Archive for March 12th, 2008

सरकारसँग वार्ता गर्न टोली गठन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सङ्घीय लिम्बूवान राज्य परिषद् सञ्जुहाङ पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई कारबाहीको घोषणा गर्दै सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।

फागुन २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटीको बैठक झापाको विर्तामोडमा सम्पन्न गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।

पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई ‘नालायकीपन’को सँज्ञा दिंदै लिङदेन पक्षधरका कुमार लिङदेनलगायतका १५ जनालाई परिषद्को साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै सातदल सम्मिलित सरकारी वार्ता टोलीसँग वार्ता गरी आफ्ना मागहरु पूरा गराउन सञ्जुहाङ पालुङवाको संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

यसरी सरकारसँग वार्ता गर्ने टोलीमा फागोहाङ बनेम, छवी सङ्वाङझे, दिलेन्द्र कुङम्बाङ, निसाम्सा सिंघङ र सुरेन्द्रप्रकाश जवेगु सदस्य रहेका छन् ।

वार्ताका लागि पालुङवा पक्षधरलाई वार्तामा बस्न यसअघि नै पत्र पठाइसकेको छ भने जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्तराज्य घोषणा सुनिश्चितताको माग उठाउँदै आएको परिषद्ले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै चैत १देखि आन्दोलनको घोषणासमेत गरेको छ ।

Popularity: 8%

1 comment March 12th, 2008

ताइवानको प्रस्तावित जनमतसङग्रहप्रति नेपाल असहमत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारले ताइवानको नामबाट संयुक्त राष्ट्रसङ्घमा सम्मिलित हुने बारे ताइवानमा प्रस्तावित जनमतसङ्ग्रहको दृढतापूर्वक विरोध गर्दै त्यस्तो कार्यले ताइवानी भूमिमा अस्थिरता पैदा गर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपालले सधैं एक चीन नीतिको निरन्तर अनुसरण गर्दै आएको जनाउँदै सो सिद्धान्तको पालनाप्रति नेपाल दृढ रहने प्रतिबद्धता पनि जनाइएको छ ।

सरकारले जनवादी गणतन्त्र चीन नै चीनको एकमात्र र वैध प्रतिनिधि भएको पनि विज्ञप्तिमा दोहोर्याएको छ ।

Popularity: 8%

6 comments March 12th, 2008

निर्वाचनका बारेमा नकारात्मक कुरा नसोच्नुस्: प्रम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशको सम्पूर्ण समस्या समाधान गर्ने थलो संविधानसभा सदस्यको निर्वाचन भएकाले आपसी मतभेद, विवाद एवम् समस्या थाँती राखेर सम्पूर्ण देशवासीलाई निर्वाचन सफल बनाउन अपील गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले काठमाडौँ फर्कनुअघि विराटनगरस्थित कोइराला निवासमा अपरान्ह सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नयाँ नेपाल निर्माणका लागि हुने संविधानसभा निर्वाचनका सन्दर्भमा कसैलाई पनि नकारात्मक कुरा नसोच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानसभा सदस्य निर्वाचनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुनावको अत्यन्त राम्रो माहौल बन्दै गइरहेकाले अब कसैले रोक्न खोज्दैमा चुनाव रोक्न नसक्ने दावी गर्नुभयो ।

विद्रोही समूहको लागि सरकारले वार्ताको ढोका सधै खुल्ला राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो- तर अब चुनाव विथोल्ने एवम् बाधा पुग्ने गरी सरकारले कसैसँग वार्ता गर्ने छैन।

उहाँले चुनाव विथोल्न कसैले कानूनलाई हातमा लिन खोज्छ भने त्यस्ता माथि सरकारले कडा कारवाही गर्न पछि नपर्ने चेतावनी पनि दिनुभयो ।

उहाँले आपसी सदभाव एवं एकता अझ बलियो बनाउन पार्टी नेता तथा कार्यकर्ताले जोड दिनुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीको एक जिज्ञासामा प्रधानमन्त्रीले चुनावको बेला सीमा सुरक्षाका सन्दर्भमा भारत सरकारका सम्बन्धित अधिकारीसँग कुरा भइसकेकाले अब सीमा क्षेत्रमा सुरक्षाको स्थिति सुदुढ भएर जाने बताउनुभयो ।

Popularity: 8%

Add comment March 12th, 2008

लावतीको घर फिर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)ले चलाएको १० वर्षे जनयुद्धको बेलामा २०६२ सालमा कब्जामा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी उपाध्यक्ष पद्मसुन्दर लावतीको घर माओवादीले एक कार्यक्रमको आयोजना गरी फिर्ता गरेको छ ।

माओवादी जिल्ला कमिटी सदस्य प्रकाश न्यौपानेले दिएको जानकारी अनुसार माओवादी पार्टी यासोक-३ स्थित यासोक बजारमा रहेको घर कब्जामा लिई क्षेत्रीय कार्यालयको रुपमा प्रयोग गर्दै आएको र सो कार्यालय हटाई सो घर लावतीलाई नै जिम्मा लगाइएको बताउनुभयो ।

Popularity: 8%

3 comments March 12th, 2008

गभर्नर भट्टराईको मुद्दाको सुनुवाई फेरि सर्‍यो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा दायर नेपाल राष्ट्र बैङ्कका निलम्बित गभर्नर विजयनाथ भट्टराई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आगामी आइतबारदेखि प्रारम्भ गरिने भएको छ ।

हिजोको इजलासमा न्यायाधीश रामप्रसाद श्रेष्ठको एकल इजलासले सो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिई छिट्टै अर्को पेशी तोक्ने आदेश दिएको छ ।

उक्त मुद्दाका सम्बन्धमा बहस गर्न महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिइए पनि आयोगलाई पनि जानकारी दिनुपर्ने कुरा उठेकाले अर्को पेशी तोकिएको हो ।

अग्राधिकार प्राप्त सो मुद्दामा सर्वोच्च अदालतले आगामी आइतबारका लागि पेशी तोकेको छ ।

यसअघि विशेष अदालतका अध्यक्ष तथा सदस्यद्वयगरी तीनैजनाको उक्त मुद्दामा राय बाझिएका कारण यही फागुन १५ गते निर्णयका लगि सर्वोच्च अदालतमा पेस गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार १५ गते दायर गरेको सो मुद्दामा भट्टर्राई र प्रधानको कार्यले राष्ट्रलाई रू.दुइ करोड ४५ लाख वित्तीय नोक्सान भएको दावी गरेको थियो ।

Popularity: 7%

Add comment March 12th, 2008

अमेरिकाका नेपाली पत्रकारको भेला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल पत्रकार सङ्घको पहिलो वार्षिक साधारणसभा विश्व स्वतन्त्रता दिवसको उपलक्ष्यमा आगामी मे २ र ३ तारिखका दिन अमेरिकाको पेन्सिलभेनियामा हुने भएको छ ।

सङ्घको मार्च ९ मा बाल्टिमोरमा बसेको कार्यसमितिको बैठकले साधारणसभा तयारीका लागि कोषाध्यक्ष गुणराज लुइँटेल स्मिथ संयोजक रहेको तयारी समिति पनि गठन गरेको छ ।

उक्त अवसरमा अमेरिका र क्यानडामा बसोबास गर्ने सबै नेपाली पत्रकारलाई सहभागी हुन सङ्घका सभापति गिरीश पोखरेलले आह्वान गर्नुभयो ।

सङ्घ नेपालमा पत्रकारिता गरी अमेरिका र क्यानडामा आएर बसेका नेपाली पत्रकारको पहलमा गत वर्ष सन् २००७ मा स्थापना भएको हो । सङ्घमा एकसयभन्दा बढी नेपाली पत्रकार संलग्न रहेको बताइएको छ ।

Popularity: 7%

Add comment March 12th, 2008

नेपाली वैज्ञानिकले बनाए कफी मेसिन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अर्न्तर्गत रहेको कृषि इन्जिनियरिङ महाशाखाले तीन प्रकारका कफी पल्पर (कफीको बोक्रा छोडाउने) मेसिनको विकास गरेको छ ।

महाशाखाका वरिष्ठ वैज्ञानिक श्रीमत श्रेष्ठको नेतृत्वमा इन्जिनियर रवि जी रसैली र शैलेन्द्र खत्रीले कफी पल्पर मेसिन तयार पार्नुभएको हो ।

महाशाखाले एइडी रोलर कफी पल्पर (हातले चलाएर कफीको बोक्रा छोडाउने मेसिन), एइडी साइकल पल्पर (खुट्टाले पाइडल चलाएर कफीको बोक्रा छोडाउने मेसिन) र एइडी इलेक्ट्रिक पल्पर (विद्युतबाट सञ्चालन हुने कफीको बोक्रा छोडाउने मेसिन) तयार पारेको छ ।

हातले चलाएर सञ्चालन गर्ने मेसिनले प्रतिघन्टा ६० किलोग्रम कफीको बोक्रा छोडाउन सक्ने र मूल्य रु.सात हजार ५०० पर्ने, खुट्टाले पाइडल घुमाएर सञ्चालन गर्ने मेसिनले प्रतिघन्टा १२० किलोग्राम कफीको बोक्रा छोडाउनसक्ने र मूल्य करिब रु.नौ हजार पर्ने र विद्युतबाट सञ्चालन हुने मेसिनबाट प्रतिघन्टा करिब २०० किलोग्रामसम्म कफीको बोक्रा छोडाउनसक्ने मूल्य करिब रु.१६ हजार पर्ने बताइएको छ ।

Popularity: 7%

Add comment March 12th, 2008

द. कोरियाका नेपाली पत्रकारहरुलाई प्रमाण पत्र (+Photo)

डम्बर सुब्बा र उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
हालै सम्पन्न नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका नवनिर्वाचित सदस्यहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिहरुले प्रमाण पत्र वितरण गरेका छन्।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा मार्च ९ तारिख आईतवारको दिन हवागेशास्थित कार्यालयमा आयोजित जलपान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष हेमन्त काफ्ले र सदस्य रमेश बिष्टले प्रमाण पत्र वितरण गर्नुभएको हो। सोही अवसरमा केन्द्रीय प्रतिनिधिद्वयले कोरियाका नवनिर्वाचित पत्रकारहरुलाई सपथ ग्रहण गराउनुभएको थियो।

विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु उपस्थित रहेको सो कार्यक्रमको अध्यक्षता समितिका सभापति इश्वर केसीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा नेपाली राजदूत कमलप्रसाद कोइराला हुनुहुन्थ्यो। कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा व्यापक छलफल भएको थियो।

तस्विरः उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम। थप तस्विरहरूका लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment March 12th, 2008

म्याग्दी समाज दक्षिण कोरियाले भलिबल खेलको आयोजना गर्ने

उमेश वस्नेत, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
नेपाली नयाँ बर्ष २०६५ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे को ४ तारिखका दिन भलिबल खेलको आयोजना गर्ने भएको छ।

कोरियाको राजधानी सिओल मै सम्पन हुने सो कार्यक्रममा भाग्यशाली चिट्ठा कार्यक्रमको पनि आयोजना गर्ने सदस्य राम खड्काले जानकारी दिनु भएको छ। दक्षिण कोरियामा बिभिन्न संघ संस्थाहरु भएता पनि म्याग्दी समाजले बर्षेनी खेलकुद तथा रचनात्मक कार्यक्रमको आयोजना गरी प्रबासमा रहेका नेपालीको मन जित्दै गै रहेको छ। म्याग्दी समाज समितिले सो कार्यक्रममा उपस्थित भैदिन सम्पूर्ण दक्षिण कोरियाका प्रबासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ।

Popularity: 8%

2 comments March 12th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....