Archive for March 15th, 2008
सुदर्शन रन्जित, पोखरा /एचकेनेपाल डट कम -
चैत्र २८ गते हुने संबिधान सभा निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुको सक्रियता बढीरहेको समयमा आज पोखरा १० राम बजारका गुरुङ समुदायमा संबिधान सभामा मतदाताको भूमिका एवं निर्वाचन शिक्षा कार्यक्रम तनहूं समाजमा सम्पन्न भएको छ।

नेपालमा नै पहिलो पटक हुन गैरहेको संबिधान सभाको निर्वाचनमा मतदाताको अधिकार र मतदान गर्ने प्रकृयाका बारे संयोजक हुमबहादुर गुरुङ, रीता गुरुङ, चिनकाजि गुरुङले सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा तनहु समाजका करीब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा मतदाताले मतदान गर्दा ध्यान पुर्याउने बिषय, मतदानको किसिम र तरिका आदिका बारेमा जानकारी गराइएको थियो। समाजका १८ वर्षदेखि ८० वर्षसम्मका ब्यक्तिहरुको उपस्थिती रहेको आयोजकले जनाएका छन्। कार्यक्रमको अध्यक्षता तनहूं तमु समाजका प्रेमचन्द गुरुङले गर्नु भएको थियो सहभागीहरुलाई सदस्य चण्डिका गुरुङले स्वागत एवं अनु गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।


तस्विरः सुदर्शन रन्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 14%
March 15th, 2008
अनौठो बच्चीको जन्म (+Photo)
एचकेनेपाल डट कम, मार्च १५-
भारतीय महिलाले अचम्मकी बच्चीको जन्म दिएकी छिन्। नवजात शिशुको चार आँखा, दुई अनुहार, चार हात र चार खुट्टा छन्। (more…)
Popularity: 14%
March 15th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
आगामी मे १ देखि १० तारिखसम्म १० दिन सगरमाथा बन्द रहने भएको छ। चीन सरकारको आग्रहमा नेपालले सो अवधिभर सगरमाथा आरोहीहरुलाई सगरमाथा आधार शिविरदेखि माथि जान नदिइने बताएको छ।
चीनमा आयोजना हुन लागेको विश्व ओलम्पिक खेलको अवसरमा सगरमाथा शिखरमा ओलम्पिकको ज्योति प्रज्वलन गरिने कार्यक्रम रहेकाले चीनले सो आग्रह गरिएको जनाएको छ। सर्वोच्च शिखरमा ओलम्पिकको ज्योति प्रज्वलित गर्ने कार्यमा पुग्न सक्ने बाधाबाट बच्न यसो गरिएको हुन सक्ने अडकलबाजी गरिएका छन्।
केही दिनयता नेपाल र भारतमा रहेका तिब्बतीहरुबाट तीब्ररुपले बढ्दै गएको चीन विरोधी गतिविधि सो क्षेत्रमा पनि पर्न सक्ने आशंकामा यसो गरिएको हुन सक्ने न्युज एजेन्सीहरु बताउंछन्। तिब्बतीहरुबाट दुई दशकमा हालै सबैभन्दा बढी चीन विरोधी गतिविधिहरु सञ्चालन भैरहेका छन्। त्यसैगरी, हिजो शुक्रबार तिब्बतको प्रमुख शहर ल्हासामा चीन विरोधी ठूला ठूला प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरुले चिनीयाँहरुको पसल र गाडीहरुमाथि तोडफोड र आगजनी गरेपछि नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीबाट र झडपमा कम्तीमा १० प्रदर्शनकारीको मृत्यु भएको थियो।
Popularity: 14%
March 15th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
गएराति जन्दोल - ५ सप्तरीका ३५ वर्षीय बिष्णुदेव सिंहलाई अज्ञात समूहले हत्या गरेका छन्। सिंहको शव आज बिहान उनको घरबाट केही टाढा भेटिएको थियो।
प्रहरीका अनुसार उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। अहिलेसम्म हत्याराबारे जानकारी प्राप्त गर्न नसकेको बताउंदै घटनासम्बन्धी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
Popularity: 14%
March 15th, 2008
एचकेनेपाल डट कम -
तिब्बतको राजधानी ल्हासामा शुक्रबार भएको चीन विरोधी प्रदर्शनमा कम्तीमा १० जना तिब्बतीहरुको ज्यान गएको छ।
सिन्ह्वा न्युज एजेन्सीले जनाए अनुसार मृत्यु हुनेहरुमा अधिकांश व्यापारीहरु रहेका छन्। स्वतन्त्र तिब्बतका लागि आन्दोलनरत प्रदर्शनकारीहरुले चिनीयाँ मूलका दुकानहरुमा लुटपाट र आगजनी गरेपछि प्रहरीले गोली चलाएका थिए।
Popularity: 14%
March 15th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
बिहे भोज खाँदा पर्वत र म्याग्दी जिल्लाको सीमानामा पर्ने धाइरिङ गाउंका गाउंलेहरु बिरामी परेका छन्। स्थानीय यादव आचार्यको बिहे भोज खाँदा ३ सयभन्दा बढी गाउंले झाडाबान्ताको संक्रमणमा परेका छन्।
विवाह भोजका लागि तयार पारेको विषादीयुक्त तरकारीका कारण विरामी परेको हुन सक्ने आशंका गरिएको छ। विरामीहरुमा टाउको दुख्ने, रिङ्गटा लाग्ने र विहोस हुने जस्ता लक्षण देखिएका छन्। अधिकांश गाउंलेहरु विरामी परेकाले उपचार गर्न लैजानेको व्यक्तिको अभाव भएको बताइन्छ। विरामीहरुको अवस्था गम्भीर हुदैं गए पछि अस्पतालले सोही गाउंमा शिविर खडा गरेको छ। विरामीहरुको नजिकका छिमेकी गाउंलेहरुको सहयोगमा उपचार भैरहेको बताइन्छ। गम्भीररुपले विरामी भएका ५० जना जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र अन्यलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको बताइन्छ।
Popularity: 13%
March 15th, 2008
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
नेपाली काँग्रेस सुर्खेत - ३ का उम्मेदवार तथा पूर्वमन्त्री शिवराज जोशीलाई वाइसीएलले बिहीबार रातभर आफ्नो नियन्त्रणमा लिएर पछि मुक्त गरिदिएका छन्।
समाचार स्रोतका अनुसार वाइसीएलले आफ्नो आधार इलाकामा बिना अनुमति प्रवेश गरेको भन्दै कव्जामा लिएका थिए। जोशी संबिधानसभा निर्वाचनको प्रचारप्रसार गर्न घाटगाउं पुग्दा जोशीसहित उनका सहयोगीहरुलाई वाइसीएलले कव्जामा लिएका थिए।
काँग्रेस उम्मेदवार जोशी सम्पर्क बाहिर रहेकाले प्रहरी टोली त्यसतर्फ गएका थिए। जोशी शुक्रबार दिउंसो ३ बजेमात्र प्रहरीको सम्पर्कमा आएका थिए। सोही घटनाका कारण दिउंसो हुने भनिएको चुनावी सभा पनि हुन नसकेको बताइन्छ।
Popularity: 14%
March 15th, 2008