Archive for August 3rd, 2008

देश सुव्वाको भयवादमाथि बहस (+Photo)

प्रदीप मेयाङ्बो, धरान / एचकेनेपाल डट कम, साउन १९ -
भयवादका सर्जक तथा आदिवासी उपन्यासका लेखक देश सुव्वा हङकङमा रोजगारी गरिरहे पनि उनको साहित्य र दर्शनको सिर्जनालाई सम्मान गर्दै धरानमा जमघट गरे। उनको उपन्यासमाथि बहस चलिरहदा समालोचकहरुले हङकङमा बसेर भयवाद सिर्जना गर्ने धराने स्रष्टा देश सुव्वाको उपन्यास ‘आदिवासी’ र ‘भयवाद’ दर्शनको राष्ट्रिय बहस धरानबाट सुरु भएको घोषणा गरे। (more…)

Popularity: 8%

Add comment August 3rd, 2008

जुरिखमा साइकलयात्री फुर्तेम्बा शेर्पाको भव्य स्वागत (+Photo)

एस, जुरिख / एचकेनेपाल डट कम -
साइकलको पछिल्लो भागमा आफूले भ्रमण गरिसकेका देशहरुका स-साना झण्डाहरुको विचमा ठूलो नेपालको झण्डा फहराउँदै विश्वसाइकलयात्री फुर्तेम्वा शेर्पा स्वीट्जरल्याण्डको जुरिख शहर आई पुगेका छन्। सर्वसाधारणले उनीप्रति दर्शाएको कौतुहलता अनि आफ्नो मातृभूमिदेखि फैलिदै आएको त्यो महान सन्देशले आफैलाई गर्व लाग्यो। केही समय अघिमात्र अर्का साइकलयात्री पुष्कर शाहलाई बिदा गरेको जुरिखले पुनः ३७ देशको सिमालाई छिचोलेर ३८ हजार कि.मि. को दूरी पार गर्दै आईपुगेका शेर्पालाई हार्दिक स्वागत गर्‍यो।

सूर्यको परिक्रमा गर्दै जाँदा पृथ्वीको छाँया चन्द्रमामा परेर ग्रहण लागे जस्तै संयोगवश एकै समयमा स्वीट्जरल्याण्ड आइपुगेका दुइ साइकलयात्रीहरुमा पनि आधा विश्व घुमिसकेका शाहको कारणले शेर्पाको यात्रा ओझेलमा परेको महशुस भएको थियो। यद्यपि यहाँका संघ-सस्थाहरुले पूर्वाग्रही सोच राखी शेर्पाको सम्मानमा कन्जुस्याई गरेको आरोप लगाउँदै रोधी समाज जुरिखले विशेष कार्यक्रमको आयोजना गरेको थियो। शेर्पाको सहयोगार्थ भलिवल प्रतियोगिता गराई संकलित र समाजको कोषबाट समेत गरी ८०० स्वीस फ्रेङ्क उनलाई हस्तान्तरण गरियो। समाजका संयोजक तेन्पा गुरुङले नेपाल र नेपालीको हितका लागि समाज सधै कटिबद्ध रहने बताउँदै शेर्पाको सम्मान गर्न पाएकोमा खुसी लागेको बताउनु भयो। दीर्घ थापा (मामा) ले संचालन गर्नुभएको सो कार्यक्रममा सदस्यहरु दलबहादुर पुन, सुरज श्रेष्ठ र रामकुमार महत्तोको सक्रिय सहयोग रहेको थियो। मासु चिउरा र साथमा भलिवलको छुट्टै मज्जामा रमिरहेका दर्शकहरुकाबीच विशेष पाहुनामा नेपाली कांग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाको समेत उपस्थिति रहेको थियो।

आफ्नो उद्धेश्यप्रति कटिबद्ध लागिपरेका इमान्दार र सरल स्वभावका साइकलयात्री शेर्पाले जीवनमा आफूले गरेका संघर्ष अनि यात्राका क्रममा भोगेका अनुभवहरु साटासाट गर्दै आफ्नो उद्धेश्यलाई प्रकाश पारेका थिए। शेर्पाले शान्तिका लागि स्वच्छ वातावरणको सृजना गर्नुपर्ने, स्वच्छ सन्तुलित वातावरणमा मात्र शान्तिको भावना जागृत हुनसक्ने बताए। स्वीट्जरल्याण्डका प्राकृतिक सौन्दर्यबाट आफू प्रभावित भएको बताउँदै उनले यहाँको विकास र वातावरण संरक्षणप्रतिको सजगता अनुकरणीय रहेको बताए । यदि सगरमाथाको उचाईबाट शान्तिको ज्योति प्रज्वलित हुन्छ भने अवश्य पनि त्यसले विश्वलाई नै उज्यालो दिनेछ। यहि नै शेर्पाको आगामी यात्राको शुभकाना छ।
जुरिखबाटः विराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment August 3rd, 2008

बेल्जियममा बृहत अन्तर्क्रिय कार्यक्रम सम्पन्न

एस, आर्न्टोवपेन, बेल्जियम / एचकेनेपाल डट कम, अगष्ट ३-
“नेपालको समसामयिक राजनीति र राष्ट्रियताको प्रश्न” नामक वृहत अन्तर्क्रिया कार्यक्रम संयुक्त नेपाली मोर्चा, यूरोपको आयोजनामा बेल्जियमबासी विभिन्न प्रगतिशील संघसंस्था तथा प्रगतिशीलवादी नेपालीहरु बिच सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि अ.ने.रा.स्वा.वि.यू. (क्रान्तिकारी) का अध्यक्ष लेखनाथ न्यौपानेले संसारका अन्य मुलुकभन्दा हाम्रो देश किन पछाडि पर्यो र नेपालीहरु किन पछि परे भने यसको मुख्य कारण विगतमा राजनैतिक पार्टीको असक्षम नेतृत्व र ती नेतृत्वहरुले सदैव सामान्तवाद र साम्राज्यवादको पक्षपोषण गरेकाले नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको कुरा वताउनु भयो। विगतमा ने.का. र एमालेले हतियार उठाए पनि उद्धेश्यमा नपुगी आत्मासमर्पण गरेकाले अव पनि उद्धेश्यमा नपुगी हतियार विसाइयो भने भोलि फेरि संगठित रुपमा हतियार उठ्नेछ। हिजोदेखि नै हामीले राखेको राजनैतिक कार्यक्रममा अन्य दलहरु सहभागी हुदै आउनु र ती कार्यक्रमहरुको विजय हुनुले पनि ने.क.पा.(माओवादी)को राजनैतिक विजय भएको वताउनु भयो।

अर्का अतिथि विद्यार्थी नेता अ.ने.रा.स्वा.वि.यू. (क्रान्तिकारी) का गोपालकृष्ण न्यौपानेले अहिलेको परिस्थितिमा राष्टियताको पक्षमा हिजोको दिनमा जो गणतन्त्रको विरोधि थिए आज तिनिहरु गणतन्त्रबादी भएका छन। तर तिनीहरु कहिल्यै राष्टवादी होइनन् भन्नुभयो। अहिले साम्राज्यवादीहरु नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरिरहेको वेलामा एमालेले त्यसको सारथी हुदै दिल्लीमा माधव र गिरिजाले भारतको सामु सत्ता साझेदारीको लागि सम्झौता गर्दैछन्। त्यो सिधै नेपाली राष्ट्रियतामाथिको हस्तक्षेपमा नेपाली राजनेताहरुको गुलामी हो। अहिले माओवादीहरुलाई घेरावन्दी गर्दै अन्य तीन दलहरुले गर्दैछन्। त्यसको विरुद्ध आन्दोलनमा ने.क.पा. (माओवादी) तयार रहेको कुरामा जोड दिनुभयो।

नयाँ संविधानको सम्वन्धमा ने.क.पा. (माओवदी)ले जातिय, क्षेत्रीय आधारमा संघीय अवधारणा ल्याएको छ र अन्य दलहरुको पुरानै धारणामा रहेकाले त्यसका विरुद्धमा शसक्त आन्दोलनको उठान नेपाली जनताले गर्नेछन् भन्ने विश्वास गर्नुभयो।

जनताले ने क.मा. (माओवादी)को नेतृत्वमा सरकार गठन गर्ने जनमत दिएकाले ने.क.पा. (माओवादी)ले त्यहि जनमत अनुसार आफ्नो नीति तथा कार्यक्रम तय गरी अगाडि वढ्ने जानाकारी दिनुभयो। राष्ट्रपति निर्वाचन अगाडि भारतले माओवादीसहित दिल्ली सम्झौताको प्रस्ताव राखेको ने.क.पा. (माओवादी)ले अस्वीकार गरेकाले तीन दलीय अपवित्र समिकरण वनेको वताउनु भयो। त्यसैले ने.क.पा. (माओवादी)ले अव राष्ट्रियता र प्रजातन्त्रको आन्दोलनको अवधारणा संगसँगै अगाडि सारेको वताउनु भयो। अहिले मुख्य अन्तर्विरोध भनेको प्रगतिवादी अग्रगमनकारी शक्ति र प्रतिगमनकारी शक्तिहरु विचको हो। र त्यस विचमा एउटा निर्यायक अन्तिम लडाई हुनेछ र त्यो लडाई प्रगतिवादी अग्रगमनकारी शक्तिहरुको विजय हुनेछ र साथै नेपाली जनताको जित हुनेछ।

जनजाति सरोकार मञ्च, यूरोपका अध्यक्ष रामबहादुर गुरुङले कार्यक्रममा वोल्नुहुदै भन्नु भयो, अहिले नेपालमा साँस्कृतिक हस्तक्षेप भईराखेको वताउनु हुदै नेपालको नयाँ युवा पिढीलाई समेत नराम्रोसँग गाँजेको वताउनु भयो। नेपालमा गणतन्त्र आएपनि साम्राज्यवादको संरचना जस्ताको तस्तै भएको छ। यथायस्थितिलाई खडा गरि असफल राष्ट्र बनाई विदेशी हस्तक्षेप निम्त्याउन खोजेको विचार व्यक्त गर्नु भयो। यदि जनसेना क्याम्पोमेन्टमा यदि नभएको भए नेपालको स्थिति अझ विग्रदो स्थिति हुने वताउनु भयो।

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका कृष्ण तिवारीले नेपालमा हिजो गणतन्त्रको स्थापना गर्ने तर्फ निरन्तर राष्ट्रियताको पक्षमा उभिने संगठनहरुलाई यहि मोर्चामा संगठित आव्हान गर्नुभयो। त्यस्तै नेपाली जनप्रगतिशील महिला संयोजन समिति बेल्जियमकी कल्पना मगरले महिला मुक्तिको लागि संर्घषरत बेल्जियमबासी सम्पूर्ण महिलाहरुलाई संगठित हुन आव्हान गर्नु भयो। त्यसैगरी, मगर राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम कार्य समितिका संयोजक कुलबहादुर मगरले विगतदेखि जनजातीहरु जातिय मुक्तिका साथ साथै वर्गिय मुक्तिको लागि लड्दै आएकाले अव वन्न संविधान जनजातिहरुको मुक्तिको लागि वनोस भन्ने कुरा व्यक्त गर्नु भयो।

जनजाति सरोकार मञ्च यूरोपका वदन योङहाङले जनजातिका समस्याहरुलाई ने.क.पा. (माओवादी)ले सम्वोधन गरेकाले यूरोपमा रहेका विचार, नीति तथा कार्यक्रमहरुले जनजातिका साथ साथै सम्पूर्ण नेपाली जनताको समस्यालाई सम्वोधन गरेको कुरा वताउनु भयो। नेपाली समुदाय संघर्ष समितिका संयोजक लिलाधर पन्तले बेल्जियमको बसाईको समस्यालाई समाधान गर्न प्रवासी मात्रै नभएर बेल्जियमका नागरिकहरुले पनि घनिभूत सहयोग परिप्रेक्ष्यमा हामी नेपालीहरुले यहाँको निकायहरुलाई संघर्षको मैदानबाट अझ बढी दवाव दिनु पर्ने भएकोले अव हुने कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो।

नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियमका अध्यक्ष विष्णु भुजेलले विगत लामो समयदेखि नेपाली जनताको लागि लड्नु भएका शहिद परिवार सदस्यहरुबाट हामी प्रवासमा रहेका नेपालीहरुको आमन्त्रणलाई स्वीकार गरि कार्यक्रममा उपस्थित साथै उहाले राष्ट्रियता माथिको खतरालाई यूरोपभरिबाट गरिनु पर्ने आन्दोलनलाइ जोड दिनु भयो।

मोर्चाका सचिव तुलसी अम्गाईको उद्घोषणमा संचालन भएको उक्त कार्यक्रममा संयुक्त नेपाली मोर्चा यूरोपको अध्यक्ष नवीन सापकोटाले अध्यक्षता ग्रहण गर्दै भन्नुभयो, संयुक्त नेपाली मोर्चा यूरोपले राष्ट्रियता र अग्रगमनको पक्षमा हुने कार्यक्रमलाई समर्थन गर्दे र त्यसको विरुद्धमा हुने षड्यन्त्रका विरुद्ध पूरा यूरोपबाट आन्दोलनको आँधीवेहोरी सृजना गर्ने छौ भन्नु भयो। नेपाली संयुक्त मोर्चा यूरोपका केन्द्रीय कोषाध्यक्ष दधिराज घिमिरेले अन्तर्क्रिया कार्यक्रमलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रमको दोश्रो चरणमा गरिएको प्रश्नोत्तर कार्यक्रममा कार्यक्रममा उपस्थित महानुभावहरुले सोधिएको विभिन्न प्रश्नहरुको उत्तर अ.ने.रा.स्वा.वि.यू. (क्रान्तिकरी) का अध्यक्ष लेखनाथ न्यौपानले दिनुभएको थियो।

Popularity: 9%

Add comment August 3rd, 2008

महिलाहरुको अर्धनग्न जुलुस, ४ दर्जनभन्दा बढी गिरफ्तार (+Video)

एस, काठमाडौं / एचकेनेपाल डट कम -
महिला अधिकारकर्मीहरुको अर्धनग्न जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी कम्तीमा ४ दर्जनभन्दा बढीलाई माइतीघर मण्डलाबाट आज गिरफ्तार गरेको छ। महिलाविरुद्ध हुने सबैखाले हिंसाको उच्च स्तर र स्वतन्त्र छानबिन समितिको तत्काल गठन हुनुपर्ने माग राख्दै अर्धनग्न जुलुसको तयारी भैरहंदा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेका हुन्।

कञ्चनपुरकी महिला अधिकारकर्मी लक्ष्मी बोहरालाई उनका श्रीमान र सासुले षडयन्त्रपूर्वक हत्या गरिएको र प्रहरी कार्यालयमा किटानी दर्ता गर्न जाँदा दर्ता नलिएर उल्टै प्रहरीले पीडित पक्षलाई दुर्व्यवहार गरेपछि न्याय खोज्न पीडित पक्ष राजधानी आएका थिए। लामो समयदेखि राजधानीमा धर्ना दिएर पनि कुनै सुनुवाई नभएपछि महिला अधिकारकर्मीहरुले सरकार र सम्बन्धित निकायको ध्यानार्कषण र व्यंग्य प्रहार गर्न यस्तो कदम चाल्न बाध्य भएको सहभागीहरुले बताएका छन्।

राष्ट्र महिला संजालको नेतृत्वमा तयारी भैरहेको महिलाहरुको अर्धनग्न जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी बल प्रयोग गर्दा ५ जना महिलाहरु घाइते भएका छन्। उनीहरुको बीर अस्पतालमा उपचार भैरहेको छ भने गिरफ्तारमा परेका ४ दर्जनभन्दा बढी महिला अधिकारकर्मीहरुलाई हनुमानढोका प्रहरी कार्यालयमा लगिएको छ।

हेर्नुहोस् भिडीयो …., भिडीयो सौजन्यः नेपालन्युज डट कम।


Popularity: 9%

3 comments August 3rd, 2008

११३ जना कामदार यसै महिनाभित्र कोरिया जाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले कोरिया जान अन्तिम छनौटमा परेका कामदारलाई अभिमुखीकरण तालिम दिन सुरु गरेको छ। ललितपुरको ग्वार्को स्थित श्रम तथा रोजगार प्रवर्द्धन विभाग अन्तर्गत रहेको रोजगार अनुमति प्रणाली (इपीएस) शाखाका अनुसार कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका छ हजार ७६८ मध्ये ५०० जनालाई अभिमुखीकरण तालिम दिइएको छ।

कोरियाको सामाजिक, आर्थिक, कानुनी लगायतका पक्षमा कामदारलाई तालिम दिइएको बताइएको छ। कोरियामा गर्नुपर्ने काम र जिम्मेवारीका बारेमा पनि सामान्य जानकारी दिइएको सो शाखाले जनाएको छ।

कोरिया सरकारले पहिलो चरणमा कोरिया लान छनौट गरेको ११३ जना नेपाली कामदारलाई कोरिया पठाउने अन्तिम तयारी भइरहेको इपीएस शाखाका प्रमुख लक्ष्मीशरण घिमिरेले जानकारी दिनुभयो।

यो महिनाको अन्त्य सम्ममा छनौटमा परेका ११३ जना कोरिया पुगिसक्ने छन्, उहाँले भन्नुभयो।

रोजगार अनुमती प्रणाली इपीएस अर्न्तर्गत पहिलो पटक नेपाली कामदार कोरिया जाँदैछन्। कोरिया सरकारले इपीएस लागु गरेपछि करिब दुइ वर्षदेखि नेपाली कामदार कोरिया जान पाएका छैनन्।

इपीएस अर्न्तर्गत सरकारी तहबाटमात्र कामदार पठाउन सकिने व्यवस्था छ।

द्धिपक्षीय कुटनीतिक पहलका आधारमा भाषा परीक्षा उत्तीर्ण गर्ने सबैलाई काममा पठाउन पहल गरिने बताइएको छ।

अपराध गतिविधिमा सामेल भएका, कोरिया सरकारले यसअघि फिर्ता गरेका एवम् तोकिएको उमेर समूहमा नपरेका कामदार भने परीक्षामा उत्तीर्ण भएपनि कोरिया जान नपाउने र १८ देखि ३९ वर्षसम्मका कामदार कोरिया जान पाउने छन्।

परीक्षामा उत्तीर्ण भएका कामदारको व्यक्तिगत विवरण, स्वास्थ्य परीक्षणको विवरण लगायत कागजपत्र सरकारले कोरिया पठाइसकेको छ।

Popularity: 9%

1 comment August 3rd, 2008

माओवादीद्वारा २५ बूँदे अवधारणापत्र सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीले राष्ट्रिय सहमतीको सरकार बनाउन २५ बुँदे अवधारणापत्र ल्याएको छ। उक्त अवधारणापत्र माओवादीको संसदीय दलको कार्यालयमा भएको २४ राजनीतिक दलको बैठकमा प्रस्तुत गरिएको माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ।

उक्त अवधारणापत्र माथि राजनीतिक दलहरुले आन्तरिक छलफल गर्न आवश्यक छ भनेपछि बैठक विना निष्कर्ष टुङ्गिएको बुझिएको छ।

उक्त अवधारणापत्रमा अन्य दलहरुले आन्तरिक रुपमा छलफल गरेपछि पुनः२५ दलको बैठकमा सो बारेमा छलफल हुने महराले बताउनुभएको छ।

बैठकमा नेपाली काङ्ग्रेसका पक्षबाट उक्त अवधारणापत्रमा माओवादीले आफूले गर्नुपर्ने उत्तरदायित्वका बारेमा केही उल्लेख नभएको, विगतमा भएको सम्झौता र सहमति अनुरुप गर्नुपर्ने प्रतिवद्धता तथा संविधान निर्माण र शान्ति प्रकृयालाई ठोस विन्दुमा पुर्‍याउन सम्बन्धी कुराहरु केही नभएको भन्दै माओवादीका तीन सर्तलाई स्वीकार गर्न नसकिने धारणा राखेको पार्टी महामन्त्री एवम् प्रवक्ता अर्जुन नरसिंह केसीले बताउनुभयो।

केसीले माओवादी अवधारणापत्र प्रस्तुत गर्नुपूर्व पार्टीसँग परामर्श समेत नगरेको उल्लेख गर्दै पार्टीभित्रको आन्तरिक छलफल पछि मात्र अवधारणापत्रका बारेमा केही भनिने बताउनुभयो।

यसैगरी नेकपा एमाले पक्षले उक्त मस्यौदा अवधारणापत्रमा पार्टी छलफल गरेपछि मात्र औपचारिक धारणा राखिने कुरा भीम रावलले बताउनुभयो।

बैठकमा फोरमले २५ दलकै सहभागितामा सरकार निर्माण गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखेको कुरा प्रवक्ता उपेन्द्र झाले बताउनुभएको छ।

Popularity: 9%

Add comment August 3rd, 2008

प्रधान सेनापतिलाई आयोग बोलाइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लङ्घनका घटनाको अनुसन्धान गर्ने क्रममा नेपाली सेनाले सहयोग नगरेको भन्दै प्रधानसेनापति रुक्मागंद कटवाललाई आयोगमा बोलाउने तयारी गरेको छ।

आयोगका प्रवक्ता गौरी प्रधानले राज्यका अन्य निकायले आयोगको अनुसन्धान कार्यमा सहयोग पुर्याएपनि नेपाली सेनाले भने अनुसन्धान कार्यमा सहयोग नगरेका कारण प्रधानसेनापतिलाई आयोगमा बोलाउन लागिएको जानकारी दिनुभयो।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू आयोगमा आफैं उपस्थित भएर अनुसन्धानमा सहयोग पुर्याइ रहेका छन्, प्रवक्ता प्रधानले भन्नुभयो। मानवअधिकार उल्लङ्घनका घटनामा मुछिएका नेपाली सेनाका उच्च अधिकृत एवम् जवानको विषयमा जानकारी दिन सेनाको मुख्यालयलाई पटकपटक पत्राचार गर्दा पनि अहिलेसम्म एउटा पनि केसमा सेनाले सहयोग नगरेको उहाँले बताउनुभयो।

अनुसन्धान कार्यमा आयोगलाई सहयोग नगर्नुको कारणबारे प्रधानसेनापतिसँग स्पष्टीकरण लिइने छ, प्रवक्ता प्रधानले भन्नुभयो।

आयोगले पहिलो पटक प्रधानसेनापतिलाई आफ्नो कार्यालयमा बोलाएर स्पष्टीकरण लिन लागेको हो।

नेपाली सेनाले सुरक्षा तथा गोपनीयताको कारण देखाउँदै बयानका लागि आयोगमा बोलाइएका कसैलाई पनि उपस्थित नगराएको जानकारी प्रवक्ता प्रधानले दिनुभयो।

Popularity: 8%

1 comment August 3rd, 2008

पनौती अझै शोकमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतको चमौलीमा भएको बस दुर्घटनामा मृत्यु भएका आफन्तको शव अझै आइनपुग्दा पनौतीबासीको अन्योल अझै हट्न सकेको छैन।

दुर्घटनामा पनौतीका मात्र २१ जनाको मृत्यु भएको खबर प्राप्त भए पनि कस कसको मृत्यु भएको हो भन्ने यकिन नभएकाले उनीहरु अन्योलमा परेका छन्। दुर्घटनामा परेका कतिपय व्यक्तिका आफन्तहरु अझै पनि आफ्ना आफन्त सकुशल फर्कनेमा आशावादी छन्।

शव नेपाल आएर उनीहरुको परिवारले पहिचान नगरेसम्म मृत्यु हुनेहरुको यकिन विवरण प्राप्त नहुने बताउँदै स्थानीय बासिन्दाहरु शव नेपाल आइपुग्ने समयको प्रतिक्षामा छन्।

यसैबीच पनौती नगरपालिकाको सर्वदलीय संयन्त्रको बसेको बैठकले आज नगरभरिका कलकारखाना, सरकारी कार्यालय, विद्यालय लगायतका संघसंस्था बन्द गर्न आह्वान गरेको छ। दुर्घटनाको कारण पूरै नगर शोकाकुल भएकोले आज एक दिनका लागि सबै कार्यालय र संघसंस्था बन्द गर्न आह्वान गरिएको हो।

पनौती नगरपालिकाले दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले मृतकहरुको दाहसंस्कारका लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

Popularity: 8%

Add comment August 3rd, 2008

पूर्वमहासचिव नेपाल भारत प्रस्थान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल भारतीय कम्यूनिष्ट पार्टी मार्क्सवादीका पूर्व महासचिव हरकिशन सिंह सुरजीतको निधनमा श्रद्धाञ्जली चढाउन हिजो भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।

सिंहको हिजो ह्रदयाघातबाट निधन भएको थियो।

पूर्व महासचिव नेपालले भारतमा रहँदा विभिन्न नेताहरूसँग भेट गर्नुहुने कुरा पार्टी स्रोतले जनाएको छ।

Popularity: 8%

Add comment August 3rd, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....