Archive for March 4th, 2008

माअ‍ोवादीपीडितद्वारा सम्पति फिर्ताको माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) ले आफूले कब्जा गरेका घरजग्गा अहिलेसम्म पनि फिर्ता नगरेकोमा माओवादी पीडितहरूले आपत्ति प्रकट गर्दै आफ्ना जबरजस्ति रुपमा लुटिएका सम्पत्ति फिर्ता गर्न माग गरेका छन्।

सरकार र माओवादीबीच सम्पन्न शान्ति सम्झौतालगायतका २३ बूँदे सहमतिमा माओवादीद्वारा कब्जा गरिएका घर जग्गा फिर्ता गर्ने सहमति भएको थियो।

तर ती सहमति विपरित माओवादीहरूले अहिलेसम्म पनि आफूहरूका लुटिएका सम्पत्ति फिर्ता नगरेको भन्दै उनीहरूले यसका लागि पहल गरिदिन सरकार, मानवअधिकारकर्मी र सञ्चार क्षेत्रसँग आग्रह गरेका छन्।

पीडित समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सो आग्रह गर्दै संविधानसभाको निर्वाचनका मिति अगावै विस्थापितहरू आफ्ना घर थलोमा गई सम्पत्ति भोग गर्न र निर्वाचनमा मत दिने वातावरण तयार गर्न सामुहिक रुपमा माग पनि गरे।

उनीहरूले दिएको जानकारी अनुसार धादिङ, नुवाकोट, दाङ, कैलाली, पर्सा, जुम्ला, मुगुलगायत देशभरका करिब २५ हजार परिवारका घर जग्गा माओवादीले जबरजस्ती रुपमा कब्जामा लिएका छन्।

पत्रकार सम्मेलनमा उहाँहरूले लाखौंलाख विस्थापितहरूलाई संविधानसभाको निर्वाचनबाट वञ्चित गराई गरिने निर्वाचन सार्थक नहुने हुँदा यस तर्फ राज्य चनाखो हुन जोड दिए।

माओवादीका अध्यक्ष प्रचण्डलगायतका नेताहरूले आफूहरूले कब्जा गरेका सम्पत्ति फिर्ता गरी विस्थापितहरूलाई घर फर्कन दिने वातावरण सिर्जना गर्ने र्सार्वजानिक प्रतिवद्धता व्यक्त गरेपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएकोमा त्यस प्रति उनीहरूले सार्वजानिक रुपमा आपत्ति प्रकट गरे।

Popularity: 8%

1 comment March 4th, 2008

सीमा अतिक्रमण रोक्न प्रयास जरुरी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती अञ्चल समन्वय कमिटीद्वारा आयोजित नेपालको सीमा सम्बन्धी गोष्ठीमा नेपालको ६० हजार हेक्टर भन्दा बढी क्षेत्रफल अतिक्रमण भइसकेकाले सीमा अतिक्रमण रोक्न सबै एकजुट भइ प्रयास गर्नुपर्ने आवश्यकता औंल्याइयो।

नेपालको धेरै सीमास्तम्भ भत्किएर विग्रिएको उल्लेख गर्दै गोष्ठीका वक्ताहरूले नेपालको राष्ट्रियता र अखण्डतालाई अक्षुण राख्न सीमा समस्यालाई सहमति र समझदारीपूर्वक समाधान गरिनुपर्नेमा जोड दिनुभयो।

गोष्ठीमा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य झलनाथ खनालले राष्ट्रिय अस्मिताको रक्षा र संरक्षण गर्न सम्पूर्ण नेपाली एक जुट भई अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।

सीमा विवाद हाम्रो जीवन र मरणसँग गाँसिएको मुद्दा भएकाले यसको समाधान सतर्क र सजगतापूर्ण ढङ्गले गरिनुपर्छ, उहाँले भन्नुभयो।

देशको एकता, अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्नका निम्ति एकताबद्ध रुपले अघि बढ्नुपर्छ भन्दै उहाँले राज्यको पुनःसंरचना गरी देशमा दिगो शान्ति स्थापना गराउन संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु हामी सबैको कर्तव्य हो भन्नुभयो।

अनेरास्ववियुका अध्यक्ष ठाकुर गैरेले हाम्रो राष्ट्रियताको संरक्षण सम्पूर्ण नेपालीले मिलेर गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेलले नेपालको भूभागलाई जोगाइ राख्न नसकिए नेपालीकै अस्तित्व समाप्त हुन सक्ने भएकाले सीमालाई सुरक्षित राख्नका निम्ति जनस्तरबाट सरकारलाई दबाब दिन जरुरी रहेको बताउनुभयो।

नेकपा (एमाले)का नेता योगेश भट्टराईले राष्ट्रियता र अखण्डतालाई अक्षुण्ण राख्नका निम्ति एकताबद्ध ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सीमा अतिक्रमण समस्या सहमति र समझदारीबाट समाधान गरिनुपर्ने विचार व्यक्त गर्नुभयो।

गोष्ठीमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘सीमा मामला र लोकतान्त्रिक गणतन्त्र नेपालमा यसको समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालको सीमा अतिक्रमण हुन नदिन सबैले चनाखो हुनुपर्ने र हिमाल, पहाड र तराईले मिलेर बनेको नेपाललाई बचाइ राखिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 8%

3 comments March 4th, 2008

मृत्यु भएका जनआन्दोलनका घाइतेलाई सहिद घोषणा गर्न माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपचारको अभावमा मृत्यु भएका जनआन्दोलनका घाइतेलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिन सरकारसँग पीडित परिवारले माग गरेका छन्।

समयमा उपचार नहुँदा मृर्गौलामा क्यान्सर भएको कारण दोस्रो जनआन्दोलनका घाइते हेटौंडा नगरपालिका-११ थानाभर्‍याङका ४२ वर्षीय हरिबहादुर पण्डितको हिजो मृत्यु भएको थियो।

‘सरकारले समयमा उपचारको निम्ति सहयोग गरेको भए भाइ बाँच्ने थियो।’ पण्डितका दाजु बोजबहादुर पण्डितले भन्नुभयो- अब भाइलाई सहिद घोषणा गरी पीडित परिवारलाई राहत दिनुपर्छ।’

‘हाम्रो त विचल्ली नै भयो, तीन जना छोराछोरीलाई कसरी शिक्षादीक्षा दिने हो अब ? क्रियामा बस्नुभएकी पण्डितकी श्रीमती हरिमायाले भन्नुभयो।

स्व. पण्डितका १० र १४ वर्षकी दुई छोरी र १७ वर्षीय एक छोरा छन्।

छोरा एसएलसी परीक्षाको तयारीमा छन्।

Popularity: 8%

Add comment March 4th, 2008

सरकारी कर्मचारी माओवादीको उम्मेदवार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीले सरकारी कर्मचारीलाई संविधानसभा निर्वाचनको लागि समानुपातिक प्रणालीको उम्मेदवार बनाएको सार्वजनिक भएको छ।

जिल्ला विकास समिति नुवाकोटको राजस्व शाखामा कार्यरत खरदार गौरी राई (दनुवार)लाई माओवादीले समानुपातिकमा सिफारिस गरेको हो।

नुवाकोटको चौघडा गाविसकी राई आजसम्म जिविसमा कार्यरत हुनुहुन्छ।

माओवादी स्रोतका अनुसार समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत माओवादीले निर्वाचन आयोगमा पेस गरिएको बन्द सूचीबाट राईको नाम हटाइएको छैन।

निर्वाचन ऐन अनुसार संविधान सभाको सदस्यका लागि हुने निर्वाचनमा भाग लिन कुनै लाभको पद धारण गरेको हुनुहुँदैन।

Popularity: 8%

Add comment March 4th, 2008

१३ वर्षकी बालिकाद्वारा प्रवचन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तेह्र वर्षीया बालिका देवकी सापकोटाको धाराप्रवाह श्रीमदभागवत पाठ एवम् प्रवचनले यतिखेर पशुपतिनाथ मन्दिर क्षेत्र आकर्षणको केन्द्र बनेको छ।

मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको संकल्पमा यही फागुन १६ गतेदेखि पशुपतिको भुवनेश्वरी प्राङ्गणमा आयोजित श्रीमदभावगत ज्ञान महायज्ञ २०६४ मा श्री मुक्तिनाथ कन्या गुरुकुलकी छात्रा देवकी सापकोटाले प्रवचन दिइरहनुभएको छ।

सापकोटाको प्रवचनले त्यहाँ पुग्ने जो कोही र्सवसाधारणलाई निकै मन्त्रमुग्ध पारिरहेको छ। प्रत्येक दिन बिहानदेखि पाठ पारायण हुने र अपरान्हदेखि सुरु हुने देवकीको प्रवचन सुन्न सयौं हिन्दु धर्मावलम्बीहरूको महायज्ञ स्थलमा खचाखच हुने गरेको छ।

Popularity: 8%

1 comment March 4th, 2008

हेलिकप्टर दुर्घटनामा १० को मृत्यु २ अज्ञात

एचकेनेपाल डट कम, काठमाण्डौं -
नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको सोमबार भएको हेलिकप्टर दुर्घटनामा १० को मृत्यु र २ को स्थिति अज्ञात रहेको छ।

सिन्धुलीको दुधौलीबाट काठमाडौंको लागि उडेको सो हेलिकोप्टर रामेछापको बेथानमा दुर्घटनाग्रस्त भएको थियो। गृहमन्त्रालयका अनुसार हेलिकोप्टरमा ७ जना विदेशी र ५ जना नेपाली सहित १२ जना सवार थिए। मृत्यु हुनेहरुमा चालक दलका सदस्यहरू रोइसेन्को, मेलिसेभ र प्राविधिक एन्सिकोभ कर्मचारीहरू राजेश महर्जन, भीमबहादुर गुरुङ, रवीन्द्र खनिया, मेस्नोरिभोल्ड, टारेभेजोम्थ, ह्योङ जुन्रापार्क, सोन्डा ङरिवन छन्। अपराह्न साढे ४ बजे राजधानी आइपुग्नुपर्ने हेलिकप्टर ४ बजेर ६ मिनेटसम्म सम्पर्कमा रहेको उड्डयन प्राधिकरणले जनाएको छ। एमआई-१७ हेलिकप्टर आकाशमै आगो लागेर झरेको प्रत्यक्षदर्शी बताए।

शव लिन र घटनास्थलको निरीक्षण गर्न आज बिहान अनमिनको एक टोली घटनास्थलतर्फ गइसकेको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुको शव क्षतविक्षत अवस्थामा रहेकाले सनाखत हुन नसकेको बताईन्छ। मृत्यु हुनेहरुको शव आज राजधानी ल्याइने भएको छ।

Popularity: 8%

Add comment March 4th, 2008

एनआरएनए-एनसीसी कतार डोल्मा शेर्पाको सहयोगमा जुट्यो

बिलबहादुर गुरुङ, कतार / एचकेनेपाल डट कम -
कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाईएकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संघका अध्यक्ष कमल मणी गुरागाइको संयोजकत्वमा ३१ सदस्यीय “डोल्मा सर्ेपा बचाउ समिति-कतार” गठन गरेको छ।

समितिका सदस्यहरुमा दिल किरण खजुम, नरेन्द्र भाट, के.बि.हमाल, बिलबहादुर गुरुङ, क्रान्ति सिंह, मोहम्मद साकिर अलि, पदम बि.क., छत्र घले मगर, होम नाथ पौडेल, नारायण खनाल, बिमल सुवेदी, बिरेन्द्र शाह, अर्जुन खड्का, सुनिता पाण्डे, युवराज पाठक, अमृत गुरुङ, रामहरी गैरे, चुडामणी कार्की, कुमार कार्की, गुरुनारायण रानाभाट, धर्मदत्त लामिछाने, लक्ष्मी गुरुङ, हरीकुमार बस्नेत, दमनबिक्रम शाह, द्रोण बस्नेत, ललित बाबो, भुपति भट्टर्राई, बीरेन्द्रकुमार याक्थुम्बा, तिलक सापकोटा र बुधबल गुरुङ हुनुहुन्छ।

कतारमा स्थापित विभिन्न संघ संस्थाहरु र समाजसेवीहरुलाई समितिको तर्फबाट संयोजकद्वारा हस्ताक्षरित एक अपिलका साथमा सहयोग संकलन फारम वितरण गरिएको जानकारी प्राप्त भएको छ। कतारमा कार्यरत विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व तहमा रहनुभएका समाजसेवीहरुको सहभागितामा यो समिति गठन भएकोले डोल्मा शेर्पाको सहयोगमा उल्लेख्य रकम संकलन हुन सक्ने कुरामा संयोजक कमल मणी गुरागाइ विश्वस्त हुनुहुन्छ।

कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गरी प्रकाशित गरिएको एक अपिलमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र एनआरएनए-आइसीसीले देश विदेशमा रहेका नेपालीहरुलाई गरेको आहृवनप्रति एक्यवद्धता जनाएको छ। मानवीय सम्वेदना र नेपालीले नेपालीलाई सहयोग गर्नु पर्ने कर्तव्यको बोध गर्दै कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आवश्यक सहयोग गर्न हार्दिक अपिल गर्दछौं अपिलमा अगाडि भनिएको छ।

समस्या जुनसुकै र जहाँसुकैको नेपालीलाई परेको होस, त्यसको समाधानको लागि कतारबासी नेपालीहरुले सदैव आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको विभिन्न उदाहरणहरु हाम्रा सामु छन् भन्दै अपिलमा भनिएको छ - एउटा नेपाली चेलीको जीवन रक्षाको लागि आर्थिक संकलन कार्यमा यहाँहरुको सहयोगको अपेक्षा राख्दछौं।

कतारबाट बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 8%

2 comments March 4th, 2008

एनआरएन जापानले “सेभ डोल्मा साप्ताहिक अभियान” थाल्यो

बेलु थापा, जापान / एचकेनेपाल डट कम -
रोजगारीका क्रममा कुवेत पुगेकी नेपाली चेली डोल्मा शेर्पालाई हत्याको अभियोगमा जीवन र मृत्युको दोसाँधमा रहेकी नेपाली चेली डोल्माको जीवन रक्षार्थ गैरआवासीय नेपाली संघ (एनआरएन) जापानले “सेभ डोल्मा साप्ताहिक अभियान”को शुरुवात गरेको संघले जनाएको छ।

एनआरएन जापानको नियमित १२औ वैठक तथा आगामी मे ४ मा टोकियोमा हुन लागेको दोश्रो राष्ट्रिय अधिवेशनको चौथौ तयारी बैठकका क्रममा “सेभ डोल्मा साप्ताहिक अभियान” गरी आर्तिक संकलन गर्ने निर्णय गरिएको थाहा भएको छ।

बैठकमा सो अभियान अन्तर्गत एक हप्ताभित्र जापानमा हुने नेपालीहरुका बिभिन्न बैठक, कार्यक्रमहरु र जमघटमा डोल्माको जीवन रक्षार्थ नेपाल सरकार तथा एनआरएन अन्तर्राष्ट्रिय परिषदको अभियान तथा जापानस्थित नेपाली राजदूतावासको आव्हान अन्तर्गत सो कार्य गर्न लागिएको हो। सेभ डोल्मा अनभियानका लागि आर्थिक संकलनको प्रारम्भमा अदालतले निर्दोष फैसला गरि सके पनि लामो समयदेखि जापानको जेलका बन्दी गोविन्द मैनालीको अवस्था बारे समितिमा छलफल तथा जानकारीका लागि संघका अध्यक्ष तथा गोविन्द मैनाली रिहाई समितिमा रही दशक लामो कार्य गरिरहनु हुने राजन प्रधानांगले जानकारी दिनु भएको थियो।

सेभ डोल्मा साप्ताहिक अभियान आगामी आइतबार ९ तारिख साँझ टोकियोस्थित आशागाया हलमा एक कार्यक्रमका विचमा समापन हुने कुरा संघका पूर्व सदस्य तथा एनआरएन आइसीसी सदस्य किरण विक्रम थापाले जनाउनु भएको छ।

Popularity: 8%

Add comment March 4th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....