Archive for March 18th, 2008

वर्कर सेन्टर नेपालको अध्यक्षमा ललितबहादुर श्रेष्ठ

उमेश बस्नेत, सिओल कोरिया / एचकेनेपाल डट कम
दक्षिण कोरियास्थित फेन्थेक माइग्रान्ट वर्कर सेन्टर नेपाल परिवारको १६ तारिख आईतबारका दिन चौथो साधारण सभा सम्पन्न भएको छ।

गृहबहादुर राई सभापतित्वमा सम्पन्न साधारणसभाले ललितबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरिएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर गुरूङ, सचिव सुरजमणि पाठक, सहसचिव रविन्द्र खड्का, कोषाध्यक्ष राज डंगोल र सदस्यहरूमा सुशिला शर्मा, अशोक श्रेष्ठ, ठाकुरप्रसाद पाठक, विष्णु थापा, लालबहादुर बोहरा र राजेन्द्रबहादुर मल्ल रहनुभएको छ।

सेन्टरका प्रमुख मिस्टर कीम प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सञ्चालन ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो।

Popularity: 8%

1 comment March 18th, 2008

तीन नेपालीको भारतीयद्वारा हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतको पञ्जाब सहरमा काम गरी घर फर्किरहेका तीन जना नेपालीको अज्ञात समूहले हत्या गरेका छन् ।

भारतको जमुनिया र अमवा गाउँको बीचमा पर्ने स्थानमा धारिलो हतियार प्रयोग गरी तीनैजनाको हत्या गरिएको छ ।

रौतहट जिल्लाको सरमुजवा गाउँ विकास समिति ७ का कपिलदेव कुशवाहा, दुखा कुशवाहा र गोपीदास तत्मालाई उक्त ठाउँमा हत्या गरी फालिएको अवस्थामा उनीहरूको लाश फेला परेको झरोखर थानाका प्रमुख प्रह्लाद शर्माले बताउनुभयो ।

गएराति ८ बजेको समयमा आफ्नो घर फर्किदै गरेका तीनै जनासँग कमाएर ल्याएको रकम लुटी हत्या गरेको शङ्का शर्माले गरेका छन् ।

नेपालको सीमा क्षेत्रबाट करिब तीन किलोमिटर दक्षिण सो घटना भएको बकुल प्रहरी प्रमुख शेष मुस्ताफाले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Popularity: 8%

1 comment March 18th, 2008

हिमाली स्वायत्त प्रदेशको माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिमाली स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने माग राख्दै हिमाली लोकतान्त्रिक गणतान्त्रिक मञ्चले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

ताप्लेजुङ जिल्लादेखि पश्चिमको दार्चुलासम्मको १९ जिल्लाका २० लाख हिमाली बासिन्दालाई समेटने गरी नयाँ संविधानमा व्यवस्था गर्न माग गरिएको छ ।

उक्त २१ बुँदे घोषणापत्रमा हिमाली स्वायत्त प्रदेशको खाका सहित प्रदेश स्थापना गरिनुपर्ने आधारहरू पनि प्रस्तुत गर्दै आगामी ०६५ साल जेठमा राष्ट्रिय राजनीतिक सम्मेलन गरी सरकार र विधायिका गठन गर्न पनि सो मञ्चले प्रस्ताव गरेको छ ।

घोषणापत्र र्सार्वजनिक गर्दै मञ्चका अध्यक्ष वाङग्चे शेर्पाले हिमाली क्षेत्रमा समान भाषा, धर्म, संस्कृति, रहनसहन, सामाजिक व्यवस्था र व्यावसाय भएकाले आफ्नो माग पूरा गरिनुपर्ने बताउनुभयो ।

Popularity: 8%

5 comments March 18th, 2008

चिट चोराउन नदिएपछि प्रहरीसित झडप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एसएलसीको पहिलो दिनको परीक्षामा सुनसरीको महेन्द्रनगरमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा आफ्ना छोराछोरीलाई चिट चोराउन गएका अभिभावक र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरेको जनाएको छ ।

चिट चोराउन नदिएको भन्दै प्रहरीमाथि जाइ लाग्ने स्थानीयवासीको खोजी एवम् छानविन भइरहेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल ३७ वटा परीक्षा केन्द्र रहेको र अरु ३६ वटा केन्द्रमा भने परीक्षा सामान्य रूपमा सम्पन्न भएको बताइएको छ ।

Popularity: 8%

1 comment March 18th, 2008

राष्ट्रसंघको कार्यालयबाहिर तिब्बतीहरुको प्रदर्शन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तिब्बतको स्वतन्त्रताको माग गर्दै प्रदर्शनमा उत्रिएका तिब्बती माथि चिनिया सरकारले दमन गरेको बिरोधमा नेपालमा रहेका तिब्बती शरणार्थीले हरिहर भवनस्थित संयुक्त राष्ट्रसङ्घ भवन अगाडि प्रदर्शन गरे ।

चीन विरोधी नारा लेखिएका प्लेकार्ड सहित राष्ट्रसङ्घ कार्यालय अगाडि धर्ना दिन खोज्ने प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी दिनभर सो कार्यालयको मूलद्वारसम्म जान रोकेको थियो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरी बीच झडप समेत भएको थियो । प्रहरीले गरेको लाठी चार्जबाट करिब ५० जना प्रदर्शनकारी सामान्य घाइते भएको बताइएको छ ।

केही प्रदर्शनकारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी करिब ३०० को सङ्ख्यामा रहेका थिए ।

Popularity: 8%

Add comment March 18th, 2008

अपहरित एमाले कार्यकर्ता ९ घण्टापछि मुक्त

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्वी चितवनको वीरेन्द्रनगरबाट आज माओवादी भ्रातृ सङ्गठन वाइसिएलले अपहरण गरेको चारजना एमाले कार्यकर्ता नौ घण्टापछि अपहरणमुक्त भएको नेकपा (एमाले) चितवनले जनाएको छ ।

बिहान साढे आठ बजे अपहरणमा परेका एमाले कार्यकर्तालाई साँझ ६ बजे प्रहरी र एमाले कार्यकर्ताको पहलमा वीरेन्द्रनगर गाउँ विकास समितिको लदरीबाट अपहरणमुक्त गरिएको हो ।

अपहरणमा पर्नेमा नेकपा (एमाले) क्षेत्र नं. १ का निर्वाचन परिचालन कमिटीका संयोजक गोविन्द कँडेलका छोरा इन्द्रसहित सविन गिरी, ज्ञानेन्द्र थपलिया र नवीन पुन थिए ।

मोटरसाइकलमा आएका वाइसिएल कार्यकर्ताले सोधपुछका लागि उनीहरुलाई वीरेन्द्रनगरस्थित माओवादी पार्टी कार्यालयतर्फलगेका थिए ।

यसैबीच एमालेले आयोजना गरेको कोणसभामा माओवादीले हस्तक्षेप गरेको एमालेले जनाएको छ ।

पूर्वी चितवनको खुरखुरेमा बिहान नौ बजे एमालेले आयोजना गरेको चुनावीसभामा वाइसिएल कार्यकर्ताले एमाले कार्यकर्तालाई कुटपिट गरेका थिए ।

घटनामा परी एमाले कार्यकर्ता परशुराम न्यौपाने र तारा पाठक घाइते भएको नेकपा (एमाले) चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादीका जिल्ला इन्चार्ज पथिकले एमाले कार्यकर्ताले माओवादी कार्यकर्ताको चरित्र हत्या गर्ने गरी धम्की दिएका कारण सोधपुछका लागि उनीहरुलाई लगिएको जानकारी दिनुभयो ।

Popularity: 8%

1 comment March 18th, 2008

हार्ने देखेर माअ‍ोवादी तालमेलका लागि हतारिएकोः अ‍ोली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) स्थायी समिति सदस्य केपी शर्मा ओलीले नेकपा (माओवादी)सँग एमालेको चुनावी तालमेलको कुनै सम्भावना र तुक नभएको बताउनुभएको छ ।

एमाले नेता ओलीले गृहनगर झापा जानेक्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी शक्तिबीच मिलेर जाने सहमति भए पनि तालमेल गर्ने कुरा नभएको बताउनुभयो ।

उहाँले हार्छु भन्ने देखेर माओवादी चुनावी तालमेलका लागि हतारिएको आरोप पनि लगाउनुभयो ।

एक प्रसङ्गमा ओलीले भन्नुभयो- वर्तमान सरकार र सुरक्षा व्यवस्था नाममात्रको बुख्याँचा हो ।

उहाँले एमाले एक्लैले अत्यधिक बहुमत ल्याउने दावी गर्दै माओवादीले जनयुद्धको धङधङ्ती छोड्न नसकेकामा आपत्ति प्रकट गर्नुभयो ।

Popularity: 8%

Add comment March 18th, 2008

प्रचण्डलाई राष्ट्रपति घोषणा गर्नु राजनीतिक मजाक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका प्रवक्ता तथा क्षेत्र नं १का उम्मेदवार अर्जुननरसिंह केसीले तुप्चेमा आयोजित सभामा सम्पूर्ण राजनीतिक दलले दलीय प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री डा रामशरण महतले संविधानसभाको निर्वाचनअघि नै माओवादीले प्रचण्डलाई राष्ट्रपति घोषणा गर्नु राजनीतिक मजाक हो भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता गगन थापाले नेपाली काङ्ग्रेस प्रचण्डलाई मात्र नभई माधवकुमार नेपाललाई समेत राष्ट्रपति मान्न तयार रहेको तर त्यो प्रक्रियागत रुपमा घोषणा हुनुपर्ने बताउनुभयो ।

Popularity: 8%

2 comments March 18th, 2008

माओवादी नेता गजुरेलद्वारा दोहामा अन्तर्क्रिया र प्रशिक्षण (+Photo)

रवि भट्ट, दोहा / एचकेनेपाल डट कम-
नेकपा माओवादीका बरिष्ठ नेता तथा बिदेश बिभाग प्रमुख सी.पी. गजुरेल (क. गौरब) नेपाली जन प्रगतिशिल मञ्च कतारद्वारा दोहामा आयोजित अन्तर्क्रिया कार्यक्रम र मञ्चलाई प्रशिक्षण दिई नेपाल फर्कनुभएको छ।

नेपाली जन प्रगतिशिल मञ्च कतारले ‘आमूल परिवर्तन र दिगो शान्तिका लागि प्रवासी नेपालीहरुको एकता, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हाम्रो प्रतिवद्घता’ भन्ने नाराका साथ ‘संघीय गणतन्त्रात्मक नयाँ नेपाल र प्रवासीहरुको भूमिका’ विषयक बिशेष अन्तर्क्रिया कार्यक्रममा सरिक हुन उहाँ कतार आउनु भएको थियो।


नेपाली दूतावासको सभाकक्षमा आयोजित अन्तर्क्रिया कार्यक्रममा क. गौरवले नेकपा माओवादीले नेपालमा गणतन्त्र स्थापनाको लागि १० वर्षे जन युद्ध र १९ दिने जनआन्दोलनको नेतत्व गरेकाले सविधान सभामा नेपाली जनताले माओबादीलाई मतदान गर्नुपर्ने वताउनु भयो।

विगत आठ वर्ष पहिले नै गणतन्त्र स्थापनाका लागि आफ्नो पार्टीले गोलमेच सम्मेलन, अन्तरिम सरकार र सविधान सभाको निर्वाचनको मुद्दा लिएर वार्तामा बसेको भएपनि तत्कालिन सर्कारमा रहेका नेका र नेकपा एमालेले सो कुरा नस्वीकारेकोले हामीले जनयुद्धलाई निरन्तरता दिएको उँहाले वताउनु भयो। पार्टी युद्धको मैदानमा रहेको अवस्थामा १२ बुंदे समझदारी गरेको, सोही समझदारी अनुसार नै १९ दिने जनआन्दोलन सफल भएको वताउनु भयो। उहाँले शान्ति प्रकियामा प्रवेश गरे पछिको पहिलो प्रमाणिकरणमा आफ्नो ३१ हजार जनसेना भएको भए पनि विदेशी शक्तिले जसरी पनि जन सेनाको संख्या कम गर्ने नियतले कार्य गरेको भए पनि दोस्रो प्रमाणिकरणमा १९ हजार कायम रहेको वताउनु भयो। त्यस्तै उहाँले माओवादीसंग ४ लाख वाइसीएल र लाखौं जनता रहेको जनाउंनु भयो। प्रवासीहरुलाई मतदानमा समावेश गरिनु पर्छ भनेर आफ्नो पार्टीले अडान लिएको तर सरकारले अभिलेख नै राम्रोसंग तयार नगरिएको र मिश्रति प्रणालीबाट हुने हुंदा पतपेटिकाहरु राख्न अप्ठेरो स्थिति श्रृजना भएको अवस्थाले मतदानबाट बञ्चित हुनु परेको अबगत गराउँनु भयो। उहाँले जन युद्धबाट जुन काम खोजिएको हो त्यो अब आगामी चुनावले देखाउने स्पष्ट पार्नुभयो।

नेपाली दूतावासका महामहिम राजदूत डा. सूर्यनाथ मिश्रले कतारमा नेपालीहरुको अवस्था हेर्दा ज्यादै मुटु दुख्ने बताउँदै नेपालीहरुलाई पीडित बनाउने नेपालीहरु नै भएको आफू कतार आएपछि थाहा पाएको बताउनुभयो। उहाँले नेपाली कामदारहरुलाई हड्ताल नगर्न र समस्या पर्ना साथ दूतावासमा आउन आग्रह गर्दै समस्याको समाधानमा पहल गरिने बताउनु भयो। उहाँले दूतावासमा कर्मचारी अत्यन्त कम भएको र एक जना श्रम सहचारीको आवश्यकता भएको बिदेश बिभाग प्रमुख क. गौरबलाई अबगत गराउंनु भयो। कार्यक्रमको सुरुमा अन्तर्क्रिया कार्यक्रमको औचित्यका वारेमा वोल्दै नेपाली जन प्रगतिशिल मञ्च, कतारका केन्द्रीय सल्लाहकार संयोजक भिम पौडेलले सविधान सभाको निर्वाचन मार्फत संघीय लोकतन्त्र नेपालको स्थापना गर्ने अभियानमा सघाउन र प्रवासी नेपालीहरुको सामूहिक प्रतिवद्धता जनाउनका लागि यो कार्यकमको आयोजना गरिएको वताउनु भयो। उहाँले आसन्न सविधानसभाको निर्वाचनमा सच्चा गणतन्त्रवादी शक्तिहरुलाई प्रवासबाट नै सहयोग र समर्थन पुर्‍याउन आग्रह गर्दै सविधान सभामा गणतन्त्रवादीको विजय पश्चात मात्र स्वाधिन, जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको ढोका खुल्ने वताउदै त्यसका लागि नयाँ नेतृत्व र नयाँ विचारको आवश्यक पर्ने वताउनु भयो। साथै उहाँले नयाँ नेपाल निर्माणको अभियानमा सघाउन प्रवासबाट नै नयाँ सोचका साथ नयाँ नेतृत्वको पहिचान गर्न आग्रह गर्नुभयो। गैर आवासीय नेपाली सघ कतारका अध्यक्ष कमलमणी गुरागाइले प्रगतिशिल आवाजको समिक्षा गर्दै यो पत्रिका दोहामा अहिलेसम्म प्रकाशित पत्रिकाहरुमध्ये उत्कृष्ट रहेको र सवैले एक पटक पढ्नै पर्ने वताउनु भयो।

कार्यक्रममा अतिथिहरु अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल, प्रवासी नेपाली जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङ, प्रवासी नेपाली सम्पर्क मञ्चका अध्यक्ष नरेश श्रेष्ठ, नेपाली सम्पर्क समितिका महामन्त्री विमल सुवेदी, कतार नेपाली एकता समाजका उपाध्यक्ष मदन श्रीस, नेपाल इञ्जनियर्स एसोसिएशन कतारका अध्यक्ष नारायणप्रसाद चौधरी, प्रवासी नेपाली मुस्लीम समाजका अध्यक्ष अब्दुल हफिज, सेप्टी अवरनेस कतारका अध्यक्ष राधा कृष्ण देव, अनेसास कतारका सी.एम. शर्मा, पाँचथर सेवा समाजका अध्यक्ष शहरसिंह तामाङ लगायतका वक्ताहरुले मन्तब्य राख्नु भएको थियो। अन्य अतिथिहरुमा गैरआवासीय नेपाली संघका कतार प्रतिनिधि टेकबहादुर कार्की, कोअप्टेड सदस्य तथा व्यवसायी बद्रीपसाद पाण्डे, उद्योग व्यवसायी डा. देव काजी डंगोल नेपाली टिभीका भेष गुरुङलगायत विभिन्न ६० भन्दा बढी संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। सिन्धुली क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचनमा उत्रिनुभएका नेता गजुरेलले कतारवासी मजदूरहरुसंग अन्तर्क्रिया र मञ्चलाई करीब ३ घण्टा प्रशिक्षण दिनु भई उहाँ १५ तारिख बिहान नै नेपाल फर्कनु भयो।
दोहाबाट रवि भट्ट / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment March 18th, 2008

प्रवासी मजदुर संघ कोरिया विस्तारित

उमेश बस्नेत, सिओल कोरिया / एचकेनेपाल डट कम -
प्रवासी मजदुर संघ कोरियाको आईतबार बसेको बैठकले संघलाई बिस्तार गरिएको छ।

कमिटीका अध्यक्ष बिक्रम राईको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारद्वय हर्क लिम्बु र नरेन्द्र चेम्जोङको पनि उपस्तिती रहेको थियो। सो समितिका सुमन राईका अनुसार बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा स्याङ्जाका झक थापालाई नियुक्ती गरेको छ। यसैगरी, सल्लाहकार काजिमान खापुङ नेपाल गएकाले उक्त पदमा खोटाङका गृहबहादुर राईलाई नियुक्ती गरेको छ। कमिटिले बिभिन्न बिभागहरुको पनि गठन गरेको छ। जसमा संगठन बिभागमा बिक्रम राई, प्रचार बिभाग होम छ्न्तेल, बिदेश बिभाग झक थापा, ट्रेड युनिएन बिभाग हरि बुढा, तोर्न लिम्बु, गुप्त गुरुङ, आर्थिकमा रबिन आङ्दम्बे रहने गरी बिभाग गठन गरिएको छ। कमिटीमा ८ जना मात्र रहेकोमा अहिले धनगडीका दिपक रावल, काभ्रेका अकल तामाङ, धनकुटाका गोबिन्द परियार ३ सदस्य थप गरी जम्म ११ सदस्य रहेका छन्। उक्त बैठकले प्रवासी नेपालीहरुको हक र हितलाई सदा ध्यान दिइने जानकरी सुमन राईले दिनुभयो।

Popularity: 8%

Add comment March 18th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....