Archive for March 28th, 2008

संघीय बने देश टुक्रने बिजुक्छेको चिन्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा लैजान नहुने बताउनुभएको छ।

सो पार्टीको दुवाकोट गाउँ इकाईले आज दुवाकोट गाविसमा आयोजना गरेको आमसभामा उहाँले भाषिक र जातीय आधारमा सङ्घात्मक ढाँचामा विभाजन गरे देश टुक्रिने बताउँदै आत्मनिर्णयको अधिकारसमेत कसैलाई दिन नहुने धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष बिजुक्छेले नेपालमा भारत र चीनको हस्तक्षेप बढ्नसक्ने भएकाले मुलुकका १८ वर्ष पुगेका युवालाई अनिवार्यरूपमा सैनिक तालिम दिइनुपर्ने धारणा पनि राख्नुभयो।

उहाँले काठमाडौँ उपत्यकालाई छुट्टै नेवाः राज्य बनाउन नहुने बताउँदै काठमाडौँ उपत्यकामा ३५ प्रतिशतमात्र नेवार भएको र ६५ प्रतिशत गैर नेवार भएकाले नेवाः राज्य आवश्यक नभएको टिप्पणी गर्नुभयो।

सो अवसरमा नेमकिपाका जिल्ला नेताहरू केदार खड्का, हिमालयश्वर मूल, गोविन्द दुवाल, राजेन्द्रकुमार प्रधानाङ्गलगायतले संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 8%

3 comments March 28th, 2008

नागरिक समाजका अगुवा हिंसाबाट चिन्तित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नागरिक समाजका नौ जना अगुवाले एक वक्तव्य जारी गरी आधा शताब्दीभन्दा पनि लामो नेपाली जनताको सङ्घर्षपछि बल्लबल्ल हुन लागेको संविधानसभाको पूर्वसन्ध्यामा देशलाई नेतृत्व प्रदान गरिरहेका प्रमुख राजनीतिक दलहरुका बीचमा केही साता यता विकसित भइरहेको अस्वस्थ चुनावी द्वन्द्व र हिंसात्मक आक्रमण-प्रत्याक्रमणको सिलसिलाले आफूहरुलाई अत्यन्त चिन्तित तुल्याएको जनाएका छन्।

उहाँहरुले सात दलले अविलम्ब बैठक बसेर सो विषम प्रक्रियालाई रोक्न र त्यस्ता क्रियाकलाप फेरि दोहोरिन नदिनका लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको धारणा वक्तव्यमा व्यक्त गर्नुभएको छ।

वक्तव्यमा भनिएको छ- निर्वाचन प्रक्रियामा कुनै पनि पक्षलाई चुनावको प्रचारप्रसार गर्नमा अवरोध पुर्याउने तथा उम्मेदवार र कार्यकर्तामाथि शारीरिक आक्रमण र हत्या गर्ने सिलसिलाले संविधानसभालाई स्वच्छ, निष्पक्ष र भयरहित नबनाउने तथ्यप्रति गम्भीर हुन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ।

यस्ता घटनाबाट संविधानसभा नै नहोस् भन्ने चाहने प्रतिगामी तत्वलाई सिवाय अरु कसैलाई मद्दत पुग्दैन भन्ने कुरा पनि वक्तव्यमा स्पष्ट गरिएको छ।

अहिले भइरहेका अस्वस्थ र आक्रामक घटनाहरुलाई फेरि दोहोरिन नदिन र संविधानसभालाई स्वच्छ, निष्पक्ष बनाउनका लागि दबाब दिन र खबरदारी गर्न आफूहरु क्रियाशील हुने जनाउँदै उहाँहरुले वक्तव्यमा यसका लागि सम्पूण जागरुक नागरिकलाई आ-आफ्नो स्थानबाट क्रियाशील हुन आग्रह गर्नुभएको छ।

वक्तव्य जारी गर्नेहरुमा दमननाथ ढुङ्गाना, नीलाम्बर आचार्य, पद्मरत्न तुलाधर, डा.महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेल, श्याम श्रेष्ठ, चरण प्रर्साईं र सिके लाल हुनुहुन्छ।

Popularity: 8%

Add comment March 28th, 2008

चुनाव प्रचारका लागि घर-घरमा झण्डा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा चुनावका लागि नेकपा माओवादीले बैतडीका घर घरमा झण्डा गाड्ने अभियान थालेको छ।
एक घर एक भण्डा अभियान अन्तरगत गाउँ गाउँमा हसिया हतौडा अंकित झण्डा गाड्न थालिएको हो।

माओवादी जिल्ला कमिटिले दश हजार झण्डा बनाएर घर घरमा गाड्न कार्यकर्ता समेत खटाएको छ। झण्डा गाड्न २५-२५ जना कार्यकर्ताको समूह बनाएर खटाएको र त्यसका लागि जिल्ला भरी १६ टोली खटाइएको छ।

निर्वाचन आयोगले पर्चा पम्पलेट टाँस्न र भित्ते लेखन गर्न बन्देज लगाएपछि झण्डा गाड्ने अभियान थालिएको हो। केही गाउँमा स्थानीय बासिन्दा आफैले र केही गाउँमा मात्रै आफूहरुले झण्डा गाड्न थालेको बोहराले बताउनु भयो। अन्य दलहरुले पनि बैतडीमा झण्डा गाड्ने अभियान थालेका छन्। आचारसंहिता भित्र रहेरै प्रचारप्रसारको अभियान अन्तरगत झण्डा गाड्न थालको सबै दलले जनाएका छन्

Popularity: 8%

2 comments March 28th, 2008

तराई घटनाबारे उच्चायुक्तको प्रतिवेदन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले फागुन १ गतेदेखि १७ गतेसम्म तराईमा भएको राजनीतिक विरोध प्रदर्शनहरुको क्रममा भएका हिंसा र मानवअधिकार उल्लङ्घन पुनः दोहरिन नदिन नेपालको सार्वजनिक सुरक्षाप्रणाली र मानवअधिकारप्रति सम्मान गर्न आग्रह गरेको छ।

उच्चायुक्तको कार्यालयद्वारा जारी प्रतिवेदनमा उक्त प्रदर्शनहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रदर्शनकारीसँग रचनात्मक व्यवहार गर्न ठूलो प्रयास गरेको साथै पहिले भन्दा बढी संयम अपनाएको उल्लेख छ। साथै उक्त समयमा गरिएको कर्फ्र्युको आदेशले प्रहरीलाई हतियारको प्रयोग गर्न स्वविवेकी अधिकार प्रदान गरेको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा प्रहरीलगायत नेपाल सरकारले सार्वजनिक सुरक्षा सुधारका लागि गरिरहेको प्रयासलाई उच्चायुक्तले समर्थन गरेको पनि उल्लेख छ।

Popularity: 8%

Add comment March 28th, 2008

तराईका सशस्त्र संगठनसँगको वार्ता अन्यौलमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दुवै पक्षले राखेका पूर्वशर्तहरुका कारण तराईका चार सशस्त्र सङ्गठनसँग सरकारले जनकपुरमा शुक्रबारदेखि गर्ने भनेको वार्ता अन्यौलमा परेको छ।

वार्ताका लागि तयार भएकामध्ये जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजन मुक्तिले सरकारी पक्षले वार्ताका लागि न्यूनतम वातावरण नबनाएका कारण वार्ता हुन नसकेको आरोप लगाउनुभयो।

उहाँले चार सशस्त्र सङ्गठनले सरकारसमक्ष राखेको शर्तप्रति सरकारी पक्ष गम्भीर नभएका कारण वार्ताको प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो।

वार्ता प्रारम्भ हुनुपूर्व नै राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा गरी उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने शर्त राखिएकोमा सरकारी पक्षबाट पठाइएको पत्रमा वार्ता प्रारम्भ भइसकेपछि मात्र बन्दीहरुलाई रिहा गर्ने र संविधानसभाको निर्वाचनसम्म सबै विरोध कार्यक्रम फिर्ता लिनुपर्नेजस्ता शर्त अघि सारिएको कारण तत्काल वार्ताको सम्भावना छैन भनी उहाँले स्पष्ट पार्नुभयो।

तर उहाँले आफूहरु अहिले पनि वार्ताका लागि तयार रहेको बताउनुभयो।

यसैबीच अखिल तराई मोर्चाका संयोजक जयकृष्ण गोइतले चैतसम्म वार्तामा नजाने कुरा विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।

Popularity: 8%

Add comment March 28th, 2008

दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल दुई गोलले पराजित (+Photo)

राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम -
पोखरा रङशालामा बिहीबार सम्पन्न भएको दोश्रो श्रृंखलामा नेपाल ०-२ को गोल अन्तरले पराजित भएको छ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानले नेपाललाई २-० ले पराजित गरे पछि २ खेलको श्रृंखला बराबरीमा टुङ्गिएको छ। नेपालले चैत्र १२ गते सम्पन्न पहिलो खेलमा पाकिस्तानलाई २-१ ले पराजित गर्दै पहिलो श्रृखला आफ्नो कब्जामा पारेको थियो।

दोश्रो श्रृखला दुबै टोलीका खेलाडीहरु निकै आक्रमक रुपमा मैदानमा उत्रिएका थिए भने खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो। पहिलो हाफमा नेपाली खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरे पनि पाएका केही अवसरलाई सदुपायोग गर्न भने सकेनन्। पहिलो हाफमा सन्तोष साहुखलले गरेका प्रहार गोल पोष्ट छोएर बाहिरिएको थियो। नेपाली खेलाडी जुमानु र्राई तथा अनिल गुरुङले गरेका प्रयास गोलमा परिणत हुन सकेनन्।

तस्विरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

केही समयको मध्यान्तरपछि दोश्रो हाफको खेल शुरु भएको रेफ्रीले जानकारी दिए लगत्तै जरि्स नं. १६ का कासिमले मध्य भागबाट एक्लैले बल लगि खेलमा पहिलो गोल गर्दै आफ्नो टोलीलाइ बिजयी तर्फ उन्मुख गराए। रेफ्रीले गोलकोर् इशारा गरेपछि खेल हेरिरहेका दर्शक अचम्म परेका थिए। एक गोलले पछि परेको नेपालले खेलमा थप अक्रमक रणनीति बनाएको थियो। नेपाली खेलाडीहरुले गरेका प्रयास पाकिस्तानी खेलाडीहरुले असफल बनाएका थिए। आक्रमक खेल खेलिरहेको नेपालले दोश्रो गोल काउन्टर एयटकमा खाएको थियो। हाजिले दिएको पासलाई रसुलले गोलमा परिणत गरेपछि पाकिस्तानले जितलाई सुनिश्चत गरेको हो।


नेपाली टिम
आजको खेलमा आफुले भने अनुसारको खेलाडीहरुले नखेलेको कारण पराजित हुन परेको नेपाली टोलीका प्रशिक्षक भिम थापाले बताउनु भयो। यता पाकिष्तानी प्रशिक्षक अख्तर मैहिउइन भन्छन् -’आफ्ना खेलाडी पहिलो खेलमा लामो यात्राबाट थाकेका कारण पराजित भएको र दोश्रो खेलमा आफूहरुले खेलाडी परिवर्तन तथा खेलमा रननीति परिवर्तन गरेकोले सहज रुपमा बिजयी भएको हौ।’

पाकिस्तानी टिम
खेलमा मध्यान्तरमा मैदानमा छिरेका राष्ट्रिय खेलाडी राजेश शाहीले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। उनलाई एन्फाले बिदाइ गरेको थियो। पोखराको फुटबल मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको यो पहिलो अवसर हो। खेल खेल्न पोखरा आएका पाकिस्तानी टिमलाई पोखराको पयर्टन व्यवसायीले मायाको चिनो समेत प्रदान गरेका थिए।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 8%

Add comment March 28th, 2008

कास्कीमा कांग्रेसको आमसभा

राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम -
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर चारको चुनाबी अभियान अन्तर्गत विहीबार सल्यान गाबिसमा बिशाल आमसभा सम्पन्न भएको छ।

सभा लाई सम्बोधन गर्नुहंदै सो क्षेत्रका उम्मेदवार एवं अन्तरिम संसदका बिधायक प्रकाशबहादुर गुरुङले मुलुकमा देखिएका दलित, आदिवासी जनजाति, तर्राई भेदभाव लगायतका समस्याहरु संबिधानसभा निर्वाचन पछि निराकरण हुदै जाने हुंदा संबिधानसभा निर्बाचनमा उत्साह र भयरहित वातावरणमा मतदान गर्ने अवसर जनतालाई दिनु पर्ने बताउनुभयो।

उहांले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा नेपाली कांग्रेस लागिसकेको हुनाले यसलाई मूर्त रुप दिनका लागि नेपाली कांग्रेसलाई मतदान गर्नु आग्रह गर्नुभयो। कार्यक्रममा महासमिति सदस्य खेमराज पौडेल, राचन्द्र त्रिपाठी, जिल्ला सचिब पोषनाथ शर्मा, सहसचिब मुक्तिराम अधिकारी, क्षेत्रिय सभापतिहरु आइबहादुर गुरुङ, रामजी अधिकारी, चुडामणी सुबेदी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष भरतजङ्ग कुंवर, पूर्व पार्टी सभापति शेरबहादुर गुरुङ, शिक्षक भोला पौडेल, खडगबहादुर केसी, इश्वरी बस्ताकोटी, कुले चुवाइ लगायतका वक्ताहरुले संबिधानसभा निर्वाचनमा जनतालाई डर धम्की दिएर भन्दा जनताको मन जितेर जानुपर्ने बताउंदै संघीय गणतन्त्रका लागि नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरिएको थियो।

Popularity: 8%

5 comments March 28th, 2008

साँस्कृतिक मञ्च, द. कोरियाद्वारा पिए नेपाललाई आर्थिक सहयोग (+Photo)

उमेश वस्नेत, सिओल, कोरिया/ एचकेनेपाल डट कम -
नेपाल कोरिया साँस्कृतिक मञ्च दक्षिण कोरियाले पिए नेपाललाई ५१००० रूपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपाल कोरिया साँस्कृतिक मञ्चका सहकोषाध्यक्ष दिल राईको संयोजनमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी Prisoners Association Nepal (पिए) नेपालका संयोजक इन्दिरा राना मगरलाई कार्यक्रमका प्रमुख अतिथि बिष्णु निष्ठुरीले हस्तान्तरण गर्नु भएको हो।

सोही कार्यक्रममा नेपाल ट्रेड फेडेरेसनका सदस्य तथा गायक बाबु बोगटीले नेपाली गीतहरु गाएर उपस्थित सबैलाई नचाउनु भएको थियो। नेपाल साँस्कृतिक मञ्च दक्षिण कोरियाका महासचिव राजकुमार आङदाम्बेका अनुसार द. कोरियामा आयोजना गरेको संगीत सरगम २ कार्यक्रमबाट उठेको रमक पिए नेपाललाई सहयोग गरिएको हो।

स्मरणीय रहोस्, पि ए नेपाल (PA Nepal) नेपालका बिभिन्न जेलमा जन्मिएका बालबच्चाहरुलाई समेटेर शिक्षादिक्षा र पालन पोषण गर्दै आएको एक संस्था हो।

Popularity: 8%

Add comment March 28th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2008
M T W T F S S
« Feb   Apr »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....