Archive for August, 2008

अक्टोवर १३ मा एनआरएन दिवस

एस, काठमाडौं / एचकेनेपाल डड कम -
आगामी आश्विन २७ गते तदानुसार अक्टोवर १३ तारिखका दिन नेपालमा गैरआवासीय नेपाली दिवस मनाइने भएको छ।

गैरआवासीय नेपाली संघले यसैगरी अक्टोवर महिना भरी विभिन्न मुलुकमा गैरआवासीय नेपाली दिवस मनाउन सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषदहरुलाई आह्वान गरिसकेको छ। आगामी अक्टोबर १२ र १३ तारिखका दिन “स्थानीय रुपान्तरणमा गैर आवासीय नेपाली” नाराका साथ नेपालमा हुने गैर आवासीय नेपाली दिवसको औपचारिक कार्यक्रम जनकपुरमा मनाउने निर्णय अनुसार संघले उपाध्यक्ष राम थापाको संयोजकत्वमा एक आयोजक सिमित गठन गरेको छ।

समितिमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अरु संघ संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व रहने भएको छ। दिवसका कार्यक्रममा नेपाल सरकारका तर्फबाट उच्च तहको सहभागिता रहने विश्वास गरिएको छ। यस कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी र विभिन्न मुलूकबाट आउने गैरआवासीय नेपालीहरुको सहभागीता रहनेछ।

Popularity: 8%

Add comment August 31st, 2008

मन्त्रीपरिषद विस्तार, १५ जनाको शपथ ग्रहण, भट्टराई अनुपस्थित

एस, काठमाडौं / एचकेनेपाल डड कम -
प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति भवन शीतल निवासमा एक उपप्रधानमन्त्रीसहित १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।

प्रधानमन्त्रीले २४ सदस्यीय मन्त्रीमण्डलको विस्तारसंगै सत्ता साझेदारीमा ४ दललाई समावेश गर्नुभएको छ। नेकपा एमाले, मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी, जनमोर्चा नेपाल र नेकपा संयुक्तलाई मन्त्रीमण्डलमा समावेश गरेपछि सत्ता साझेदारी दलको संख्या माओवादीसहित ६ पुगेको छ।

शपथ ग्रहण कार्यक्रममा माओवादी नेतृ तथा नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिशिला यमीले शपथ ग्रहण गर्नु भएन भने अर्थमन्त्री बाबुराम भट्टराईको उपस्थिति रहेको थिएन। सरकारमा एमालेका बामदेव गौतमलाई दोश्रो वरीयता क्रम दिएपछि भट्टराईले असन्तुष्टी व्यक्त गर्दै आई रहनुभएको थियो। शपथ कार्यक्रममा भट्टराईको अनुपस्थितिलाई माओवादी पार्टीभित्र सम्भावित विद्रोहको रुपमा हेरिन थालेको छ।

आज शपथ ग्रहण गर्नेहरुमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमसहित जलश्रोत मन्त्री बिष्णु पौडेल, स्थानीय विकाश मन्त्री रामचन्द्र झा, सामान्य प्रशासन मन्त्री पम्फा भुषाल, भूमिसुधार मन्त्री मात्रृका यादव, संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराती, शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा, श्रम तथा यातायात मन्त्री लेखराज भट्ट, वातावरण तथा बिज्ञान प्रविधि मन्त्री गणेश शाह, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो, उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, बन मन्त्री किरण गुरुङ र युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य रहेका छन्।

Popularity: 8%

Add comment August 31st, 2008

स्वर्ण पदक विजेता चीनियाँ खेलाडीहरु हङकङमा

एस, हङकङ / एचकेनेपाल डट कम, अगट ३१ -
बेइजिङ २००८ ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जितेर चीनको गौरव र प्रतिष्ठा बढाउने सिलेब्रेटी खेलाडीहरु हङकङ भ्रमणमा व्यस्त रहेका छन्। (more…)

Popularity: 8%

Add comment August 31st, 2008

नयाँ मन्त्रीको शपथ आज

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादी र नेकपा एमालेबीच सरकारमा सहभागिता सम्बन्धि उत्पन्न विवादको अन्त्य भएको छ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव झलनाथ खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि उक्त विवादको अन्त्य भएको हो।

छलफलमा उहाँहरुबीच नेकपा एमालेलाई उपप्रधानमन्त्री दिने सहमती हुनुका साथै वरियता सम्बन्धमा पनि सहमती भएको नेकपा एमालेका महासचिव खनालले बताउनुभएको छ।

उहाँका अनुसार राति अग्राख पलाएन भने सहमति अनुसार आइतबार पार्टीका मन्त्रीहरुले शपथ लिनुहुनेछ।

उहाँले सरकारमा अन्य साना राजनीतिक दलहरुको पनि सहभागिता हुने बताउनुभएको छ।

Popularity: 8%

1 comment August 31st, 2008

तमलोपा सरकारमा नजाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको सरकारमा नजाने पुरानो अडान कायमै रहेको बताउनुभएको छ।

ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफल पछि पत्रकारहरुलाई आफ्नो अडान कायमै रहेको धारणा बताउनुभएको हो।

उहाँले आफ्नो पार्टी सरकारमा नगएपनि सरकारको गुण, दोषका आधारमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ।

उहाँले फागुन १६ गते भएको सम्झौता अनुरुप सरकारले के-के काम गर्छ, आफ्नो पार्टीले हेर्न चाहेको बताउनु भयो।

Popularity: 8%

Add comment August 31st, 2008

नेपाल र मलेसियाबीच सीधै हवाई सेवा सञ्चालन हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालका लागि मलेसियाका राजदूत दातो इनाकोवान कोनान डाभेलुले नेपाल मलेसियाबीच छिटै सिधा हवाई सेवा सञ्चालन हुने जानकारी दिनुभएको छ।

मलेसियाको राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा नेपाल मलेसिया सम्बन्धमा प्रकाशन गरिएको ‘लुक नेपाल’ पत्रिकाको विशेष अङ्कको विमोचन गर्दे उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले नेपालको कृषि, शिक्षा, पर्यटन जस्ता आर्थिक क्षेत्रको विकासमा मेरियाको सहयोग आगामी दिनमा अझ बृद्धि हुने बताउनुभयो।

कार्यक्रममा सभासद् राजेन्द्र खेतानले नेपालले आर्थिक कुटनीतिको माध्यमबाट मलेसियाबाट धेरै लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल मलेसिया चेम्बर अफ कमर्शका अध्यक्ष चन्द्र ढकालले मलेसियामा कार्यरत झण्डै चार लाख नेपाली कामदारहरुबाट ठूलो रेमिटेन्स प्राप्त भईरहेको धारणा व्यक्त गर्नुभयो।

Popularity: 8%

Add comment August 31st, 2008

पन्ध्र हजार पुस्तकलाई आइएसबिएन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरराष्ट्रिय रुपमा पुस्तकहरुको दर्ता गर्ने नेपालको एकमात्र अनुमति प्राप्त संस्था त्रिवि केन्द्रीय पुस्तकालयले हालसम्म १५ हजार आइएसवीएन नम्बर वितरण गरिसकेको जनाएको छ।

सन् २००० को जनवरी २६ देखि आइएसविएन नम्बर वितरण गर्न सुरु गरेको उक्त पुस्तकालयले विभिन्न विधामा लेखिएका पुस्तकका साथै विभिन्न प्रकाशन संस्थाहरुद्वारा प्रकाशित गरिएका पुस्तकहरुलाई माग भए बमोजिम सो नम्बर वितरण गरिएको पुस्तकहरुको संख्या १५ हजार पुगिसकेको पुस्तकालयका प्रमुख कृष्णमणि भण्डारीले बताउनुभयो।

विभिन्न सङ्घ संस्थाका साथै प्रकाशक सङ्घ संस्थाहरुद्वारा प्रकाशित गरिएका विभिन्न पुस्तकहरुको अन्तरराष्ट्रिय पुस्तक दर्ता नम्बर लिन आउनेहरुमा अत्यधिक आर्कषण बढिरहेकेा बताउँदै पुस्तकालयका प्रमुख भण्डारीले उक्त नम्बर प्राप्त गरेपछि पुस्तकका सम्बन्धमा अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार समेत हुने भएका कारण पनि पछिल्लो समयमा आइएसविएन नम्बर लिनेहरुको संख्या अत्यधिक बढेको बताउनुभयो।

Popularity: 8%

Add comment August 31st, 2008

युवा वर्ष मोती पुरस्कार गोवर्धन पूजा र बुनू लामिछानेलाई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
युवाकवि मोतीराम भटृको १४३ औँ जन्मजयन्तीको अवसरमा नेपाली शिक्षा परिषदद्वारा आयोजित कार्यक्रममा यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ कवि गोवर्धन पूजा र कवयित्री बुनू लामिछानेलाई संयुक्त रूपमा प्रदान गरियो।

सो पुरस्कार अन्तरराष्ट्रिय युवा वर्षको उपलक्ष्यमा राष्ट्रिय युवा सेवा कोषले स्थापना गरेको हो। राष्ट्रकवि माधव घिमिरेले पुरस्कृतद्वयलाई पुरस्कारअर्न्तर्गतको पदक, प्रमाणपत्र र जनही रू.२० हजार प्रदान गर्नुभयो।

कार्यक्रममा पुरस्कृत कवि गोवर्धन पूजाले पुरस्कार आफ्नालागि प्रेरणाको स्रोत भएको बताउँदै आगामी दिनमा आफू अझ सक्रियताका साथ साहित्यिक कार्यमा लाग्ने बताउनुभयो। अर्का पुरस्कृत प्रतिभा कवयित्री लामिछानेले साहित्यिक क्षेत्रमा प्राप्त प्रेरणा र सदासयतालाई खेर जान नदिने उल्लेख गर्नुभयो।

कार्यक्रममा परिषद्का सदस्यसचिव रमा शर्मा र कोषाध्यक्ष भीमबहादुर अधिकारी, साहित्यकार डा.देवीप्रसाद सुवेदी र राष्ट्रिय युवा सेवा कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले युवाकवि भटृको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो।

सो अवसरमा आयोजित ‘के गरे हुन्छ होला -’ विषयक समस्यापूर्ति कविसम्मेलनमा राष्ट्रकवि घिमिरेका अतिरिक्त कविहरू रमेश खकुरेल, बामदेव पण्डित, धर्मराज थापा, रमा शर्मा, कोषराज न्यौपाने, प्रहृलाद पोखरेललगायतका कवि कवयित्रीले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।

Popularity: 8%

Add comment August 31st, 2008

नयाँ संविधान निर्माणका लागि आदिवासी जनजातिको एकता आवश्यक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नयाँ बन्ने संविधानमा जनजातिका आवाज समावेश गर्न सम्पूर्ण आदिवासी जनजाति समुदाय आ-आफ्ना राजनीतिक विचारलाई पर राखी एकताबद्ध हुनुपर्ने बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद्, नवलपरासीद्वारा कावासोतीमा आयोजित शुमकामना, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले ‘एक मधेस एक प्रदेश’को अवधारणा जनजातिलाई पछि पार्न रचिएको षड्यन्त्र भएकाले त्यसका विरुद्ध एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

Popularity: 8%

Add comment August 31st, 2008

वैकल्पिक मार्ग पनि अवरुद्ध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि सप्तकोसी नदीमा बाढी आएर नदीको सतहमाथि आएका कारण चतरा-रामपुर-ठोक्सिलाको वैकल्पिक मार्गसमेत अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

चतरास्थित पूर्वी भङ्गालोमा डुङ्गा तार्न सकिए पनि सुनसरी-मोरङ सिँचाइ योजनाको नयाँ इन्टेक भएको स्थान दक्षिणबाट बगेको कोसीको मूल भङ्गालोमा डुङ्गा तार्न असम्भव भएको चतराका डुङ्गा ठेकेदार बुद्ध श्रेष्ठले बताउनुभयो।

श्रेष्ठका अनुसार डुङ्गा खियाउने माझीहरूको नै ज्यान जोखिमपूर्ण रहेकाले सर्वसाधारण नागरिकको जीवनको सुरक्षालाई ध्यानमा राखेर डुङ्गा सञ्चालन बन्द गरिएको हो। दैनिक पाँच हजारदेखि आठ हजार मानिसलाई तार्दै आएको चतराघाटमा पूर्वी भङ्गालोतर्फ एक तथा कोसी नदीको मूल भङ्गालोतर्फ दुइवटा डुङ्गा सञ्चालन भएको थियो।

डुङ्गा सञ्चालन बन्द गरिएपछि कोसीपारिको डुम्रिबोट हुँदै रामपुर, ठोक्सिला क्षेत्रका साथै वारि चतरातिर पनि हजारौँ यात्रु अलपत्र परेका छन्।

कोसी नदीमा आएको बाढीका कारण नदीको सतह बढ्नुका साथै पश्चिम कुसाहाबाट नदी पूर्व सुनसरीतिर पसेपछि कोसी नदीको बहाव पनि तीव्र बनेका कारण डुङ्गा तार्न कठिनाइ भएको प्रकाशपुर गाविसअर्न्तर्गत राजावासका बासिन्दा पद्म खड्काले बताउनुभयो। उहाँका अनुसार प्रकाशपुरको राजावासबाट श्रीलङ्का टप्पु हुँदै सप्तरी र सिरहातिर डुङ्गाबाट जाने मानिस पनि हिजो बिहानैदेखि जान नसकेर प्रकाशपुरको राजावास क्षेत्रमा अलपत्र परेका छन्।

यस्तै अविरल वर्षाका कारण धरानदेखि चतरा जाने सडक पनि अवरुद्ध भएको छ। धरान पश्चिमको सर्दुखोलामा पानी बढेकाले यातायातका साधनहरू सञ्चालन हुन नसकेका कारण यात्रुहरूलाई चतरासम्म पुग्न कठिनाइ भएको छ।

Popularity: 8%

Add comment August 31st, 2008

कोसी पीडितलाई राहत सङकलन गर्न एकल महिला जुटे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कोसी बाढी पीडितका लागि राहत संकलन गर्न नवलपरासीमा एकल महिला समूहले तीज गीत प्रतियोगिताको अभियान सुरु गरेको छ।

जिल्लाका विभिन्न गाविसहरुमा गठित एकल महिलाहरु तीजको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा सो अभियान सुरु गरिएको बताइएको छ।

तीजको परम्परा र बाढी पीडितहरुको उद्धारसंगसंगै गर्ने गरी सो अभियान सुरु गरिएको र संकलित रकम प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा पठाइनेछ।

जिल्लाबाट सुरु गरिएको सो अभियान गाउँगाउँसम्म पुर्‍याउने बताइएको छ। गाउँगाउँबाट आएका एकल महिलाहरुले कार्यक्रममा महिला अधिकार, एकल महिलाका पीडा र परम्परागत तीज गीत गाएर राहत संकलन गरेका थिए।

Popularity: 8%

Add comment August 31st, 2008

नेपालमा १० लाख पर्यटकलाई पुग्ने होटल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा हाल कम्तिमा १० लाख पर्यटकलाई आवास सुविधा उपलब्ध गराउन सक्ने होटल क्षमता रहेको छ।

आर्थिक क्रान्तिका लागि पर्यटन’ भन्ने नाराका साथ आजदेखि सुरु हुन लागेको होटल एसोसिएसन् अफ नेपाल (हान)को ३९ अ‍ौँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिइएको हो।

हानका अध्यक्ष प्रकाश श्रेष्ठले केही समय यता देशमा होटल व्यवसाय सकारात्मक रुपमा अघि बढिरहेको बताउँदै होटल व्यवसायलाई पर्यटकीय प्राथमिकतामा समावेश गर्नका लागि हानले सरकारसँग अनुरोध गर्ने जानकारी दिनुभयो।

उहाँले नेपालमा होटल व्यवासय क्रमिक रुपमा वृद्धि भइरहेको र यसका पूर्वाधारहरुको अझ विकासका लागि हान आगामी दिनमा अझ सक्रिय रहने पनि बताउनुभयो।

Popularity: 8%

Add comment August 31st, 2008

भारतीय एसएसबीद्धारा नेपाली नागरिकको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतीय सीमा सुरक्षा बल एसएसबीले नवलपरासीको कुडियाँ गाविसस्थित नेपाली भूमिबाट एक जनालाई पक्राउ गरी हत्या गरेको बताइएको छ।

गत सोमबार हतियारसहित नवलपरासीको कुडयामा प्रवेश गरेका भारतीय एसएसबीले कुडिया-३ का मोसाफर यादवलाई पक्राउ गरेर भारत लगी हत्या गरेको बताइएको छ।

मोसाफरका दाजु राधेश्याम यादवका अनुसार एसएसबीले गत सोमबार भाइलाई कुडयाबाट पक्राउ गरी लगेतापनि भारतमा हत्या गरेको हो।

भारतीय एसएसबीले नेपाली भूमिमा आएर एक नेपाल नागरिकलाई पक्राउ गरी लगेर हत्या गरेतापनि यस सम्बन्धमा नवलपरासी प्रहरी भने अनभिज्ञ छ।

Popularity: 8%

Add comment August 31st, 2008

काँग्रेसका नेताहरु चीन घुम्दै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाली काङ्ग्रेसका उपसभापति एवम् संविधानसभा सदस्य प्रकाशमान सिंहको नेतृत्वमा पार्टीको छ सदस्यीय एक टोली चीन घुम्दैछ।

उक्त टोलीमा नेपाली काङ्ग्रेसका अन्तरराष्ट्रिय विभाग प्रमुख सुजाता कोइराला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, संविधानसभा सदस्य पुष्पा भुसाल र विदेश विभागका सदस्य शम्भुराम सिम्खडा रहनुभएको छ।

चीनमा रहँदा सो टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवलगायतका पदाधिकारीहरुसँग भेट गरी दुई पक्षीय सम्बन्ध विस्तारबारे छलफल गर्ने बताइएको छ।

Popularity: 8%

Add comment August 31st, 2008

माओवादीले अवदेखि कर सङ्कलन नगर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) धनकुटाले धरान-धनकुटा सडकखण्डमा अनाधिकृत रुपमा उठाउँदै आएको कर तथा चन्दा सङ्कलन शुक्रबारदेखि नउठाउने घोषणा गरेको छ।

एक साताअघि भएको सर्वपक्षीय भेलाको निर्णय उल्लङ्घन गर्दै नेकपा (माओवादी) ले कोसी राजमार्गको सो सडकखण्डमा सवारी साधन रोकी पुनः कर तथा चन्दा सङ्कलन गरिरहेकोमा सबै क्षेत्रबाट विरोध भएपछि उसले शुक्रबार विज्ञप्ति जारी गरी कर तथा चन्दा नउठाउने घोषणा गरेको हो।

नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति धनकुटाले राजमार्गमा सवारी साधन रोकी कर तथा चन्दा नउठाउन आफ्ना कार्यकर्ताहरुलाई उक्त विज्ञप्ति मार्फत् निर्देशन गरेको छ।

यसअघि नेकपा (एमाले) निकट यूथफोर्सले धनकुटाको जिरोप्वाइन्टमा, वाइसिएलले भेडेटार र सङ्घीय लिम्बुवान राज्य परिषद्ले सिमसुवामा अनाधिकृत रुपमा ढाट सञ्चालन गरी सवारी साधनहरुबाट कर सङ्कलन गरी अनावश्यक दुःख दिइरहेकोमा र्सवपक्षीय निर्णयबाट कर सङ्कलन कार्य बन्द गरिएको थियो।

Popularity: 8%

Add comment August 31st, 2008

हामी धरानेहरु कसैप्रति पूर्वाग्रही छैनौं - सभासद किरण राई

(अन्तवार्ता)
किरण राई (निशान) नेकपा (माओवादी) का तर्फबाट सुनसरी क्षेत्र नं. १ का सभासद हुन्। पार्टीका तर्फबाट सुनसरी जिल्ला भरिकै संसदीय दलका प्रतिनिधिको रुपमा सक्रिय राई हाल इनरुवामा रहेर बाढी पीडित क्षेत्रमा अहोरात्र खटिई रहनु भएको छ। सभासद राईसंग एचकेनेपाल डट कमका लागि आनन्द श्रेष्ठले गरेको कुराकानीको संक्षिप्त अंश -


(more…)

Popularity: 8%

Add comment August 30th, 2008

मिस्टर जोन मारिए

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राजधानीको विभिन्न ठाउंहरुमा श्रृंखलाबद्ध बम बिस्फोट गराउने प्रमुख नाइके तराई आर्मीका अध्यक्ष कौशलकुमार सहनी उर्फ मिस्टर जोन आज बिहान प्रहरीसंग भएको दोहोरो भिडन्तमा मारिएका छन्।

रौतहटको बरियापुर गाविसमा मिस्टर जोनको समूह र गस्तीमा हिडेको प्रहरीबीच बिहान करीव ४ बजे दोहोरो भिडन्त हुंदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको गरुडा इलाका प्रहरी कार्यालयले जनाएको छ। सोही भिडन्तमा प्रहरीको गोलीबाट मिस्टर जोनका अंगरक्षक महन्थ सहनीको समेत मृत्यु भएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट अमेरिकी पिस्तोल एक थान, कटुवा पिस्तोल एक थान र केही गोलीहरु बरामद गरेको छ।

लामो समयसम्म प्रहरीको आँखा छलेर फरार रहेका मिस्टर जोन गत भदौ १६ गते राजधानीका विभिन्न ठाउंहरुमा बम बिस्फोट गराएर धनजनको क्षति, रौतहटमा भएको नरसंहार, यात्रुवाहक बसमा आगजनी, हत्या, अपहरण, चन्दा उठाउने जस्ता दर्जनौ अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ।

Popularity: 8%

3 comments August 30th, 2008

उपेन्द्र देवकोटापुत्रीका अपहरणकर्ताको पहिचान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महानगरीय प्रहरी अपराध महाशाखाले डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण घटनामा संलग्न थप एकजना फरार अभियुक्तको पहिचान गरेको छ।

काभ्रे जिल्ला घर भई काठमाडौँको सुकेधारा बस्ने ३७ वर्षीय गोकुल गिरी (उपनाम राजेश क्षेत्री)ले अपहरणपछि फिरौती रकमको माग गर्न डा. देवकोटासँग पटकपटक टेलिफोनमा वार्तालाप गरेकाले उक्त अपहरण घटनामा गोकुलसमेतको प्रमुख भूमिका देखिएको अनुसन्धानबाट थाहा भएको महाशाखाले जानकारी गराएको छ।

सो अवसरमा अभियुक्त गोकुलले डा.देवकोटासँग टेलिफोनमा गरेको वार्ताको रेकर्ड सुनाइएको थियो।

यसअघि नै उल्लेख गरिएका फरार अभियुक्तहरु सिद्धार्थ लामा, कृष्णछारा राई, राजु थापासमेतको नाममा विभिन्न बैङ्कमा जम्मा रहेको १५ लाख रुपियाँ र निजहरुको नाममा रहेको घरजग्गासमेत प्रचलित कानुनअनुसार रोक्का गरिएको छ।

सूचनाका आधारमा अनुसन्धान भइरहेकाले फरार अभियुक्तहरु आगामी दिनमा समातिने दावी गर्दै वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्यालले प्राविधिक गोपनीयताका कारण धेरै कुरा अहिले भन्न नसकिने उल्लेख गर्नुभयो।

Popularity: 8%

Add comment August 30th, 2008

भारतीय प्रधानमन्त्रीसित परराष्ट्रमन्त्रीको भेट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतका प्रधानमन्त्री डा मनमोहन सिँहसँग परराष्ट्रमन्त्री उपेन्द्र यादवले विम्स्टेक बैठकका सहभागी अन्य देशका विदेशमन्त्रीहरुसँग हिजो प्रधानमन्त्रीको निवासमा भेट गर्नुभयो।

प्रधानमन्त्रीसँगको संयुक्त भेटमा परराष्ट्रमन्त्री यादवले कोसी नदीको बाढीसम्बन्धमा छलफल गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री सिँहले बाढीपीडितका लागि राहत र पुनर्वासनिम्ति भारत सरकारको सहयोग हुने विश्वास दिलाउनुभयो।

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग हिजो भएको भेटका अवसरमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आवश्यक खाद्यान्नको कमी भएको भनी उठाइएको विषयलाई भारतीय प्रधानमन्त्रीले आफूले जानकारीमा राखेको बताउनुभयो।

भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीको छिटोभन्दा छिटो भारतमा हुने औपचारिक भ्रमणका लागि प्रतीक्षा गरिरहेको बताउनुभयो।

यसअघि परराष्ट्रमन्त्री यादवले हिजो भारतीय विदेशमन्त्री मुखर्जीसँग उहाँको कार्यालय साउथ ब्लकमा भेटी कोसी नदीको बाँध भत्की उत्पन्न बाढी र त्यसबाट भएको ठूलो क्षतिसम्बन्धमा छलफल गर्नुभएको थियो।

Popularity: 8%

Add comment August 30th, 2008

नौ सय सत्तरी अझै बेपत्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले नेपाल सरकार र नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौता अहिलेसम्म कार्यान्वयन हुननसकेको बताउनुभएको छ।

नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थासम्बन्धी प्रतिवेदन हरिहरभवनस्थित आयोगको कार्यालयमा आज र्सार्वजनिक गर्दै अध्यक्ष उपाध्यायले सरकार र माओवादीबीच भएको सम्झौताअनुसार शान्ति तथा मेलमिलाप आयोग र सत्य निरुपण आयोग तत्काल गठन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअघिकार उच्चआयुक्त कार्यालयका प्रमुख रिचार्ड बेनेटले सो प्रतिवेदनबाट बेपत्ताको अवस्था सार्वजनिक गर्न सहयोग पुग्ने बताउँदै प्रतिवेदन जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो।

प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट कुल तीनहजार २९९ व्यक्तिलाई बेपत्ता पारिएको भनी आयोगमा उजुरी परेकामा हालसम्मको अनुसन्धानबाट दुइ हजार ३२९ जनाको अवस्था सार्वजनिक भएको छ भने ९७० जनाको अवस्था अज्ञात रहेको छ।

Popularity: 8%

Add comment August 30th, 2008

विद्यालयका कर्मचारी आन्दोलनमा जुट्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले सार्वजनिक विद्यालयमा काम गर्ने शिक्षकको अधिकार क्रमशः सुनिश्चित पार्दै लगेपनि तिनै विद्यालयमा काम गर्ने करिब ३३ हजार कर्मचारीको अधिकार भने कुण्ठित पारेको आरोप लगाइएको छ।

विसं २०२८को शिक्षा नियमावली अनुसार सार्वजनिक विद्यालयमा काम गर्ने गरी सरकारले पियन र लेखापालको नियुक्त गर्ने परिपाटीको व्यवस्था गरेको थियो। पछिल्लो पटक विसं.२०३६ मा सेवाकालीन र अवकाशित सुविधासम्बन्धी उल्लेखित दफामा ‘शिक्षक’ श्ब्दमात्र प्रयोग गरी कर्मचारी उल्लेख नगरेर विभेद सुरु भएको विद्यालयका कर्मचारीले बताएका छन्।

विसं २०२८ देखि २०३६ सम्म तत्कालीन सरकारले प्राविमा एकजना पियन, निमाविमा एकजना पियन र लेखापाल तथा माविमा दुइजना पिएन र एकजना लेखापालको दरबन्दी कायम गरेको थियो।

सार्वजनिक विद्यालयमा काम गर्ने कर्मचारीलाई अवकाश दिँदा अहिलेको सरकारले शिक्षा नियमावली २०५९ बमोजिम विभेद गरेकाले विरोधका कार्यक्रम सञ्चालन गर्दै जाने बताइएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

रातो रातो सारीको फन्को, जापानमा पनि तीजको रन्को

छक्कु उदासी, जापान / एचकेनेपाल डट कम -
गत वर्षहरुमा झैं यो बर्ष पनि जापानमा रमरझम तीज आएको छ। यहि अगष्ट ३१ तारिखको दिन टोकियोस्थित ओमोरी बैंकट हलमा तीज मनाईने भएको छ।

सुरुको समय सन् २००० मा केही सक्रिय महिलाहरुबाट सूर्योदयको देश जापानमा तीज मनाउन सुरवात गरिएको थियो। लगतै अर्को बर्षदेखि जापान रहेको साझा संस्था नेपाली समाज जापानले तीज कार्यक्रमलाई निरन्तरता दिदै आएका थिए। तर यस पल्टको तीज भने भरखरै मात्रै स्थापना भएको दिदीबहिनी समाज जापानले भब्यताका साथ मनाउने तरखर गरेको छ।

माईत गएर बाबुआमाको काखमा मिठो चोखो खाएर रमाईलो गरे जस्तो त प्रवासमा हुने कुरै भएन। पराई भूमिमा संधै कामै कामको चटारो हुन्छ। जसको बाबजुत दिदीबहिनीहरु जम्मा भएर एक दिन भए पनि रमाईलो गरेर मनको पीर मेटाउने र ब्यथा बिसाउने भएका छन्। सम्झना बिर्सना स्वरुप जापानबासी नेपाली महिलाहरुलाई तीजको रन्कोले झपक्कै छोपेको छ।

तीज कार्यक्रममा नेपाल र नेपाली संगीतलाई अतिनै माया गर्ने जापानी चेलीबेटीहरुको तीज सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। त्यसै गरी, शक्ति रेष्टुरेण्टले तीज सम्बन्धी परिकारहरु पस्कने भएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

आइतबार मन्त्रिमण्डल विस्तार हुनसक्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) सचिवालयको बैठकले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा प्रायः सबै कुरा टुङ्गिसकेकाले बाँकी कुरा टुङ्ग्याउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठक मन्त्रिपरिषद् विस्तारमा साना दल र आफ्नो पार्टी तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको विषयमा निर्णय गर्न बसेको पार्टी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बताउनुभयो।

प्रवक्ता महराले मन्त्रिपरिषद् विवादका सम्बन्धमा नेकपा (एमाले)सँग कुरा करिबरुपमा मिलिसकेको बताउँदै मर्यादाक्रमको विवाद नरहेको धारणा व्यक्त गर्नुभयो।

शुक्रबार हुने भनिएको मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम मन्त्रिमण्डलमा अन्य साना दललाई पनि सहभागी गराउनुपर्छ भनेर सारिएको बताइएको छ।

मन्त्रिमण्डलले आइतबार पूर्णता पाएमा सोही दिन सपथग्रहण हुनसक्ने बुझिएको छ।

Popularity: 8%

Add comment August 30th, 2008

कांग्रेस नेताहरु चीन भ्रमणमा

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहसहित ६ सदस्यीय टोली आज छिमेकी मुलुक चीन प्रस्थान गर्ने भएका छन्।

सिंहसहितको उक्त टोली चीनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका हुन्। सिंहले नेतृत्व गरेको टोलीमा मिलेन्द्र रिजाल, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का र शम्भुराम सिंखडा रहेका छन्।

करीव एक हप्ताको भ्रमणको क्रममा दुइ पार्टीबीच आपसी सम्बन्ध विस्तार र हितका विषयमा छलफल हुने बताइएको छ।

Popularity: 8%

1 comment August 30th, 2008

एनडिएफ ब्रुसेल क्षेत्रीय कमिटीको पुनर्गठन

विनिता रिमाल, ब्रसेल्स / एचकेनेपाल डट कम -
नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमको क्षेत्रीय कमिटीका अध्यक्ष प्रकाशकुमार कार्कीको अध्यक्षतामा विहीबार सम्पन्न बैठकले नव निर्वाचित अध्यक्ष डेविड थापा क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटीको निर्माण गरेको छ।

नयाँ कमिटीका सदस्यहरुमा प्रकाशकुमार कार्की, जितेन्द्र अधिकारी, आगबहादुर लामा, बिमलकुमार गिरी, खिमबहादुर घर्ती मगर, खिमराज सुबेदी, रेशमजँग कुँवर, अर्जुन घिमिरे, केशरबहादुर पूम, लीलाकान्त सापकोटा, दिपेन्द्र पाण्डे, राजु श्रेष्ठ, सुरेश गुरुङ, इन्द्र चापागाई, शिवराम ढकाल, डा. हिमाल लुइटेल, नारायणप्रसाद सापकोटा, जनक घिमिरे, किरणकुमार प्रधान र दिपेश शर्मा रहेका छन्।

सोही कार्यक्रममा नेपालका बाढी पीडितहरुका लागि गरिएको राहत संकलन नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरिएको छ। आगामी १४ सेप्टेम्बरका दिन आन्त्वेर्पेनमा हुन गइरहेको एनडिएफ अधिबेशनमा नयाँ नेतृत्व चयनको प्रवल सम्भावना बढेको छ।

Popularity: 8%

Add comment August 30th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....