Archive for March 5th, 2008

एनआरएन फिनल्याण्ड राष्ट्रिय समन्वय परिषद गठन

एनआरएन फिनल्याण्ड राष्ट्रिय समन्वय परिषद गठन
एचकेनेपाल डट कम -
युरोपेली मुलूक फिनल्याण्डमा बसोबास गर्ने नेपालीहरुले आफूलाई विधिवत रुपमा गैर आवासीय नेपाली संघ संग आवद्ध गराएका छन्। गैर आवासीय नेपाली संघका अध्यक्ष डा‌. उपेन्द्र महतो, उपाध्यक्ष राम थापा र अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य जीवानाथ लामिछाने समेतको उपस्थितिमा २०६४ फाल्गुण १८ गते तदानुसार मार्च १ २००८ मा भएको फिनल्याण्डमा बसोबासरत नेपालीहरुको भेलाले गैर आवासीय नेपाली संघको फिनल्याण्ड राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति गठन गरेको छ।

फिनल्याण्डमा आफूलाई स्थापित गरिसकेका नेपाली बुद्धिजिवी डा. अरुण बरालको सभापतित्वमा भएको उक्त भेलामा ३ दर्जन भन्दा बढी नेपालीहरुका साथै फिनल्याण्डका लागि पूर्व अवैतनिक नेपाली महावाणिज्य दूत गुस्ताव म्याट्सन एवं फिनल्याण्ड नेपाल मैत्री संघका पूर्व अध्यक्ष मात्ती पेन्तिल्यां लगायतका फिनल्याण्डको नेपालसंग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति थियो।

उक्त भेलामा वक्ताहरुले नेपाल र फिनल्याण्ड विचको मैत्री सम्बन्ध, नेपालको विकासमा फिनल्याण्ड सरकार र त्यहाँको जनताले पुर्‍याएको सहयोग एवं फिनल्याण्डमा बस्ने नेपालीहरुको अवस्थाका बारेमा चर्चा गर्नु भएको थियो । त्यस्तै गैर आवासीय नेपाली संघ का अध्यक्ष लगायतका वक्ताहरुले गैर आवासीय नेपाली संघको उद्देश्य, कार्यक्रम र यसले सुरु गरेका अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सभाले डा‌. शम्भु प्रसाद साहको अध्यक्षतामा १७ सदस्यिय तदर्थ समिति गठन गरेको छ । उक्त तदर्थ समितिमा देवीदत्त शर्मा उपाध्यक्ष, श्यामबाबु महतो महासचिव र लिलानाथ सिलवाल कोषाध्यक्ष रहनु भएको छ । यस तदर्थ समितिले आगामी वर्ष भित्र संघ विधिवत दर्ता गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको विधिवत निर्वाचन गराउने लक्ष लिएको छ। समरोहको अन्त्यमा डा. उपेन्द्र महतोले तदर्थ समितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो।

Popularity: 8%

Add comment March 5th, 2008

अर्का पूर्वमन्त्री फोरमतिर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सदभावना पार्टीका नेता एवम् पूर्वमन्त्री रामेश्वरराय यादवले सो पार्टी परित्याग गरी मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभएको छ।

मधेस मुक्तिको मुद्दा उठाएर फोरम सशक्त आन्दोलनमा उत्रिएपछि सो पार्टीलाई साथ दिन आफू फोरममा प्रवेश गरेको यादवले बताउनुभयो।

त्यसैगरी नेपाली काङ्ग्रेसका दुई महासमिति सदस्यसहित सातजनाले पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्।

पार्टी केन्द्रीय समितिले मधेसलाई उपेक्षित गर्नेगरेको जनाउँदै महासमिति सदस्यद्वय तपस्वी राय र प्रदीप नारायण यादवले काङ्ग्रेस परित्याग गरेका हुन्।

Popularity: 8%

Add comment March 5th, 2008

बाख्राले बाँदर जस्तो पाठो जन्मायो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
म्याग्दी जिल्ला भकिम्ली गाविस वडा न.७ हदेलेगौँडामा एउटा बाख्राले अनौठो खालको पाठो जन्माएको छ।

स्थानीय पविकला र्घर्तीमगरले पालेको बाख्राले तेस्रो बेतमा बाँदरको जस्तो अनुहार, मानिसको जस्तो छाती, घाँटी र टाउको भएको पाठो आइतबार राति जन्माएको हो।

मृत अवस्थामा जन्मिएको उक्त पाठोको तौल करिब १० किलोग्राम रहेको अनुमान गरिएको छ।

सो बाख्राले एकै बेतमा जन्माएका अन्य दुइ पाठा भने सामान्य अवस्थाका छन् । अहिले अनौठो पाठो हेर्ने मानिसको भीड लागेको छ।

जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका पशु चिकित्सक डा.प्रेम शर्मा सापकोटा हर्मोन र बाख्राले विषादीयुक्त घाँसपात खाएका कारण त्यस्तो पाठो जन्मिएको हुनसक्ने बताउनुहुन्छ।

Popularity: 8%

1 comment March 5th, 2008

भित्ते लेखन मेटाइदिने आयोगको चेतावनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भित्तेलेखन मेट्न आयोगले दलहरुसँग बारम्बार आग्रह गरेको बताउँदै यदि पार्टीले आफूले लेखेका भित्तेलेखन नमेटे आयोगले मान्छे लगाएर पनि मेटाइदिने र त्यसको खर्चको बिल पार्टी कार्यालयमा पठाएर असुल्ने चेतावनी दिनुभएको छ।

नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र, बुटवल र नेपाल पत्रकार महासङ्घ, कास्कीको संयुक्त तत्वावधानमा पोखरामा आयोजित ‘संविधानसभा निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले संविधानसभा निर्वाचनको प्राविधिक र प्रक्रियागत प्रणाली अवस्थाका बारेमा जनतालाई सुसूचित गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

राजनीतिक पार्टीलाई चुनावमा मतदान केन्द्रका बुथ क्याप्चर गरेर होइन आचरण, व्यवहार र कामले जनताको मन क्याप्चर गर्न उहाँले सल्लाह दिनुभयो।

Popularity: 8%

Add comment March 5th, 2008

व्यापारीको आन्दोलन स्थगित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्रीद्वारा व्यावसायिक क्षेत्रको सुरक्षा सुदृढ बनाउन दुई दिनभित्र मुख्यसचिवको संयोजकत्वमा निजी क्षेत्रसम्मिलित र्सवपक्षीय ‘विशेष समिति’ बनाउने प्रतिबद्धता सकारात्मक भएको ठहर गर्दै नेपाल चेम्बर अफ कमर्सले तत्कालका लागि उद्यमी व्यवसायीको आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको छ।

प्रतिबद्धताबमोजिम शान्तिसुरक्षाको प्रत्याभूति हुन नसके हामी सशक्त आन्दोलनमा उत्रनेतर्फ चेम्बरका अध्यक्ष सुरेन्द्रवीर मालाकारले सचेत गराएका छन्।

Popularity: 8%

Add comment March 5th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....