Archive for August 4th, 2008

उपराष्ट्रपतिविरुद्ध थारुहट क्षेत्र बन्द

एचकेनेपाल डट कम प्रतिनिधि-
उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिएको विरोधमा थारुहट संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण आज दाङको यातायात ठप्प भएको छ।
बन्दका कारण दाङमा लामो तथा छोटो दूरीका कुनैपनि सबारी साधन चलेका छैनन् । पूर्व पश्चिम राजमार्गमा समेत यातायातका साधन चलेका छैनन् । दाङको लमही तथा तुलसीपुर बजार पनि पूर्ण रुपले बन्द छन भने घोराही बजार आंशिक खुलेको छ । जस्ले अत्यावश्यक काममा हिडेका यात्रुहरु मर्कामा परेका छन् ।

संघर्ष समितिका संयोजक रोशन थारुले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिई राष्ट्रियताको मानमर्दन गरेको लगायतका राष्ट्र विरोधी क्रियाकलापको विरोधमा आजका लागि थारुहट क्षेत्रमा शिक्षण संस्था तथा स्वास्थ्य संस्था बाहेकका क्षेत्रमा बन्द आव्हान गरिएको जानकारी दिएका छन् ।

Popularity: 9%

5 comments August 4th, 2008

बहुमत नपाएसम्म प्रधानमन्त्रीको निर्वाचन भइरहने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधानसभाको दोस्रो बैठकले ‘व्यवस्थापिका-संसद (तेस्रो संशोधन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०६५ लाई सर्वसम्मतिले पारित गरेको छ।

सो प्रतिवेदनमा प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसदको सम्पूर्ण सदस्यको दुई तिहाइ बहुमतबाट’ भन्ने शब्दहरूको सट्टा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट’ भन्ने शब्द उल्लेख छ ।

यसैगरी प्रतिवेदनमा प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी प्राप्त प्रस्तावमाथि व्यवस्थापिका संसदको निर्णय मत विभाजनद्वारा हुने व्यवस्था उल्लेख छ । प्रधानमन्त्री निर्वाचनका लागि निर्धारित दिनको बैठकमा निर्णयार्थ प्रस्तुत भएको कुनै पनि प्रस्ताव संविधान बमोजिम बहुमतबाट पारित हुन नसकेमा सभामुखले ती प्रस्तावलाई पुनः निर्णयार्थ प्रस्तुत गर्ने प्रयोजनका लागि अर्को बैठक बोलाउनुपर्ने छ ।

बहुमतबाट पारित नभएसम्म सोही प्रक्रिया जारी रहने व्यवस्था गरिएको छ ।

व्यवस्थापिका संसदको बैठकमा नेपाल सरकारको वाषिर्क नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सम्बोधन गरी प्रस्तुतगर्ने प्रतिवेदनमा उल्लेख छ ।

Popularity: 9%

Add comment August 4th, 2008

पिसाबबाट युरिया उत्पादन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आफ्नो घरमा इकोसान चर्पी (मल चर्पी) निर्माण गरेपछि गाउँ सफा हुन थालेको अनुभव गरेका सिद्धिपुरबासीले सो चर्पीमा जम्मा भएको पिसाबबाट युरियाको पाउडर बनाउने भएका छन् ।

दिसा र पिसाब छुट्टाछुट्टै स्थानमा जम्मा हुने इकोसान चर्पीको निर्माणपछि परिचय फेरिएको सिद्धिपुरवासी अहिले फेरि नयाँ अभियानमा जुटेका छन् ।

स्वच्छ खानेपानी तथा सरसफाइको उचित व्यवस्था हुन नसक्दा विगतमा उपत्यकाको सबैभन्दा फोहोर गाउँको रूपमा रहेको सिद्धिपुर अहिले सरसफाइको नमुना गाउँ बन्ने अभियानमा छ ।

सिद्धिपुर एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कृष्णकुमार महर्जनले चर्पीमा जम्मा भएको सबै पिसाब एकै चोटी खेतिपातीमा मलको रूपमा प्रयोग गर्न नसकिएपछि पाउडर बनाएर पछि प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।

स्विट्जरल्याण्ड सरकारको सहयोगमा निर्माण हुने पिसाबबाट पाउडर बनाउने प्लान्टमा सुरुमा २५ वटा चर्पीको पिसाबबाट पाउडर बनाउने कार्यक्रम रहेको जानकारी अध्यक्ष महर्जनले दिनुभयो ।

Popularity: 8%

2 comments August 4th, 2008

कति ढिला न्याय

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तत्कालीन राजाले वैशाख ११ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नु संविधान विपरीत भन्दै दायर गरिएको रिट अहिले बल्ल खारेज गरिएको छ।

सर्वोच्च अदालतले आज परिस्थिति बदलिएको भन्दै रिट निवेदन खारेज गरेको हो ।

प्रतिनिधि सभा पुनर्स्थापना भएर फेरि अन्तरिम संसद बनेर त्यसपछि पनि संविधान सभाको निर्वाचन भएर संविधान सभा गठन भइसक्दासम्म पनि यो रिटको फैसला हुन सकेको थिएन।

अधिवक्ता धुर्व कोइराला र सुनिलचन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षी बनाई वि.सं. २०५९ असोज महिनामा दायर गरिएको रिट खारेज गरेपछि पुनः दोहोर्‍याइ पाउँ भनी दिनुभएको निवेदन प्रधानन्यायाधीशसहित १३ सदस्य रहेको पूर्ण इजलासले खारेज गरेको हो ।

Popularity: 8%

Add comment August 4th, 2008

राष्ट्रपतिलाई महासचिवको बधाई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
डा. रामवरण यादव गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

सन्देशमा महासचिव मुनले नेपालको सुख तथा समृद्धिका साथै सबै राजनीतिक दलको प्रतिनिधित्व रहेको संविधानसभाबाट देशको शान्तिप्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति डा. यादवको सफलताको कामना गर्दै नेपाल र संयुक्त राष्ट्रसङ्घबीच विद्यमान सम्बन्ध अझ सुदृढ बनाउनमा राष्ट्रपतिसँग काम गर्न आफू इच्छुक रहेको जनाउनुभएको छ ।

यसैगरी राष्ट्रपति डा.यादवलाई गणतन्त्र बुल्गेरियाका राष्ट्रपति गिओर्गी पारभानवले पनि बधाई तथा शुभकामना सन्देश पर्ठाई नेपालको सुख तथा समृद्धिको कामना गर्नुभएको छ

Popularity: 8%

Add comment August 4th, 2008

तमलोपा सरकारमा नजाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराई-मधेस लोकतान्त्रिक पार्टी आगामी सरकारमा नजाने भएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले पत्रकार सम्मेलनमा राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै उक्त सरकारको नेतृत्व सबैभन्दा ठूलो दलको हैसियतले नेकपा (माओवादी)ले गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण कार्य बाँकी रहेको हुनाले पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकामा जोड दिनुभयो ।

Popularity: 8%

Add comment August 4th, 2008

अर्को सार्क सम्मेलन माल्दिभ्समा बस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १५औँ शिखर सम्मेलन ४१ बुँदे कोलम्बो घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भयो ।सार्कको आगामी १६औँ शिखर सम्मेलन माल्दिभ्समा बस्ने घोषणापत्रमा उल्लेख छ ।

सार्क क्षेत्रको आर्थिक वृद्धिदर, सामाजिक तथा साँस्कृतिक विकासका लागि संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै सम्मेलनले दक्षिण एसियाली क्षेत्रका जनताको जीवनस्तर सुधार गर्न, समाजकल्याणका क्षेत्रलाई बढाउन तथा शान्ति, स्थायित्व र समृद्धि कायम गर्न संयुक्त प्रयास हुनुपर्ने घोषणा गरेको छ ।

प्राथमिकताका आधारमा छनौट गरिने क्षेत्रीय तथा उपक्षेत्रीय योजनाको प्रभावकारी कार्यान्वयनका साथै विकास गतिविधिमा केन्द्रित भई सार्कको आवश्यकता र सम्बन्धलाई अझ मजबुत तुल्याउनुपर्ने तथा प्रत्येक सदस्य राष्ट्रले कम्तीमा एक क्षेत्रीय एवं उपक्षेत्रीय योजनाको नेतृत्व गरी अघि बढ्नुपर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

अन्तरराष्ट्रिय तहमा गरिने प्रत्यक्ष डायल कल कम महसुलमा एकरुपताका साथ हुने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ ।

घोषणापत्रमा सार्क राष्ट्रमा इन्धनको समस्या समाधानका लागि जलविद्युत, सौर्य र हावाजस्ता नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने, क्षमता विकास, प्रविधि हस्तान्तरण तथा ऊर्जा व्यापार व्यवसायमा सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

सदस्य राष्ट्र प्रमुखहरुले क्षेत्रीय जलविद्युतको विकास, ग्रीड जडान र ग्यास पाइपलाइनको आवश्यकतामा जोड दिँदै ऊर्जासम्बन्धी मन्त्रीहरुको बैठक सन् २००९ मा आयोजना गर्ने श्रीलङ्काको प्रस्तावलाई स्वागत गरेका छन् । नेताहरुले ऊर्जा सम्वादलाई कार्यान्वयन गर्नर्ुपर्ने पनि बताएका छन् ।

समुद्री सतहमा देखिएको वृद्धि, वनफँडानी, भू-क्षय, खडेरी, हावाहुरी, सामुद्रीय आँधी, बाढी तथा बढ्दो सहरी जनसङ्ख्याका कारण वातावरणीय ह्रास आउनसक्ने खतरालाई औँल्याउँदै घोषणापत्रमा क्षेत्रीय वातावरण संरक्षण संरचना निर्माण गरी संरक्षणमुखी अभियानमा जुट्नुपर्ने औँल्याइएको छ ।

मौसम परिवर्तनसम्बन्धी ढाका घोषणापत्रप्रति सन्तुष्टि व्यक्त गर्दै नेताहरुले स्वच्छ विकास व्यवस्थापन योजना र जनजागरण अभियानलाई उच्च प्राथमिकता दिनुपर्ने औँल्याउनुभएको छ ।

विश्व जल सङ्कट, पानीको संरक्षण तथा यस क्षेत्रमा रहेका जलस्रोतको दिगोपनका लागि सुनिश्चित गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

जनतालाई सशक्तीकरण गरी गरिबी निवारण, गरिबी निवारणका सर्न्दर्भमा भएका लघुवित्त प्रणालीलगायत सफल कार्यक्रम क्षेत्रीयरुपमा विस्तार गर्ने, स्रोतसाधनको अधिकतम हक गरिब वर्गमा पुर्याउने र नेपालमा आयोजना गरिने गरिबी निवारणसम्बन्धी मन्त्रिस्तरीय बैठकलाई सम्मेलनले स्वागत गरेको छ । यस सर्न्दर्भमा सार्क विकास लक्ष्य प्राप्तिका लागि क्षेत्रीय तथा उपक्षेत्रीय योजनाको कार्यान्वयनमा जोड दिएको छ ।

सार्क विकास कोषको अधिकतम परिचालन गरी सशक्तीकरण, मातृ तथा शिशु स्वास्थ्य, नेतृत्व तालिमजस्ता गतिविधिलाई उच्च प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ । सो कोषको सचिवालय भुटानमा स्थापना गरिने निर्णय गर्दै कोषको विधानलाई छिट्टै अनुमोदन गर्न आहृवान गरिएको छ ।

सार्क क्षेत्रीय बहुढाँचा यातायातको विकास एवं विस्तार गरी आर्थिक वृद्धि तथा प्रतिस्पर्धाको महत्व र चरणबद्ध प्रस्ताव, सवारीसाधन प्रस्ताव मस्यौदा, क्षेत्रीय यातायात तथा पारवहनसम्बन्धी प्राविधिक उपलब्धिका विवषयमा आपसी सहमतिका साथ सहकार्य हुनुपर्ने कोलम्बो घोषणापत्रमा उल्लेख छ ।

यसैगरी सूचना प्रविधि, विज्ञान, प्रविधि, संस्कृतिको विकास एवं विस्तार कार्यमा आपसी सहयोग कार्यक्रमलाई बढावा दिनुपर्ने, सरकार तथा निजी क्षेत्र साझेदारी कार्यक्रमअर्न्तर्गत साझा गन्तव्यको पहिचान तथा पर््रबर्द्धन, हवाइ, समुद्र तथा जमिनको यात्रालाई आधारभूत संरचना निर्माणका साथ व्यवस्थित र प्रभावकारी तुल्याई क्षेत्रीय सम्बन्ध, विस्तार तथा पर्यटन क्षेत्रमार्फ आर्थिक गतिविधिमा जोड दिन सदस्य राष्ट्रहरु सहमत भएका छन् ।

आर्थिक उदारीकरणका क्षेत्रमा रहेका नकारात्मक सूचीको पहिचान गरी संशोधन गर्ने र अल्पविकसित राष्ट्रहरुका लागि विशेष व्यापार सहुलियत व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

व्यापार सहजीकरणका लागि श्रीलङ्काले राष्ट्रिय तथा क्षेत्रीय रणनीतिसम्बन्धी अवधारणापत्र तयार गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

यसैगरी महिला र बालबालिका हकअधिकार र विकास तथा सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने, सन् २०१० देखि नयाँदिल्लीमा दक्षिण एसियाली विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्र्दै आतङ्कवादी हिंँसासम्बन्धी गहिरो चिन्ता र चासोका साथ शिखर सम्मेलनले देशीय तथा क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षा प्राप्तिका लागि आतङ्कवादविरुद्ध संयुक्तरुपमा लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्मेलनले आतङ्कवादीसम्बन्धी सम्पूर्ण अन्तरराष्ट्रिय सन्धि सम्झौता र सार्क बडापत्रलाई ध्यानमा राखेर आतङ्कवादविरुद्ध कानुनी संरचना तयार गर्दै संयुक्तरुपमा सशक्त ढङ्गले लड्ने दृढता व्यक्त गरेको छ ।

आतङ्कवादका विरुद्धमा सशक्त सहयोग कार्यक्रममा जोड दिनुपर्ने, आपराधिक गतिविधिसम्बन्धी सूचनाको आदानप्रदान गर्नुपर्ने, लागुपदार्थ र मनोद्दीपक वस्तुसम्बन्धी क्षेत्रीय सन्धिको पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने र क्षेत्रीय मुद्दासम्बन्धमा सुरक्षा संयन्त्रका बीच आपसी सहयोग हुनुपर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले आपराधिक गतिविधिको नियन्त्रण तथा रोकथामका लागि अपनाइएका १५औँ शिखर सम्मेलनका सन्धि सम्झौतामाथि समीक्षा गरी सन्तुष्टि पनि व्यक्त गरेको छ ।

सम्मेलनले सार्क सामाजिक बडापत्रको चाँडो कार्यान्वयनमा जोड दिँदै सोका लागि राष्ट्रिय कार्ययोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।

यसैगरी चीन, इरान, जापान, दक्षिण कोरिया, मौरिसस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिले सम्मेलनमा पर्यवेक्षकका रुपमा भाग लिएकामा खुसी प्रकट गरिएको छ ।

शिखर सम्मेलनले अस्ट्रेलिया र म्यान्मालाई पनि पर्यवेक्षकका लागि स्वागत गरेको छ ।

Popularity: 8%

Add comment August 4th, 2008

स्वीट्जरल्याण्डमा सुशिल कोइरालासँग अर्न्तक्रिया

एस, वेटिङ्गन / एचकेनेपाल डट कम -
अमेरिकामा जिब्रोको शल्यक्रिया गराई लामो समयपछि स्वेदश फर्कने क्रममा स्वीट्जरल्याण्ड आईपुग्नु भएका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालासँग नेपालको वर्तमान राजनीतिक अवस्थाका वारेमा नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डको आयोजनामा एक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विगतको प्रजातान्त्रिक अभ्यासको पृष्ठभूमिमा नेपालको वर्तमान राजनीतिक अवस्था, संविधानसभा चुनावपछि भएका विकसित घटनाक्रमहरु, गणतन्त्रको घोषणा, राजतन्त्रको समाप्ति, राष्ट्रपतिय निर्वाचन, माओवादीहरुको प्रजातान्त्रिक ब्यवस्थाप्रतिको प्रतिबद्धता साथै नयाँ नेपाल निर्माणप्रति भएका प्रगति एवं नयाँ थपिएका चुनौतीहरुका विषयहरुमा छलफल र चर्चा भएको थियो।

देशबाहिर बसेर पनि नेपालको प्रजातान्त्रिक अभ्यास एवं शान्ति प्रकृयाप्रति समर्थन र सहयोग एवं योगदान दिने सवैलाई उहाँले कृतज्ञता ज्ञापन गर्दै आफ्नो भाषिक, साँस्कृतिक पहिचान एवं संरक्षणका लागि एकजुट हुन आग्रह गर्नुभयो। नेपालको राष्ट्रियता प्रजातन्त्रप्रतिको जनताको निष्ठा र योगदानबाट नै मुलुकले वर्तमान ऐतिहासिक फड्को मार्न सफल भएको बताउँदै स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत डा. दिनेश भट्टराईले नेपाली समुदायका हक, हित संरक्षणको लागि नेपाली राजदूतावास सदैव तयार रहेको बताउनु भयो। कार्यक्रममा स्वीट्जरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरु र यहाँ बसोबास गर्ने नेपालीहरुका आफ्ना समस्याहरुप्रति ध्यानाकर्षण गराइएको थियो। नेपाली कांग्रेस जनसम्पर्क समिति युरोपका संयोजक दिल गुरुङ सम्माननीय व्यक्तित्वहरु माधव आचार्य, डा.विनय श्रेष्ठ एवं अध्यक्ष गुणराज शर्मा र समितिका अन्य पदाधिकारीहरुले सो कार्यक्रममा आ-आफ्ना मन्तव्य ब्यक्त गर्नुभएको थियो।

स्वीट्जरल्याण्डबाटः विराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम।

Popularity: 8%

Add comment August 4th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....