Archive for February, 2008

मोफसलको मोडलिङः उत्साह धेरै अवसर र संभावना कम (+Photo)

सम थापा, नेपालगंज - बांके / एचकेनेपाल डट कम -
बर्ष २००४ की मिस भेरीकी उपाधि विजेता पदमा शेर्पालाई माओवादीको जनवर्गिय संगठन अखिल नेपाल जनसांस्कृतिक मञ्चले २०६२ सालमा मिस भेरीको ताज आयोजक संस्थालाई नै फिर्ता गर्न लगाएपछि नेपालगंजमा झण्डै चार बर्षम्म अवरुद्ध सो प्रतियोगिता यसपल्ट चाही राम्रैसंग सम्पन्न भयो। (more…)

Popularity: 9%

Add comment February 29th, 2008

जनजाति पत्रकार संघ रुपन्देहीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भीम गुरुङ, बुटवल, रुपन्देही / एचकेनेपाल डट कम -
आदिवासी जनजातिहरुले आफ्नो अधिकारसहितको प्रतिनिधित्व र सहभागिता संविधानसभाको निर्वाचनमा गर्नु पर्ने उद्धेश्यले नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीले बुटवलमा “संविधानसभामा आदिवासी जनजातिको प्रतिनिधीत्वको सवाल” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भीम गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमलाई संघका सचिब यम रानाले सञ्चालन र आशिष सूर्यबंशीले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा उपस्थित अतिथीहरुलाई टेकबहादुर मास्कीले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

राज्य सञ्चालनको प्रमुख पदहरुमा जनजातिहरु हिजोसम्म नपुगेको भए पनि झीना मसिना ठाउंहरुमा रहेर आदिवासि जनजाति नामका प्रतिनिधिहरुले आफ्ना अधिकारहरुको वारेमा मुख खोल्न नसकेको अनुभव छ। त्यसैले संविधानसभाको निर्वाचनमा आदिवासी जनजातिहरुले आफ्नो अधिकार सहितको प्रतिनिधित्व र सहभागिता गर्नु गराउनु पर्ने धारणा सबै सहभागी वक्ताहरुको थियो।

कार्यक्रममा विभिन्न जनजाति संगठनका प्रतिनिधीहरुले संविधानसभा निर्वाचन सफल पार्न आदिवासी जनजातिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरी चुनावलाई सफल गराएर अब बन्ने संविधानमा आफ्नो हक अधिकारलाई सुनिश्चित गर्नु पर्नेमा समेत जोड दिएका थिए। सहभागीहरुले जातिय संगै वर्गिय लर्डाई लड्नु पर्नेमा जोड दिदै अधिकार स्थापित पछिको प्रतिनिधित्वले मात्र आदिबासी जनजातिको उत्थान हुने बताएका छन्।

कार्यक्रममा नेपाल लोकतान्त्रिक तमू संघका केन्द्रीय सदस्य राजु गुरुङ, मगर राष्ट्रिय मुत्तिm मोर्चाका केन्द्रीय सदस्य भुलबहादुर सुनारी मगर, तामाङ घेदुङका वीरबहादुर लामा, तमू पे ल्हु संघका कृष्णबहादुर गुरुङ, आदिवासी युवा महासंघका केन्द्रीय सदस्य सुन्दर गुरुङ, छन्त्याल संघका केन्द्रीय सदस्य दुर्गाबहादुर छन्त्याल, जनजाति महिला महासंघका जुनु गौचन, थारु कल्याणकारी सभाका कमल नारायण चौधरी, नेपाल आदिवासी जनजाति महासंघका कोषाध्यक्ष दलबहादुर छन्त्याल र नेपाल मगर संघका अध्यक्ष यमबहादुर थापा मगरले आ-आफ्ना विचार व्यक्त गरेका थिए।

Popularity: 9%

Add comment February 29th, 2008

लिम्बूवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बूवानवासीहरुको प्रतिबद्धता

राजु सुब्बा, लण्डन / एचकेनेपाल डट कम -
नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजाने निर्णय गरि सकेको अवस्थामा पूर्वी नेपालका लिम्बूवानवासीहरुले माग गरेको लिम्बूवान राज्यको माग जायज र न्यायोचित ठहर गर्दै वेलायतमा रहेका लिम्बूवानवासीहरुले पनि लिम्बूवान राज्य प्राप्तिको लागि चर्किएको आन्दोलनमा प्रतिबद्धता जाहेर गरेको छ।

चर्किएको आन्दोलनलाई निर्णायक र फलदायी बनाउन सम्भावित सबै प्रकारका सहयोगका लागि पल्लो किरात लिम्बूवान क्षेत्रका वेलायतवासीहरु जुटेका छन्। गत २७ फेब्रुवरीका दिन लण्डनमा सम्पन्न भेलाले जे. याक्थुङ्बाको संयोजकत्वमा वेलायतमा लिम्बूवान स्वायत्त सघर्ष मञ्चको निर्माण भएको छ। भर्खरै निर्माण भएको १५ सदस्य मञ्चले अन्तरक्रिया लगायत आर्थिक सहयोग संकलनको कार्य पनि धमाधम अघि बढाएको छ। यो असारे रोपाइमा सबैको सहभागिता रहेको खण्डमा भोलि मंसिरमा पाक्ने बालि सामुहिक तवरले उठाउन मिल्दछ अन्यथा रोपाई गर्न नचाहने तर भोलि पाकेको बालि उठाउन तम्सिनु नमिल्ने भन्दै भोलिको स्वायत्त राज्य सबैको जित हुने कुरा उल्लेख गरेका छन्।

सयौ बर्षमा आउने यो फलाम तातिएको जस्तो एउटा विशिष्ट परिस्थितीलाई सबैले बुझ्नु पर्ने लगायत विदेशमै बसेको भए पनि देशको लागि, आफ्नो गाँउठाँउ र समाजको लागि केही न केही योगदान पुर्याउन सबैमा आग्रह गरेको छ। वेलायतमा बसोवास गर्नेहरुको नेपालमा आफ्नै पहिचान रहेकोले पनि झनै यो नयाँ संरचनाको संवेदनाशिल अवस्थामा सहभागिता हन अनिवार्य भएको हो उल्लेख छ।

स्वायत्त राज्यको सवालमा छलफल तथा विचारहरु आदान प्रदान गर्नको लागि limbuwanuk@gmail.com इमेल एकाउण्ट सबैको लागि खुल्ला गरिएको छ। प्रश्न सोध्नको लागि, सहयोग गर्न इच्छुक ब्यक्तिको लागि पनि सोहि इमेल प्रयोग गर्न आग्रह गरिएको छ। लिम्बूवान स्वायत्त सघर्ष मञ्च वेलायतले तत्कालको लागि नेपालको संघिय लिम्बूवान राज्य परिषद (कुमार लिङदेन समूह) संग निकट रही काम गर्ने उल्लेख छ।

वर्तमान नेपालको स्थितीलाई औल्याउदै संयोजक याक्थुङबाले भने अहिलेको नेपालको अवस्था असक्षम डाक्टरले अप्रेशन गरेर बिगारेको घाउ जस्तै भएको छ र यसको समाधान शासक पक्षले संघिय पद्धतिको बारेमा अध्ययन गर्नु पर्दछ र आदिवासी तथा मधेसीहरुको पीडाको महसुस गर्नु पर्दछ। यो अत्यन्तै महत्वपूर्ण समयमा घरदेश र परदेशमा रहनु भएका सबै सबैलाई राजनैतिक चेतना र चासो राख्न पनि उनले आग्रह गरे।

लण्डनबाट राजु सुब्बा / एचकेनेपाल डट कम।

Popularity: 9%

8 comments February 29th, 2008

इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।

नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो।

सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो।

सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ।

Popularity: 8%

7 comments February 29th, 2008

सम्झौताको अन्तर्राष्ट्रिय क्षेत्रबाट स्वागत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख इयान मार्टिनले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको सम्झौताको स्वागत गर्दै सम्झौताको कार्यान्वयनले समावेशी संविधानसभा निर्वाचनलाई अनुकुल वातावरण सम्पन्न गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।

सरकार तथा मोर्चाबीचमा भएको सम्झौताको भारतले स्वागत गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी वक्तव्यमा सम्झौताले निर्धारित मितिमा नै संविधानसभा चुनाव सम्पन्न गर्नका लागि मार्ग प्रशस्त गरेको जनाइएको छ।

“हामी आशा गछौँ कि सबै पक्षले उनीहरुका बीचमा भएका विगतका समझदारीका साथै सो सम्झौताको कार्यान्वयन तथा सम्मान गर्नेछन्। आफ्ना प्रतिनिधि, भविष्य तथा आफ्नो चाहनाबमोजिमको शासन व्यवस्था रोज्ने अधिकार नेपाली जनतामा नै निहित छ। एक लोकतान्त्रिक, स्थायी तथा समृद्ध नेपालको निर्माणका लागि सदा झैँ भारतले नेपाललाई यथासम्भव सबै सहयोग प्रदान गर्नेछ “- प्रवक्ताको वक्तव्यमा भनिएको छ।

यसैगरी काठमाडौँस्थित युरोपेली सङ्घका नियोग प्रमुखहरुले पनि उक्त सम्झौताको स्वागत गर्दै सम्झौताले समावेशी, विश्वसनीय, स्वतन्त्र र निष्पक्षरुपमा तराईलगायत नेपालभरि संविधानसभा निर्वाचन गराउन अवसर प्रदान गरेको जनाएको छ।

सङ्घका तर्फबाट फ्रान्सेली राजदूतावासद्वारा जारी विज्ञप्तिमा सम्झौताको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष मिलेर काम गर्ने र निर्वाचनका लागि सुरक्षित वातावरण तयार गर्ने अपेक्षा व्यक्त गरिएको छ।

“यो समय निर्वाचनका लागि हो। नेपाली जनता मतपेटिकामा आफ्नो इच्छा व्यक्त गर्न चाहन्छन्। त्यसैले नियोग प्रमुखहरु संविधानसभा निर्वाचन तोकिएकै मितिमा आगामी चैत २८ गते विश्वसनीयरुपमा सम्पन्न हुनुपर्ने कुराको महत्वलाई जोड दिन्छन् “- विज्ञप्तिमा उल्लेख गरिएको छ।

Popularity: 8%

Add comment February 29th, 2008

निर्वाचन कार्यक्रम समायोजन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले नेपाल सरकारबाट अनुरोध भएअनुरुप निर्वाचन कार्यक्रम समायोजन गरेको छ।

उक्त समायोजनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ यही फागुन २३ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दाखिला गर्नुपर्नेछ।

आयोगले हिजो प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार आजका मितिसम्म भएका कार्य यथावत् राखेर भोलिदेखि कार्यक्रम स्थगन गरी ती कार्यक्रम नयाँ कार्यक्रमअनुसार तोकिएको मिति र समयमा एकैसाथ सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाइएको छ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनैतिक दलले पेस गर्नुपर्ने उम्मेदवारको बन्दसूची पेस गर्न पुनः एक दिन थप गरी सोका लागि यही फागुन १९ गते बिहान दश बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको पनि विज्ञप्तिमा उल्लेख छ।

आयोगद्वारा प्रकाशित विज्ञप्तिअनुसार आगामी चैत २८ गते हुने संविधानसभा सदस्य निर्वाचन सहज वातावरणमा सम्पन्न गर्न र बढीभन्दा बढी राजनैतिक दलको सहभागिता जुटाउने प्रयासस्वरुप सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सम्झौताअनुरुप सरकारको अनुरोधअनुसार उक्त समायोजन गरिएको हो।

Popularity: 8%

Add comment February 29th, 2008

गणतान्त्रिक मोर्चासितको वार्ता निश्कर्षविहीन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारी वार्ता समिति र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको वार्ता हिजो बिना निष्कर्ष टुङ्गिएको छ। वार्ता आज पनि हुँदैछ।

मोर्चाले राखेका पाँच बूँदे मागमध्ये राजतन्त्रको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने, संविधानसभा निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रणालीअनुसार हुनुपर्ने र मोर्चासँग भएका सबै सहमतिका बुँदाको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागमा दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।

सरकारी वार्ता समितिका संयोजक एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले मोर्चाका तर्फबाट तत्काल पूरा गर्न नसकिने केही अप्ठ्यारा माग अगाडि सारिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनुभयो।

संविधान संशोधन, निर्वाचनप्रणाली परिवर्तन गर्ने कुरा अहिले गर्न नसक्ने अवस्था रहेकाले हामीहरूले मोर्चाका साथीहरूलाई आफ्ना मागका सम्बन्धमा पुनर्विचार गरेर आउन भनेका छौं, उहाँले भन्नुभयो-वार्ता भोलि पनि जारी रहने छ।

मोर्चाको एक घटक दलित जनजाति पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले आफूहरूको माग संवैधानिकरूपमा पुरा नहुँदासम्म सरकारसँग सहमति नगर्ने बताउनुभयो।

वार्तामा सहभागी मोर्चाका केही नेताहरूले आफूहरूको माग प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने अडान राखेका थिए।

आज भएको वार्तामा सरकारी वार्ता समितिका संयोजक पौडेल तथा सदस्यहरू झलनाथ खनाल, देव गुरुङ, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र कुमार बेल्वासे र मोर्चाका तर्फाट कमल छाराहङ, कुमार लिङ्देन, डि.के.बुद्धिस्ट, किशोरकुमार विश्वास, लक्ष्मण थारु, हृदयनारायण चौधरी र विश्वेन्द्र पासवान सहभागी हुनुहुन्थ्यो।

Popularity: 8%

2 comments February 29th, 2008

सहमतिपछि तराईमा खुसियाली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको सहमतिपछि साँझ वीरगन्ज बजारमा चहलपहल बढेको छ।

सोर्‍हौँ दिनको लगातार बन्दपछि भएको सहमतिले आम जनता खुसी देखिन्थे। मोर्चाले औपचारिक रुपमा वीरगन्जमा आज बिहान विजय जुलुस निकाल्ने भनिए पनि सहमतिले खुसी भएका आम जनताले साँझ नै पर्सा परवानीपुर, भिष्वा र मुर्लीलगायतका विभिन्न ठाउँमा विजय जुलुस निकाली खुसियाली मनाए।

यसैबीच सरकार र मोर्चाबीच भएको सहमति धोका हो भन्दै मधेसी जनअधिकार फोरम मधेस (गुप्ता) समूहका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

वीरगन्जका घण्टाघर,माइस्थान र बसपार्कलगायतका ठाउँमा उनीहरुले टायर बालेर प्रदर्शन गर्दै मधेसका सम्पूर्ण माग पूरा नभएसम्म बजार नखोल्न व्यापारीलाई आग्रह गरे।

नेपालगन्जमा पनि सरकार र मोर्चाबीच सहमति भएपछि मोर्चाका कार्यकर्ताले विजयको खुसियाली मनाए।

विभिन्न स्थानबाट स्थानीय त्रिभुवनचोकमा भेला भएका मोर्चाका कार्यकर्ताले आपसमा मिठाइ बाँडेर खुसियाली मनाएका थिए।

Popularity: 8%

1 comment February 29th, 2008

Breaking News:सरकार र मधेसी सहमति, आन्दोलन फिर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच ८ बूँदे सहमति भएको छ। सहमतिसँगै मोर्चाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। अहिले केही समयपछि सरकार र मधेसी मोर्चाबीच भएको सहमति पत्रमा हस्ताक्षर हुँदैछ।

सरकारले मधेसीहरुका लागि समानुपातिक तर्फको बन्दसूचि बुझाउने र प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने म्याद पनि बढाउने छ तर निर्वाचन चैत २८ मा नै हुनेछ।

Popularity: 9%

7 comments February 28th, 2008

काठमाडौँमा वायुप्रदूषण बढ्यो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँ उपत्यकामा वायुप्रदूषणका कारण प्रतिवर्षकरिब एक हजार ६०० जनाको मृत्यु हुने गरेको छ ।

बढ्दो सवारी साधन, गुणस्तरहीन पेट्रोलीयम पदार्थ, मर्मत सम्भारबिहीन सवारी साधन, अव्यवस्थित एवम् साँघुरा सडक र आफूखुसी सञ्चालित सैयौं इट्टा भट्टाका कारण वायुप्रदूषण बढ्नेक्रम सुरुहुँदा मानिसहरूको मृत्युदर पनि बढ्न थालेको बताइएको छ ।

नेपाल वातावरण पत्रकार समूह नेफेजद्वारा आयोजित छलफल कार्यक्रममा विशेषज्ञहरूले सङ्क्रमणकालका नाममा मुलुकमा राजनीतिक विषयले मात्र प्राथमिकता पाइरहँदा अहिले वातावराण क्षेत्र डावाँडोल अवस्थामा पुगेको भनी नीति निर्माताहरूको ध्यानाकर्षा गर्नुभयो ।

हानिकारक ग्यास उत्पादन न्यूनीकरणतर्फ केही सफलता प्राप्त भए पनि वायुमण्डलमा अत्यधिक धुलोका कणका कारण अस्पतालहरूमा श्वास प्रश्वासम्बन्धी रोगीको चाप बढ्न थालेको भनी चिन्ता व्यक्त गर्दै विज्ञहरूले वातावरण संरक्षण तथा सर्म्बर्द्धन कार्यमा जनचेतना जगाउने पक्षमा कलम चलाउन सञ्चारकर्मीहरूस्ाँग आग्रह गर्नुभयो ।

सो अवसरमा वातावरणविद् भूषण तुलाधर र डा. तोरण शर्माले उपत्यकामा गुड्ने तीन लाख ५० हजार बढी सवारी साधनले वर्सेनी करिब ३५ देखि ४० हजार टन घातक प्रदूषित ग्यास थपिरहेका बताउँदै यही अनुपातमा प्रदूषण बढ्दै गए यहाँको वातावरणमा भयङ्कर समस्या सृजना हुने चेतावनी दिनुभयो ।

इन्जिनियरिङ् क्याम्पस थापाथलीका सहप्राध्यपक ओमबहादुर श्रेष्ठले पेट्रोलियम पदार्थको हाहाकार भइरहेको विद्यमान अवस्थामा मुलुकमै उत्पादन भई निर्यात भइरहेको इथानोल पदार्थलाई पनि इन्धनका रूपमा प्रयोगमा ल्याउन सकिनेतर्फसम्बन्धित पक्षको ध्यानाकर्षण गर्नुभयो ।

वरिष्ठ पत्रकार भैरव रिसाले वातावरण संरक्षण तथा सर्म्बर्द्धन कार्यमा नेफेज लगातार क्रियाशील भइरहेको बताउँदै समसामयिक वातावरणीय विषयमा गोष्ठी, सभा, सम्मेलनलगायत र्सर्म्बद्धनमुखी कार्यक्रम आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Popularity: 9%

Add comment February 28th, 2008

नेपालले यु १९ विश्वकप प्लेट फाइनलमा वेस्ट इन्डिजको सामना गर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आइसिसी प्लेट च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलमा नेपालले टेस्ट खेल्ने राष्ट्र वेस्ट इन्डिजको सामना गर्ने भएको छ ।

वेस्ट इन्डिज पपुवा न्युगिनीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिज पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा डिफेपिन्डङ च्याम्पियन नेपाल र वेस्ट इन्डिज शनिवार एकआपसमा सामना गर्ने भएका छन् ।

यसअघि भएको पहिलो सेमिफाइनल खेलमा नेपाल नामिबियालाई ४ रनको झिनो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

Popularity: 9%

1 comment February 28th, 2008

माअ‍ोवादीले एक्लै चुनाव लड्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) को केन्द्रीय सचिवालयको अनौपचारिक बैठक संविधानसभा निर्वाचनसम्बन्धमा देशभरिको वस्तुस्थितिको मूल्याङ्कन गर्नाका साथै निर्वाचनमा अन्य वाम पार्टीसँग भन्दा पनि एकल ढङ्गले जानु उपयुक्त हुने निष्कर्षमा पुगेको छ ।

बैठकले मधेस समस्या वार्ताद्वारा टुङ्ग्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको पार्टी डेपुटी कमान्डर वर्षामान पुन ‘अनन्त’ ले बताउनुभयो ।

बुद्धनगरमा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा सो बैठक बसेको थियो ।

Popularity: 8%

6 comments February 28th, 2008

क्रान्तिकारी संगठन र राजदूतावासको पहलमा पीडीतहरुले न्याय पाए (+Photo)

नेत्र बिक्रम बिमली र शिवलाल सुबेदी, मलेसिया / एचकेनेपाल डट कम -
काठमाडौ बानेश्वरस्थित केएल इम्प्लाइमेन्ट सर्भिसबाट मलेसियाको मालाक्कामा रहेको बन्यार स्टार एसडीएन बिएचडीको कलिङ भिषामा साधारण कामदारका रुपमा मलेसिया आएका ४३ जना पीडित मजदुरहरुले नेपाल क्रान्त्रिकारी संगठनको पहलमा मलेसियास्थित नेपाली राजदूतावासबाट न्याय पाएका छन्।


कम्पनीले श्रमसम्झौता अनुसारको तलब सुबिधा लगायतका कामदारहरुले पाउने सामान्य सुबिधा सम्म पनि नपाएपछि बारम्बार मेनपावरमा उद्धारको माग गरेका थिए। मेनपावरले उद्धार नगरी पीडितहरुलाई गाली गरेपछि उनीहरु मलेसियामा रहेको नेपाल क्रान्त्रिकारी सगठनको शरणमा पुगेका थिए भने सो संगठनले गत फेब्रअरी ११ तारिखका दिन पीडितहरुसहित नेपाली राजदूतावासमा उद्धारको लागि पहल गरिदिन पटक-पटक दूतावासलाई ध्यानाकषर्ण गराएको थियो। बारम्बार पीडितहरुले नेपाली दूतावास समक्ष अनुरोध गर्दा पनि कर्मचारीहरूबाट चासो नदेखाएको कारण बुधबार धर्ना दिने भनि दूतावासमा निवेदन पेश गरेको र विभिन्न अनलाई मिडियामार्फत पीडितहरुको बारेमा प्रकाशनमा आएपछि मात्र दूतावासले सम्झौताको लागि पहल गरेको हो।

फेब्रअरी २७ तारिख दूतावासमा पीडित कामदारहरु, कम्पनि मालिक, राजदूतावासको क्रान्तिकारी संगठनबीचको बार्ताले पीडितहरु आफ्ना सम्झौता अनुसार पारिश्रमिक तथा अन्य सुविधाहरु पाउने भएका छन्।


करीब ३ घण्टा लामो वार्तापश्चात पत्रकारहरुसंगको भेटघाटमा नेपाल क्रान्तिकारी सगठन र राजदूतावासले ठूलो सहयोग गरेको पीडितहरुले बताए। उक्त पहल क्रान्तिकारी संगठन मलेसियाका उपसंयोजक “बिद्रोही” चेम्जोङ, सचिब डिकेश भट्टराई “सन्देश”, प्रकाण्ड र नेपाली राजदूतावासको सक्रियतामा भएको थियो।

Popularity: 8%

1 comment February 28th, 2008

नेपालगंजमा तनाव, खानेपानी कार्यालयमा आगजनी

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम, फेब्रुअरी २७ -
तीन दिनदेखि शान्त रहेको नेपालगंजमा आज पुनः संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन्।

आज विहान १२ बजे आन्दोलनकारीहरुले नगरको विपी चोकमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सो क्रममा सुर्खेत रोडमा चल्ने सम्पूर्ण यातायातका सवारी साधनहरु एक घण्टा अवरुद्ध भएका थिए। आन्दोलनकारीहरुले सो समयमा रिक्सा र टागा समेत चल्न दिएका थिएनन्।

यसैगरी विपी चोकमा प्रदर्शनकारीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न थाले लगत्तै आन्दोलनकारी मध्येकै एक समूहले वीपी चोक नजिकै रहेको नेपाल खानेपानी संस्थानको शाखा कार्यालयमा आगजनी गरेको थियो।

आगजनीबाट कार्यालयका केही फर्निचर र महत्वपूर्ण कागजपत्रहरु जलेका छन् भने आन्दोलनकारीहरुको ढुङगा प्रहारबाट कार्यालयका झ्यालका शिशा फुटेका छन्।

Popularity: 8%

Add comment February 27th, 2008

बंगलादेशमा प्रथम सार्क कविता सन्ध्या

कृसु क्षेत्री, बंगलादेश / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रिय भाषा दिवसको सम्झनामा बंगलादेशको संस्कृति मन्त्रालय, सार्क, युनेस्को र बंगलादेशको प्रसिद्ध साहित्यिक संस्था मेघदूतको संयुक्त आयोजनामा २६ फेब्रुअरीका दिन प्रथम सार्क कविता सन्ध्या (First SAARC Poetry Evening) को आयोजना गरियो ।

कार्यक्रमको प्रमुख अतिथि बंगलादेश संस्कृति मन्त्रालयका माननीय सल्लाहकार रसिद के चौधरी, विशिष्ट अतिथिमा बंगलादेश परराष्ट्र मन्त्रालयका सचिव तौहिद हुसेन तथा अन्य अतिथिमा बंगलादेशस्थित आठवटै सार्क मुलुकका राजदूत तथा युनेस्कोका बंगलादेश प्रमुख मालामा मेलेइसिया हुनुहुन्थ्यो।

उक्त सन्ध्यामा सार्कका सबै सदस्य राष्ट्रका वरिष्ठ तथा समसामयिक पुस्ताका चर्चित कविहरुबाट आ - आफ्ना मुलुकको राष्ट्रिय तथा क्षेत्रीय गरी विभिन्न भाषामा कविता वाचन गरिएको थियो । यस गोष्ठीमा नेपालको तर्फबाट कवि कृसु क्षेत्रीले भाग लिनु भएको थियो। सोही कार्यक्रममा वाचित कविताहरुको अनुवाद तथा प्रकाशन गर्ने एवं सीडीमा प्रकाशन गर्ने योजना रहेको कार्यक्रमका संयोजक मोसुद मन्नानले जानकारी गराउनु भयो।

Popularity: 8%

2 comments February 27th, 2008

प्रधानमन्त्री निवासमा दलहरुबीच छलफल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईको समस्याका बारेमा अहिले प्रधानमन्त्री निवासमा सात दलका शीर्ष नेताहरुबीच बैठक भइरहेको छ। बिहानदेखि बसेको शीर्ष नेताहरुको बैठकपछि मधेसी नेताहरुसँग वार्ता हुने र आजै तराईको समस्याको टुंगो लगाई प्रधानमन्त्रीले सम्बोधन गर्ने संभावना रहेको छ।

यसअघि सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजो भएको बैठक हुने भनिएको औपचारिक वार्ता मधेसी नेताहरूको अडानका कारण निष्कर्षमा पुग्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ोको सो बैठक राति अबेरसम्म पनि औपचारिकरूपमा निर्ण्र्ााा पुग्न नसकेपछि मधेसका नेताहरू फर्किनुभयो ।

अपराह्न करिब दुई बजे सो मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी र राजेन्द्र महतो बालुवाटार प्रवेश गर्नुभएको थियो ।

झण्डै आठ घण्टासम्म पनि वार्ता हुन नसकेपछि उहाँहरू राति ९३० बजे बालुवाटारबाट एकैसाथ बाहिरिनु भएको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरूले वार्ताप्रति सरकार संवेदनशील नभएको भन्दै मोर्चाले आन्दोलनमा फर्कने निर्णय गरेको बताउनुभएको थियो।

Popularity: 8%

Add comment February 27th, 2008

काँग्रेस महामन्त्रीको घरमा विस्फोट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित निवासलाई लक्ष्यित गरी आन्दोलनकारीले हिजो दिउँसो पेट्रोल बम विस्फोट गराएका छन् ।

नेपाली काङ्ग्रेस, धनुषा जिल्ला सचिव राजकिशोर सिंहका अनुसार महामन्त्री निधि निवासमा कार्यकर्तासँग छलफल गरिरहनु भएको समयमा दिउँसो ४ बजेतिर आन्दोलनकारीले दुई वटा बम विस्फोट गराएका हुन् ।

बम विस्फोटबाट मानवीय क्षति नभएपनि एउटा मोटरसाइकललाई क्षति पुगेको बताइएको छ ।

सचिव सिंहले आन्दोलनकारीले निवासलाई लक्ष्यित गरेर ढुङ्गामुढासमेत गरेको बताउनुभयो ।

Popularity: 8%

Add comment February 27th, 2008

भुटानी शरणार्थीका बारेमा भारतीय संसदमा प्रस्ताव आउने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतीय राजनीतिक दलहरुले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि त्यहाँको संसदमा प्रस्ताव लैजाने भएका छन् ।

स्वदेश फिर्तीका लागि हालै भारतको नयाँदिल्लीमा पुगेको शरणार्थी प्रतिनिधिलगायतका टोलीसँग त्यहाँका विपक्षी राजनीतिक दलका नेताले त्यस्तो आश्वासन दिएका हुन् ।

दमकमा प्रतिनिधिमण्डल टोलीले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

टोलीका प्रवक्ता केबी खड्काले आउँदो संसदको बैठकमा नेपालमा रहेका शरणार्थीलाई ससम्मान स्वदेश फिर्ताका लागि सहयोग पुर्याउन भारतीय नेताले त्यस्तो प्रस्ताव लैजाने बताउनुभयो ।

यही फागुन ८ गते नयाँदिल्ली पुगेको शरणार्थी प्रतिनिधिमण्डलले त्यहाँका नेसनल डेमोक्रेटिक एलायन्सका नेता, पूर्व रक्षामन्त्री तथा भारत-नेपाल मैत्री समाजका प्रतिनिधिसँग भेटी शरणार्थीको स्वदेश फिर्ता कार्यक्रममा सघाउ गर्न आग्रह गरेको थियो ।

Popularity: 8%

Add comment February 27th, 2008

३३ दलका दुई हजार उम्मेदवार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत सबै निर्वाचन क्षेत्रमा दुई हजार १९१ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

प्राप्त विवरणअनुसार मनोनयनपत्र दर्ता गराउने महिलामा राजनीतिक दलका तर्फबाट २१५ र स्वतन्त्र उम्मेदवार २९ तथा पुरुषमा राजनीतिक दलका तर्फबाट एक हजार ४८३ र स्वतन्त्र उम्मेदवार ४६४ गरी कुल २४४ महिला र एक हजार ९४७ पुरुषको उम्मेदवारी परेको छ ।

मनोनयनपत्र दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ३३ रहेको आयोगले जनाएको छ ।

Popularity: 8%

Add comment February 27th, 2008

लिम्बुवान कार्यकर्ताद्वारा तोडफोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बन्दको अवज्ञा गरेको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले पूर्व-पश्चिम महेन्द्र राजमार्गको झापा खण्डको बुट्टाबारीमा एक मोटरसाइकल तोडफोड गरेका छन् ।

बिर्तामोडबाट काकरभिट्टातर्फगइरहेको ना१प १०५० नम्बरको मोटरसाइकल लिएर एक व्यक्ति सो स्थानको देवनिया पुल नजिक पुगेपछि सो परिषद्का कार्यकर्ताले रोकी गाडीमा तोडफोड गरेर आगो लगाउन खोज्दा तत्काल प्रहरी पुगेपछि उनीहरु जङ्गलतर्फ भागेको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ ।

Popularity: 8%

3 comments February 27th, 2008

बन्दप्रति मानवअधिकार आयोगको चिन्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले तराईका ११ जिल्लामा गत फागुन एक गतेदेखि लगातार भइरहेको बन्दले सिङ्गो देशमा शान्ति सुरक्षा तथा मानवअधिकार स्थिति खस्कँदै गएकामा चिन्ता व्यक्त गरेको छ ।

आयोगले गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आयल निगमका उच्चपदस्थ अधिकारीलाई आयोगको कार्यकक्षमा बोलाई हाल आपूर्तिमा देखिएका कमीकमजोरी, शान्तिसुरक्षा स्थिति तथा समग्र मानवअधिकारको अवस्थाबारे छलफल गरेको छ ।

तराईका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र बाँके जिल्लामा आयोगले गरिरहेको नियमित अनुगमनबाट प्राप्त तथ्यका आधारमा ती जिल्लाको मानवअधिकारको अवस्था अत्यन्तै नाजुक भइरहेको आयोगका प्रवक्ता गौरी प्रधानले बताउनुभयो ।

लामो समयसम्म जारी आमहड्ताल तथा बन्दका कारण उपभोक्तालाई दैनिक आधारभूत आवश्यकताका वस्तु खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधिलगायतको आपूर्तिमा गम्भीर असर पर्न गई आमजनताको आधारभूत मानवअधिकारको उल्लङ्घन भइरहेको भन्दै आयोगले अविलम्ब त्यसको प्रभावकारी आपूर्ति व्यवस्था मिलाउन र आवश्यकताअनुसार अत्यावश्यकीय कानुनीलगायत अन्य उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी बन्दका कारण सर्वसाधारणले स्वतन्त्ररूपमा आवतजावत गर्न नपाएको, दैनिक उपभोग्य सामग्रीको खरिद बिक्री तथा ढुवानीमा गम्भीर अवरोध सिर्जना भएको, विद्यालय बन्दका कारण नजिकिँदो एसएलसी परीक्षाको तयारीमा जुटेका लगायतका अन्य विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित भएको तथा तराई, राजधानीलगायत देशका विभिन्न भागमा आमनागरिकको जनजीवन दिनप्रतिदिन अत्यन्त कष्टकर हुँदै गइरहेकाले आधारभूत मानवअधिकार रक्षा गर्न सरकारका सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आयोगले निर्देशन दिएको छ ।

तराई आन्दोलनको क्रममा मृत्यु भएका व्यक्ति तथा शान्तिसुरक्षामा खटिई मृत्यु भएका सुरक्षाकर्मीका परिवारलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार गर्न एवम् दोषीलाई कानुनबमोजिम कारवाही गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।

Popularity: 8%

Add comment February 27th, 2008

मधेसी नेता राजतन्त्र जोगाउने खेलमा रहेको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने खेलमा जुटेका मधेसी मोर्चाका केही नेताहरू राजतन्त्र जोगाउने खेलमा लागेको टिप्पणी गरिएको छ ।

रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा वन तथा भू संरक्षण मन्त्री तथा माओवादीका नेता मातृका यादव, गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह, राष्ट्रिय थारु मुक्ति मोर्चाका अध्यक्ष लक्ष्मण थारुले हिजो सत्तामा बसेर राज्यको स्रोत र साधनको स्वादमा पल्केका तथाकथित अभिजात्य मधेसी नेता अहिले राजतन्त्र जोगाएर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न लागेको आरोप लगाउनु भयो ।

मधेसी मोर्चा अधिकाँश पूर्व मन्त्रीहरूको संगठन हो भन्दै मोर्चामा संलग्न केही ब्यक्तिहरूको मागमा व्दिविधा देखिन थालेपछि राजेन्द्र महतो, महन्त ठाकुर, अनिल झा आदि संविधान सभाको पक्षमा देखिन थालेका छन् भने र्सर्वेन्द्रनाथ शुक्ला जस्ता मान्छेहरू राज्यको विखण्डनमा लागेको मन्त्री यादवले वताउनु भयो ।

मन्त्री यादवले सधै सत्ताको तावेदार गर्नेहरूले राजनीतिमा आफ्नो भविष्य नदेखेपछि दरवार र विदेशीहरूको पैसामा मुलुकलाई विखण्डन गरेर राजतन्त्र जोगाउने खेलमा लागेको बताउनु भयो ।

मधेसमा सातदलका थुप्रै कार्यकर्ता र बहुसंख्यक थारुहरूको वसोवास रहेको तथा पहाडीमूलका तराईवासीको समेत बसोवास भएकोले मधेसी मोर्चामा संलग्न केही सामन्ती वर्गले संविधानसभा हुँदैन भन्नु आर्श्चर्य भएको समेत मन्त्री यादवले वताउनु भयो ।

मन्त्री यादवले सरकार तोकिएकै समयमा संविधान सभा गराएर छोड्ने संकल्पमा रहेको र मोर्चाले मागेको संविधानसभाको तीथि र्सार्न गरेको अनुरोध पनि सरकारलाई अमान्य हुने बताउनु भयो ।

कार्यक्रममा गणतन्त्रवादी नेता सिंहले संविधान सभाले नेपाली जनतालाई दासवाट मलिक बनाउने भएको हुँदा संविधानसभा निर्वाचनलाई पर्वको रुपमा लिएर अगाडि बढ्न आग्रह गर्नु भयो ।

Popularity: 8%

3 comments February 27th, 2008

नवलपरासीमा एक प्रदर्शनकारीको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच नवलपरासीमा मंगलबार भएको झडपमा गोली लागी मोर्चाका कार्यकर्ता नवलपरासी रामग्राम ४ निवासी जगदीश पासीको मृत्यु भएको छ ।

मोर्चाले पूर्व गृहराज्यन्त्री देवेन्द्रराज कँडेलको नवलपरासीको महेशपुरस्थित घरमा आगजनी गर्ने क्रममा सो झडप भएको थियो ।

आगलागी अझै नियन्त्रणमा नआएको र त्यहाँ रहेको गाडी क्षत्रि्रस्त भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि बुटवलबाट दमकल बोलाइएको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार स्थिति नियन्त्रण गर्न प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । प्रहरीकाअनुसार मोर्चाको कार्यकर्ताका तर्फाट गोली प्रहार गरिएको हुनाले जवाफमा प्रहरी गोली चलाउन बाध्य भएका हो ।

त्यहाँको अवस्था अझै तनवाग्रस्त रहेकोले थप प्रहरीबल पठाइएको छ ।

मोर्चाका कार्यकर्ताले भने सो आगलागीको अहिलेसम्म जिम्मेवारी लिएका छैनन् । उनीहरूले शान्तिपूर्ण आन्दोलन गरेको दाबी गरिरहेका छन् ।

Popularity: 8%

Add comment February 27th, 2008

विश्व साइकलयात्री शेर्पा जर्मनीमा (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी २७ -
विश्व शान्ति र वातावरण संरक्षणको सन्देश बाँड्दै विश्व यात्रामा निस्केका साइकलयात्री फुर्तेम्बा शेर्पा यति बेला जर्मनीको फ्रयान्कफर्ट पुगेका छन्। आजभन्दा ५ वर्षअघि साइकल यात्रा थालेका शेर्पाले साइकलद्वारा ३० हजारमिटर भन्दा बढी यात्रा पार गरेका छन्। (more…)

Popularity: 8%

Add comment February 27th, 2008

제목 : Dolma Sherpa의 삶을 구해주세요!

Appeal to save life of Dolma Sherpa
제목 : Dolma Sherpa의 삶을 구해주세요!

Dolma Sherpa, a Nepali domestic worker, was convicted by a Kuwait lower court of “murdering” a Filipino woman. However, she is innocent. Dolma has been slapped with a death sentence for the alleged murder. She is trying to appeal the verdict to a Kuwaiti appellate court in an effort to save her life.

Sadly, Dolma currently lacks sufficient funds to cover the cost of her appeal.
Nepalese people all over the world are tying to help Dolma Sherpa to collect the funds she needs.

We, Nepalese migrant workers in Korea, are aware of the serious nature of this case. Dolma is our daughter and she is an innocent. Therefore, we hearty appeal to all people to support her by making a contribution. We are fundraising to save her live.

The Nepalese Consulting Committee, Republic of Korea appeals to all of you to provide whatever money you can. Funds collected will be sent directly to the victim, Dolma Sherpa. The money will be use to cover the fees for her appeal case to the Kuwaiti appellate court.

For more detail:
Ishwor K.C (President)
Nepalese Consulting Committee
Seoul, Republic of Korea
Phone No. 01088085075

——————————————————————————-

제목 : Dolma Sherpa의 삶을 구해주세요!

네팔 가사노동자인 Dolma Sherpa는 필리핀 여성을 살해 한 혐의로 쿠웨이트 하급법원에서 유죄판결을 받았습니다. 그러나 그녀는 결백합니다. Dolma 는 살인자로 추정되기 때문에 사형선고를 받았습니다. 그녀는 자신의 삶을 구하기 위해 쿠웨이트 항소법정에 항소하고자 합니다

슬프게도 Dolma는 현재 그녀의 항소비용을 마련하기위한 돈이 부족합니다. 전 세계의 네팔 사람들은 필요한 돈을 모으려는 그녀를 도와주려고 노력하고 있습니다.

한국에 있는 우리 네팔 이주노동자들은 이 사건의 심각성을 알고 있습니다. Dloma는 우리의 딸이고 그녀는 결백합니다. 따라서 우리는 모든 사람들이 모금에 동참해서 그녀를 지원해 줄 것을 진심으로 호소합니다. 지금 그녀의 생명을 살리기 위한 모금을 하고 있습니다.

한국의 NCC(The Nepalese Consulting Committee )는 여러분 모두가 얼마가 되든지 가능한 돈을 제공해 주기를 호소드립니다. 모금된 돈은 희생자인 Dolma에게 직접 전달될 것입니다. 이 돈은 쿠웨이트 항소법정에 이 사건을 항소하는 비용을 사용될 것입니다.

문의 :
이쇼르 대표 Ishwor K.C (President)
재한네팔공동체(Nepalese Consulting Committee Seoul, Republic of Korea)
전화번호: 010 8808 5075

Popularity: 8%

5 comments February 27th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2008
M T W T F S S
« Jan   Mar »
 123
45678910
11121314151617
18192021222324
2526272829  

Posts by Month

Posts by Category

More news....