Archive for March 26th, 2008

संविधानसभाः आजको सवाल - सकु थापा

संविधानसभाः आजको सवाल
सकु थापा -
संविधानसभा के हो भन्ने कुरा जानकारी पाउनु भन्दा पहिला संविधान भनेको के हो भन्ने कुरा बुझ्नु जरुरी छ। यस अर्थमा संविधान भनेको देशको मुल कानुन हो । यसैले मुलुकको राज्य संरचना, शासन व्यवस्था, शासकको अधिकार तथा सीमा, नागरिकको अधिकारहरू जस्ता विषयहरू निर्धारण गरेको हुन्छ । (more…)

Popularity: 8%

Add comment March 26th, 2008

तेश्रो लिङगीको चुनावी रौनकता

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम-
संविधान सभा सदस्यका लागि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिसकेपछि उम्मेदवारहरुले जित्ने कि हार्ने भन्ने अन्यौलतामा चिन्तित हुनु स्वभाविकै हो।

चुनावी दौडमा यी उम्मेदवारहरुले दिनरात मेहनत गर्नु परिरहेको हुन्छ । तर एउटा यस्तो उम्मेदवार जसलाई कुनै चिन्ता पनि छैन न त फिक्री नै।

बांकेको निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका तेश्रो लिङगी रज्जव अली भने जित हार भन्दा पनि उम्मेदवार बन्न पाएकोमा नै खुसी छन। तेश्रो लिङगीहरुलाई सार्वजनिक स्थानमा हिंड डुल गर्न र अन्य समुदायको समाजमा बस्न असजिलो स्थिति बनाईएकोले आत्मसम्मानमा ठूलो चोट लागेको नेपालगंजमा आयोजित एक कार्यक्रममा तेश्रो लिङगीहरुले दुखेसो पोखे।

समाजमा उपेक्षित र अवहेलित जीवन यापन गरिरहेका तेश्रो लिङगीहरुका तर्फबाट उम्मेदवार बनेका रज्जव अली राज्यलाई आफूहरुलाई दलित, जनजाति र विपन्न वर्गको भन्दा पनि तल्लो श्रेणीमा पारेकाले मुलुकमा आफुहरुको पनि उपस्थिति रहेको छ भन्नाका लागि उम्मेदवारी दिएको बताउछन्। उनले राज्यले शिक्षा, स्वास्थ्य र समान अवसरमा तेश्रोलिङगीहरुको पहूच स्थापित हुन नसेकोले राज्यले अब सोच्न आवश्यक भएको बताए। नाच गानका साथ नेपालगंजका गल्ली, चोक र सडकमा गई मतदाता भेटघाट गरिरहेको बेला भेटिने रज्जव अली र उनको समूहले नेपालगंजको चुनावी माहौलमा थप रौनकता ल्याईदिएको छ। पहिचान भईसकेका तेश्रो लिङगीहरुको संख्या बांके जिल्लामा करीब एक हजार रहेको छ।

उनलाई तेश्रो लिङगीहरुको हक, हित र सशक्तिकरणमा सहयोग पुर्‍याउदै आएको गैरसरकारी संस्था पश्चिम ताराले सहयोग पुर्‍याईरहेको छ।

नेपालगञ्जबाट सम थापा / एचकेनेपाल डट कम।

Popularity: 8%

2 comments March 26th, 2008

एनआरएन केन्द्रद्वारा मिडिया समिति गठन

बेलु थापा, जापान / एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्वव्यापी अभियानको पहुचलाई थप प्रभावकारी बनाउनका निम्ति एनआरएन आइसीसी मिडिया एण्ड कम्युनिकेशन टाक्स फोर्स समिति गठन गएको छ ।

आइसीसी क्षेत्रीय संयोजकहरु र आइसीसी मेम्बरहरुको सिफारिसमा समिति बनाइएको हो । एनआरएन मिडिया एण्ड कम्युनिकेशन टाक्स फोर्स समितिको संयोजकमा एनआरएन प्रवत्ता डा. जुगल भुर्तेल (रसिया) र सल्लाहकार शारदा थापा (युएसए) रहनुभएको छ भने समितिको सदस्यहरुमा डा. चन्द्र लक्सम्बा (युके), सुमल गुरुङ (हङकङ), बेलु थापा (जापान), सागर श्रेष्ठ (केएसए), लोकनाथ सुवेदी (युएइ), केजिन राई (पोर्चुगल), राम खरेल (युएसए), डा. कुमार बस्नेत (जापान), सुधीर शाक्य, सागर वन्त, रञ्जु थापा र डा. हेमन्त दवाडी (एनआरएन सचिवालय) हुनुहुन्छ। एनआरएनले यस समितिलाई प्रभावकारी सञ्चार नीति बनाउन निर्देश गरेको छ। यसको जिम्मेवारी वेवसाइट निर्माणदेखि विभिन्न सूचना आदानप्रदान तथा सम्प्रेषण, विश्व सम्मेलन स्मारिका एवं न्युजलेटर प्रकाशन, इन्फर्मेशन च्यानलको भरपुर उपयोगिता लगायत हुने थाहा भएको छ।

Popularity: 8%

Add comment March 26th, 2008

माओवादी र नेकाको भिडन्तमा गोली चल्दा एक माओवादीको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
आज विहान सोलुमा कांग्रेस र माओवादीबीच भएको भिडन्तमा गोली चल्दा एक माओवादी कार्यकताको मृत्यु भएको छ भने कांग्रेस र माओवादीका दर्जनौं कार्यकर्ता घाइते भएका छन्।

मृत्यु हुनेमा माओवादी कार्यकर्ता गंगा भुजेल भएको बताएको छ। त्यसै गरी सोही घटनामा नौ माओवादी कार्यकर्ता घाइते भएका छन्। झडपमा कांग्रेसका केन्द्रीय सदस्य तथा उम्मेदवार बलबहादुर केसीसमेत गम्भीररुपले घाइते भएका छन्। सोलु काटाप्चिङ गाविसमा दुइ पक्षबीच भएको झडप के कारणले भएको हो यकिन हुन सकेको छैन। माओवादीले कांग्रेसी कार्यकर्ताले आफ्नो चुनावी सभा भांड्न खोजेको आरोप लगाएका छन् भने उता कांग्रेसले सल्लेरीमा माओवादी कार्यकर्ताहरुले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन्। घटनापछि सो क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Popularity: 8%

Add comment March 26th, 2008

हङकङको जोर्डनमा नेपाली युवतीको वेवारिसे लाश

हृङकङ, जोर्डनको सव वे मा एउटी शरणार्थी नेपाली युवतीको वेवारिसे अवस्थामा लास पाईयो
लारा, हङकङ / एचकेनेपाल डट कम, मार्च २६ -
मृत्यु आफैंमा कष्टकर शब्द हो । रातभर सोंचिरहें कसैको मृत्युलाई समाचार बनाउनु उचित नहोला। यो समाचारले अरुलाई सचेत तुल्याउन मद्धत देला या नदेला पनि तर तर लाग्यो,
केहि त लेख्नै पर्छ। (more…)

Popularity: 8%

Add comment March 26th, 2008

युकेमा ईश्वर वल्लभको सम्झना

नागेन्द्र अर्याल, लण्डन / एचकेनेपाल डट कम, मार्च २५-
विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यको माया गर्ने एक साहित्यकारहरुको जमातले नेपाली साहित्यका विशिष्ट साहित्यकार ईश्वर बल्लभको निधन भएकोमा मार्च २५ तारिखका दिन एक श्रद्धाञ्जलि सभा आयोजना गर्यो।

कार्यक्रममा साहित्यकार एवं कवि गोपीकृष्ण प्रसाईले स्वर्गीय ईश्वर वल्लभको जीवनी, उहाँले गरेका संघर्ष, उहाँले चलाउनु भएको आयामीक आन्दोलन र उहाँका कृतिहरुका साथै उहाँको व्यक्तित्वको बारेमा चर्चा गर्नुभयो। साहित्यकार वल्लभको निधनले नेपाली भाषा र साहित्यलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै कवि प्रसाईले भन्नुभयो ‘’हामी ससारको जुनसुकै कुनामा हुन सक्छौ, तर हाम्रो नेपाली भाषा र साहित्यलाई कुनै हालतमा पनि विर्सन सक्दैनौ।” त्यसैगरि साहित्यप्रेमी तथा बुद्धिजीवि बेदराज पराजुलीले उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मर्माहत परिवारप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति देउन भन्नु भयो।

वल्लभका कृतिहरु पाश्चात्य साहित्यकारको दाजोमा रहेको उल्लेख गर्दै साहित्यप्रेमी नवराज भट्टराईले वहाका विविध पक्षहरुको बारेमा उल्लेख गर्नुभयो। उक्त कार्यकममा लण्डनमा अध्यनरत विद्यार्थीहरु विदुर सिटौला तथा भूमिराज गिरीले आ-आफ्ना मन्तव्य दिनु भएको थियो भने कवि गोपीकृष्ण प्रसाई तथा नबराज भट्टराईले स्वर्गीय बल्लभको सम्झनामा कविता वाचन गर्नुभएको थियो।

साहित्यकार तथा चलचित्र निर्देशक हरि शिवाकोटीले उक्त श्रद्धाञ्जलि सभाको सभापतित्व गर्नुहुदै स्वर्गीय बल्लभका बहुआयामीक व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।

Popularity: 8%

1 comment March 26th, 2008

यूएइमा बेजोड सांगीतिक साँझ २०६५ धमाका हुने

खेमनाथ पौडेल, यूएइ / एचकेनेपाल डट कम -
नेपाल यूएइ साँस्कृतिक समन्वय मञ्च (हेलो नेपाल)ले आयोजना गर्न लागेको दोश्रो साँगेतिक साँझ २०६५ यहि आउँदो अप्रिल ४ शुक्रवारका दिन दुबइको अल नासर लेजरल्याण्डमा हुने भएको छ ।

नयाँ बर्ष२०६५ सालको पूर्व सन्ध्यामा हुन लागेको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । लोक संगितमा अतिनै ख्याति कमाई सकेका लोक गायक पुरुर्षोक्तम न्यौपाने लगायत लोक गायिका अनिता खड्का, नृत्याङ्गना पवित्रा खड्का, नायिका सौजन्य सुब्बा, उद्योषिका टिका ढकाल, नायक सुशिल क्षेत्री साथ साथै यूवा तथा यूवतीहरुको मुटुको ढुकढुकी बन्न सफल आधुनिक गायक हिमाल सागर (गौतम) रहेका छन्। यति मात्र होईन दर्शकहरुलाई पेट मिची मिची हसाउनको लागि नेपालबाट नै जिरे खुर्सानी टिम लिएर हास्य कलाकारहरु जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल (मुखमा हान्नु जस्तो), किरण केसी (रातामकै) आफ्नो बेजोड प्रस्तुती लिएर यूएइ आउदै छन्। साथ साथै यूएइमा रहेका स्थानिय कलाकारहरुको पनि बेग्लै प्रस्तुती रहने छ। उक्त दिन यूएइ बासी सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुनको लागि नेपाल यूएइ सास्कृतिक समन्वय मञ्चले हार्दिक अनुरोध गरेको छ।

Popularity: 8%

Add comment March 26th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....