभियुक्तहरूलाई सामाजिक कारबाहीसमेत गर्ने बताएका छन्।
अभियुक्तहरूले देश धर्मनिरपेक्ष राज्य घोषणा भइसकेकाले काटेको बताए पनि सो कार्य कानुन विपरीत भएको प्रहरीले जनाएको छ।
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
व्यवस्थापिका-संसद्को शुक्रबारको दोस्रो बैठकले पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हिजो साँझ पाकिस्तानको रावलपिण्डीमा आतङ्ककारी समूहद्वारा गरिएको निर्मम हत्याप्रति शोक प्रकट गरेको छ।
सभामुख सुवास नेम्बाङले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिबाट पारित गरेको थियो।
सो शोक प्रस्तावमा भनिएको छ-”भुट्टोको हत्याको खबरले हामी सबैलाई स्तब्ध तुल्याएको छ, यो शोकाकुल घडीमा उहाँको शोकसन्तप्त परिवार, पाकिस्तानी जनता र पाकिस्तान सरकारप्रति समवेदना प्रकट गर्दछ।” बैठकले स्व.भुट्टोप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गर्यो।
व्यवस्थापिका-संसद्को अर्को बैठक पुस १५ गते आइतबार दिनको १ बजे बस्नेछ।
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले केही राष्ट्रिय विदाहरु थप गरेको घोषणा गरेको छ। थप विदामा केही जाति र धर्मका महत्वपूर्ण चाडहरु परेका छन्।
गृह मन्त्रालयका अनुसार नेपाल राज्यभर तथा विदेशस्थित नेपाली नियोगमा गुरुङ (तमु) जातिले मनाउने ल्होसार पर्व पुस १५ गते र तामाङ सेर्पालगायत अन्य जातिले मनाउने ल्होसार (माघ शुक्ल प्रतिपदा) माघ २५ गते, क्रिसमस डे डिसेम्बर २५ तारिख, इद (इदुल-फित्र)का दिन, माघी पर्व माघ १ गते, छठ पर्व , राई लिम्बु जातिको उधौली (धान्य पूर्णिमा) र उभौली (वैशाख पूर्णिमा) तथा सिरुवा पावनी पर्व (सो पर्व मनाउने तराईका जिल्लामा मात्र)छन्।
Popularity: 15%
December 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का वैकल्पिक स्थायी कमिटी सदस्य अशोक राईले संविधानसभाको चुनाव चैत महिनाभित्र नभए देश पुनः विद्रोह र विखण्डनतिर जाने विचार व्यक्त गर्नुभएको छ।
प्रेस चौतारी पाँचथरले आयोजना गरेको प्रत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र माओवादीको आआफ्नो अडानका कारण संविधानसभाको चुनावको मिति दुईपल्ट सार्नुपरेको बताउँदै अब यस्तो अन्योल र विवादास्पद नहुने तरिकाले सबै कुरा मिलाएर मात्रै संविधानसभाको मिति तोकिने बताउनुभयो।
नेता राईले देशलाई सङ्घीय शासन प्रणालीमा लैजाने विषयमा संविधानसभाको चुनावअघि निर्णय भएमा संविधानससभाको औचित्य नरहने भएकाले देशलाई कुन दिशामा लाने भन्नेबारेमा संविधानसभाको चुनावपछि मात्रै छलफल हुनेछ भन्दै आन्दोलनरत पक्षलाई यथाशीघ्र सरकारसँग वार्ताको टेबलमा बस्न आग्रह गर्नुभयो।
उहाँले देशलाई सङ्घीय ढाँचामा लैजाँदा जातीय, भाषिक, भौगोलिक र प्रादेशिक पक्ष हेर्नुपर्ने बताउँदै संविधानसभाको चुनावअघि झिनामसिना कुरा नल्याई चुनावमा भाग लिन सम्पूर्ण पक्षसँग अनुरोध गर्नुभयो।
Popularity: 15%
December 29th, 2007
Previous Posts