Archive for March 8th, 2008

उम्मेदवार अपहरित

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
संयुक्त जनतान्त्रिक तराई मोर्चाका कार्यकर्ताहरुले गएराति जनमोर्चाका उम्मेदवार वृजविहारी शुक्ललाई स्थानीय दोहनी गाविसबाट अपहरण गरेका छन्।

कपिलवस्तु क्षेत्र नं. ३ बाट उम्मेदवार दिएका शुक्ललाई चुनाव प्रचारप्रसारको क्रममा राति कार्यकर्ताको घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिई अपहरण गरिएको थियो। अपरहरणको जिम्मा लिदैं तराई मोर्चाका कपिलवस्तु इन्चार्ज राजु गुरुङले जनमोर्चालाई चुनाव भाग नलिन अनुरोध गर्दा गर्दै उम्मेदवार दिएकोले शुक्लको अपहरण गरिएको बताएका छन्। तराईमा पहाडी पार्टीले उम्मेदवारी दिएको हुनाले उनीहरुलाई चुनावमा भाग नलिन पम्प्लेटमार्फत चेतावनी दिएका थिए।

शुक्लको स्थिति अज्ञात रहेको छ भने प्रहरी उपरीक्षक मिलन बस्नेतले अपहरणकारीको खोजि भै रहेको बताएका छन्।

Popularity: 8%

Add comment March 8th, 2008

नर्वेजियन राजदूतावासमा लुटपाट

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
ललितपुर कुपण्डोल हाइटस्थित नर्वेजियन राजदूतावासमा गएराति लुटेराहरुले लुटपाट गरेका छन्। करीव २ दर्जनको संख्यामा आएका लुटेराहरुले नाटकीय शैलीमा लुटपाट गरेको बताइन्छ।

समाचार स्रोतका अनुसार लुटेराहरु जन्तीको शैलीमा आएर लुटपाट गरेका थिए। लुटेराहरुले त्यहाँ सुरक्षार्थ खटिएका ६ जना गार्डलाई नियन्त्रणमा लिई ल्यापटप, क्यामरा, घडी र नगद गरी लाखौंका धनमाल लुटेर लगेका छन्। करीब १ बजे रातितिर भएको सो घटनाको जानकारी भने प्रहरीलाई बिहान मात्र दिइएको बताएको छ। प्रहरीले घटनाको अनुसन्धान र लुटपाटमा संलग्न लुटेराहरुको खोजी भै रहेको जनाएको छ।

Popularity: 8%

2 comments March 8th, 2008

कलेजका पूर्व सञ्चालक शर्मा पक्राउ

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
विराटनगरस्थित नोबल मेडिकल कलेजका पूर्व सञ्चालक सुनिल शर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार पक्राउ गरेको छ।

शर्मालाई सोही कलेजका वर्तमान सञ्चालक डा. ज्ञानेनद्र गिरीलाई अपहरण गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका हुन्। गिरीले दिएको उजुरीको आधारमा शर्मालाई प्रहरीले पक्राउ गरिएको परिसरका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन्।

कलेज सञ्चालनको विषयमा शर्मा र गिरीबीच विवाद बद्दै गएपछि शर्माले माओवादी लगाएर अपहरण गर्ने, चरम यातना दिने र कलेज नै हडप्ने प्रयत्न गरेको भनी गिरीले प्रहरीमा उजुरी दिएका थिए।

Popularity: 8%

1 comment March 8th, 2008

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
आज बिहान माइतीघर चोकमा बस र मोटरसाइकल एक आपसमा जुद्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बीरगञ्ज निवासी मन्जीस श्रेष्ठ रहेको बताइएको छ।

स्वयम्भु यातायातको बा. २ ख १०१ नम्बरको बस र बा. २७ प ३५०० नम्बरको मोटर साइकल एकआपसमा जुद्दा मोटरसाइकल पछाडी बसेकी महिला पनि गम्भीर रुपले घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन्। तीब्र गतिमा आएको बस चालकको गल्तीले गम्भीर दुर्घटना भएको बताइन्छ। बस चालक घटनास्थलबाट फरार रहेका छन् भने घाइते भएकी महिलाको परिचय खुल्न सकेको छैन।

Popularity: 8%

1 comment March 8th, 2008

नेपाल युवा सामाजिक मञ्चको राष्ट्रिय भेला सुरु

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
अर्को विश्व युवाको कांधमा, युवा नेतृत्वः नयां सोच र समावेशी नेपाल भन्ने मूल नाराका साथ नेपाल युवा सामाजिक मञ्चको राष्ट्रिय भेला शुक्रबारदेखि नेपालगंजमा सुरु भएको छ।

भेलाको उदघाटन समावेशी नेपाल लेखिएको माटोको घैटोमा सबै जात जाती, सम्प्रदाय र लिङगका युवा प्रतिनिधिहरुले बेग्ला बेग्लैरुपमा खन्याएर गरिएको थियो। फागुन २४ र २५ गरी दुई दिनसम्म चल्ने यस भेलामा ३५ जिल्लाका करीव ४ हजार युवाहरुको सहभागिता रहने छ। यस भेलालाई मुलुकभरीका एक सय भन्दा बढी सामाजिक संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेका हुन। रामलिला मैदानस्थित बाल कल्याण संघको कार्यालय परिसरमा आयोजित यस भेलामा नेपाली युवाहरुले तयार पारेका विभिन्न किसिमका जनचेतनामुलक प्रचारसामाग्रीहरुको प्रदर्शनी समेत रहेको छ। प्रदर्शनीका लागि २५ स्टल राखिएका छन। भेलामा नव उद्धारवादी बजार र दलित, कृषी बजारीकरण र मुक्त कमैयाको सवाल, केन्द्रिकृत अर्थतन्त्र र क्षेत्रिय असमानता, खाद्य असमानता र कर्णाली क्षेत्र, संविधान सभापछिको नेपाल लगायतका सवालहरुमा युवाहरुको दृष्ट्रिकोण र सहभागिता लगायत भावि नेपालको कार्य योजनाका बारेमा विभिन्न ८० सवालहरुमा छलफलहरु हुने छन।

कार्यक्रममा यिनै सवालहरुमा केन्द्रीत भई एक दर्जन जति कार्यशाला गोष्ठीहरुको आयोजना पनि गरिने र युवाहरुको तर्फबाट मुलुकको समृद्धताका लागि नेपालगंज प्रतिवद्धतापत्र पनि जारी गरिने आयोजकले जनाएको छ।

Popularity: 8%

1 comment March 8th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....