Archive for March 25th, 2008

किरात राई यायोक्खा युकेको तेश्रो महाधिवेशन सम्पन्न (+Photo)

मुलिवीर राई, फार्नवोरो/ एचकेनेपाल डट कम -
किरात राई यायोक्खा युकेको तेस्रो महाधिवेशन मार्च २२ तारिखका दिन फार्नवोरोस्थित वेभल स्कूलमा भब्यताकासाथ सम्पन्न भयो।

अधिवेशनमा वेलायतका विभिन्न ठाउँहरूबाट आएका किरात समुदायका प्रतिनिधिहरू, बुद्धिजीवि वर्ग तथा विभिन्न पेशासंग आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। संस्थाका तात्कालिन महासचिब पदम राईले सञ्चालन गर्नुभएको उक्त महाधिवेशनमा संस्थाका निवर्तमान उपाध्यक्ष रामधन राईले संस्थाको गतिविधि प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष डम्बर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी संस्थाका अध्यक्ष भीम राईले हालै सम्पन्न गर्नुभएको नेपाल, भारत र हङकङ भ्रमणमा त्यहाँका किरात राई यायोक्खाका केन्द्रीय तथा शाखा कार्यालयहरूको भ्रमण गरी त्यहाँको गतिविधिबारे जानकारी लिएको कुरा अधिवेशन समक्ष प्रस्तुत गर्नुभएको थियो।

विहान करीव ११ बजेदेखि सुरुभएको सो अधिवेशनमा संस्थाका विभिन्न मुद्धाहरूमाथि छलफल हुनुको साथै भावि कार्यक्रमहरू पनि तय गरिएको छ। सोही अवसरमा वर्ष २००८ को निम्ति किरात पर्व साकेला आगामी २४ मे २००८ का दिन भब्यरुपमा मनाउने निर्णय गरिएको छ भने कार्यक्रमको उत्तर्रार्द्धमा संस्था पुनर्गठनको निम्ति मेजर (रीटायर्ड) हर्कराज राईको अध्यक्षतामा गठित तीन सदस्यीय निर्वाचन समितिले अधिवेशनलाई नियन्त्रणमा लिई पुनर्गठन प्रकृया शुरू गरेको थियो।

तस्विरः मुलिवीर राई, फार्नवोरो - युके / एचकेनेपाल डट कम । थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

अत्यन्त प्रजातान्त्रिक पद्धतिबाट संस्थाको नयाँ केन्द्रीय कमिटि गठन गर्ने क्रममा पदाधिकारीहरूको निम्ति प्रस्तावित नामहरू प्रायः पुरानै पर्न आएका थिए र त्यस विरूद्धमा कुनै उम्मेदवारहरूको नाम नआए पछि चुनाव समितिले प्रस्तावित उम्मेदवारहरू निर्विरोध विजयी भएको घोषणा गरेको थियो तदानुसार आगामी दुइ वर्षका निम्ति किरात र्राई यायोक्खा युकेको पदाधिकारीहरू यसप्रकार रहेका छन्-
अध्यक्ष - भीम राई
उपाध्यक्ष (फार्नवोरो) - रामधन राई
उपाध्यक्ष (केन्ट) - ओम राई
उपाध्यक्ष (लन्डन) - कमलप्रसाद राई
महासचिव - पदमबहादुर राई बी इ एम
सचिब - मकर राई
कोषाध्यक्ष - डम्बर राई
सह कोषाध्यक्ष - चन्द्र राई
सदस्यहरू - अरूण राई
- सूर्य राई
- गजेन्द्र राई
- मेजर्धन राई
- चक्रबहादुर राई
- आशा राई
- भक्त राई
- हर्कराम राई
- प्रेम राई
- दशरथ राई
कानुनी सल्लाहकार - चन्डीका राई
सल्लाहकार - रत्न राई
कार्यक्रमको अन्तमा संस्थाका नयाँ पदाधिकारीहरूलाई सुनाव समितिका अध्यक्ष मेजर रिटायर्ड हर्कराज राईले सपथ ग्रहण गराउनुभएको थियो भने निर्वाचित अध्यक्ष भीम राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अधिवेशन समाप्त भएको घोषणा गर्नु भएको थियो ।

Popularity: 8%

18 comments March 25th, 2008

डोल्मा बचाउ अभियान स्वीट्जरल्याण्डद्वारा रकम प्रदान

बिराज शर्मा र प्रकाश तिवारी, जुरिख / एचकेनेपाल डट कम -
बैदेशिक रोजगारीको लागि खाडी मुलुक कुवेतमा पुगेकी नेपाली चेली डोल्मा शेर्पा सहकर्मी फिलिपिनी महिलाको हत्या अभियोगमा कुवेतको तल्लो अदालतबाट मृत्युदण्डको सजाय सुनाइएको समाचार प्रकाशित भएपछि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुको पनि यस घट्नाप्रति ध्यान केन्द्रित हुन पुग्यो।
कुवेतको पुनरावेदन अदालतमा विचाराधिन मुद्धा लड्न सक्षम वकिल र मृतकको परिवारलाई दिइने क्षतिपूर्तिका लागि पर्याप्त रकम उपलब्ध गर्न नेपाल सरकाले यथासक्य सहयोग गर्न अपिल गरे बमोजिम विश्वभर उर्लिएको मानविय संवेदना र नेपालीले नेपालीप्रतिको कर्तव्य बोधलाई आत्मसात गर्दै स्वीट्जरल्याण्डभित्र पनि नेपाली जनसर्म्पर्क समिति स्वीट्जरल्याण्डले डोल्मा बचाउ अभियान संचालन गरेको थियो। स्वीट्जरल्याण्डमा रहेका सचेत नेपालीहरुको ऐक्यबद्धता तथा उल्लेख्य सहभागिताको परिणाम स्वरुप स्वीस् फ्र्यांक २५०२।- (लगभग डेढ लाख नेपाली रुपैया) रकम संकलन भएको बुझिएको छ। समितिका महासचिव गुणराज शर्माले दिएको जानकारी अनुसार मार्च १६ तारिख भीमबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको पूर्ण बैठकले संकलित रकम स्वीकृत गरी डोल्मा बचाउ अभियानको लागि खोलिएको खातामा पठाइएको छ। साथै स्वेच्छाले सहयोग गर्नुहुने र सहयोग संकलन गर्नमा मद्दत पुर्याउने सबै साथीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। आशा गरौं स्वीट्जरल्याण्डका नेपालीको मानवीय सद्भाव र सहयोग डोल्मा शेर्पाको जीवन रक्षाको लागि पर्याप्त नभए पनि उपयोगी सावित हुनेछ।

जुरिखबाट बिराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम

संकलित रकम स्वीस फ्र्यान्क २५०२
इन्द्र बहादु्र खड्का
रेशम बहादुर खत्री
नारायण सापकोटा
राजन सुवेदी
सुरज अधिकारी
कृष्ण सुनार
घनराज कार्की

Popularity: 8%

Add comment March 25th, 2008

हतियार ल्याएको भन्दै माअ‍ोवादीद्वारा चक्काजाम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शान्ति सम्झौताविपरीत निर्वाचनको मुखमा ठूलो संख्यामा हतियार भित्र्याएको भन्दै माअ‍ोवादीले देशभर विरोध प्रदर्शन गरेका छन्।

माअ‍ोवादीले आज देशभर हुने चुनावी सभालाई विरोध सभामा परिणत गर्ने र मुख्य सहरहरुमा दिउँसो २ घण्टा चक्काजाम गर्ने जनाएको छ।

हतियारसहितको ट्रक भेटिएको बुटवलमा माअ‍ोवादी कार्यकर्ताहरुले केही प्रहरी चौकीहरुमा आज बिहान आगजनी समेत गरेका छन्।

प्रहरी र स्थानीय प्रशासनले भने ट्रकहरुमा हतियार नभई म्यादी प्रहरीका लागि अन्य बन्दोबस्तीका सामान रहेको र भारतबाट ल्याइएको बताएको छ।

माअ‍ोवादीले भने त्यसमा हतियारै रहेको र संविधान सभाको निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ।

Popularity: 8%

Add comment March 25th, 2008

एकसय सोह्र वर्षीय वृद्धको निधन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महोत्तरी जिल्ला विजलपुर गाविस निवासी एक ज्येष्ठ नागरिकको निधन भएको छ। विजलपुरा-७ का ११६ वर्षीय फ्रकन महतोको आफ्नै निवासमा निधन भएको हो।

नेपाल कुशवाहा समाज, महोत्तरीले उहाँको पार्थिव शरीरमा समाजको झण्डा ओढाई विजलपुरामा दाहसंस्कार सम्पन्न गरेको सो समाजका सचिव ब्रम्हदेवसिंह कुशवाहाले बताउनुभयो।

Popularity: 8%

Add comment March 25th, 2008

चुनाव लड्न गाई बेचियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिरहा क्षेत्र नं. २ तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार हुनुभएका केदारप्रसाद यादवले चुनाव प्रचारका लागि गाई बेच्नु भएको छ।

करिब रु. ३० हजार मोल पर्ने र दैनिक १० लिटर दूध दिने कालोरङ्गको जर्सी गाई उहाँले रू. २२ हजारमै बेच्नुभएको छ।

सो पार्टीले उहाँलाई सिरहा क्षेत्र नं. २ बाट उम्मेदवार त बनायो तर प्रचारप्रसारका लागि पार्टीले पैसा नदिएकाले उहाँले बाध्य भई गाई बेच्नुपरेको भन्ने उहाँका गाउँलेहरूको भनाइ रहेको छ।

उहाँलगायत अन्य पार्टीका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा सिरहा क्षेत्र नं. २ मा घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन्।

Popularity: 8%

1 comment March 25th, 2008

राप्रपा नेपालको चुनावीसभा बिथोलियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संवैधानिक राजतन्त्रको पक्षमा मतदान गर्न आग्रह गर्दै राप्रपा नेपालले पोखरामा आयोजना गरेको चुनावी सभा बिथोलिएको छ।

राप्रपा नेपालका अध्यक्ष एवम् शाही शासनकालका गृहमन्त्री कमल थापाले आफ्नो भाषणका क्रममा नेपालमा गणतन्त्र आएमा मुलुक कम्बोडिया बन्ने अभिव्यक्ति दिएपछि भाषण सुन्न बसेका अन्य राजनीतिक दलका कार्यकर्ताले विरोध गर्दै मञ्चमा पानीका बोतलका साथै ढुङ्गा प्रहार गरेका थिए।

कार्यक्रमस्थलमा आफ्नाविरुद्ध नाराबाजी भइरहे पनि अध्यक्ष थापाले भने सुरक्षाकर्मीको घेराभित्र रहेर केही बेर भाषण गरिरहेका थिए।

तर वाइसिएलका कार्यकर्तासहितको युवाको टोलीले मञ्चमा ढुङ्गामुढा गर्न नछाडेपछि थापा त्यहाँबाट बाहिरिएका थिए। युवाको आक्रमण रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो।

Popularity: 8%

Add comment March 25th, 2008

एमाले नेता ओलीमाथि आक्रमण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
झापा बनियानीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी स्थायी कमिटी सदस्य एवम् क्षेत्र नं. ७ का उम्मेदवार केपी शर्मा ओलीमाथि माओवादीहरूले आक्रमण गरेको नेकपा एमाले पार्टी कार्यालयले जनाएको छ।

माओवादी कार्यकर्ताहरूले झापा चोकमा ओली बढेको गाडीमा ढुङ्गामुढा गरेको, ढुङ्गामुढाबाट गाडीको झ्यालका सिसाहरू फुटेको र भद्रपुर निवासी हेम घिमिरेलाई कुटपिट गरी सख्त घाइते बनाएकोले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको पनि पार्टीले जनाएको छ।

नेकपा एमालेले उक्त आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ।

Popularity: 8%

1 comment March 25th, 2008

काँग्रेसका तीन उम्मेदवारविरुद्ध दावी विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधान सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली काङ्ग्रेसका ३ जना उम्मेदवारविरुद्ध चारवटा दावी विरोधको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।

दाबी विरोध गर्ने हिजो अन्तिम दिन थियो।

आयोगले सो दावी विरोधका निवेदनउपर जाँचबुझ गरी यही चैत्र १८ गतेभित्र निर्णय गरी उम्मेदवारको नाम बन्दसूचीबाट हटाउन पर्ने भए हटेको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ।

Popularity: 8%

Add comment March 25th, 2008

काँग्रेसको कार्यक्रममा माअ‍ोवादीको अवरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
खोटाङको डाँडागाउँ गाविस, ओखरेमा नेपाली काङ्ग्रेसद्वारा आयोजित चुनावी कार्यक्रममा माओवादीले आक्रमण गरी अवरोध पुर्‍याएको नेपाली काङ्ग्रेसले जनाएको छ।

माओवादीका पृथ्वी राईको नेतृत्वमा कम्ब्याक्ट ड्रेसमा आएका ५०-६० जनाको अवैध हतियारसहितको समूहले सभास्थललाई घेरेर मञ्च तोडफोड गर्नाका साथै माइक र अन्य सामानसमेत लुटिलगेको बताइएको छ।

माओवादीको आक्रमणबाट नेपाली काङ्ग्रेसका दर्जनौँ कार्यकर्ता घाइते भएको थाहा भएको छ।

खोटाङ क्षेत्र नं.२ का नेपाली काङ्ग्रेसका उम्मेदवार शिवकुमार बस्नेत, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तीथ भट्टराई, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चरण राई, नेपाल शिक्षक सङ्घका केशव कार्की र विष्णुराज राईलाई माओवादीले कार्यक्रमस्थलमै बन्दी अवस्थामा राखेको पनि बताइएको छ।

पार्टीले कुनै पनि राजनीतिक दलको सभा, कार्यक्रम बिथोल्ने होइन कि आफ्नै सभा, कार्यक्रम आयोजना गरेर विरोध गर्ने लोकतान्त्रिक पद्धति अपनाउन र आफूलाई जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको छ।

यसैबीच नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं.५ को क्षेत्रीय कार्यालयअगाडि मधेसी जनअधिकार फोरमले आफ्नो पार्टीको झण्डा गाडेको छ।

नेपाली काङ्ग्रेसको प्रचारका लागि गाडिएका झण्डा र चुनाव चिह्न उखालेर फालिदिने र त्यस स्थानमा आफ्नो झण्डा गाड्ने, हरिहरपुर गाविसको भण्टाबारीमा नेपाली काङ्ग्रेसकी उम्मेदवार सुजाता कोइरालाको पम्प्लेट तथा पोस्टरमाथि आफ्नो पार्टीको पर्चा, पम्प्लेट टाँस्नेजस्ता आचारसंहिताविपरीतका कार्य भएको बताइएको छ।

नेपाली काङ्ग्रेसले आचारसंहिताविपरीत हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सम्बन्धित पक्षलाई सजग गराएको छ।

Popularity: 8%

Add comment March 25th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....