Archive for January, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पाठ्यक्रम विकास केन्द्र सानोठिमीले मुलुकका विभिन्न भाषामध्ये १५ वटा मातृभाषाको पाठ्यपुस्तक प्रकाशित गर्ने कार्य सम्पन्न गरेको छ ।
केन्द्रले कक्षा १ देखि ५ सम्मका अवधि, गुरुङ, राई, चाम्लिङ, तामाङ, थारु, नेवारी, भोजपुरी, मगर, मैथली, लिम्बु, राई वान्तवा, शेर्पा, सुनुवार, राजवंशी र याक्खा भाषाको पाठ्य पुस्तक निर्माण कार्य सम्पन्न गरेको पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम शाखा उपनिर्देशक द्रोण दाहालले जानकारी दिनुभयो ।
यसमध्ये राई चाम्लिङ भाषाको पाठ्यपुस्तक कक्षा १ देखि चारसम्मका लागि, शेर्पा भाषाको पाठ्यपुस्तक कक्षा १ देखि चारसम्मका लागि र अन्य भाषाका पाठ्यपुस्तक कक्षा १ देखि पाँचसम्मका विद्यार्थीका लागि अध्यापन गराउन स्वीकृत प्रदान गरिसकिएको उहाँले बताउनुभयो ।
त्यसैगरी सुनुवार भाषाको पाठ्यपुस्तक कक्षा १ का लागि, राजवंशी भाषाको पाठ्यपुस्तक कक्षा १ का लागि, शेर्पा भाषाको पाठ्यपुस्तक कक्षा ५ का लागि, याक्खा भाषाको पाठ्यपुस्तक कक्षा १ का लागि निर्माण कार्य हालै सम्पन्न गरी पुस्तक वितरण कार्यसमेत सुरु गरिएको दाहालले बताउनुभयो ।
मातृभाषाका नयाँ प्रकाशित पाठ्यपुस्तकहरु यसै शैक्षिक सत्रदेखि लागु गर्न सकिने उहाँले बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक हरिबोल खनालले नेपाल बहुभाषी मुलुक भएकाले मातृभाषाका पाठ्यपुस्तक छपाई गर्न थप कक्षाको समेत माग भएकाले स्रोत र साधनले भ्याएसम्म अबदेखि वर्षको चार मातृभाषाका पाठ्यपुस्तक तयार गर्दै जाने बताउनुभयो ।
आउँदो साल मुगानी, कुमाल, कुलुङ राई, उर्दूलगायतका मातृभाषाको पाठ्यपुस्तकको माग बढी भएकाले ती भाषाका पाठ्यपुस्तक पनि छपाई गरिने उहाँले बताउनुभयो ।
Popularity: 14%
January 31st, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले संविधानसभाको निर्वाचनमा प्रत्येक जनताले शान्तिपूर्ण रुपमा मत हाल्न पाऊन् भनेर प्रत्येक बुथमा एकसय एकजनाको सुरक्षा दस्ता तयार गर्ने भएको छ ।
यसअघि माअोवादीको वाईसीएलले पनि प्रत्येक बुथमा दुई सय जना खटाउने घोषणा गरिसकेको छ।
तरुण दलका अध्यक्ष महेन्द्र यादवले पत्रकार सम्मेलनमा जनताको सुरक्षा कवचका रुपमा दल प्रत्येक बुथमा पुग्ने बताउनुभयो ।
मतदानका दिन निर्वाचन केन्द्रमा हुनसक्ने हिंसात्मक एवं अराजनीतक घटना रोक्नका लागि अन्य राजनीतिक दलसँग पनि दलको सहकार्य हुनसक्ने बताइएको छ ।
संविधानसभा निर्वाचन प्रचारप्रसारका लागि अध्यक्ष यादवको संयोजकत्वमा नौ हजार एकसय एकाउन्न जनाको मूल समिति गठन गरिएको बताइएको छ ।
Popularity: 14%
January 31st, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आज सात दलको सातौँ संयुक्त आमसभा वीरगञ्जमा हुँदैछ। यसअघि अज्ञात समूहले यहाँको नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयको ढोकामा राति ९ बजे सुतली बम विस्फोट गराएको छ।
विस्फोटबाट कार्यालयको ढोकामा सामान्य क्षति पुगे पनि मानवीय क्षति भने भएन।
हिजो अपराह्न स्थानीय रानीघाट, परवानीपुर र कुमारीस्थानमा पनि बम विस्फोट भएका थिए।
आज यहाँ हुने सात दलको संयुक्त आमसभालाई बाधा पुर्याउने उद्देश्यले सो विस्फोट गराइएको अनुमान गरिएको छ।
Popularity: 15%
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्वतन्त्रता र प्रजातन्त्रप्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्वप्राप्त गर्ने सहिदको सम्झनामा आज नेपालभर सहिद दिवस मनाइँदैछ।
वि.सं.२००७ मा राणाशासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको योगदान चिरस्थायी राख्न र त्यसपछि २०१७, २०४६ र २०६२। २०६३ सालमा प्रजातन्त्रका लागि ज्यान दिने ज्ञात-अज्ञात सहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिन हो।
निरङ्कुश जहानियाँ राणाशासन हर्टाई मुलुकमा वैधानिक प्रजातान्त्रिक शासन स्थापना गर्न शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालालका साथै लखन थापा, शुकदेव गुरुङ, कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाको बलिदानले पनि ठूलो भूमिका निर्वाह गरेको थियो।
नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाउने अभियोगमा शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालाललाई वि.सं. १९९७ माघ १० देखि १५ गतेसम्म फाँसीमा चढाएर तथा गोली हानेर मारिएको थियो।
सात सालअघि राजनीतिक दलहरूको आयोजनामा लुकिछिपी मात्र सहिद दिवस मनाइने गरेकामा वि.सं. २००८ मा भने श्री ५ त्रिभुवनकै अध्यक्षतामा स्थानीय खरीको बोटमा कार्यक्रमको आयोजना गरी मनाइएको थियो।
काठमाडौँ महानगरपालिका -पहिले नगरपालिका)ले २०१३/१४ सालदेखि माघ १० देखि १६ गतेसम्म सहिद दिवस मनाएको तथ्य छ।
Popularity: 14%
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देश र जनताका हितमा आफूलाई सहर्ष समर्पण गरेर नयाँ इतिहास निर्माण गर्ने वीर सहिदप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने सहिद दिवसको आजको उपलक्ष्यमा देशका सम्पूर्ण सहिदप्रति सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
सहिद दिवसका उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले सम्बत् १९९७ का चार अमर सहिद एवं त्यसभन्दा पहिलेका र त्यसपछि २००३ को मजदुर आन्दोलन, २००७ को जनक्रान्ति तथा २०१७ पछिको लामो निरङ्कुश शासन र त्यसपछिको अर्को निरङ्कुशताका विरोधमा आफूलाई आहुति दिने सम्पूर्ण सहिदको देशप्रतिको पवित्र भावना तथा उहाँहरुको अतुलनीय साहस र दृढ सङ्कल्पको स्मरण गर्दै उहाँहरुप्रति सम्मान प्रकट गर्नुभएको छ।
आगामी चैत २८ गते संविधानसभाको चुनाव गराउन हामी दृढ सङ्कल्पका साथ लागेका छौँ, यसलाई सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको पहिलो कर्तव्य हो भन्दै उहाँले यसको सफलताले मात्र लोकतन्त्रको सुदृढीकरण गरेर देशमा दिगो शान्ति कायम गर्ने र हाम्रा यावत् समस्याको उचित समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ- एक युगान्तकारी परिवर्तनसँगै आज हाम्रो देशले नयाँ लोकतान्त्रिक परिपाटीमा प्रवेश गरिसकेको छ। सबै जातजाति, सबै वर्ग र सबै क्षेत्रका सम्पूर्ण नेपाली जनतालाई समान रुपमा, सम्पूर्ण अधिकारको न्यायोचित तवरले उपभोग गर्ने अवसर प्राप्त भएको छ। तीनै वीर सहिदको बलिदानबाट यी अधिकार प्राप्त भएका हुन् भन्ने यथार्थ हामी कसैले पनि बिर्सनु हुँदैन।
सहिद दिवसको पुनीत दिनमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा देश र जनतालाई कसैले पनि कमजोर पार्न नसक्ने अवस्थामा पुर्याएर, सबै किसिमका शोषण र दमनबाट मुक्त गरेर, नेपाललाई नयाँ, शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न अपिल गर्दै प्रधानमन्त्रीले वीर सहिदको बलिदानले हामीलाई सुम्पेको जिम्मेवारी निःस्वार्थ भावनाले पुरा गर्न आह्वान गर्नुभएको छ।
Popularity: 14%
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सशस्त्र निर्वाचन बेस क्याम्प कल्याणपुरबाट खटिगएको गस्ती टोलीले हिजो अपराह्न सिरहाबाट हतियारसहित दुइ माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कर्जनाहा-५ का मधेसी राष्ट्रिय मुक्ति मोर्चाका सिरहा उपाध्यक्ष कपिल यादव र रामपुर बिर्ता-२ का वाइसिएल कार्यकर्ता सन्तोष साह छन्।
उनीहरुलाई सशस्त्र प्रहरीको गस्ती टोलीले कल्याणपुर-९ बाट अपराहृन बा११प ५५१९ नं.को मोटरसाइकलसहित पेस्तोल एक थान, रिवल्भर एक थान तथा छ राउन्ड गोलीसहित पक्राउ गरी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवैजनालाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ।
पक्राउ भएका माओवादी रहेको पुष्टि गर्दै वाइसिएल सिरहाका संयोजक जगत यादवले षडयन्त्रपर्ूवक तरिकाबाट प्रहरीले पक्राउ गरेको आरोप लगाउनुभयो।
Popularity: 14%
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचनका लागि १३ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।
आयोगको निर्णय अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनलाई कुखुराको भाले, नेपाल साम्यवादी दललाई करुवा, नेपाल परिवार दललाई साँचो, नेपाःराष्ट्रिय पार्टीलाई खडग, नेपाल लोकतान्त्रिक समाजवादी दललाई कलम, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)लाई डोको र नेपाल दलित श्रमिक मोर्चालाई चङ्गा प्रदान गरिएको छ।
यसैगरी चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई सुदर्शन चक्र, ताम्सालिङ नेपाल राष्ट्रिय दललाई डम्फु, नव नेपाल प्रजातान्त्रिक दललाई घन्ट, तराई-मधेस लोतान्त्रिक पार्टीलाई जोडा गोरु, सङ्घीय लोकतान्त्रिक पार्टीलाई दापसहितको खुकुरी र मधेसी जनअधिकार फोरम मधेसलाई चर्खा प्रदान गरिएको आयोगले जनाएको छ।
Popularity: 14%
January 30th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बुटवलको एक होटलमा श्रीमानले नृशंस रूपमा श्रीमतीको हत्या गरेका छन्।
कपिलवस्तु भलवाड गाविस वाड नं. ३ का ३७ वर्षीय रेशम थापाले आफ्नै २७ वर्षीया श्रीमती विष्णु थापाको आफू सुतेको पलङको काठले निर्घात् कुटेर हत्या गरेका छन्।
बुटवल नगरपालिका वाड नं. ६ राम मन्दिर लाइनको लालीगुँरास होटेलमा सोमबार राति सुतिरहेको अवस्थामा रेशमले श्रीमतीको हत्या गरेको बताइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठले काठको कुटाइबाट मृतकको अनुहार र टाउको छियाछिया भएको बताए।
Popularity: 14%
January 30th, 2008
दधिराज घिमिरे, ओश्लो, नर्बे / एचकेनेपाल डट कम -
नेकपा मओबादीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेना नेपालका डिपुटी कमाण्डर बलदेब नर्बेको राजधानी ओश्लोमा आइपुग्नु भएको छ।
जनवरी २० देखि २५ तारिखसम्म नोडेफिक नामक सस्थाले बिश्वमा सेना संयोजनको बिषयमा बिभिन्न देशमा भएका बिधि संम्बन्धमा छलफल गर्न संचालन गरेको कार्यक्रममा सहभागीका लागि उहाँ आउनुभएको हो।
डिपुटी कमाण्डर यू.एन.डि पिले बिश्वमा सेना संयोजनको लागि राख्दै आएको डि.डि.आरको बिषयक छलफलमा सहभागी हुनुभएको थियो। नेपालको विद्रोही सेनाबाट उक्त कार्यक्रममा भाग लिनु भएका कमाण्डर बलदेबले नेपालको सेना संयोजनमा बिषयमा आफ्नो मन्तब्य राख्दै डीडीआरको प्रबिधि नेपालको सम्बन्धमा हुन नसक्ने र नेपालमा सेना संयोजन एस.एस.आर. को बिधिबाट मात्र हुन सक्ने हुनाले बिश्वले एस.एस. आर. बिधिलाई बुझ्नु पर्ने कुरामा जोड दिदै यो बिधि नै सेना संयोजनको उत्तम बिधि हुन सक्ने राय दिनुभएको थियो। उहाँले विद्रोही सेनालाई विश्वले राख्दै आएको रिफर्म गर्ने कुरालाई अस्वीकार गर्दै रिस्टक्चर गर्नु पर्ने आफ्नो धारणा स्पष्ट पार्नु भयो। छलफल कार्यक्रममा युएनडिपिका प्रतिनिधिहरु र बिभिन्न २४ देशका सेनाका ब्रिगेडरहरुको सहभागीता रहेको थियो।
डिपुडी कमाण्डर बलदेब नर्बेबाट जर्मनी हुदै नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले प्रबासमा बसेका नेपालीहरुका बिच आयोजना गरिने ‘आसन्न संबिधान सभाको निर्वाचन र नेकपा माओबादीको नयां नेपालको अबधारणा बिषयक अन्तरकृया कार्यक्रम’मा भाग लिनु हुनेछ। उहाँ नेपाल फ्रान्स सोलिडारी कमिटीद्वारा आयोजना हुने कार्यक्रममा भाग लिन फ्रान्सको पेरीसमा जानु हुनेछ।
त्यसै गरी, उहाँको नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको आयोजनामा फेब्रुअरी २ तारिख २००८ शनिवार दिनको १ बजे langstraat 102, 2140 borgerhut आन्थ्रोपेनमा हुने अन्तरकृया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
Popularity: 15%
January 29th, 2008
- टंक सम्वाहाम्फे
सन २००७ को अन्तिम दिनदेखि नेपाली महासंघ हङकङले महासंघ दिवसको अवसर पारी विगत एक दशकदेखि विभिन्न क्षेत्रमा विशेष योगदान दिने हङकङवासी नेपाली व्यक्तित्वहरुलाई पुरस्कार दिई सम्मान गर्ने कार्यको थालनी निश्चय नै सुखद कुरा हो राम्रो सुरुआत हो। (more…)
Popularity: 15%
January 29th, 2008
शैलेशकुमार मल्ल, लुभेन / एचकेनेपाल डट कम -
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सकृयातामा बेल्जियमका लागि नेपाली महामहिम राजदूत प्रमेश हमालको स्वागतमा लुभेनस्थित रेस्टुरेन्ट हिमालयमा स्वागत, परिचय एवं रात्रिभोजको आयोजना गरियो।
कार्यक्रममा महामहिम राजदूत हमालले नेपालीहरु जहाँ बसे पनि नेपालीपन तथा राष्ट्रियताप्रति सदैब उत्तरदायी हुनुपर्ने एवं जुनसुकै राजनीतिक बिचार भएता पनि नेपाल र नेपालीको हितका खातिर हुनुपर्ने कुरामा जोड दिनु भयो। बिदेशमा बस्ने नेपालीहरुको समस्याहरुका लागि पनि राजदूत हमालले आफू संधै तत्पर रहेको बताउनु भयो। कार्यक्रममा कार्य ब्यस्तताका वाबजुद पनि बेल्जियममा रहेका नेपाली कांग्रेस समर्थकहरुको उल्लेख्य सहभागीता रहेको थियो। जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष ईन्द्र क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सचिब माधवप्रसाद सापकोटाले गर्नु भएको थियो भने स्वागत मन्तब्य गोपाल सापकोटाले दिनुका साथै नेपाली कांग्रेस बेल्जियमकी सकृय सदस्य श्रीमती सिता सापकोटाले पनि आफ्नो बिचार राख्नु भएको थियो। उक्त कार्यक्रमको संयोजन शैलेशकुमार मल्लले गर्नु भएको थियो।
लामो समयको प्रतीक्षा पश्चात महामहिम राजदूतको आगमनमा नेपाली जन सम्पर्क समिति बेल्जियमले गरेको स्वागत रात्रि भोज कार्यक्रममा दूतावासका प्रथम सचिब दुर्गा भण्डारी, अताची सुरेन्द्रबहादुर चन्द, बेल्जियम कांग्रेसका सदस्यहरु जानकी गुरुङ, मनोज केसी, अनन्त कंडेल, बिनोद पौडेल, ॠषिराम खरेल, स्मिता रावल, कमल पन्थी, मनोज केसी, उत्तरदास श्रेष्ठ, नरहरी सापकोटा, नेपाल तरुण दल बेल्जियमका अध्यक्ष प्रदीप घिमिरे, उपाध्क्ष्य मुकेश डिसी, महासचिब अन्जन भट्टराई, मनो थापा, यसोद सुबेदी, तारा शाक्यलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।
Popularity: 15%
January 29th, 2008
सम्वाददाता जुरिख, स्विट्जरल्याण्ड / एचकेनेपाल डट कम -
नेपाली कांग्रेसको सिद्धान्त, मुल्य र मान्यतालाई अङ्गिकर गर्दै स्विट्जरल्याण्डमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान र समर्पित नेपालीहरुको भेलाले भीमबहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नेपाली जनसम्पर्क समिति गठन गरिएको छ।
नेपाली कांगे्रसले युरोपेली राष्ट्रहरुमा संगठन विस्तार गर्ने क्रममा स्विट्जरल्याण्डमा पनि आफ्नो प्रतिनिधत्व जनाएको छ। उक्त जनसम्पर्क समितिमा भीमबहादुर भण्डारीको अध्यक्षतामा बनेको कार्य समितिमा उपाध्यक्ष विजय सुव्वा, महासचिव गुणराज शर्मा, सचिव मुक्तिनारायण श्रेष्ठ, कोषाध्यक्ष सुरज अधिकारी, सदस्यहरुमा नारायणप्रसाद कंडेल, विष्णु थापा, रामकुमार महतो, नवराज घिमिरे, राजन सुवेदी, रेशमबहादुर खत्री, कृष्ण सुनार, घनराज कार्की 9(रामकृष्ण), नारायण सापकोटा र प्रकाश पौडेल रहनुभएको छ।
समितिको गठन पश्चात बसेको पूर्ण बैठकले स्विट्जरल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यलेसुरज अधिकारीको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डप्रति उत्तरदायी हुने गरी श्री गणेशमान स्मृति सहायता कोष पनि गठन गरेको छ। साथै उक्त बैठकले युरोपभित्र रहेका नेपाली जनसम्पर्क समितिहरु एवं नेपाली कांग्रेस केन्द्रीय कार्यालय, नेपाली कांग्रेस युरोप समन्वय समितिलाई समेत नेपाली जनसम्पर्क समिति स्विटज्रल्याण्ड गठन भएको कुरा जानकारी गराउदै २ महिनाभित्र नेपाली जनसम्पर्क समिति स्विटज्रल्याण्डको महाधिवेशन गर्ने निर्णय गरेको छ। स्विटज्रल्याण्ड भित्रका नेपालीहरुलाई एकत्रित गदै्र मुलुकप्रति आत्मियता र उत्तरदायी गराउने उक्त समितिको उद्धेश्य रहेको छ।
Popularity: 15%
January 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राख्दै नेपाल जनसङ्घ पार्टीले हिजो बिहानैदेखि वीरगन्जस्थित नेपाल-भारत सीमा अवरुद्ध गरे।उनीहरुलाई दिउँसो प्रहरीले बल प्रयोग गरी हटाउनु परेको थियो।
सीमा अवरुद्ध भएका कारण सो नाकाबाट नेपाल-भारत हुने आयात निर्यात ठप्प भएको थियो।
सीमा अवरोध कारण नेपाल-भारत आवतजावत गर्ने सयौं ढुवानीका ट्रकलगायतका अन्य सवारी साधन सीमाका दुवैतर्फ रोकिएका थिए।
नेपाल जनसङ्घ पार्टीको अगुवाइमा दुवै देशका केही साधुसन्त र हिन्दुवादी सङ्घसंस्थाका प्रतिनिधिहरूले नेपाललाई हिन्दुराष्ट्र कायम गर भन्नेजस्ता नारा लगाउँदैं नेपाल-भारत सीमास्थित शङ्कराचार्य द्वारमा प्रदर्शन गरे।
प्रदर्शनका कारण सो क्षेत्र तनावग्रस्त रहेको थियो। नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको फिर्ता लिएसम्म आन्दोलन जारी रहने बताउँदै नेपाल जनसङ्घ पार्टी अध्यक्ष पद्मबहादुर सापकोटाले सञ्चारकर्मीहरूलाई भन्नुभयो-हाललाई पाँच दिन यो नाका जाम गर्ने कार्यक्रम छ, सरकारले आफ्ना माग पूरा नगरे देशभर सशक्त विरोधका कार्यक्रम ल्याउने छौं।
उहाँले संविधानसभाको वातावरण बनाउनका लागि सरकारले हाम्रो माग पूरा गर्नुपर्छ भन्नुभयो।
विरोध कार्यक्रममा विश्वहिन्दु वामशक्ति, विश्वहिन्दु महासङ्घ र विश्व हिन्दु परिषद्लगायत विभिन्न हिन्दुवादी सङ्घसंस्थाको सहभागिता रहेको जानकारी पनि अध्यक्ष सापकोटाले दिनुभयो।
पर्सा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले अन्तरराष्ट्रिय नाकालाई जाम गर्ने गरी कुनै प्रकारका विरोध कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सीमा नाका जाम नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको, आग्रहलाई स्वीकार नगरिए सुरक्षा बल प्रयोग गरेर भएपनि नाका खुलाउने बताउनुभयो।
Popularity: 15%
January 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारका निजामति सेवाका कर्मचारीहरूले अब फाइल सदर गराउन हाकिमका कोठा कोठा धाउन नपर्ने भएको छ।
कम्प्युटरकै माध्यमबाट टिप्पणी उठाई त्यसकै माध्यमबाट फायल सदर गराउने व्यवस्था लागु हुन लागेपछि सो बाध्यता हट्न लागेको हो।
नेपाल सरकारले आफ्ना सम्पूर्ण प्रशासनिक कामहरूलाई विद्युतीय सञ्जालबाट सन् २०१० देखि पूर्णरूपमा लागू गर्ने नीति लिएको छ। कागजी कार्यहरूलाई विस्तारै हटाउँदै जाने र सम्पूर्ण कामहरू कम्प्युटरकै माध्यमबाट गर्न उच्चप्राथमिकता दिइरहेको छ।
विद्युतीय सुशासनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रले आधारभूत कम्प्युटर तालिम दिदै आईरहेको केन्द्रका कार्यकारी निर्देशक डा. सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो। यसवर्षकेन्द्रले करिब ३०० कर्मचारीहरूलाई सो तालिम दिने लक्ष्य लिएको छ।
उहाँका अनुसार दैनिक प्रशासनिक कार्यहरू विद्युतीय सञ्जालबाट सुरुहुन थालेपछि प्रशासनिक क्षेत्रमा आमुल परिवर्तन भई जनताले झञ्झटबाट मुक्त पाउने छन्।
हाल विश्वका विकासशील देशहरू कोरिया, अष्ट्रेलिया, जापानलगायतका देशहरूले विद्युतीय माध्यमबाट प्रशासनिक कार्यहरू सम्पादन गर्दै आइरहेका छन्।
विद्युतीय सरकारका लागू भएपछि यसको लागि आवश्यक पर्ने तथ्याङ्क (डाटा बैङ्क) केन्द्र स्थापना गर्न कोरिया सरकारले सहयोग पुर्याउने भएको छ।
केन्द्रको पहलमा नेपालमा पहिलो पटक स्थापना हुन लागेको सो बैङ्कले विद्युतीय सञ्चालबाट हुने कार्य सम्पादनलाई सुरक्षा गर्ने बताइएको छ।
Popularity: 14%
January 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजारानी पूर्व शाही मन्त्री प्रकाश कोइरालाका छोरा एवं बलिउड अभिनेत्री मनीषा कोइरालाका भाइ सिद्धार्थको शुभविवाहको निमन्त्रणामा हिजो सोल्टी होटल, क्राउन प्लाजा, काठमाडौँ सरीक भएको थाहा भएको छ।
सिद्धार्थको बिहे ताजिकिस्तानकी युवतीसँग हिन्दू परम्पराअनुसार काठमाडौँमा भएको हो।
यसैगरी राजारानी पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको पनातिनीको शुभ अन्नप्राशनको निमन्त्रणामा हिजो ज्ञानेश्वर, काठमाडौँ सरीक भएको बताइएको छ।
Popularity: 14%
January 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा दायर नेपाल राष्ट्र बैङ्कका गभर्नर विजयनाथ भट्टराई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानको मुद्दाको सुनुवाइ पुनः पर सरेको छ।
उक्त अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशम्शेर जबराको इजलासमा हिजो पुनः थप बहस भएको र निर्णय गर्न नभ्याइएकाले आगामी फागुन ३ गते पेसीमा चढाउन आदेश भएको हो।
यसअघि, अदालतका सदस्यद्वय शर्मा र राणाले श्रीलङ्कास्थित केपी एमजी कम्पनीको आधिकारिकताका सम्बन्धमा नेपाल राष्ट्र बैङ्कमार्फत जवाफ उपलब्ध गराउन पुस १३ गते पुनः आदेश जारी गरे पनि उक्त कम्पनीले विशेष अदालत वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहेको खण्डमा सिधै आदेशबमोजिमको जवाफ पठाउने कुरा बैङ्कलाई पठाएको पत्रमा उल्लेख गरेको थियो ।
सदस्यद्वय शर्मा र राणाले पुनः गत पुस २९ गते उक्त कम्पनीसँग पूर्व आदेशअनुसारको जवाफ अदालतबाटै मगाई आजको इजलासमा पेस गर्न आदेश दिनुभएपनि सो कम्पनीले आजसम्म जवाफ नपठाएको रजिष्ट्रार लेखनाथ पौडेलले बताउनुभयो।
आयोगले दायर गरेको उक्त मुद्दामा भट्टराई र प्रधानको कार्यले राष्ट्रलाई रू.दर्ुइ करोड ४५ लाख वित्तीय नोक्सान भएको दावी गरिएको छ
Popularity: 14%
January 29th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्वी सुर्खेतको छिन्चुमा एक बालिकालाई सामूहिक बलात्कार गर्ने तीनजनालाई प्रहरीले बिना कारबाही छोडेको छ।
पीडकहरुले बलात्कृत बालिकालाई रू.२० हजार दिएपछि छिन्चुस्थित इलाका प्रहरी कार्यालयमा रहेका उनीहरु मुक्त भएको बताइएको छ।
छिन्चु-८ का ६५ वर्षीय हस्तबहादुर पुन र १८ वर्षीय लक्ष्मण खड्का तथा डम्बर नेपालीले गत माघ ५ गते बालिकालाई घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला बलात्कार गरेका थिए।
बालिकाले इप्रका छिन्चुमा मौखिक जाहेरी गरेपछि प्रहरीले उनीहरुलाई माघ ८ गते पक्राउ त गरेको थियो, तर, त्यसको चार दिन नबित्दै उनीहरुलाई मिलापत्रको नाममा हिरासतबाट छोडियो।
इप्रकाका निमित्त प्रमुख सई दीपबहादुर खड्काले ‘जिस्काएको मात्र हो’ भन्ने कागजमा सही गराएर अपराधीलाई मुक्त गरेको आरोप पीडितपक्षले लगाएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा भने बालिका बलात्कृत भएको उल्लेख छ।
बलात्कार भएको प्रमाणसहितको मेडिकल रिपोर्ट आएपछि पीडित बालिकाका आफन्तलाई बोलाएर जबरजस्ती रु२० हजार दिएर मिलापत्र गराइएको थियो। पीडित बालिकाकी दिदीले भनिन्-पैसा लिएर मिल्दैनौं भन्दा समस्या पर्ला भनेपछि बाध्य भएर मिल्यौं।
सो घटनाको सुर्खेतस्थित विभिन्न गैरसरकारी तथा मानवअधिकारवादी सङ्घसंस्थाले विरोध गरेका छन्। उनीहरुले अपराधीलाई फरार बनाउने इलाका प्रहरी कार्यालय छिन्चुका सई खड्कालाई कारवाहीको माग पनि गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको जनाएको छ।
Popularity: 14%
January 29th, 2008
बिलबहादुर गुरुङ, कतार / एचकेनेपाल डट कम -
नेपाली टीभी यूकेका बोर्ड डाईरेक्टर तथा तमू धिं यूकेका पूर्व उपाध्यक्ष मोहन गुरुङको सम्मानमा गत शनिवार दोहा नेशनलस्थित संसरा थकाली भान्छा घरमा कतारवासी तमूहरुको सँझा संस्था तमू बौद्ध सेवा समिति दोहा कतारले एक औपचारिक भेटघाट कार्यक्रमको आयोजना गर्यो।
गुरुङ मध्यपूर्व भ्रमणको क्रममा गत हप्ता कतारमा आई पुग्नु भएको हो। मोहन गुरुङ प्रमुख अतिथि रहनु भएको उक्त भेटघाट कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष जगन गुरुङले गर्नु भएको थियो भने समितिकै सल्लाहकार बिलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
आफ्नो मन्तव्य प्रस्तुत गर्ने क्रममा प्रमुख अतिथि गुरुङले तमू समुदायको लागि आफुले सक्दो सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि आफ्नो सहयोग निरन्तर रहिरहने प्रतिबद्धता पनि जनाउनु भएको थियो। हाल आफू मिडियासंग आवद्ध रहेकाले विशेषतः मध्यपूर्वका नेपालीहरुलाई समेट्ने कार्यक्रमको तयारीमा लागिरहेको र त्यसैको अध्ययनको सिलसिलामा आफू कतारमा रहेको खुलासा पनि गर्नु भयो। साथै खाडीमा रहनुभएका तमाम नेपालीहरुलाई कस्तो खालको कार्यक्रमहरु प्रस्तुत गर्दा राम्रो हुन्छ भन्ने कुरा जान्नको लागि पनि कतारका नेपालीहरुसंग प्रत्यक्ष भेट गर्ने योजना थियो झन तमू बौद्ध सेवा समितिले नै यो अवसर प्रदान गरिदिनु भएकोले समितिलाई धन्यवाद ज्ञापन ज्ञापन गर्न चाहन्छु गुरुङले भन्नुभयो। मन्तव्य कै क्रममा मोहन गुरुङले भन्नु भयो “निश्चित रुपमा नेपाली टीभी यूके तमाम नेपालीहरुप्रति समर्पित छ तर आफ्नो तमू समुदायको लागि आफूले व्यक्तिगत रुपमा एउटा निश्चित समय प्रायोजन गरि दिने र त्यसको लागि तमू समुदायमा लाग्नु भएका व्यक्तित्वहरुले सान्दर्भिक कार्यक्रम तयार पारि दिनु होला।”
समितिका निर्देशक सल्लाहकार बुधबल गुरुङले संस्थागत परिचय दिनुका साथै समितिका गतिविधिहरुको संक्षिप्त जानकारी दिनुभएको थियो। त्यसै गरी समितिका सल्लाहकार तथा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारका अध्यक्ष अमृत गुरुङले समितिले जनजाति आन्दोलनमा खेलेको भूमिका र जनजाति महासंघबारे प्रकाश पार्नु भएको थियो। अध्यक्षता गरि रहनु भएका तमू बौद्ध सेवा समिति दोहा कतारका अध्यक्ष जगन गुरुङले समितिले हालसम्म गरेका कार्यहरु र भविष्यमा गर्न चाहेको कार्यक्रमहरुको संक्षिप्त रुपरेखा प्रस्तुत गर्नु भयो। तमूहरुको विभिन्न सघसंस्थाहरुप्रति लक्षित गर्नु हुदै संस्थागत नाम गौण हो तर तमू भन्ने शब्द महत्वपूर्ण हो भन्नु हुदै अध्यक्ष गुरुङले तमूहरु जहाँ जे जस्तो अवस्थामा रहेर जुन सुकै नामबाट संगठीत भए पनि तमू समुदायको हितको लागि बढेका हातहरुसंग सदैव हातेमालो गर्न समिति हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।
आ-आफ्नो परिचयबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मोहन गुरुङ, अतिथिहरु क्रमशः नेपाली टीभी यूकेका कार्यक्रम प्रस्तोता अनन्त नेपाल, तामाङ ल्होछार कार्यक्रमका लागि नेपालबाट आउनुभएका गायक रोज मोक्तान, गायिका योगिता मोक्तान, सम्सरा थकाली भान्छा घरका प्रबन्ध निर्देशक रमेशबाबु श्रेष्ठ, आनन्द इनर्जी कम्पनीका प्रबन्ध निर्देशक हेमलाल बिश्वकर्मा आदिलाई समितिका तर्फबाट अध्यक्ष जगन गुरुङले खादा ओर्ढाई स्वागत गर्नु भएको थियो। साथै निर्देशक सल्लाहकार बुधबल गुरुङले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई भर्खरै सम्पन्न तमू च्यू ल्होछार कार्यक्रमको डिभिडी क्यासेट प्रदान गर्नु भयो। उक्त कार्यक्रममा समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलगायत तमू बौद्ध सेवा समितिको संरक्षकत्वमा स्थापना भएको तमू सांस्कृतिक परिवार दोहा कतारका सदस्यहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कतारबाट बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम।
Popularity: 14%
January 29th, 2008
भूमिराज राई, युके / एचकेनेपाल डट कम -
प्रबासी नेपाली साहित्य समाज (प्रभात) को फोल्कस्टोन सर्नक्लिफमा आइतबार बसेको पहिलो साधारण सभाले नयाँ कार्य समितिको गठनका साथै प्रभात पुरस्कार र प्रभात सम्मान घोषणा कार्यक्रम सम्पन्न गरेको छ।

तस्विरः भूमिराज राई, युके / एचकेनेपाल डट कम।
प्रबासी नेपाली साहित्य समाज प्रभातले केही बर्ष अघिदेखि निरन्तर रुपमा नेपाली कला, साहित्य, संगीत र सञ्चार क्षेत्रमा योगदान पुर्याउदै आई रहेका ब्यक्तित्वहरुलाई प्रभात सम्मान र प्रभात पुरस्कार प्रदान गर्दै आएको छ। किशोर गुरुङ बिएफबिएस काठमाडौं, नोर्देन तेन्जिङ भुटिया पहिलो नेपाली पप गीत प्रबर्तकलाई प्रभात सम्मान र सुजनबाला राई, शशी लुमुम्बुलाई प्रभात पुरस्कारद्वारा सम्मानित गरी सकिएको छ।
पहिलो साधारण सभा २००८ को मुख्य कार्येक्रममा नयाँ कार्यसमिति गठन प्रकृया पहिलो एजेन्डा रहेकाले सबै भन्दा बढी प्राथमिकताका साथ कार्यसमितिको छनौट गरिएको छ।
नयाँ कार्यसमितिमा बिशेष अध्यक्ष काजिमान लिम्बु MC मिलिटेरी क्रस, अध्यक्ष ईश्वर चाम्लिङ्, महिला बिभागीय अध्यक्ष दुर्गा घले, उपाध्यक्षद्वय विश्वाश दिप तिगेला र कुमार ईस्बो, महासचिब नबराज राई, सचिब जगत नबोदित, सांस्कृतिक, मिडिया तथा बाह्य सम्पर्क बिभाग प्रमुख भुमिराज राई, प्रकाशन तथा सम्पादन बिभाग प्रमुख आनन्द रानाहाङ्छा, कोषाध्यक्ष सुरेन्द्र ईङ्नाम, सह कोषाध्यक्ष नयन लिम्बु र सदस्यहरुमा भिष्मराज निरौला, जितेन्द्र चेम्जोङ, डिल्लिराम राई, एकराज नेम्बाङ, किरण चाम्लिङ, बिश्वकाजी राई, जयचन्द्र राई, लालराना र सुनिता लिम्बु रहेका छन्। त्यसै गरी संरक्षकहरुमा मुलीवीर राइ (सचेतक), रामकृष्ण सुनुवार , प्रेम रिबुसाल राई र बिशिष्ठ सल्लाहकारहरुमा लक्ष्मीभक्त बान्तवा रिटाएर्ड गोर्खामेजर, छबिन्द्र चोङ्बाङ, गणेश राई, सल्लाहकारहरुमा गोर्खा मेजर टु आरजिआर, क्याप्टेन ज्ञानबहादुर लिम्बु टुआरजिआर, क्याप्टेन टिकाप्रसद राई क्युओजिएलआर, क्याप्टेन हेम तामाङ टु आर जि आर, क्याप्टेन उमेश पुन र बिनोद ध्वज खड्का रहनु भएको छ।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
नयाँ कार्येसमिति गठन लगत्तै भएको छलफलको निर्णय अनुसार यो बर्षको प्रभात सम्मानद्वारा कथाकार तथा कवि रक्ष राईलाई सम्मान गरिने निर्णय भएको छ भने प्रभात पुरस्कार युवा कवि तथा साहित्यकार रमेश पौड्याललाई प्रदान गर्ने निर्णय सर्बसम्मत पारित भएको छ। प्रभात सम्मान यही आउदो फेब्रुवरी ९ तारिख शनिबार फान्ब्रोको ओकफर्म कम्युनिटीहलमा एक बिशेष साहित्यिक कार्यक्रमकाबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम मुरारिराज शर्माले हस्तान्तरण गर्नु हुने छ। उच्च बेलायती सैनिक पदक बिजेता भिसि तुलबहादुर पुनलाई पनि उक्त सम्मान तथा साहित्यिक कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा पठाई सकेको छ।
प्रभात पुरस्कार नेपालमा एक बिशेष कार्यक्रमको आयोजना गरी साहित्यकार रमेश पौड्याललाई रु. १५ हजार नगदसहित को प्रभात पुरस्कार प्रदान गरिने छ। त्यसै गरी प्रभातका अन्य कार्यक्रमहरुमा फोल्कस्टोन टाउनका पहिलो नेपाली काउन्सिलर धन गुरुङलाई कदर पत्र प्रदान गरेर सम्मान गरिनुका साथै नेपाली सन्देश साप्ताहिकलाई बेलायतमा नेपाली पत्रकारिताको माध्यमबाट नेपालीहरुलाई सूचना र समाचारका साथमा नेपाली भाषाको संरक्षण र बिकासमा टेवा पुर्याई वापत प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरिएको छ।
Popularity: 15%
January 28th, 2008
कुमार कार्की, कतार / एचकेनेपाल डट कम -
दिनानु दिन बढी रहेको सडक दुर्घटना लगायत बिभिन्न दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारका तर्फबाट आगामी जनवरी ३१ देखि बिभिन्न देशका जन समुदायहरुका लागि सि लाइन बिच क्याम्पेन (Sea line Beach Campaign) कार्यक्रम गर्ने भएको छ।
जनचेतनाका अभावबाट हुने दुर्घटनाहरुलाई न्यूनीकरण गर्नका लागि तथा कतारको संस्कृति चिनाउनकालागि कार्यक्रम अगाडि ल्याएको कुरा जनाएको छ। सेफ्टी, ट्राफिक नियम, सरसफाई, अन्य विविध जनचेतनाका कार्यक्रमहरु, उंट दौडलगायत कतारको स्थानीय संस्कृति झल्कने कार्यक्रमहरुको आयोजना उक्त क्याम्पेनमा हुने कुरा नेपाली समुदायको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका एन.आर.एन.ए-आइ.सि.सि.का कतार प्रतिनिधि टि.बि. कार्की र सचिव सागर नेपालले जानकारी दिएका छन्।
कतारको इन्टेरियर मिनिष्ट्रमा बसेको बैठकमा दिएको जानकारी अनुसार हाल यो कार्यक्रम ७ वटा देशका नागरिकहरुकालागि तय गरिएको र प्रत्येक देशका तर्फबाट कम्तीमा पनि २ सय जनाको सहभगीता अनिबार्य हुनु पर्ने छ।
जनवरी ३१ बाट शुरु हुने उक्त क्याम्पेनमा नेपाली समुदायकालागि फेब्रुअरी ५ मंगलबारका दिन छुट्याइएको छ । स्थानीय समय अनुसार उक्त दिन दिनको ३ बजेबाट रातको ८ बजेसम्म बिभिन्न कार्यक्रमहरु सन्चालन हुनेछन्। क्याम्पेनमा सहभागी हुनेहरुकालागि नि:शुल्क यातायात तथा क्याम्पेन स्थलमा नि:शुल्क कफि तथा खानाहरुको पनि ब्यवस्था गरिने छ। बच्चाहरुका लागि खेल्ने ठाउँ साथै खेल सामाग्रीहरु पनि उपल्ब्ध गरिने छ।
उक्त क्याम्पेनको मुख्य उदेश्य भनेको बिभिन्न दुर्घटनाहरुबाट हुने झोखिमका बारेमा सर्बसाधारणलाई जानकारी प्रदान गर्नुका साथै कतारी संस्कृति प्रति अन्य देशका नागरिकहरुलाई प्रोत्साहित गर्नु रहेको जनाइएको छ । क्याम्पेनमा सहभागी हुन चाहने नेपाली समुदायका व्यक्तिहरुले सागर नेपालसँग +974-5822535 तथा टिबि कार्कीसँग +974-5574937 मा संपर्क राख्न सकिनेछ ।
Popularity: 14%
January 28th, 2008
पोखरामा असन्तुष्ट कांग्रेसको भेला, गोबिन्द जोशी बिरुद्ध नाराबाजी
राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम -
नेपाली काँग्रेसका महामन्त्री केवी गुरुङले तोकिएकै मितिमा संविधान सभाको चुनाव हुनुपर्नेमा जोड दिँदै त्यसका लागि माओवादी क्रियाकलाप सच्चिन जरुरी रहेको बताउनु भएको छ।
नेपाल किसान संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै महामन्त्री गुरुङले सो कुरा बताउनु भएको हो। संविधान सभाको चुनावी आम सभाहरुमा काँग्रेसले पार्टीको घोषणापत्र लिएर जानुपर्नेमा माओवादी लगायतका गठवन्धन दलसँग संयुक्त सभा गरिएकोमा महामन्त्री गुरुङले असन्तुष्टी प्रकट गर्दै काँग्रेसको ऐतिहासिक पृष्ठभूमिलाई लत्याएर कम्यूनिष्टहरुको चक्रव्युहमा फस्न नहुने धारणा अघि सार्नु भयो।
विगतमा असन्तुष्ट हुँदा वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसिाद कोइरालाले हतियार उठाउने कुरा गरेको तथ्य अघि सार्दै पार्टीभित्र रहेका असन्तुष्टी र गलत प्रवृत्तिलाई सही बाटोमा ल्याउन खोज्दा आफूहरुलाई राजावादीको आरोप लागेको महामन्त्री गुरुङको गुनासो थियो।
सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खूमबहादुर खड्काले तराईको समस्या समाधान गर्न नेपाली काँग्रेसले छुट्टै रणनीति लिएर तराईका जनता सामु जानुपर्ने सुझाव दिनु भयो। उहाँले माओवादी र त्यसको भ्रातृसंगठन वाइसीएलका क्रियाकलापको कडा आलोचना गर्दै काँग्रस नेता खड्काले गृहप्रशासनको पनि आलोचना गर्नुभयो। गृहप्रशासन अति कमजोर अवस्थामा रहेको दावी गर्दै त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने र यही अवस्था कायम रहे आगामी चैत्र २८ गते गर्ने भनिएको संविधान सभाको चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो।
नेपाली कँाग्रेसका केन्द्री सदस्य एवं पूर्वमन्त्री विजयकुमार गच्छेदारले संविधान सभाको चुनाव माओवादीले नचाहेको आरोप लगाउँदै संविधान सभा नेपाली काँग्रेस, आदिवासी, जनजाति, मधेश र पिछडिएका वर्गलाई आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने तर्क अघि सार्दै यदि माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिए तर्राईमा लाखौं सेना उत्पन्न हुने चेतावनी दिनु भयो। साथै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उहाँको ठहर थियो ।
जोशी बिरुद्ध नाराबाजी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी मन्तव्यका लागि मञ्चमा पुगेपछि बौद्धिक कांग्रेसीहरु सभास्थलबाट बाहिरिएका थिए भने काँग्रेसका पूराना कार्यकर्ता पिताम्बर पौडेल लगायतले जोशी विरुद्ध नाराबाजी गरेका थिए।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल किसान संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका वृद्ध पौडेलले भ्रष्ट गोबिन्द जोशी मुर्दावाद, भष्ट्राचारीलाई बहिष्कार गरौं भन्दै नाराबाजी गरिरहेकै बेला केही नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले बृद्ध उमेरका पौडेललाई अभद्र व्यवहार गरेका थिए भने केही काग्रेसी बौद्धिक व्यक्तिहरुले जोशीको मन्क्तव्य बहिष्कार गर्दै सभास्थलबाट बाहिरिएका थिए। आफूविरुद्ध नाराबाजी भएको देखेपछि आक्रोशित भएका काँग्रेस नेता जोशीले आफूसँग भीख माग्नेहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आपरो मात्र लागाउनु भएन। उहाँले आफूविरुद्ध काँग्रेसले नै भाडाका टट्टु परिचालन गरेको आरोप लगाउँदै त्यस्ता तत्वमाथि आफू नडराउने चेतावनी पनि दिनुभयो। यद्यपि उनीविरुद्ध नाराबाजी गर्ने पौडेलल कास्कीका पूराना खाँटी कार्यकर्ताकारुपमा परिचित र क्रियाशिल रहँदै आएका छन्।
कार्यक्रमा पूर्वमन्त्री शरदसिंह भण्डारी, साँसद प्रकाशबहादुर गुरुङ काँग्रेस केन्द्रीय सदस्य, श्यामलाल श्रेष्ठ, शुक्रराज शर्मा, उमाकान्त चौधरीलगायतका वक्ताहरुले नेपाली काँग्रेसको महासमिति बैठकको निर्णय विपरीत नेपाली काँग्रेसले वामपन्थीहरुसँग मिलेर अगाडि बढेकोमा आक्रोश प्रकट गर्दै महासमितिको निर्णय वमोजिम काम गर्न आग्रह गरेका थिए। अन्यथा आफूहरुले त्यसको विरुद्ध देशव्यापी संघर्ष जारी राख्ने चेतावनी दिएका थिए।
Popularity: 15%
January 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)को राष्ट्रिय कार्यसमिति पुनर्गठन गरिएको छ ।
आनन्दीदेवी सिंहको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खुसीलाल मण्डल, उपाध्यक्षद्वयमा कमलेस तिवारी र अमृता अग्रहरी, महासचिवद्वयमा डा. डम्बरनारायण यादव र कासिम अली सिद्धकीलाई चयन गरिएको सो पार्टीले जनाएको छ ।
यसैगरी पुनर्गठित कार्यसमितिको सह-महासचिवद्वयमा रामवरण यादव र रमनकुमार पाण्डेय, प्रवक्तामा श्रीमननारायण मिश्र र कोषाध्यक्षमा तेजकान्त झा चयन हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा गोविन्द थारु, डा. रामदेव सिंह, यदुवंश साह, सरिता गिरी, रामईश्वर राय यादव, मुक्तिनाथ मण्डल, दुगाप्रसाद राजवंशी, रविन्द्रनाथ मिश्र, रामबाबु सिंह, बाबुनन्द यादव, परमानन्द यादव, ठाकुरप्रसाद यादव, आनन्द महोपाल, भीमराज यादव, योगेन्द्रनारायण सिंह, सीताराम पौदार, सुनिता चौधरी, मोहम्मद कमालउद्धिन मियाँ, विजयकान्त झा, हरेराम मण्डल, वीरेन्द्र दास र रामानन्द झालाई चयन गरिएको जनाइएको छ ।
विज्ञप्तिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तासहित देवेन्द्र मिश्र र भोगेन्द्र ठाकुरलाई पार्टी साधारण सदस्यताबाट समेत निलम्बन गरिएकाले उहाँहरूको नाम कार्यसमितिमा नराखिएको जनाउँदै उहाँहरूबाट सन्तोषजनक जवाफ आएपछि विचार गरिने उल्लेख गरिएको छ ।
Popularity: 15%
January 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगरमा अनेरास्ववियु क्रान्तिकारी र नेविसङ्घका विद्यार्थीबीच मन्तव्यको विषयलाई लिएर कुटाकुट हुँदा तीन विद्यार्थी सख्त घाइते भएका छन् ।
नवआगन्तुक विद्यार्थीको स्वागतार्थ आयोजना गरिएको स्वागत कार्यक्रममा अनेरास्ववियुका देवराज पन्तले मन्तव्यका क्रममा बोलेका कुरालाई लिएर नेविसङ्घ र क्रान्तिकारीका विद्यार्थीले उनलाई कुटेको क्याम्पस प्रशासनले जनाएको छ ।
घाइते विद्यार्थीहरुमा देवराज पन्त, परमानन्द भट्ट र जय सिं कुँवर रहेका छन् ।
देवराज पन्तको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने कुँवरको स्थिति अत्यन्तै नाजुक भएका कारण भारततर्फ लगिएको छ । भट्ट उपचारपछि घर फर्किसकेका छन्
Popularity: 15%
January 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुनसरीको महेन्द्रनगर-७ महिनवारी शिवालय टोल बस्ने ५६ वर्षीय धर्मानन्द कोइरालाले आफ्नी ४५ वर्षीया श्रीमती जुनादेवी कोइरालाको वीभत्स हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।
दिउँसो घाँस काट्न गएका दुवै जना साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा हिजो बिहान दुवै जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार श्रीमती जुनादेवीको अनुहार किचिएको तथा शरीरका विभिन्न भागमा हँसियाले काटिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
पहिलेदेखि नै परपुरुषसँग लागेको आरोप लगाउँदै सँधै झगडा गर्ने गरेकाले धर्मानन्दले श्रीमतीलाई मारी श्रीमतीको लाश नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले बताएको छ ।
घटनास्थलमा नाम्लो, दुईवटा हँसिया र जुनादेवीको कपडा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।
Popularity: 15%
January 28th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नवलपरासीको प्रगतिनगर गाउँ विकास समिति-३ नवलपरासी निवासी वर्ष१९ की चन्द्रिका सापकोटालाई उनका श्रीमान गणेश सापकोटा र परिवार मिली हत्या गरेको आरोप गाउँलेहरुले लगाएका छन् ।
सापकोटाको लाश बिहान उनको घरभित्र आत्महत्या गरेको जस्तो अवस्थामा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
स्थानीय गाउँलेले श्रीमान र घरका अन्य परिवारसमेत मिलेर राति मारेको शङ्का गरी आरोपित गणेश सापकोटालाई गाउँलेले कुटपिट गर्दा उनी घाइते भएका छन् । घाइते सापकोटाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक सापकोटाकी सासु र दुइ जेठानीलगायतलाई अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय कावासोतीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
मृतक चन्द्रिका र गणेशको २०६० सालमा प्रेम विवाह भएको थियो । पछि दुईबीच झगडा हुने गरेको र घरबाट निकाल्न समेत धम्की दिएको शिवमन्दिर-३ नवलपरासीमा रहेका मृतकका माइती पक्षले बताएका छन्।
माइतीपक्षका अनुसार राति छोरीले फोन गरी बचाउन समेत अनुरोध गरेकी र ज्वाई गणेश अर्को विवाह गर्न केटी खोज्दै हिड्ने गरेका कारण चन्द्रिकाको आत्महत्या नभई हत्या भएको दावी गरिएको छ ।
Popularity: 15%
January 28th, 2008
Previous Posts