Archive for March 22nd, 2008

माअ‍ोवादीको आक्रमणले घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) ले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ को सुनखानी, यमुनामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार अरुण नेपालसहितको टोलीमाथि माओवादीले आक्रमण गरेको जनाएको छ । पार्टी पूर्वनिर्धारित कार्यक्रम बिथोल्नका लागि उनीहरूले आक्रमण गर्दा पार्टी जिल्ला कमिटी सदस्य रामप्रसा प्याकुर्याललगायत घाइते भएको पनि उल्लेख गरेको छ ।

त्यस्तै दोलखा जिल्लाको क्षेत्र नं. २ को सुनखानी, लामिडाँडा, माली, काबे, निर्गे र सुनरावतीमा पार्टी चुनावी प्रचार कार्यक्रममा माओवादी र काङ्ग्रेसले अवरोध पुर्याएको, सुनखानीको नागथानमा भएको झडपमा पार्टीका चार कार्यकर्ता घाइते भएका, काबेर गाउँमा गत चैत ३ गतेदेखि उनीहरूले लगातार अवरोध पुर्याएको र माली गाउँमा माओवादीका १८ जना खुकुरीधारी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरेको पार्टीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शान्तिपूर्ण चुनाव प्रचारका कार्यक्रममा बाधा पुर्याउने यस्ता अलोकतान्त्रिक र गैरराजनीतिक क्रियाकलापको निन्दा गर्दै पार्टीले बलका आधारमा गरिने सबै किसिमका जोरजबर्जस्तीको नेकपा (एमाले) सधैँ विरोधी रहँदै आएको स्पष्ट गरेको छ ।

Popularity: 8%

Add comment March 22nd, 2008

अब कुटाई खाने पालो वाइसीएलको ?

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
सधैंजसो माओवादीको भातृसंगठन वाइसीएलद्वारा विभिन्न दलका नेता तथा कार्यकर्ता कुटाई खाएको समाचार बाहिर आउंदै गरेको भएपनि यस पटक वाइसीएलका कार्यकर्ताले कुटाई खाएको समाचार बाहिर आएको छ।

समाचार स्रोतका अनुसार राप्रपाका कार्यकर्ताहरुले नवलपरासीको अरुणखोलामा भएको चुनावी सभाबाट फर्कदै गरेका सात जना वाइसीएलका कार्यकर्ताहरुलाई कुटपिट गरेका छन्। राप्रपाका कार्यकर्ताहरुको आक्रमणबाट वाइसीएलका विनोद शर्मा, रमेश कार्कीलगायतका सातजना घाइते भएका छन्। त्यसैगरी दाङमा समेत कांग्रेसका कार्यकर्ताहरुले वाइसीएलका कार्यकर्ताहरुलाई कुटपिट गरेको बताइन्छ।

Popularity: 8%

2 comments March 22nd, 2008

राजा षड्यन्त्र गर्दैछन्: भट्टराई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले संविधानसभाको चुनाव हुन नदिन राजाले अझै षड्यन्त्र गरिरहेकाले त्यसलाई सफल हुन नदिन सबै जनता लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेकपा (माओवादी)द्वारा बझाङ जिल्लाको चैनपुर देवलमा आयोजित चुनावी आमसभामा अब संविधानसभाको चुनावमार्फत जनताका सबैखाले समस्या समाधान हुने र गरिबका छोराहरूले संविधान बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो- लडाई सकिएको छैन, स्वरूप मात्रै बदलिएको छ । संविधानसभाको चुनावमार्फत् राजालाई किनारा लगाउनुपर्छ ।

Popularity: 8%

2 comments March 22nd, 2008

एमाले कार्यकर्तामाथि हातपात

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)ले रामेछाप जिल्लाको क्षेत्र नं. १ को धोबी गाविसमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन जानेक्रममा नेकपा (एमाले)का कार्यकर्तामाथि माओवादी कार्यकर्ताले खिम्ती गाविसको केउरेनीमा शनिबार दिउँसो जबर्जस्ती हातपात गरी माइक खोसेको र अगाडि बढ्न रोक लगाएको जनाएको छ ।

सो पार्टीले गोरखा जिल्लाको क्षेत्र नं. ३ को वार्ताक गाविसमा आयोजित चुनावी कार्यक्रममा जानेक्रममा चौरपानी गाविस, वडा नं. ८ रनचोकमा माओवादीले ‘हाम्रो आधार इलाकामा जान दिदैनौँ’ भनी नेकपा (एमाले)का उम्मेदवार विकल श्रेष्ठलगायतका नेता कार्यकर्तालाई अगाडि बढ्न रोक लगाएको बताएको छ ।

पार्टी शान्तिपूर्ण चुनाव प्रचारका कार्यक्रममा बाधा पुर्याउनेजस्ता अलोकतान्त्रिक र गैरराजनीतिक क्रियाकलाप तथा जोरजबर्जस्तीको भर्त्सना गर्दै यस्ता अवाच्छित क्रियाकलाप अविलम्ब रोक्नका निम्ति आग्रह गरेको नेकपा (एमाले), केन्द्रीय निर्वाचन परिचालन कमिटी, सूचना तथा सम्प्रेषण केन्द्रका बेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Popularity: 8%

Add comment March 22nd, 2008

फागु खेल्न आएकाहरु त्रिशुलीमा डुबेर बेपत्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
फागु खेल्न काठमाडौँबाट धादिङ आएका दुई युवा त्रिशूली नदीमा नुहाउन लाग्दा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बैरेनी गाविस-९ महेश दोभानबाट बेपत्ता हुनेमा काठमाडौँ जिल्ला गुर्जुधाराका १८ वर्षीय सम्पूर्ण गिरी र १९ वर्षीय दीपक महर्जन रहेका छन् ।

फागु खेल्ने क्रममा त्रिशूलीमा पसेका तीनमध्ये दुइजना बेपत्ता भएका हुन् भने उनीहरुकै साथी दीपक गिरीलाई जीवितै उद्धार गरिएको छ ।

नदीमा हराइरहेकाको खोजी कार्य स्थानीयवासी र प्रहरीले गरिरहेका छन् ।

Popularity: 8%

Add comment March 22nd, 2008

माओवादीद्वारा प्रहरी चौकीमाथि आक्रमण

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
प्रहरीले आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएको आक्रोशमा माआवादीले बैतडीका दुई प्रहरी चौकीमाथि आक्रमण गरेका छन्।

समाचार स्रोतका अनुसार एमालेका समानुपातिक उम्मेदवार पुरन दयाललाई कुटपीट गरेको अभियोगमा प्रहरीले माओवादीका स्थानीय तीन कार्यकर्तालाई प्रकाउ गरेको थियो। पक्राउ गरिएका माओवादी कार्यकर्ता मुक्त गराउंन बाटोमा समेत माओवादीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। माथिबाट ढुंगामुढा गरेपछि प्रतिकारका लागि प्रहरीले केही राउण्ड गोलीसमेत चलाएका थिए। बाटोबाटै आफ्ना कार्कर्ताहरुलाई मुक्त गराउन नसकेपछि पुनः प्रहरी चौकीमाथि माओवादीले आक्रमण गरेको बताइन्छ।

माओवादीले चौकीमाथि आक्रमण गरेपनि प्रहरीले पक्राउ गरिएका माओवादीका ती कार्यकर्ताहरुलाई सदरमुकाम पुर्‍याउन सफल भएको समाचार स्रोतले जनाएको छ।

Popularity: 8%

1 comment March 22nd, 2008

एक उम्मेदवारलाई तीन सुरक्षाकर्मी

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
सम्बिधानसभाको निर्वाचनमा उम्मेदवारहरुमाथि बढ्दै गएको असुरक्षाका कारण रौतहटमा प्रहरी प्रशासनले एक उम्मेदवारको लागि दुइदेखि तीनजनासम्म सुरक्षाकर्मीको व्यवस्था गरेको छ।

प्रहरी प्रशासनले कांग्रेस, एमाले, माओवादी, फोरम, सद्भावना र स्वतन्त्र उम्मेदवारहरुलाई सुरक्षाकर्मीको व्यवस्था गरिदिएको छ। उता, साना र स्वतन्त्र उम्मेदवारहरुले प्रहरी प्रशासनले आफूहरुलाई कम र ठूला दलहरुलाई धेरै सुरक्षाकर्मीको दिएर भेदभाव गरेको बताएका छन्। सशस्त्र र आपराधिक समूहद्वारा उम्मेदवारमाथि असुरक्षा बढ्दै गएकोले प्रहरी प्रशासनले सुरक्षाकर्मीलाई चुनावी प्रसारमा संगै लैजाने पाउने व्यवस्था गरिदिएका हुन्।

Popularity: 8%

Add comment March 22nd, 2008

होलीले तीनको ज्यान लियो

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
होलीको उन्मादले शुक्रबार दिउंसो काठमाडौं र भक्तपुरमा दुई युवक र एक बालिका गरी तीन जनाको ज्यान गएको छ। छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई युवकको र छतबाट खसेर एक बालिकाको मृत्युभएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा छिरिङ शेर्पा, सन्तबहादुर केडिया र विनिता पाण्डे छन्। शेर्पा चढेको बा ७ पा ३६२८ नं.को मोटरसाइकल सडक किनाराको रेलिङमा ठोकिएर दुर्घटनामा परेको थियो। उनको बी एण्ड बीमा उपचारको क्रममा मृत्यु भएको हो। सन्तबहादुर केडीया चढेको साइकललाई मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, भक्तपुर लोकन्थलीस्थित दुईतले घरको छतबाट खस्दा १४ वर्षीया विनिता पाण्डेको मृत्यु भएको छ। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ।

होलीको बिदा कारण खुला सडक, तीब्र सवारी साधनको गतिका कारण उपत्यकामा धेरै दुर्घटनाहरु भएका छन्। अधिकांश दुर्घटनाहरु मादक पदार्थ सेवन गरी सवारी चलाउंदा यस्ता घटनाहरु भएको प्रहरीले बताएका बताएका छन्।

Popularity: 8%

Add comment March 22nd, 2008

प्रकृति गिरी छोटे उस्ताद प्रतियोगिताबाट आउट (Breaking News)

प्रकृति गिरी छोटे उस्ताद प्रतियोगिताबाट आउट (Breaking News)
एचकेनेपाल डट कम, मार्च २१ -
लामो समयदेखि छोटे उस्ताद प्रतियोगिताबाट नेपाली दर्शकको दिलमा बसेकी प्रकृति गिरी अन्ततः प्रतियोगिताबाट बाहिरिएकी छिन्। (more…)

Popularity: 14%

Add comment March 22nd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....