Archive for March 6th, 2008

खसीले दूध दियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तनहुँको विकट बैदी-४ खाल्टे निवासी जगतबहादुर रानाको खसीले दूध दिने गरेको छ । दूध दिन थालेपछि खसी हेर्नका लागि उनको घरमा मानिसको घुइँचो लाग्ने गरेको छ ।

अन्दाजी १६ धार्नीको उक्त खसीको थुन निचोर्दा दूध निस्कने गरेको छ ।

खसीको उक्त थुन बाख्राको थुनजस्तै लामो छ ।

विपन्न परिवारका थापाले खसीको मूल्य बिक्रीका लागि रु.१० हजार राखेका छन् ।

Popularity: 8%

5 comments March 6th, 2008

वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनको आह्वान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशभक्त लोकतान्त्रिक मोर्चाले ‘विदेशी शासकवर्गको गुरुयोजनाअर्न्तर्गत हुन लागिरहेको’ संविधानसभा चुनावले नेपाल र नेपाली जनताको राष्ट्रियता र लोकतन्त्रको चाहनाको प्रतिनिधित्व गर्न नसक्ने जनाएको छ ।

मोर्चाका अध्यक्ष चेतेन्द्रजङ्ग हिमालीले प्रेस विज्ञप्ति प्रकाशन गरी नेपाल र नेपालीको स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि वैदेशिक हस्तक्षेप समाप्त पार्न दल, दरबार, सङ्घ, सङ्गठन, मोर्चा, गाउँ र जङ्गलमा बस्ने कुसुण्डा र राउटेसम्मका देशभक्त र लोकतन्त्रवादी शक्तिलाई आन्दोलनमा उत्रन आहृवान गर्नुभएको छ ।

Popularity: 8%

Add comment March 6th, 2008

आज शिवरात्रि

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिन्दु धर्मावलम्बीले कैलाशवासी शिवको पूजा-आराधना गरी आज मुलुकभर महाशिवरात्रि पर्व मनाइरहेका छन्।

एकाबिहान नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा धर्मावलम्बी श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वणिर्त छ ।

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार महादेवको शिवत्व -जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको हो भनिन्छ ।

व्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजन शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र उनलाई चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे र्सवसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

राष्ट्रिय साँस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न मुलुकका विभिन्न स्थानलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्षविशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Popularity: 8%

Add comment March 6th, 2008

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पाँचथर सदरमुकाम फिदिम-९ सिलौटीका देउमान सुनुवारले मादक पदार्थ सेवन गरी हिजो राति दाउराको चिरपटले कुटेर आफ्नै २८ वर्षीया श्रीमती कुमारी सुनुवारको हत्या गरेका छन् ।

दिउँसो फिदिम-९ स्थित कान्छी दोकानमा काम गर्न आएका सुनुवार दाम्पत्ति साँझ घर फर्कंदा मादक पदार्थ सेवन गरी गएको र घरमा पुगेर देउकुमारले दाउराको चिर्पटले कुटेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सुनुवार दम्पतीका चार नावालक छोरी छन् ।

Popularity: 8%

2 comments March 6th, 2008

संविधान सभाप्रति कलाकारको चासो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सधैँजसो समाजमा घटेका घटनालाई व्यङ्ग्यात्मक ढङ्गले जनतालाई सचेत गराउँदै आएका कलाकर्मीले यसपटक रिपोर्र्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा जनतालाई संविधानसभा निर्वाचनमा प्रत्यक्ष संलग्न हुन अनुरोध गर्ने बताएका छन् ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले संविधानसभाले मात्र सबै स्थानमा बसोबास गर्ने दलित, जनजाति, मधेसी, महिला र अल्पसङ्ख्यक सबैको हित गर्ने भएकाले जनतालाई सचेत गर्न कलाकारहरू लाग्नुपर्ने बताउनुभयो ।

कलाकार हरिवंश आचार्यले नेपाल विविधतामा एकता भएको राष्ट्र भएकाले सबैले आ-आफ्नो अधिकारलाई सुरक्षित राख्न संविधानसभामा जुटनुपर्ने बताउनुभयो ।

तितो सत्य कार्यक्रमका सञ्चालक दीपकराज गिरीले समाजमा पिछडिएका वर्गलाई राष्ट्रिय स्रोत र साधनको उचित बाँडफाँड गर्नका लागि संविधानसभाले मात्र तय गर्ने भएकाले कलाकर्मीले संविधानसभामा आकषिर्त गर्ने प्रकृतिको अभिनय गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

अर्का कलाकार भुवन केसीले मुलुकको आर्थिक उन्नतिको आधार भनेकै संविनधानसभा भएकाले आफू गणतन्त्रवादी र लोकतन्त्रवादीका पक्षमा गोलबद्ध हुने बताउनुभयो ।

Popularity: 8%

Add comment March 6th, 2008

राजाको साटो गुठी संस्थानले दक्षिणा दिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महाशिवरात्रिको पावन अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने साधुसन्त र महन्तहरूलाई गुठी संस्थान, शाखा कार्यालय पशुपति गोश्वाराले पहिलोपटक आफूले नै दक्षिणा दिने भएको छ ।

यसअघि राजाको हातबाट दक्षिणा प्रदान गरी महाशिवरात्रिमा दर्शनार्थ पशुपतिनाथ आएका साधुसन्त र महन्तलाई बिदाइ गर्ने चलन थियो ।

राज्यका तर्फबाट सम्मान स्वरुप प्रदान गरिने सो दक्षिणा प्रदान गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो शाखा कार्यालयलाई स्वीकृति प्रदान गर्नुभएपछि संस्थानले उनीहरूलाई दक्षिणा दिने व्यवस्था मिलाएको हो ।

सो कार्यालयका प्रमुख मेघराज सापकोटाले हिजो बिहान प्रधानमन्त्री कोइरालालाई भेटी दक्षिणा दिन आग्रह गर्नुभएको थियो ।

तर, प्रधानमन्त्रीबाट कार्यालयलाई नै दक्षिणा दिन अनुमति दिनुभएको भेट पछि कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

दक्षिणामा एकजोर बख्खु, तामाको लोटा, कमण्डलु, घण्टा, पीताम्बर, कम्बल, राडी, तुम्बालगायत भोजन सामग्री आदि रहेका छन् ।

प्रधानमन्त्री कोइरालाले सो अवसरमा कार्यालयले दक्षिणाका लागि लगिएको ती सामग्रीमा धार्मिक विधिअनुरुप सङ्कल्प गरिदिनुभएको र दक्षिणाका लागि आफ्नो तर्फबाट रु. तीन हजार थपिदिनु भएको सो कार्यालयले जानकारी दिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षमहाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त, महन्त पशुपतिनाथ दर्शन गर्न आउने अपेक्षा गरिएको छ ।

महाशिवरात्रिका अवसरमा स्वदेश एवम् विदेशका विभिन्न भू-भागबाट आउने ती साधुसन्त, महन्त एवम् योगीहरूलाई राज्यका तर्फाट भोजन गराई ती दक्षिणा प्रदान गरी बिदाइ गर्ने परम्परा रहिआएको छ ।

Popularity: 8%

Add comment March 6th, 2008

भारतका लागि राजदूत नियुक्त

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारले नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम गणतन्त्र भारतका लागि डा. दुर्गेशमान सिंहलाई नेपालको राजदूत पदमा नियुक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Popularity: 8%

Add comment March 6th, 2008

नेपाली राजदूतावासद्धारा समवेदना ब्यक्त

पुरू जोशी, द. कोरिया एचकेनेपाल डट कम -
नेपालको सिन्धुली जिल्लामा गत मार्च ३ तारिखका दिन भएको संयुक्त राष्ट्र संघीय मिसन टोलीको हेलिकप्टर दुर्घटनामा परी सो मिसनमा कार्यरत कोरियन नागरिक पार्क ह्ङ जीन को मृत्युबाट नेपाली राजदूतावास सउल अत्यन्त दुखित बेनको भन्दै दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्तिमा जनाइएको छ नेपालको सिन्धुली जिल्लामा मिति २०६४ साल फागुन २० मा भएको नेपाल स्थित राष्ट्र संघीय मिसनको हेलिकप्टर दुर्घटनामा परी सो मिसनमा कार्यरत कोरियन नागरिक पार्क ह्ङ जीनको मृत्यु भएकोमा यस राजदूतावासलाई अत्यन्त दुःख लागेको छ भन्दै महामहिम राजदूत श्री कमल प्रसाद कोइरालाले नेपाल सरकार तथा राजदूतावास समेतको तर्फबाट उहांको श्रीमती तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गर्न ईश्वरसंग प्रार्थना समेत गर्नु भएको छ ।

Popularity: 8%

Add comment March 6th, 2008

कोरिया पत्रकार संघको नाममा परिवर्तन

दिनेश हिराचन, द. कोरिया / एचकेनेपाल डट कम।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट सम्पर्क शाखाको मान्यता प्राप्त प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाले केन्द्रीय कार्यालयको निर्देशन अनुसार आफ्नो संघको नाम परिवर्तन गरेको छ।

संघका नव निर्वाचित अध्यक्ष भूपेन्द्र आचार्यद्धारा जानकारी गराईए अनुसार अब उप्रान्त उक्त संघको नाम नेपाल पत्रकार संघ दक्षिण कोरिया रहने छ। त्‍यसैगरि आगामी मार्च ९ तारिख आईतबारका दिन नेपाली सम्पर्क समिति दक्षिण कोरियाको परिचयात्मक जलपान कार्यक्रमको अवसर पारी संघले आफ्नो नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारीलाई केन्द्रीय प्रतिनिधीद्धारा सपथ ग्रहण गराउने कार्यक्रम रहेको साथै प्रमाण पत्र र संघको परिचय पत्र वितरण कार्यक्रम रहेकोले संघका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थित भै दिनको लागि सविनम्र अनुरोध समेत गरिएको छ।

Popularity: 8%

Add comment March 6th, 2008

स्वीट्जरल्याण्डमा डोल्मा शेर्पाको लागि सहयोग अभियान

बिराज र प्रकाश, स्वीटजरल्याण्ड / एचकेनेपाल डट कम -
भिमबहादुर भण्डारीको अध्यक्षतामा बसेको नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डको बैठकले कुवेतमा मृत्युदण्ड सजायका लागि जेलमा रहेकी डोल्मा शेर्पाको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

स्वीट्जरल्याण्डमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई हाम्री नेपाली चेली डोल्मा शेर्पाको मृत्युदण्ड हुनबाट बचाउनको लागि आ-आफ्नो क्षेत्रबाट क्षमताले भ्याएसम्म स्वेच्छाले आर्थिक सहयोग गरिदिनु हुन नेपाली जनसर्म्पर्क समिति स्वीट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछ।

तपाईहरुलाई आर्थिक सहयोग गर्नका लागि सहज होस भन्ने हेतुले निम्न अनुसारका सम्पर्क ब्यक्तिहरु तोकिएको समेत जानकारी गराउँदछौ।
भिमबहादुर भण्डारी कान्टोन स्वाइज
इन्द्रबहादुर खड्का कान्टोन बर्न
नायरायण सापकोटा कान्टोन सेन्ट गालन
राजन सुबेदी कान्टोन कुर
बिजय शुब्बा कान्टोन जुरीख
सुरज अधिकारी कान्टोन जुरीख
गुणराज शर्मा कान्टोन आराउ
रेशमबहादुर खत्री कान्टोन बासेल

अन्तमा पुनः एकपटक मृत्युको मुखमा पुग्न लागेकी हाम्री नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
अध्यक्ष
भिमबहादुर भण्डारी
महासचिव गुणराज शर्मा

Popularity: 8%

3 comments March 6th, 2008

सडक दुर्घटनामा परेर दुई नेपालीको मृत्यु

सुविन श्रेष्ठ, दोहा कतार /एचकेनेपाल डट कम -
कतारमा नेपालीहरूको संख्यामा बढेको चापसँगै विविध कारणले मृत्यु हुनेमा पनि नेपालीहरू नै पर्ने गरेका छन्। यस्तै हालै मात्र छुट्टाछुट्टै दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। आरूबोटे - ९, पाँचथरका श्यामकुमार फ्याँसको गाडीको ठक्करले मुत्यु भएको छ। फ्याँस सलवारोडमा बेलुकापख दुर्घटना परेका थिए। अस्पताल लाने क्रममा उनको मुत्यु भएको थियो।

त्यस्तैगरी शारदानगर चितवनका पदमबहादुर पौडेल गाडी दुर्घटनामा परेका हुन्। पौडैलको गाडी पल्टिएर घटनास्थलमै मृत्यु भएको बताईएको छ। पौडैलको शव स्वदेश पर्ठाई सकिएको र बिमा प्रक्रियाको पहलका लागि काम भईरहेको यहाँस्थित नेपाली नियोगका अली मुद्दिनले एचकेनेपाल डट कमलाई जानकारी दिनुभएको छ।

कतार सरकारले सडक दुर्घटनाको संख्यामा कमी ल्याउनको लागि जनचेतनामुलक कार्यक्रम लगायत सतर्कता अपनाउन हालै कडा नियम लागु गरिएको छ।

Popularity: 8%

Add comment March 6th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....