Archive for March 20th, 2008

अन्मिनका सुरक्षागार्ड ठगी धन्दामा

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
नेपालगंजस्थित अन्मिन कार्यालयमा सुरक्षा गार्डमा कार्यरत एकजना कर्मचारी तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह समूहका कार्यकर्ता रहेको खुलासा भएको छ।

नेपालगंजको नयाँ रोडस्थित मिडिया एण्ड मार्केटिङग नेटवर्कमा जवरजस्ती तीन लाख रुपैया असुल गर्न गएका अन्मिन कर्मचारी तथा ज्वालासिंह समूहका बाबुसिंह ठाकुर (विजुली) लाई उक्त नेटवर्कका सञ्चालकहरुले प्रकाउ गरेपछि उनी अन्मिनका सुरक्षा गार्ड भएको रहस्य खुलेको हो।

प्रहरीले ठाकुर ज्वालासिंह समूहका नेपालगंज इन्चार्ज समेत रहेको जनाएको छ। उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ। व्यापारीहरुले पक्राउ गरेर प्रहरीलाई बुझाएका ठाकुरबाट अन्मिनको डीजीपी ०२१७ ग्राउण्ड पास फेला परेको छ। जसको म्याद ३१ मार्चसम्म छ। अन्मिन श्रोतले ठाकुर आफुनो कर्मचारी नभएको तर सुरक्षा गार्डहरु माग भए बमोजिम ग्रुप -४ ले पठाएपछि अन्मिनमा सुरक्षा गार्डमा कार्यरत रहेको बताएको छ।

ठाकुरले फागुन २० गते मिडिया नेटवर्कबाट चन्दाका नाममा २५ हजार रुपैया लगिसकेका थिए। तर तीन लाख नदिएसम्म अपहरण गर्ने, भौतिक कारवाहीहरु गर्ने जस्ता धम्की दिदै आएको उक्त नेर्टवर्कका सञ्चालक रमेश कुमार गुप्ताले बताएका छन्। बिहीवार तीनलाख रुपैया एकमुष्ठ दिन नसक्ने तर किस्तामा दिने भनेपछि नेटवर्कमा पैसा लिन पुगेका ठाकुरलाई पसलको सटर थुनेर प्रहरीलाई खबर गर्दा प्रहरीले चासो नदिएको व्यापारीहरुले बताएका छन्।

Popularity: 8%

Add comment March 20th, 2008

सरकार र लिम्बुवानबीच पाँच बुँदे सहमति

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारी वार्ता समिति र सङ्घीय लिम्बुवान राज्य परिषदबीच पाँच बुँदे सहमति भएको छ।

आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्यको माग राखी आन्दोलन गर्दै आएको परिषद्सँग हिजो शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा भएको वार्तापछि सहमति हुन सकेको हो।

सहमतिमा लिम्बुवानवासी जनताको आन्दोलनलाई सम्बोधन गर्दै संविधानसभाबाट वर्तमान नेपालको राज्य पुनःसंरचना गर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्रलगायतका आधारमा स्वायत्त राज्यहरूको संवैधानिक व्यवस्था गरी सङ्घीय शासन प्रणाली अवलम्बन गरिने उल्लेख छ।

लिम्बुवानवासीले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेका स्व. राजकुमार आङ्देम्बेलाई सहिद घोषणा गरी परिवारलाई रू. १० लाख क्षतिपूर्ति दिने र सो क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने सहमति भएको छ।

राज्य पुनःसंरचना आयोग गठन गर्दा सङ्घीय लिम्बुवान राज्य परिषद्को प्रतिनिधित्व गराउने, भएका सहमति मन्त्रिपरिषदबाट तुरुन्त अनुमोदन गरी कार्यान्वयनमा ल्याउने र सहमतिपछि परिषद्द्वारा सञ्चालन गरिएका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी संविधानसभाको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन परिषद्का तर्फबाट सहयोग गर्ने सहमति भएको छ।

सहमतिपत्रमा समितिका तर्फबाट संयोजक एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेल र परिषद्का तर्फबाट वार्ताटोली संयोजक सञ्जुहाङ पालुङवाले हस्ताक्षर गर्नुभएको छ।

Popularity: 8%

1 comment March 20th, 2008

उम्मेदवार हत्या गर्ने शंकास्पद दुई जना पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाँके जिल्ला देवहनी गाविस वडा नं.९ स्थित बाबाकुटीमा आफ्नै घरमा सुतिरहेका बाँके निर्वाचन क्षेत्र नं.२ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमलप्रसाद अधिकारीलाई मुखमा नकाव बाँधी आएका ४/५ जनाको अज्ञात समूहले गोली हानी घाइते बनाई भागेका र उहाँको तत्काल उपचार्रार्थ भेरी अञ्चल अस्पतालमा लगी उपचार गर्दागर्दै हिजो बिहान ५:३० बजे दुःखद् मृत्यु हुन गएको गृह मन्त्रालयले जनाएको छ।

संविधानसभा सदस्य निर्वाचन भाँड्ने कुत्सित मनसायले गरिएको यसप्रकारको आततायी घटनाप्रति मन्त्रालयले घोर भर्त्सना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

संविधानसभाको निर्वाचन नचाहने तत्वले गरेको यसकिसिमको अमानवीय र जघन्य घटनाको निन्दा गरी सर्वसाधारण मतदाताले धैर्य र संयम अपनाई संविधानसभा सदस्य निर्वाचनलाई सफल बनाउनसमेत मन्त्रालयले सबैमा हार्दिक अपिल गरेको छ।

मन्त्रालयको विज्ञप्तिमा उक्त घटनामा संलग्न शङ्कास्पद दुइ व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि जनाइएको छ।

Popularity: 8%

Add comment March 20th, 2008

संविधान सभाका उम्मेदवारलाई गोली हानी मारियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमोर्चा, बाँकेका उपाध्यक्ष तथा बाँके क्षेत्र नं.२ का उम्मेदवार कमल अधिकारीको गएराति हतियारधारी समूहले आफ्नै घरमा सुतिरहेको बेला उठाएर बाहिर लगी गोली हानी हत्या गरेको सो पार्टीले जनाएको छ।

पार्टीका अनुसार गोली लागेपछि अस्पताल पुर्याइएका अधिकारीको उपचारका क्रममा हिजो बिहान मृत्यु भएको हो।

पार्टीले सो हत्याको भर्त्सना गर्दै उहाँको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

राष्ट्रिय जनमोर्चाले एक वक्तव्य प्रकाशित गरी स्व.अधिकारीलाई सहिद घोषणा गर्दै हत्याराहरूको खोजी गरी कडाभन्दा कडा सजाय गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ।

उक्त जघन्य हत्याको विरोधमा हिजो सबै जिल्लामा विरोध प्रदर्शन गरिएको जनाइएको छ।

अधिकारीको मृत्युबाट सरकार देशमा शान्ति सुव्यवस्था कायम गर्न असफल भएको र निर्वाचनका उम्मेदवारहरूको सुरक्षास्थिति अत्यन्त कमजोर रहेको प्रष्ट भएको छ भन्दै वक्तव्यमा यही स्थिति कायम रहेमा संविधानसभाको चुनाव सम्पन्न हुनेमा आशङ्का उत्पन्न भएको उल्लेख गरिएको छ।

Popularity: 8%

1 comment March 20th, 2008

माओवादी कार्यकर्ताको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रोल्पाको दुइ छुट्टाछुट्टै स्थानमा अज्ञात समूहद्वारा दुइ माओवादी कार्यकर्ताको गोली हानी हत्या गरिएको छ।

हत्या गरिएकामा उवा घर भएका जन कम्युनका शाखा सदस्य भक्तबहादुर विक -नदी) र गाम-५ का माओवादी जिल्ला समिति सदस्य टेकबहादुर बुढा रहेका छन्।

विकलाई सहकारी पसलमा रातको १२ बजेतिर जैमाकसला-५ खाडबाङमा र बुढालाई गा-५ गाजामा साँझ सात बजेतिर गोली हानी हत्या गरेको बताइएको छ।

लासलाई पोस्टमार्टमका लागि सदरमुकाम ल्याउँदै गरेको र जैमाकसलाबाट शव सदरमुकाम लिवाङ ल्याइएको छ। पोस्टमार्टमपछि आज शवयात्रा गराई दाहसंस्कार गरिने बताइएको छ।

गाम घटनामा तीनजना आक्रमणकारी रहेको र दुवै घटनामा अत्याधुनिक हतियार प्रयोग गरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले बताएको छ।

Popularity: 8%

2 comments March 20th, 2008

विद्रोही माअ‍ोवादी एमालेमा प्रवेश

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) बाट विद्रोह गरेर बाहिरिएका सो पार्टीका पूर्व पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

नेकपा (एमाले) को पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव माधवकुमार नेपालले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गर्नुभएको थियो।

एमाले स्थायी समितिले श्रेष्ठलाई एकैचोटी केन्द्रीय सदस्य दिने निर्णय गरेपछि उहाँ हिजैदेखि एमालेको केन्द्रीय सदस्य बन्नुभएको छ।

सो अवसरमा महासचिव नेपालले छुट्टै विचार भन्दै नयाँनयाँ दल बनाउनुको कुनै अर्थ छैन भन्दै श्रेष्ठको एमालेमा भएको प्रवेशले देशव्यापी रूपमा नयाँ सन्देश जाने बताउनुभयो।

कार्यक्रममा नेता श्रेष्ठले जनयुद्धको औचित्य समाप्त भएको बताउँदै नेकपा (माओवादी) मा थप विद्रोह हुने दाबी गर्नुभयो।

अबको आवश्यकता बहुदलीय प्रतिस्पर्धा भएको बताउँदै श्रेष्ठले आफ्नो एमाले प्रवेशले एउटै कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया सुरु हुने बताउनुभयो।

श्रेष्ठ र मणि थापाले वि.सं. २०६२ फागुन २९ गते माओवादीबाट विद्रोह गरी ‘नयाँ सांस्कृतिक समूह’ नामक सङ्गठन खोलेका थिए।

केही दिन अघिमात्र नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई आफ्नो पार्टी फर्काएको थियो।

Popularity: 8%

1 comment March 20th, 2008

बिना उम्मेदवार चुनाव प्रचार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सबै दलले संविधानसभा निर्वाचनको प्रचारप्रसारमा तीव्रता ल्याएको भए पनि नेपाली काङ्ग्रेस भने बिनाउम्मेदवार प्रचारप्रसारमा जुटेको छ।

बैतडी निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार नरेन्द्र बम र २ का उम्मेदवार विनजध्वज चन्द अझसम्म जिल्ला नफर्केपछि काङ्ग्रेस कार्यकर्ता बिना उम्मेदवार नै प्रचारमा हिँडेका छन्।

उम्मेदवार नभएकाले गाउँघरतिर जान नसकिएको काङ्ग्रेसले जनाएको छ।

उता नेकपा (माओवादी) ले भने चुनावी अभियान तीव्र पारेको छ। माओवादीले गाउँगाउँमा घरदैलो कार्यक्रम थालेको छ।

नेकपा -(एमाले) ले सदरमुकामवरिपरिको क्षेत्रमा प्रचार तीव्र पारेको छ।

Popularity: 8%

Add comment March 20th, 2008

विधायक हेर्न परीक्षार्थीबीच झगडा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यस वर्षको एसएलसी परीक्षामा अन्तरिम व्यवस्थापिका विधायक मञ्जु बम बैतडीबाट सहभागी भएपछि उहाँलाई हेर्न परीक्षार्थीबीच झगडा समेत भएको छ।

बुधवार हाटको डिलेश्वर उच्च माविमा रहेको परीक्षा केन्द्रमा बमलाई हेर्न घुइँचो लागेपछि परीक्षार्थीबीच झगडा भएको हो।

परीक्षार्थीबीच झगडा भएपछि प्रहरी र शिक्षकहरुले विवाद साम्य पारेका थिए। विधायक बम परीक्षा दिइरहेको हिजो मात्रै परीक्षार्थीहरुले थाहा पाएका थिए। बिहानै बमलाई हेर्न विद्यार्थीको घुइँचो लागेको थियो।

परीक्षार्थीको घुइँचो लागेपछि विवाद बढ्दा झगडा भएको केन्द्राध्यक्ष हरिकृष्ण जोशीले बताउनुभयो।

झगडा भए पनि परीक्षामा भने असर नपरेको केन्द्राध्यक्ष जोशीले बताउनुभयो।

Popularity: 8%

Add comment March 20th, 2008

नरेठाँटीमा जिप दुर्घटना, नौको मृत्यु, सात घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाग्लुङ बजारबाट बुर्तिवाङ बजारतर्फ गइरहेको ग१ज २५४१ नं.को जिप हिजो दिउँसो नरेठाटी-५ घामपानीमा दुर्घटना हुँदा जिपमा सवार नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

बिहान पौने दस बजे सदरमुकामबाट छुटेको जिप दिउँसो सवा एक बजे उक्त स्थानमा दुर्घटना भएको र जिपचालकसहित नौजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ।

मृत्यु हुनेमा चार महिला, चार पुरुष र एक बालक रहेका छन्। उनीहरुको नाम खुल्न सकेको छैन।

जिप सडकबाट दुइ मिटर तल खसेको थियो। घाइते सातजनालाई उपचारका लागि बाग्लुङ बजारतर्फ ल्याइएको छ।

Popularity: 8%

Add comment March 20th, 2008

‘सती कलसा’ सर्वोत्कृष्ट नाटक घोषित

सम थापा, नेपालगंज, बांके / एचकेनेपाल डट कम -
सांस्कृतिक संस्थान काठमाडौंद्वारा नेपालगंजमा पहिलो पल्ट आयोजित क्षेत्रिय स्तरको नाटक प्रतियोगितामा सुर्खेतको आरङ बागिना समूहले पहिलो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सुदूर मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाबाट ११ नाटकहरुको सहभागिता रहेको थियो। (more…)

Popularity: 8%

Add comment March 20th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....