Archive for March 7th, 2008

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पोखरेल दक्षिण कोरियामा

भूपेन्द्र आचार्य, द. कोरिया / एचकेनेपाल डट कम -
राष्ट्रको विकास निर्माणको रुपरेखा तयार पार्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल आज दक्षिण कोरिया आईपुग्नु भएको छ।

आयोगका उपाध्यक्ष पोखरेललाई दक्षिण कोरियाको अन्तर्राष्ट्रिय विमानस्थल ईन्छनमा नेपाली दूतावासका उपनियोग प्रमुख यादव खनालले स्वागत गर्नु भएको थियो।

कोरिया फाउन्डेशन नामक अर्ध सरकारी संस्थाको निमन्त्रणामा एक हप्ते भ्रमणका लागि कोरिया आउनु भएका उपाध्यक्ष डा. पोखरेलले नेपाल र कोरियाबीचको सम्बन्ध र सहयोगका बारेमा कोरिया सरकारका प्रतिनिधीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको कुरा दूतावासले जनाएको छ।

Popularity: 8%

Add comment March 7th, 2008

कोषाध्यक्ष काफ्ले र केन्द्रीय सदस्य बिष्ट दक्षिण कोरियामा

दिनेश हिराचन, द. कोरिया / एचकेनेपाल डट कम -
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्‍यक्ष हेमन्त काफ्ले र केन्द्रीय सदस्य रमेश बिष्ट दक्षिण कोरिया आईपुग्नु भएको छ।

उहांहरुलाई दक्षिण कोरियाको ईन्छन् अन्तर्राष्‍ट्रिय एयरपोर्टमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका नवनिर्वाचित अध्यक्ष भूपेन्द्र आचार्य, महासचिव पुरु जोशी, कोषाध्यक्ष दिनेश हिराचन र चितवन सम्पर्क समितिका अध्यक्ष गुञ्‍जन श्रेष्ठले स्वागत गर्नु भएको थियो।

केन्द्रीय कोषाध्यक्ष काफ्ले र सदस्य बिष्टद्धारा आगामी आईतबार नव निर्वाचित कार्य समितिलाई सपथ गराउने, प्रमाण पत्र बितरण गर्ने र महासंघको परिचय पत्र बितरण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम आगामी आईतबार नेपाली सम्पर्क समितिको चियापान तथा परिचयात्मक कार्यक्रमको अवसर पारी नेपाली सम्पर्क समिति कै कार्यालय ह्वागेसामा गर्ने भएको छ।

Popularity: 8%

Add comment March 7th, 2008

अमेरिकामा लिम्बुवानका राजनैतिक व्यक्तित्वको स्वागत

नगेन्द्र ईङनाम “आठराईली”, न्युयोर्क / एचकेनेपाल डट कम-
सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका लिम्बूवानका अग्रज राजनीतिज्ञ तथा राजपरिषद स्थायी समितिका पूर्व सदस्य सम्माननीय बमबहादुर सम्बाहाम्फेको सम्मानमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा गत सप्ताहान्त एक स्वागत कार्यक्रमको आयोजना गरयो ।

पाँचथर जिल्लाका राजनैतिक मेरुदण्ड सम्बाहाङफे लगातार सामाजिक सेवा गर्दै वि.सं. २०२९ को गाउँफर्क राष्ट्रिय अभियान कार्यक्रमका सदस्यदेखि लिएर १५ वर्षसम्म राजसभा स्थायी समितिका सदस्य भएर काम गरेका व्यक्तित्व हुन्। राजनैतिक सोचको कारणले नै अमेरिकाको भ्रमण गर्न आएको बताउँदै देशमा सँघीय संरचनाको बारेमा ब्यापक राम्रा नराम्रा टिप्पणीहरु भईरहेको अवस्थामा यो सँघीय संरचनाको नमूना राष्ट्र अमेरिका आएर धेरै राम्रो र सकरात्मक अनुभवहरु बटुल्न पाएको र स्वायत्त राज्यहरुको कारणले देश टुक्रनुभन्दा शक्ति बिकेन्द्रिकृत भएर राज्यहरु समान रुपमा बिकसित भएर फस्टने मौका पाउने रहेछन् भन्नुभयो।

“भर्खरै सरकार र लिम्बुवान नामाकरणको लागि संघर्षरतपक्षबीच भएको सहमतिले लिम्बुवान राज्य प्रदेश प्राप्तिको मार्ग खुलेको तर यसको सुनिश्चित नभएसम्मको लागि लिम्बुवानवासीको एकता निरन्तर रहनु पर्छ।” उहाँले ठट्याउलो पाराले भन्नुभयो “अविकसित देशहरुबाट जिउँदै स्वर्ग देखिने संज्ञा पाएको देश अमेरिका यहाँका राजनैतिक नेताहरु र जनताको ईमान्दारीताले नै वास्तवमा देश स्वर्ग भएको सत्य नेपालमा पुगेपछि नेतृत्व तहका व्यक्तिहरु र जनतामाझ ब्याख्या गर्नेछु।” नेपालको लिम्बुवानलाई पनि स्वर्गको एउटा टुक्रा बनाउन सबैले स्वार्थबाट अलग्गिएर राजनैतिक पुर्बाग्रहहरु बिर्सी बिकासको भावनामा सबैलाई एकबद्ध हुन आग्रह गर्नु भयो।

याक्थुङ चुम्लुङ अमेरिकाका महासचिव दिपेश चबेगुद्धारा संचालित उक्त औपचारिक कार्यक्रममा सचिव बिक्रम नेम्बाङले स्वागत मन्तब्य तथा अथिति सम्बाहाम्फेलाई न्युयोर्कको चिनारीस्वरुप सल्लाहकार बिनोद पोमुले विश्व स्वतन्त्रताको प्रतिमूर्ति र कार्यसमिति सदस्य प्रेम मेन्याङबोले चुम्लुङकोर्पुबाट स्वागत पत्र दिनुभएको थियो।
न्युयोर्कबाट नगेन्द्र ईङनाम ‘आठराईली’ / एचकेनेपाल डट कम।

Popularity: 8%

2 comments March 7th, 2008

कमल थापाले पनि संविधान सभाको फैसला मान्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले चुनावमा मत माग्न सहज वातावरण बनाइदिए संविधानसभाको फैसलालाई शीरोधार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ।

गृह जिल्ला मकवानपुरमा आफ्नो उम्मेदवारी दिन आइपुग्नु भएका अध्यक्ष थापाले पत्रकार सम्मेलन गरी भन्नुभयो-आफूहरू संविधानसभामा सहभागी भएबाट संविधानसभाको वैधता र विश्वसनीयता बढेको छ।’

‘संविधानसभा माओवादीको एजेण्डा हो त्यसलाई सबैले समर्थन गरेको हुँदा हामीले पनि समर्थन गरेका हौं’ भन्दै उहाँले बताउनुभयो-सबैलाई समेट्ने संविधानसभाको सिद्धान्त भएकाले निर्वाचनमा गएका हौं।

ऐतिहासिकरुपमा मुलुक पहिलो पटक विखण्डनको समस्यामा परेको बताउँदै उहाँले राष्ट्रिय स्वतन्त्रता, र्सार्वभौमिकता र राष्ट्रिय अक्षुण्णता कायम राख्न आफ्नो पार्टीले संवैधानिक राजतन्त्र स्थापित गर्न खोजेको बताउनुभयो।

अध्यक्ष थापाले भन्नुभयो-हामी प्रजातन्त्रको विरोधी होइनौं, राजासहितको प्रजातन्त्र चाहन्छौं, सिद्धान्त र नीतिले सातदल एक ठाउँमा राप्रपा नेपाल अर्को ठाउँमा उभिएको छ।

राजतन्त्र नेपालको अस्तित्वसँग जोडिएकाले त्यसविरुद्ध आफूहरूले जोखिम लिन नचाहेको बताउँदै थापाले भन्नुभयो-माओवादी सबैभन्दा इमान्दार पार्टी हो।

Popularity: 8%

Add comment March 7th, 2008

अरुण सम्झौता खारेज गर्न लिम्बुवानको माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लिम्बुवान सङ्घर्ष समितिले हालै सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो आयोजना सञ्चालनसम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ।

लिम्बुवान सङ्घर्ष समितिको धरानमा बसेको तीनदिने बैठकले सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो सञ्चालनका लागि भएको सम्झौता लिम्बुवानवासीलाई नसोधी गरिएकाले सो सम्झौता तत्काल रद्द हुनुपर्ने निर्णय गरेको जानकारी दिएको छ।

समन्वय समितिले धरानमा बैठकले गरेको निर्णय पत्रकार माझ र्सार्वजनिक गर्दै अरुण तेस्रो आयोजना लिम्बुवानवासीको सहमति बेगर सरकारले सञ्चालन गर्ने प्रयास गरे त्यो प्रयास सफल हुन नदिने सङ्घर्ष समितिले चेतावनी दिएको छ।

देश सङ्घीय स्वरुपमा रुपान्तरण हुने स्थितिमा रहेको र अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवान क्षेत्रमा पर्ने भएकाले त्यो आयोजना सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिम्बुवानवासीको सरोकारको विषय रहेको पनि पत्रकारहरुलाई जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा लिम्बुवान सङ्घर्ष समन्वय समितिका संयोजक उत्तमसिंह थाङदेनले अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धी सरकार र भारतीय ऊर्जा निगम सतलजबीच भएको सम्झौता लिम्बुवानको हित विपरित रहेको टिप्पणी गर्नुभएको छ।

थाङदेनले लिम्बुवान क्षेत्रको प्राकृतिक स्रोत र साधनमाथि एकात्मक राज्य सरकारले बलजफ्ती निर्णय लादन नमिल्ने तर्क अघि सार्नु हुँदै अरुण तेस्रो जलविद्युत आयोजना सञ्चालन सम्बन्धी निर्णय लिम्बुवानवासीको सहमतिबाट मात्र अघि बढ्ने जिकिर गर्नुभएको छ।

सोही अवसरमा नेपाल स्वशासित लिम्बु सङ्घका केन्द्रीय अध्यक्ष केवी फुदुङले पनि अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवानवासीको भावना विपरित भएकाले त्यसको कार्यान्वयन गर्न दिनु भनेको लिम्बुवानवासीले आफ्नै खुट्टामा बन्चरो हान्नु सावित हुने तर्क अघि सार्नुभएको थियो।

Popularity: 8%

6 comments March 7th, 2008

प्रमुख नेतालाई जिताउन तालमेल आवश्यक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका प्रमुख नेतालाई जिताउन तालमेल आवश्यक रहेको बताउनुभएको छ।

अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको अन्तरक्रियामा संविधानसभा निर्वाचन संसदीय चुनावभन्दा बेग्लै भएको हुनाले सात राजनीतिक दलका प्रमुख नेताले जित्नुपर्ने आवश्यकता भएकाले पनि आफू तालमेलमा लागिपरेको जानकारी दिनुभयो।

उहाँले संविधानसभा निर्वाचनपछि राजसंस्थाको अन्त्य हुने भएकाले उक्त रिक्त स्थानमा आफ्नो पार्टीले आफूलाई राष्ट्रपतिका रुपमा अघि सारेको बताउनुभयो।

Popularity: 8%

3 comments March 7th, 2008

थप दुई हजार उम्मेदवार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले संविधानसभा निर्वाचनको संशोधित कार्यक्रमअनुसार पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत हिजो सबै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

आयोगका अनुसार ७३ जिल्लाका विभिन्न २३६ निर्वाचन क्षेत्रमा दुई हजार १७ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

Popularity: 8%

Add comment March 7th, 2008

चुक्मिहाङ एसोसिएसन युके लिम्बूवन स्वायत्तताको पक्षमा

सम्वाददाता एचकेनेपाल डट कम युके -
चुक्मिहाङ एसोसिएसन युकेको लण्डनमा हालै बसेको बैठकले लिम्बूवान स्वायत्तताको पक्षमा जाने निर्णय गरेको छ। उक्त बैठकले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको सहमतीको स्वागत पनि गरेको छ।

एसोसिएसनले आफ्ना अभियानलाई त्रि्र पार्न युके शाखाले प्रवासमा प्रचार-प्रसार गर्ने भएको छ भने नेपाल शाखाले नेपालका मोर्चाहरुसंग सहकार्य गरी सबै निकायलाई स्वायत्तताको पक्षमा मोर्चाबद्ध गदै लिम्बवान राज्य प्राप्त नभएसम्म अभियान जारी राख्ने जनाएका छन्।

“लिम्बूवान स्वायत्तता लिम्बूवान बासीहरुको जीवन मरण” नाराका साथ बसेको बैठकले संघीयताको सीमांकन गर्दा सम्बन्धित लिम्बूवानका बिज्ञहरुलाई पनि समावेश गर्नु पर्ने माग राखेका छन्।

Popularity: 8%

2 comments March 7th, 2008

दुर्घटनामा महिलाको मृत्यु, चक्का जाम

सम थापा, नेपालगञ्ज / एचकेनेपाल डट कम-
बाटो काट्न लाग्दा ट्रकले किचेर बर्दियामा बिहीबार एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धधवार गाविस- ७ की ६० वर्षीया फुटरी चौधरी रहेकी छिन्।

बर्दियाको धधवार गाविसमा पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डमा बाटो काट्न लाग्दा भे.१ख ३७० नंवरको मिनी ट्रकले किचदा दिउसो ३ बजे ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। महिलाको मृत्यु भएपछि स्थानीयवासीले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका थिए। दिउसो ३ बजेदेखि सो सडक खण्ड भई चल्ने लामा तथा छोटा दुरीका सवारी साधनहरु ठप्प भएका थिए।

Popularity: 8%

Add comment March 7th, 2008

माओवादीले एमाले लाई कुट्यो

माओवादीले एमाले लाई कुट्यो
सम थापा, नेपालगञ्ज / एचकेनेपाल डट कम-
गाउंमा चुनावी प्रचार प्रसारमा संलग्न भएको भन्दै बाजुरामा एकजना माओवादीका एरिया इन्चार्जले एमालेका कार्यकर्तालाई बिहीबार विहान निर्घात कुटपीट गरेका छन्।

माओवादीका एरिया इन्चार्ज गोलु लोहारले बाजुरा सदरमुकाम मार्तडी - २ मा विहान एमालेका कार्यकर्ता लक्षी लोहारलाई कुटपीट गरेका हुन्। घाईते लक्षी लोहारको सदरमुकाम मार्तडीस्थित अस्पतालमा उपचार भईरहेको सहकर्मी सर्बलाल गिरीले जनाएका छन्।

Popularity: 8%

1 comment March 7th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....