Archive for March 27th, 2008

सशस्त्र समूहद्वारा वार्ता टोली गठन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा सङ्घर्षरत सशस्त्र समूहले वार्ता र छलफलका आधारमा तराईवासी, मधेसीहरुलाई विश्व मान्यताअनुरुपको अधिकारहरु दिने सन्दर्भमा वार्ता गर्न तयार रहेको जनाएको छ।

मधेसी मुक्ति टाइगर्सका केन्द्रीय संयोजक राजन, तराई कोव्राका अध्यक्ष नागराज, जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति र संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका संयोजक पवनद्वारा हस्ताक्षरित र नेपाल सरकार सात दल सम्मिलित सरकारी वार्ता समितिको संयोजक नाममा लेखिएको पत्रमा सो कुरा जनाइएको छ।

विभिन्न प्रकारले भएको संवादका आधारमा वार्ताका लागि समितिले पठाएको पत्रको स्वागत गर्दै पत्रमा भनिएको छ- वार्ताको माध्यमबाट शान्तिपूर्ण ढङ्गले सबै समस्याहरुको समाधान गर्न एक संयोजकसहित चार सदस्यीय अधिकार सम्पन्न संयुक्त वार्ता समिति गठन गरिएको छ। तर संयोजक र सदस्यहरुको नाम भने उल्लेख गरिएको छैन।

Popularity: 8%

Add comment March 27th, 2008

निर्वाचन हुने नहुने आशंका कायमैः प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले मुलुकमा अहिले पनि संविधानसभाको निर्वाचन हुन्छ कि हुँदैन भने आशङ्का कायमै रहेको बताउनुभएको छ।

राजविराजमा पहिलोपटक नागरिक समाज, बुद्धिजीवी र पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो।

एक महिनाभित्र देशमा थुप्रै घटना भएको प्रसङ्ग कोटयाउनु हुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो-”देशका विभिन्न स्थानमा आफ्ना कार्यकर्ताको हत्या भएको छ र आज मात्रै सिरहाको लहानमा ममाथि आक्रमणको प्रयास भएको छ।”

निर्वाचन नचाहने तत्वहरुले षडयन्त्र गरिरहेको अवस्थामा निर्वाचन हुन्छ नै भन्नेमा हामी विश्वस्त छैनौँ भन्ने उहाँको तर्क थियो।

मधेसका नाममा च्याउझैँ उम्रेका समूहले होइन, विचार बोकेका समूह र विचारप्रति इमान्दार भएकाले मात्र मधेसीलाई वास्तविक अधिकार र मुक्ति दिलाउन सक्छ, त्यसैले मधेसी समुदाय सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो।

सोही कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री मातृका यादवले नयाँ नेपाल नबनेमा जनता सधैँ नर्कमा बस्ने बताउँदै देशी विदेशी तत्वहरुले नयाँ नेपाल नबनोस् भन्ने चाहिरहेको आरोप लगाउनुभयो।

Popularity: 8%

1 comment March 27th, 2008

आचार संहिता उल्लंघनमा माअ‍ोवादी अगाडि

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुबाट पश्चिमाञ्चल क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका कार्यहरु नरोकिएको र मानवअधिकार विरोधी क्रियाकलाप बढ्दै गएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्सेकले पोखरामा पत्रकारसम्मेलनको आयोजना गरी पछिल्लो एक हप्तामा राजनीतिक दलहरुले २० वटा मानवअधिकार र आचारसंहिताविपरीतका कार्यहरु गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा माओवादीबाट १२, एमालेबाट दुई र काङ्ग्रेसबाट एउटा आचारसंहिताविपरीतका घटना भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा सशस्त्र समूहबाट माओवादी कार्यकर्ताको हत्या भएकामा दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्न सरकारसँग माग गरिएको छ।

निर्वाचन स्वच्छ र भयमुक्त बनाउन सबैको समान दायित्व रहेको बताउँदै इन्सेक क्षेत्रीय कार्यालय, पोखराका संयोजक मधु पन्थीले आचारसंहिताविपरीत दलका नेताहरुले कार्यकर्तामा उत्तेजना जगाउने खालका भाषण तथा चुनावी कार्यक्रम गर्न नहुनेमा जोड दिनुभयो।

Popularity: 8%

Add comment March 27th, 2008

चुनाव बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कानुनको दायराभन्दा बाहिर जाने र चुनाव बिथोल्न खोज्नेहरुलाई कडा कारबाही गरिने बताउनुभएको छ।

चुनावी अवस्था बुझने क्रममा मन्थली आइपुग्नुभएका गृहमन्त्री सिटौलाले निर्वाचनमा संलग्न दलबीच एकता र समझदारी मजबुत हुनुपर्नेमा जोड दिँदै चुनाव मित्रवत हुन सके संविधान निर्माणमा पनि सहज हुने बताउनुभयो।

देशको सुरक्षास्थितिमा सुधार भएकाले चुनावमा सेना परिचालन आवश्यक नरहेको उहाँले बताउनुभयो।

सबैले निर्वाचनको वातावरणलाई उत्तेजित बनाउने गतिविधि बन्द गरी जनताको स्वतन्त्र मतदानको अधिकारलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै गृहमन्त्री सिटौलाले राजनीतिक दलले चुनावमा स्वच्छ प्रतिस्पर्धा गरी सहमतिका आधारमा अबको संविधान बन्ने भएकाले अहिलेको चुनावलाई त्यही रुपमा लिनुपर्ने बताउनुभयो।

Popularity: 8%

Add comment March 27th, 2008

प्रचण्डलाई कालो झण्डा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम मधेसका कार्यकर्ताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाएका छन्।

सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ आइपुग्नुभएका माओवादी अध्यक्ष प्रचण्डलाई फोरमका कार्यकर्ताहरुले दशनचौकमा कालो झण्डा देखाएका हुन्।

कडा सुरक्षा घेराबीच यहाँ आइपुगेका अध्यक्ष सरासर कार्यक्रमस्थल जिविस सभाकक्षमा प्रवेश गर्नुभएको थियो।

Popularity: 8%

11 comments March 27th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....