Archive for March 9th, 2008

राप्रपा अध्यक्षमाथि आक्रमणको प्रयास

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणामाथि माओवादीका युवा कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् ।

अध्यक्ष राणालाई सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. ३ को लागर्चे गाविसमा आज चुनावी कार्यक्रममा जाने क्रममा ज्यामिरे गाविस र लागर्चे गाविसको सीमानामा पर्ने खाल्डे खोलामा आक्रमण प्रयास भएको हो ।

एउटा बसमा आएका ६०/७० जना वाइसिएल कार्यकर्ताले कालोझण्डा रेखाई नाराबाजी गर्दै अगाडि बढ्न नदिएपछि सम्झाउने प्रयास गर्दा गर्दै पनि एक जनाले अकस्मात पेस्तोल झिकेर आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले पक्रन खोज्दा भागेको र केही पछि आउँदै गरेको सुरक्षाकर्मीले निजलाई नियन्त्रणमा लिएका थिए ।

खानतलासिमा निजबाट चक्कु मात्र फेला परेको हुँदा भाग्ने क्रममा पेस्तोल फालेको हुनसक्ने बताइएको छ ।

परिचय नखुलेको ती युवकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा राखेको प्रहरीले बताएको छ ।

Popularity: 8%

4 comments March 9th, 2008

नर्वेका राजदूतको घरमा चोरी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हतियारधारी लुटेराहरूको एक समूहले नेपालका लागि नर्वेजियन राजदूत टोरे टोराङको भैंसेपाटी स्थित निवासमा लुटपाट गरेको छ ।

प्रहरीका अनुसार करिब २५ जनाको समूहमा आएका लुटेराहरूले राजदूतको निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो नियन्त्रणमा लिइ एउटा ल्याप टप कम्प्युटर, नगद रू. ४० हजार र केही कपडा लुटेर लगेका छन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार प्रहरी निरीक्षक सरोज खत्रीको कमाण्डमा लुटेराहरूको खोजी भइरहेको छ। तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

Popularity: 8%

4 comments March 9th, 2008

संघ राज्य भए देश टुक्रन सक्छः बिजुक्छे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितले जातजाति, भाषाभाषीको आधारमा राज्यलाई टुक्राउन नहुने बताउनुभएको छ ।

नेपाल मजदुर किसान पार्टी चुनाव प्रचार समिति भक्तपुरले दत्तात्रयमा आयोजना गरेको जनसभामा बोल्दै उहाँले संघ राज्य घोषणा भएमा देश टुक्रिन सक्ने आशंका व्यक्त गर्नुभयो ।

उहाँले संघ राज्य भनेको के हो र यसले के गर्छ भन्ने विषयमा देशव्यापी बहस र छलफल चलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्नुपर्ने, उत्पादनका मुख्य साधनहरु सामाजिकीकरण गर्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो -अनिवार्य निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध समेत गराउनु पर्छ ।

कार्यक्रममा विधायक लिला न्याईच्याईले संविधानसभा निर्वाचन पनि एक वर्गीय आन्दोलन हो भन्दै यसमा तमाम महिलाहरु सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

Popularity: 8%

1 comment March 9th, 2008

विद्रोही उम्मेदवारलाई नाम फिर्ता लिन आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्वप्रधानमन्त्री एवं नेपाली काङग्रेसका नेता शेरबहादुर देउवाले आसन्न सविधानसभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरु विरुद्धमा आफ्नो मनोनयन दर्ता गराउनु भएका साथीहरुलाई मनोनयन फिर्ता लिइ पार्टीको उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको प्रेस वक्तव्यमा ‘उम्मेदवारीको क्रममा कतिपय योग्य साथीहरुलाई हामीले सामेल गर्न सकेनौ, उहाँहरुलाई आगामी दिनमा पार्टीले उचित मूल्याङ्कन गर्ने विश्वास पनि दिलाउन चाहन्छु’ भन्नुभएको छ।

नेपाली काङ्ग्रेसको छ दशक लामो इतिहास तथा यस पार्टीका नेता तथा कार्यकर्ताहरुको गौरवमय योगदानको इतिहासलाई पुनःस्मरण गर्दै लोकतन्त्रको स्थापना र यसको सुदृढीकरणमा देशभरका पार्टीका साथीहरुले पुर्‍याउनु भएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।

Popularity: 8%

2 comments March 9th, 2008

साहित्यकार डिकमान विरही रहेनन्

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुपरिचित साहित्यकार तथा पत्रकार डिकमान विरहीको हिजो अपराह्न ३:३० बजे हृदयाघातबाट आफ्नै निवासमा निधन भयो । उहाँ ५३ वर्षको हुनुहुन्थ्यो ।

ताप्लेजुङको सिम्ले गाविसमा जन्मिनुभएका विरहीले ‘रहर’ मासिक, ‘झुल्के घाम’ साप्ताहिक, ‘जनआन्दोलन’ साप्ताहिक आदि पत्रपत्रिकाको सम्पादक भएर पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएको थियो ।

‘विरह’ र ‘एउटा अठोटको स्वर’ कविता सङ्ग्रहका स्रष्टा कवि विरही मोति पत्रकारिता पुरस्कार, श्यामकृष्ण पत्रकारिता पुरस्कार र महानन्दन पुरस्कार आदिबाट सम्मानित हुनुहुन्थ्यो ।

उहाँको अन्तिम संस्कार आज गरिने भएको छ ।

उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

Popularity: 8%

2 comments March 9th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....