Archive for March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे जोर्नी दुख्ने रोगबाट ग्रसित भई अस्वस्थ हुनु भएको छ।
केही दिन अघिदेखि खुट्टाको जोर्नी दुख्ने र सुनिने रोगबाट ग्रसित भई अस्वस्थ हुनुभएका अध्यक्ष बिजुक्छे अहिले उपचारार्थ वीर अस्पतालको आईसीयू कक्षमा भर्ना हुनुभएको नेमकिपाले जनाएको छ।
संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारसमेत रहनु भएका बिजुक्छेलाई उपचारार्थ हिजो साँझ अस्पतालमा भर्ना गरिएको थियो।
गत शनिवार भक्तपुरको दत्तात्रयमा नेमकिपाले आयोजना गरेको चुनावी सभामा वर्षाद्का बीच पनि सहभागी हुनु भएका बिजुक्छे त्यसै दिनबाट उहाँको खुट्टाको जोर्नी दुख्ने र सुनिने क्रम बढ्न थालेको बताइएको छ।
बिजुक्छेको उपचारमा संग्लन चिकित्सकहरूका अनुसार उहाँलाई अझै ४/५ दिन अस्पतालमै आराम गर्नुपर्ने आवश्यकता रहेको छ।
Popularity: 14%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
त्रिभुवन विश्वविद्यालयले संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै केही दिनका लागि अध्ययन अध्यापन कार्यलाई बन्द गर्ने भएको छ।
त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका विभिन्न क्याम्पसमा अध्ययन कार्यका लागि देशका विभिन्न भागबाट आउने विद्यार्थी तथा ती क्याम्पसहरूमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूलाई संविधानसभा निर्वाचनमा सहभागी गराउन सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालय प्रशासन कति दिनका लागि बन्द गराउनुपर्ने हो त्यसको आन्तरिक तयारीमा लागिरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।
विद्यार्थीको नियमित अध्ययन प्रक्रिया समेतलाई दृष्टिगत गर्दै संविधानसभा निर्वाचनका लागि कति दिनसम्म बिदा गर्नुपर्ने हो त्यो सम्बन्धमा विद्यार्थी सङ्गठनका प्रतिनिधिसमेतसँग छलफल गरी निचोडमा पुगिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माले बताउनुभयो।
यति नै दिन भन्ने निचोडमा हालसम्म नपुगिए पनि पूर्व मेचीदेखि पश्चिम महाकालीबाट त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा अध्ययन गर्ने जो सुकै विद्यार्थी पनि उक्त निर्वाचनमा सहभागी हुनबाट वन्चित हुन नपर्ने उहाँले बताउनुभयो।
Popularity: 14%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)ले संविधानसभा निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ। आत्मनिर्णयको अधिकारसहित जातीय, क्षेत्रीय स्वशासनको आधारमा राज्यको पुनः संरचना र कार्यकारी प्रमुख प्रधानमन्त्री हुने राजनीतिक व्यवस्थाबारे घोषणापत्रमा उल्लेख गरिएको छ।
गणतान्त्रिक नेपालको राष्ट्र प्रमुख राष्ट्राध्यक्ष हुने, राष्ट्रपति केन्द्रको दुवै सदन र प्रादेशिक व्यवस्थापिकाका सदस्यहरूले निर्वाचित गर्ने, एक पटक भन्दा बढी कार्यकाल एक व्यक्ति र जाति निरन्तर राष्ट्राध्यक्षमा नियुक्त नहुने र राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने जनाइएको छ।
प्रधानमन्त्रीको नियुक्ति व्यवस्थापिकाको सिफारिसमा राष्ट्राध्यक्षले गर्ने जसको लागि प्रधानमन्त्री व्यवस्थापिकाको सदस्य हुनुपर्ने तर मन्त्रिपरिषद्का सदस्य सदन बाहिरका पनि हुन पाउने उल्लेख गरिएको छ।
सङ्घीय गणतान्त्रिक राज्यमा बढीमा एघार स्वशासित प्रदेशहरू राख्न सकिने जनाइएको छ।
केन्द्रको व्यवस्थापिकाको माथिल्लो सदन जातीय र तल्लो सदन जनप्रतिनिधिसभा हुने उल्लेख छ।
न्यायपालिकामा निर्वाचन प्रणालीद्वारा न्यायाधीश चयन हुने र जनसुरक्षा नीति अवलम्बन गरी सेनालाई न्यूनीकरण गरिने जनाइएको छ।
क्रान्तिकारी भूमिसुधार गर्न ‘जमिन जोत्नेको’ सिद्धान्त लागु गर्ने र औद्योगिक तथा व्यापारिक क्षेत्रका मजदुरहरूका लागि ४० घण्टाको कार्य सप्ताह लागू गर्ने उल्लेख गरिएको छ।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ताकम गाविस-३ का १४ वर्षीय विजय सुवेदीले केराको रूखबाट बिजुलीबत्ती बालेर सबैलाई चकित पारेका छन्।
हेमा माध्यमिक विद्यालय कक्षा आठमा अध्ययनरत सुवेदीले प्रयोग भएर सकिएको ड्राइसेल केराको रूखमा राखी बिजुलीबत्ती बालेर उज्यालो पारेपछि स्थानीयवासी चकित परेका छन्।
रूखभित्र तीनवटा ड्राइसेल राखी बत्ती जडान गरेर बत्ती बालेपछि आफू पनि छक्क परेको उनले बताए। उनले भने-यसरी एकवटा बत्ती एक हप्तासम्म बाल्न सकिन्छ।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृह मन्त्रालयले २०६३ माघ महिनामा भएको तराई/मधेस आन्दोलनमा मृत्यु भएका २४ जना र २०६४ फागुनको आन्दोलनमा मृत्यु भएका छजना समेत ३० जनालाई तराई/मधेस आन्दोलनका सहिद घोषणा गरेको छ।
साथै २०६३ माघको आन्दोलनमा मृत्यु भएका नेपाल प्रहरीका एकजनालाई नेपाल प्रहरी सहिद र २०६४ फागुनको तराई आन्दोलनमा मृत्यु भएका सशस्त्र प्रहरीका एकजनालाई सशस्त्र प्रहरी सहिद घोषणा गरिएको छ।
नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमतिबमोजिम सरकारको यही फागुन २१ को निर्णय अनुसार सो घोषणा गरिएको हो।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले संविधानसभा निर्वाचनमा नेकपा (एमाले) को बहुमत आउने विश्वास प्रकट गर्नुभएको छ।
नेकपा (एमाले) क्षेत्र नम्बर ६ समन्वय समितिको आयोजनामा सन्तपुर गाविसमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले) चुनावबाट कहिल्यै पछि परेको छैन र पछि पर्ने खाले पार्टी पनि होइन भन्नुभयो।
निर्वाचनको परिणामबाट नयाँ नेपालको ढाँचा तयार हुने भएकाले शान्तिपूर्ण वार्तामा आउन उहाँले भूमिगत समूहलाई आग्रह पनि गर्नुभयो।
क्षेत्रीय संयोजक तुलसी गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा नेता रामकुमार भट्टराई, जिल्ला सचिव राजुदिन आलमलगायतले मन्तव्य दिनुभएको थियो।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चार दिनअघि अपहृत निर्वाचन क्षेत्र नं.३ बाट जनमोर्चा नेपालका उम्मेदवार बनेका कमलेश भन्ने बृजविहारी शुक्ला हिजो रिहा भएका छन्।
संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएपछि उम्मेदवार शुक्लालाई संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले यही फागुन २४ गते राति करिब जिल्लाको दोहवी गाविसको दोहनी चौराहाबाट अपहरण गरेका थिए।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले सरकारी तथा अर्धसरकारी निकायलाई संविधानसभा सदस्य आचारसंहिता, २०६४ पूर्ण पालना गर्न, बढुवासम्बन्धी सूचना तथा विज्ञापन प्रकाशन नगर्न र प्रकाशित सूचना तुरुन्त स्थगन गर्न आयोग ऐन, २०६३ र आचारसंहिताबमोजिम निर्देशन दिएको छ।
आचारसंहिता लागू भएपश्चात् पनि आयोगको स्वीकृति नलिई विभिन्न पत्रपत्रिकामा ती निकायबाट बढुवासम्बन्धी सूचना प्रकाशन भइरहेको पाइएकाले आयोगले आज सो निर्देशन दिएको हो।
Popularity: 13%
March 11th, 2008
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मध्यपुर थिमीस्थित हिकास्ट कलेज -हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी) हिजोदेखि ‘स्वस्थ पशु, स्वास्थ्य मानव’ भन्ने नाराका साथ साताव्यापी ‘कुकुर सप्ताह तथा सरुवारोग’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
कलेजमा अध्ययनरत विद्यार्थीको सक्रियतामा आयोजित साताव्यापी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकारसम्मेलनमा कार्यक्रमका संयोजक राजन ढकालले कुकुरबाट मानिसलाई धेरै रोग सरेकाले त्यसबाट छुट्कारा दिलाउनका लागि जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको बताउनुभयो।
Popularity: 13%
March 11th, 2008