Archive for February 6th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
माओवादीको आक्रमणबाट घाइते भएका पूर्वमन्त्री एवं बिधायक विलेन्द्रप्रसाद बडुलाई उपचारको लागि आज हेलिकप्टरबाट राजधानी ल्याइएको छ।
काँग्रेसको चुनाव प्रसारप्रसारका लागि दार्चुला पुगेका बडुलाई हिजो माओवादीले आक्रमण गरेका थिए। चुनावी अभियानका क्रममा लटिनाथ गाविसमा पुगेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई माओवादीले रोक्दा दुई पक्षबीच झडप भएको थियो। सोही क्रममा बडुसहित अन्य केही कार्यकर्ता घाइते भएका थिए।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएका थिए। गोली लागेर दुई जना घाइते भएको समेत समाचार स्रोतले जनाएको छ। माओवादीका कार्यकर्ताहरुले सुरक्षाकर्मीबाट केही थान हतियार लुटेर लगेको बताइन्छ।
Popularity: 14%
February 6th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
बन तथा भू-संरक्षण मन्त्री एवं माओवादी नेता मातृकाप्रसाद यादवले राजा र पारसले प्रयोग गरिदै आएको सवारी साधनहरु कब्जा गरिने बताएका छन्।
क्रान्तिकारी पत्रकार संघ नेपालद्वारा मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले दरवारले प्रयोग गरिदै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सवारी साधनहरु फिर्ता नगरे नियन्त्रणमा लिने बताए।
राजा र पारसले अझै कोषका १०/१२ वटा सवारी साधनहरु प्रयोग गरिरहेको जनाउंदै ती सवारी साधनहरु फिर्ता नगरे आफ्नो पार्टीले कब्जा गरेरै भए पनि फिर्ता गराउने दाबी गरेका छन्।
Popularity: 14%
February 6th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
पेट्रोल पम्पका मालिक प्रकाश श्रेष्ठको गए राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ। मृतक श्रेष्ठ कपिलवस्तुको महालक्ष्मी सुगर मिल उखु ठेकेदार तथा पेट्रोल पम्पको मालिक रहेको प्रहरीले जनाएको छ।
४० वर्षीय श्रेष्ठलाई मिलको हाताभित्र साँझ सात बजे दुई अज्ञात व्यक्तिले गोली हानेका थिए। दुई गोली टाउकोमा लागि गम्भीर रुपले घाइते भएका श्रेष्ठलाई तत्काल लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ लाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताइन्छ।
हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।
Popularity: 14%
February 6th, 2008
सम्वाददाता, बेल्जियम / एचकेनेपाल डट कम -
बेल्जियमको सबै भन्दा सशक्त र लोकप्रिय संगठन नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमले गत फेब्रुअरी ३ तारिख बेल्जियमका लागि नवनियुक्त राजदूत प्रमेश हमालको स्वगतार्थ स्वागत समारोह भब्यरुपमा सम्पन्न गरेको छ।
मञ्चका महासचिब इन्द्रप्रसाद ओलीको अध्यक्षतामा र सचिबालय सदस्य शिव बरुवालको संचालनमा भएको उक्त कार्यक्रममा पञ्च कन्याहरुले राजदूतलाई खादा ओढाएर र मञ्चका महासचिब इन्द्रप्रसाद ओलीले फूल गुच्छा र उपहार प्रदान गरेर स्वागत गरिएको थियो।
सयौंको संख्यामा उपस्थित उक्त सभालाई सम्बोधन गर्ने क्रममा राजदूत प्रमेश हमालले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको संघर्षमा रहेको अहंभूमिकाको चर्चा गर्दै समयमै संबिधानसभाको निर्बाचन सम्पन्न गर्न आ-आफ्नो ठाउंबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न उपस्थित सबैलाई बिशेष अनुरोध गर्नुभएको थियो र साथै बेल्जियममा भएका सबै संघ संगठनहरु एक आपसमा मिलेर अघि बढनु पर्ने सुझाव दिंदै सबै संग मिलेर काम गर्न आफू उत्सुक रहेको बताउनु भएको थियो। नेपाली दूताबासको पहलमा नेपालमा पर्यटन बिकासका लागि मार्च महिनामा बेल्जियममा सम्पन्न हुन गैरहेको पर्यटन महोत्सव र मई महिनामा हुने ट्रेड फेयरको बारेमा प्रकाश पार्दै नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमले गरेको भब्य स्वागत समारोहको प्रशंसा गर्नु भएको थियो।
उक्त स्वागत समारोहका अतिथि नेकपा (एमाले) बेल्जियम कमिटिका सचिब श्रीमति सरु -सरस्वति) चापागाईले आसन्न संविधानसभाको निर्बाचनमा बेल्जियमबाट बिशेषरुपमा सहयोग गर्न उपस्थित सबैलाई अपिल गर्दै बेल्जियममा रहेका नेपालीहरुको लागि नेपाली दूताबासमै जन्म, बिवाह र मृत्यू दर्ताको ब्यवस्था गर्न अनुरोध गर्नुभएको थियो। कागज नभएकाहरुको लागि संचालन भएको संघर्षको अभियानमा नेकपा-एमाले) बेल्जियम कमिटि र नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियमको पूर्णरुपमा ऐक्यबद्धता रहेको जनाउनु भएको थियो।
प्रकाश कार्कीले स्वागत मन्तब्य दिनु भएको थियो भने मञ्चको तर्फबाट सूर्यनारायण श्रेष्ठ, मुना ताम्राकार, दुर्गा गुरुङ्ग, हरिहर खत्रि र सारदा अर्यालले स्वागत गीत गाएर स्वागत गरिएको थियो। एनआरएन बेल्जियमका अध्यक्ष युबराज गुरुङ्ग लगायत बेल्जियमस्थित संघ संगठनका प्रतिनिधिहरुले बेल्जियमका तमाम नेपालीको अपेक्षा अनुकूल पहिलो चोटी नेपाली राजदूत पाएकोमा खुशी ब्यक्त गरेका थिए।
Popularity: 14%
February 6th, 2008
राज बहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम -
नेपाल चीन उद्योग बाणिज्य संघको पोखरा च्याप्टर स्थापना भएको छ। पोखरा उद्योग बाणिज्य संघका भूतपूर्व अध्यक्ष रमेश कर्माचार्यको संयोजकत्वमा गठित च्याप्टरको कार्य समितिको सहसंयोजकमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठ रहनुभएको छ।
काठमाडौंमा अंग्रेजी संवत १९९९ मा स्थापना भएको नेपाल चीन उद्योग बाणिज्य संघको पोखरा पहिलो च्याप्टर हो। नेपाल र चीनबीचको ब्यापार अभिबृद्धि गर्ने र संयुक्त लगानीका अबसरहरु श्रृजना गर्न च्याप्टर गठन गरिएको हो। च्याप्टरको मंगलबार नेपालस्थित चीनीया राजदूताबासका काउन्सुलर बाई डङमिनले उद्घाटन गर्नुभयो।
गठित तदर्थ समितिको सदस्य सचिवमा माइकल कर्माचार्य, कोषाध्यक्षमा मीनराज काफ्ले रहनुभएको छ। समितिको सदस्यहरुमा राजेन्द्रकुमार लालचन, मानकाजी माकाजु, देव क्षेत्री, उत्तममान बुद्धाचार्य, शान्तराज बतास, जगन गुरुङ र देवेन्सन प्रजु रहनुभएको छ।
पोखरा च्याप्टरको उद्घाटन गर्दै काउन्सुलर डङमिनले द्विपक्षीय संबन्ध बिस्तारको लागि पोखरा च्याप्टर स्थापनाले सहयोग पुर्याउने बताउनुभयो। नेपाल र चीनबीचको ब्यापार स्थितिको चर्चा गर्दै उहाँले नेपाली ब्यवसायीहरुलाई ब्यापारको अवसर र चीनमा निर्यातको वातावरण बनाउन चीनीया दूतावास तयार छ भन्नुभयो। नेपालमा चीनीया पर्यटक बढेको बताउँदै उहाँले पोखरा च्याप्टर स्थापनाले पोखरामा चीनिया पर्यटक बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो।
सो अवसरमा नेपाल चीन उद्योग बाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै मात्र नेपालका १४ वटा होटलमा चिनीया लगानी भएपछि नेपाल आउने चिनीया पर्यटकको संख्या बढेको बताउनुभयो। चीनका विभिन्न शहरहरुसँग नेपालको सोझो हवाई सेवा संचालन गर्न दुबै राष्ट्रकातर्फबाट पहल जरुरी भएको धारणा उहाँको थियो।
कास्कीका प्रमुख जिल्ला अधिकारी बलीरामप्रसाद सिंहले नव गठित पोखरा च्याप्टर नेपाल र चीनको संबन्ध प्रगाढ बनाउन कोशेढुङ्गा हुने आशा ब्यक्त गर्नुभयो। पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले चीनसँगको ब्यापार बृद्धि गर्न र पोखरामा चीनिया पर्यटक भित्र्याउन पोखरा च्याप्टरले पहल गर्ने बताउनुभयो। उहाँले च्याप्टरले ब्यबसायीलाई भिसा उपलब्ध गराउन र ब्यवसायमा देखिएका कठिनाई समधानमा सघाउन च्याप्टर तयार रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
नेपाल उद्योग बाणिज्य महासंघकोलागि गण्डकी अंचल प्रतिनिधि चन्द्रकृष्ण कर्माचार्यले भारतसँग निर्भर रहेको नेपाली ब्यापार भार कम गराउन चीनसँगको सम्बन्ध बिस्तार अपरिहार्य भएको धारणा राख्नुभयो। उहाँले नेपालमा जलविद्युत, पर्यटन क्षेत्रमा चिनीया लगानी भित्र्याउन सके नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने तर्क प्रस्तुत गर्नुभयो।
पोखरा च्पाप्टरका संयोजक तथा कार्यक्रमका अध्यक्ष रमेश कर्माचार्यले ब्यापार, उद्योग र पर्यटनमा द्विपक्षीय लगानीका सम्भावना खोज्न शाखा स्थापना गरिएको बताउनुभयो। पोखराका ब्यवसायीहरुको चीनसँगको सम्बन्धमा शाखाले पुलको काम गर्ने उहाँले बताउनुभयो। पोखरा च्याप्टरका सचिव माइकल कर्माचार्यले संचालन गर्नुभएको कार्यक्रममा सदस्य जगन गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
Popularity: 14%
February 6th, 2008
दिनेश हिराचन, दक्षिण कोरिया / एचकेनेपाल डट कम, फेब्रुअरी ५ -
इण्डियन आइडल प्रशान्त तामाङ र पूजा चटर्जी मंगलबार दक्षिण कोरिया आईपुगेका छन्। सुदूर पश्चिम समाज कोरियाको आयोजनामा फेब्रुअरी ७ मा हुने लाइभ कन्सर्टमा नेपालबाट क्रान्ति आले र पूजना प्रधान पनि दक्षिण कोरिया आईपुगेका छन्। (more…)
Popularity: 14%
February 6th, 2008
खगेन्द्र खत्री, दक्षिण कोरिया / एचकेनेपाल डट कम, फेब्रुअरी ५ -
बाग्लुङ सम्पर्क समिति, दक्षिण कोरियाले यहि फेव्रुअरी ८ तारिखका दिन सियोलमा आयोजना गर्न लागेको ‘धौलागिरी साँस्कृतिक सौगात २०६४’ कार्यक्रमका कलाकारहरु दक्षिण कोरियामा मंगलवार आइपुगेका छन्। (more…)
Popularity: 13%
February 6th, 2008