Archive for March 21st, 2008

मृतक न्यौपानेको दाहसंस्कार आइतबार गरिने

उमेश बस्नेत, सिओल कोरिया / एचकेनेपाल डट कम -
दक्षिण कोरियाको नुन्सान सिटीस्थित साम्यङ मेसिनरी कम्पनीमा काम गर्दा गर्दै अचानक मेसिनमा परी मृत्यु भएका बुटवलका निलकण्ठ न्यौपानेको दाहसंस्कार मार्च २३ तारिख आइतबारका दिन गरिने भएको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष इश्वर केसीकोले दिनु भएको जानकारी अनुसार मृतकको श्रीमती र आफन्तहरु हिजो नै कोरिया आइ पुगेका छन्। हाल मृतकको शव थेजनस्थित खान्याङ्देमा अस्पताल रहेको र सो दिन सम्पूर्ण नेपाली संघ सस्था तथा प्रवासी नेपालीहरुलाई थेजनस्थित खान्याङ्देमा अस्पतालमा बिहान १०:३० मा उपस्थित भई दिन नेपाली सम्पर्क समिति दक्षिण कोरियाले अनुरोध गरेको छ।

Popularity: 8%

1 comment March 21st, 2008

माओवादीले वहुमत नल्याए पुनः नयां ढंगले द्वन्द्ध चर्कन सक्नेः भट्टराई

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले रोल्पामा भएको आफ्ना पार्टी कार्यकर्ताको हत्याका घटनामा नेपाली सुरक्षा निकायको हात रहेको आरोप लगाउनु भएको छ।

हत्यामा एम- १६ जस्तो आधुनिक हतियार प्रयोग भएकाले सेनाभित्र रहेको दरवार बचाउन चाहने गुटले हत्या गरेको माओवादी पार्टीले आशंका गरेको उंहाले बताउनु भयो । उहांले संविधान सभाको चुनावपछि सबैभन्दा बढी घाटा राजावादीहरुलाई हुने भएकोले अहिले उनीहरु चुनाव भाडन सम्पूर्ण शक्ति लगाएर लागिपरेको बताउनु भयो। बांके क्षेत्र नं २ का उम्मेदवार कमलप्रसाद अधिकारीको हत्यामा पनि संविधान विरोधीको संलग्नता रहेको भन्दै उक्त घटनामा माओवादी कार्यकर्ताको संलग्नता नरहेको उहाँले दावी गर्नुभयो।

चुनावी सभालाई सम्बोधन गर्न वझाङ्ग जान आउनुभएका भट्टराईले नेपालगन्जमा बुद्धिजिवीहरुसंगको अन्तक्रिया कार्यक्रममा माओवादीले वहुमत नल्याए पुनः नयां ढंगले द्वन्द्ध चर्कन सक्ने बताउनु भएको छ। उहांले अन्य दलले जनयुद्धले अघि सारेका एजेण्डालाई समाधान गर्न नसक्ने र माओवादीको वहुमत आउनु पर्ने बताउनु भएको छ। शान्तिको चाहना गर्नेले माओवादीलाई भोट दिनुपर्ने तर्क गर्दै माओवादी नेता भट्टर्राईले राष्ट्रपतिय प्रणालीले मात्र गणतन्त्र सुनिश्चित र संस्थागत हुने बताउनुभयो। तर, कांग्रेस र एमालेले अपनाउन खोजेको मोडेलले संवैधानिक राजतन्त्र ब्युंताउने खतरा रहेको उहाँको भनाई थियो।

Popularity: 8%

3 comments March 21st, 2008

उम्मेदवार हत्याको बारेमा नियोक प्रतिवेदन सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमोर्चाका हत्या गरिएका बाँके-२ का उम्मेदवार कमलप्रसाद अधिकारीको हत्याको गहन अनुसन्धान गर्न र बिग्रँदो शान्तिसुरक्षाको स्थिति सुदृढ पार्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सरकारलाई सुझाव दिएको छ ।

घटनाको अनुगमन र अध्ययन गरी फर्किएको नियोकको तीन सदस्यीय टोलीले तयार गरेको प्रतिवेदन पत्रकार सम्मेलन गरी र्सार्वजनिक गर्दै अधिकारीमाथि पहिले पनि पटकपटक आक्रमणको प्रयास भएको र उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फर्किएको १० मिनेटमै हत्या हुनाले निकै दिनदेखिनै अपराधीले सुक्ष्मरुपले योजना बनाएको हुनसक्ने टोलीको ठहर छ ।

सो घटनाको तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) लगायत अन्य समूहले पनि जिम्मा लिएकाले थप रहस्यमय बनाएको र हत्या निर्वाचनलाई लक्ष्य गरेर, राजनीतिक उद्देश्य हासिल गर्ने र चुनाव भाँड्ने षड्यन्त्रसहित भएको नियोकले जनाएको छ ।

मृत्यु हुनु अगाडि अधिकारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतसमक्ष दिएको किटानी जाहेरीमा होली केवट, भुलन केवट, सिकन्दर खान र सुरेन्द्र रहेको जसमध्ये सिकन्दर त्यस क्षेत्र र भारतको पनि कुख्यात अपराधी भएको र होली र भुलन केहिदिन अघिसम्म नेकपा (माओवादी) को चुनाव प्रचारमा हिँडेको स्थानीय माओवादी कार्यकर्ताले स्वीकारेको पनि जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

उम्मेदवार अधिकारीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र सुरक्षाकर्मीको खाने बस्ने व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेकाले सुरक्षाकर्मी फर्काइएको हुनाले सो बाध्यता हर्टाई सबै राजनीतिक दलहरुलाई समान सुरक्षा दिन टोलीले आग्रह गरेको छ ।

स्थलगत अनुसन्धान टोलीमा नियोक अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, सहअध्यक्ष प्रा. कपिल श्रेष्ठ र डा.अर्जुन कार्की रहनुभएको थियो ।

Popularity: 8%

Add comment March 21st, 2008

काङ्ग्रेसले पनि चुनावीसभा बिथोले

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्याङजाको आलमदेवी गाविस-३ स्थित लर्सगावेसीमा नेकपा (एमाले)को वर्गीय सङ्गठन मुक्ति समाजले हिजो आयोजना गरेको जनसभा नेपाली काङ्ग्रेसका कार्यकर्ताले बिथोलेका छन् ।

करिब चारसयको सङ्ख्यामा आएका काङ्ग्रेसका कार्यकर्ताले आयोजक डा.खुमबहादुर विकलाई अपहरण गर्ने प्रयास गर्दै चुनावीसभा सुरु गर्न लागे लगत्तै बिथोलेको मुक्ति समाजका अध्यक्ष तथा समानुपातिकका उम्मेदवार खड्क नेपालीले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का उम्मेदवार मोहन पाण्डेले भने यस घटनाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।

Popularity: 8%

Add comment March 21st, 2008

एतिहासिक सम्बिधान सभाको निर्वाचन - डिल्लीराम भण्डारी

- डिल्लीराम भण्डारी
साम्राज्यबादी, बिस्तारबादी एवं घरेलु प्रतिकृयाबादीहरू र तिनका नेपाली दलालहरूद्वारा गरिने अन्य षड्यन्त्रहरू पनि सफल हुन सकेनन् भने नेपालको इतिहासमा प्रथम पटक सम्बिधान सभाको निर्वाचन आउदो चैत्र २८ गत्ते हुने पक्का भएको छ र पहिलो पटक नै सम्पूर्ण नेपालीहरूले स्वतन्त्र नागरिकको हैसियत प्राप्त गर्ने छन्। (more…)

Popularity: 8%

Add comment March 21st, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....