Archive for April 19th, 2008

सर्लाही ६ मा पुनः मतदानपछि मतगणना सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा निर्वाचनअर्न्तर्गत र्सलाहीको क्षेत्र नं. ६ का १३ मतदान केन्द्रमा हिजो पुनः भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आज बिहानदेखि मतगणना सुरु भएको छ।

गोली र बम बिष्फोट गराई मतदातालाई आतङ्कित पारिएको तथा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद सिंहलाई मतदानकै दिन गोली हानी हत्या गरिएको कारण निर्वाचन आयोगले क्षेत्र नं. ६ का १३ मतदान केन्द्रको मतदान रद्द गरेको थियो।

गत चैत २८ गते भएको निर्वाचन रद्द गरिएका गढैया गाविसका ५, बलरा एवं मिर्जापुर गाविसका ३/३ र अर्नाहा गाविसका दुई मतदान केन्द्रमा हिजो पुनः मतदान भएको हो।

त्यहाँ साठी प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान छ।

Popularity: 12%

Add comment April 19th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2008
M T W T F S S
« Mar   May »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....