Archive for March 3rd, 2008

बेलायतमा पीडित गोर्खालीहरुले आन्दोलन गर्ने

बेलायतमा पीडित गोर्खालीहरुले आन्दोलन गर्ने
एचकेनेपाल डट कम, मार्च २ -
बेलायतमा रहेका गोर्खालीहरुले न्याय प्राप्तिका लागि मार्च १९ बुधबारका दिन आन्दोलन गर्ने भएका छन्। बेलायतको तेस्रो ठूलो राजनैतिक पार्टी लिवरल डेमोक्रेट्सको आयोजनामा हुन गैरहेको उक्त आन्दोलनमा सहभागीका लागि बेलायतका पहिलो नेपाली काउन्सिलर धन गुरुङले सम्पूर्ण गोर्खाली र गोर्खाली प्रेमीहरुलाई आग्रह गर्नुभएको छ।

समय, मिति र स्थान:
Date: Wednesday, 19 March 2008
Time: 1000 hrs at the Parliament (so please leave early to be there in time, consider traffic in M25 and other places)
Venue: Parliament Square
Dress: Blazer, Gurkha hat (if you have one), medals, if not suit with a tie representing Gurkhali (where possible)

थप जानकारीको लागिः
To, All Gurkhas (who have blood as a Gurkha), other Daju-bhais, Didee-bahiniharu, Bhanja-bhanjiharu and all the supporters of the Gurkhas (regardless of any Organisation or Party),

Dear All,

You are cordially invited and expected to join on GURKHAS CAMPAIGN on 19/03/08

Despite we had been to the Parliament twice to get the justice for Gurkhas; MOD (government) lied to the public and kept continuing discrimination on the Gurkhas. So, I, Dhan Gurung, Councillor, Folkestone and Peter Carrol, District Councillor had been to the House of Lords on Monday, 25/02/08 for lobbying the Gurkhas’ issue. Gurkha issue has been taken as a National issue since this date. It is utterly and urgently important to let the British public, all political Party and the National Media Representative know the fact how MOD kept us in KAIDA (Kept Always in Dark Area) disadvantaged from getting our rights. You know very well that we are kept in the state of “do or die”. Some of our colleagues already died seeking justice and many of us may have to die seeking justice. That is why we need to go to Parliament on Gurkha Campaign again to end this long standing discrimination.

The Campaign has been launched and the details of the Mass Protest Campaign will be as follows:

Date- Wednesday, 19 March 2008
Time- 1000 hrs at the Parliament (so please leave early to be there in time, consider traffic in M25 and other places)
Venue- Parliament Square
Dress- Blazer, Gurkha hat (if you have one), medals, if not suit with a tie representing Gurkhali (where possible)

So far MOD has been able to fool or lie the public by covering up those genuine Gurkhas’ issues (by discrimination). It is hard to get the justice because the public would not know the seriousness of discrimination on Gurkhas. The Media e.g. BBC and some other media providers were supposed to be publishing updates so as to keep the public informed, but it seems as whether the MOD told them to keep it under the carpet by not broadcasting it.

We need at least 50 LSGC Medals to hand over to Nick Clegg, MP, leader of the Lib. Dem. who will take it to the Parliament to handover it to the Prime Minister to show our anger/ grievances. Please start collecting the nominal roll for the medal and attendees of the Campaign. Discuss, plan and book the transport for it.

Note:
1. If we do not make it a success then, Gurkhas issues (chapter may be closed without proper justice given). So, we have to make it a double success.

2. According to the councillor, there will be Documentary broadcasted by the ITV on 19, 20, and 21 of March in the evening.

3. Please pass it to all in your contact as soon as possible (ASAP) in order to make it, plan it and succeed it.

4. All ex-Gurkha Organisations’ are requested to bring their own banner. Please make some banners (from your Area for your Area) for each individual like in the previous Campaigns.

Thank you and look forward to see you all at the Parliament on Campaign

Jay Gurkhas!

Regards
Dhan Gurung
Councillor, Folkestone, KENT

Popularity: 9%

8 comments March 3rd, 2008

आजदेखि व्यापारीहरुको आन्दोलन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अ‍ौद्योगिक सुरक्षाको माग गर्दै आजदेखि उद्योगी व्यापारीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज बिहान ११ बजे बसन्तपुरमा भेला भई प्रम निवासमा ज्ञापनपत्र बुझाएका थिए।

काठमाडौँ महानगरपालिका वटु सवलबहाःस्थित पशुपति सु सेन्टरका सञ्चालक किरण रौनियार गुप्ताको अज्ञात समूहद्वारा छुरा प्रहार गरी वीभत्स हत्या गरिएको घटनापछि व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विगत केही समयदेखि व्यापारी वर्गमाथि भइरहेको अपहरण, आक्रमण, हत्या, चन्दा मागजस्ता आपराधिक कार्यले व्यापारिक क्षेत्र आहत हुन पुगेको वर्तमान अवस्थामा सो घटनाले थप आतङ्कित तुल्याएको उल्लेख गर्दै हत्यारा पत्ता लगाई कडाभन्दा कडा सजाय दिन तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन व्यापारीहरुले माग गरेका छन्।

Popularity: 8%

Add comment March 3rd, 2008

भक्तपुर कुष्ठरोग मुक्त जिल्ला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भक्तपुर जिल्ला कुष्ठरोग मुक्त जिल्ला भएको छ । यसवर्ष जिल्लाबाट कुष्ठरोगको उपचारका लागि कोही पनि अस्पताल नआएपछि जिल्ला कुष्ठरोगमुक्त भएको बताइएको छ।

गत वर्ष एकजना कुष्ठरोगीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको थियो।

यस वर्ष भने कुष्ठरोग उपचारका लागि कोही नआएपछि जिल्ला कुष्ठरोग मुक्त जिल्ला भएको बताइएको छ।

Popularity: 8%

Add comment March 3rd, 2008

मधेसी दल पनि चुनावमा उत्रिए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मधेसबाट प्रतिनिधित्व गर्ने तीन प्रमुख दलसमेत १६ वटा राजनीतिक दलले हिजो उम्मेदवारको बन्दसूची पेस गरेका छन् ।

आयोगमा उम्मेदवारको सूची पेस गर्ने प्रमुख दलमा तराई-मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय जनशक्ति पार्टी समेत रहेका छन् ।

नेपाल सदभावना पार्टी (आनन्दीदेवी)का वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल आयोगमा उम्मेदवारहरुको बन्दसूची लिएर पुगेपनि सोही दलको नाममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले केही दिन पहिले नै उम्मेदवारको बन्दसूची पेस गरेकाले आयोगले दर्ता गरेन ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीका अनुसार सो पार्टीका तर्फबाट सहिद दुर्गानन्द झाकी धर्मपत्‍नी काशीदेवी, सहिद गुल्जार खाँका पिता लाल, सिख समुदायका सुरजित सिंह, उद्योगीहरु विमल केडिया र सतीशकुमार अग्रवाल, पहाडी समुदायका अशोकजङ्ग राणालाई बन्दसूचीमा समावेश गरिएको छ ।

मधेसमा रहेका विभिन्न जातजाति, भाषाभाषी, आदिवासी र पिछडिएका वर्गलाई समेट्दै एकसय जनाको नाम बन्दसूचीमा समेटिएको नेता त्रिपाठीले जानकारी दिनुभयो ।

यसैगरी, सदभावना पार्टीले समेत एकसय उम्मेदवारको नामावली आयोगमा पेस गरेको छ।

त्यस्तै मधेसी जनअधिकार फोरम नेपालले २०१ जनाको नामावली आयोगमा पेस गरेको छ ।

निर्वाचन बहिस्कारको घोषणा गरेको राष्ट्रिय जनशक्ति पार्टीले २९८ जनाको नाम बन्दसूचीमा समावेश गरेको छ।

यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका ३९ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरिसकेका छन् ।

Popularity: 8%

Add comment March 3rd, 2008

सिंहदरबार र बालुवाटारलाई वैधानिक रुपमा कब्जा गरिनेः प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले सहिदको सपना साकार पार्न सिंहदरबार र बालुवाटारलाई वैधानिक रुपमै कब्जा गरिने बताउनु भयो ।

सहिद वैकुण्ठहरि श्रेष्ठ सालिक निर्माण समितिद्वारा आयोजित कार्यक्रममा सहिद श्रेष्ठको सालिक अनावरण गर्दै प्रचण्डले सहिदका सपना साकार पार्दै सहिदले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानसभा निर्वाचनमार्फ नयाँ क्रान्तिको युग सुरु हुने बताउनुभएको छ ।

मुलुक अझै चुनौतीको घेरामा अगाडि बढिरहेको र देशमा परिवर्तन नचाहने पूँजीपति र सामन्ती वर्गले षड्यन्त्र गरिरहेको बताउँदै उहाँले यस्ता प्रतिक्रियावादीले अब जागेका नेपाली जनताको लक्ष्य बिथोल्न नसक्ने भएकाले षड्यन्त्र नगर्न तिनलाई चेतावनी दिनुभयो ।

मध्यपुर थिमी नगरपालिका वडा नं. १२ दुईपोखरीमा सो सालिक स्थापना गरिएको हो ।

सो अवसरमा काठमाडौँ उपत्यकाभित्रका सहिदका परिवारलाई सम्मान गरिएको थियो ।

भद्रगोल जेलमा ६९ वर्षको उमेरमा मृत्यु भएका श्रेष्ठको सालिक तीन लाख रुपैयाँको लागतमा निर्माण भएको समितिका कोषाध्यक्ष बुद्धिकृष्ण श्रेष्ठले बताउनुभयो ।

Popularity: 8%

1 comment March 3rd, 2008

जनआन्दोलनका घाइतेको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दोस्रो जनआन्दोलनको उपलब्धिपछि भएका आन्दोलनहरुमा मारिएकालाई १० लाख दिँदै सहिद घोषणा गर्ने क्रम जारी रहे पनि सो आन्दोलन गर्ने क्रममा घाइते भएको एक जनाको आर्थिक अभावका कारण उपचार हुन नसक्दा हिजो साँझ मृत्यु भएको छ ।

हेटौँडा नगरपालिका-११ थाना भर्‍याङ्गका ४२ वर्षीय हरिबहादुर पण्डितको मृत्यु भएको हो । पण्डित क्यान्सर रोगबाट ग्रसित हुनुभएको थियो ।

दोस्रो जनआन्दोलनको आठौँ दिन चैत ३१ गते हेटौँडामा भएको आन्दोलनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा पण्डितलाई मरणासन्न हुने गरी पिटेका थिए । पिटाईको कारण मिर्गौलामा चोट लागी क्यान्सर हुन गएको भरतपुर मेडिकल कलेजले आशङ्का गरेको थियो ।

घाइते पण्डितले उपचारका क्रममा रू.७२ हजारसहित महेन्द्र राजमार्ग छेउमा रहेको दुई कठ्ठा जग्गा समेत बेचिसकेका थिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले घाइतेको वर्गीकरणमा राखेका पण्डितका एक छोरा र दुई छोरी छन् ।

Popularity: 8%

Add comment March 3rd, 2008

गोइतले पार्टीको नाम फेरे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाम परिवर्तन गरी अखिल तराई मुक्ति मोर्चा राखिएको छ ।

मोर्चाका संयोजक गोइतद्वारा जारी विज्ञप्तिमा मोर्चाबाट टुक्रिएर गएका विभिन्न समूहहरूले पनि जनतान्त्रिक तराई मुक्ति मोर्चा नै नाम राखेकाले यसबाट उत्पन्न भ्रमको निवारणका लागि नाम परिवर्तन गरिएको उल्लेख छ ।

माओवादीबाट विद्रोह गरी २०६१ साल साउन १० गते गोइतको समूहले जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी सशस्त्र सङ्घर्ष गर्दै आएको छ ।

यसैगरी मधेस मुक्ति टाइगर्सका संयोजक राजनले आजै एक विज्ञप्ति जारी गरी सरकार र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाबीच भएको सहमतिप्रति विरोध जनाएका छन् ।

Popularity: 8%

Add comment March 3rd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....