Archive for August 5th, 2008

सरकार गठन भएन, थप तीन दिनको म्याद बढ्यो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादीको नेतृत्वमा आज राष्ट्रिय सरकार गठन हुन नसकेपछि चार दलको आग्रह बमोजिम राष्ट्रपति डा. रामवरण यादवले थप तीन दिनको लागि म्याद बढाएका छन्।

माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न चार दलहरुबीच आवश्यक गृहकार्य र शक्ति बाँडफाँडमा सहमति हुन नसक्दा राष्ट्रपतिले तोकेको आज अन्तिम दिन सरकार गठन हुन सकेको थिएन।

चार दलबीचको निर्णय बमोजिम माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. यादवलाई भेटी तीन दिनको म्याद थप्न आग्रह गरेका थिए। राष्ट्रपतिसंग भेटेपछि माओवादी अध्यक्ष प्रचण्डले थप गरिएको म्यादभित्र राष्ट्रिय सरकारको गठन हुने विश्वास व्यक्त गरेका छन्। सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले दलहरुबीच तोकिएको समयभित्र शक्ति बाँडफाँड र सरकार गठनमा सहमति हुने बताएका छन्।

Popularity: 8%

Add comment August 5th, 2008

कोरियामा साँस्कृतिक कला-कोसेली कार्यक्रम सम्पन्न (+Photo)

उमेश बस्नेत, सउल/ एचकेनेपाल डट कम-
नेपाल खेलकूद तथा सँस्कृति समितिको आयोजनामा अगस्ट ३ तारिख सउल छुन्गाकस्थित छोगेसा मन्दिरको हलमा साँस्कृतिक” कला-कोसेली कार्यक्रम” भब्यताका साथ सम्पन्न भएको छ। नेपालबाट आमन्त्रित कलाकार रेश्मा सुनवार र नवप्रतिभा नृत्यकार श्याम तामाङसहित कोरियाका स्थानीय गोर्खा ब्यान्ड, नेपाल कोरिया सस्कृति मन्चका कलाकारहरुले आकर्षक नृत्य तथा गीतहरु प्रस्तुत गरेर भरपूर मनोरन्जन गराएका थिए।

कार्यक्रममा आउने भनिएको गायक तथा संगीतकार राम थापा अस्वस्थ्यताका कारण आउन नपाएकोले बिमारी अवस्थामा माफी मागेको भिडीयो पर्दामा देखाउदा दर्शकहरु रोएका समेत देखिन्थ्यो। कतिले त थापाको उपचारका लागि सहयोग पनि गरेका थिए। गायक तथा संगीतकार थापाको गीत र संगीतबद्ध अन्य गीतहरुलाई नेपाल खेलकूद तथा सँस्कृति समितिका अध्यक्ष भरत गुरुङ र रेश्मा सुनवारले गाएर उनको अनुपस्थितिलाई केही हद भए पनि पूरा गरेका थिए।

दुई चरणमा विभक्त कार्यक्रमको पहिलो चरण प्रथम वार्षिक उत्सव रुपमा सम्मान कार्यक्रम रहेको थियो। कोरियामा सामाजिक सेवा गरेवापत नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ, नेपालीहरुलाई सधै सहयोग र माया गरे वापत छाबिय चिबकी आमा लि कुम ह्योन र आन्याग सेन्टरकी दीदी मारिनाका साथै संस्थालाई संस्थापन गर्न लागी परेकोका संरक्षक खगेन्द्र गुरुङलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाली दूतावासका उपनियोग यादब खनाल हुनुहुन्थ्यो भने संचालन गुप्त गुरुङ र पूर्णिमा गुरुंगले गरेका थिए।

समितिले कार्यक्रमबाट आएको आम्दानी राम थापाको उपचारको लागि सहयोग गरिने जानकारी दिएका छन्।


Popularity: 8%

Add comment August 5th, 2008

राष्ट्रिय सरकार गठन गर्न आज अन्तिम प्रयास

एस, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न दलहरुबीच आपसी छलफल र शक्ति बाँडबाँडका लागि बिहानैदेखि दलहरु व्यस्त रहेका छन्। दलहरुबीच सैद्धान्तिक सहमति भए पनि माओवादीले प्रस्तुत गरेको अवधारणा र नयाँ सरकारको स्वरुप टुङ्गो नलागेपछि सहमति हुन नसकेको बताईन्छ। राष्ट्रपतिले राष्ट्रिय सरकार गठन गर्न आज अन्तिम मिति तोकेका थिए।

राष्ट्रिय सरकार गठनको अन्तिम दिन माओवादीको केन्द्रीय सचिवालय बैठकले अन्य दलहरुलाई कसरी सहमतिमा ल्याउन सकिएला भनेर व्यापक छलफल गरेको छ भने उता नेकाको केन्द्रीय बैठकले नेपाली काँग्रेसले भविष्यमा खेल्ने भूमिका र माओवादी नेतृतवको सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयहरुमा अनौपचारिक छलफल भएपनि बैठकले पारित गरेका निर्णयहरु सार्वजनिक गरिएको छैन।

चार दलहरुबीच हिजो भएको छलफलमा विगतमा भएका सहमति र शान्ति सम्झौता हुबहु कार्यान्वयन गर्नुका साथै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णयमा सहमति भएको थियो।

आज माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन भएमा दलहरुले प्रधानमन्त्रीको नाम सिफारिस गरिने छ। यदी दलहरुबीच सहमति हुन नसकी आज सरकार गठन हुन नसके म्याद थपिने वा माओवादीबाहेक अन्य कुनै दललाई राष्ट्रिय सरकार गठन गर्न पुनः आहृवान गर्न सकिने अनुमान गरिएको छ।

Popularity: 8%

Add comment August 5th, 2008

उपराष्ट्रपति झाबिरुद्ध जर्मनीमा बिरोध सभा

एस, हामबर्ग, जर्मनी / एचकेनेपाल डट कम -
नेपालका नव निर्वाचित उपराष्ट्रपति परमानन्द झाले नेपाली जनता र नेपालको अन्तरिम संबिधानको मर्यादा र भावना बिपरित आफ्नै मातृभाषा मैथली भाषाकै अपमान गरी छिमेकी मुलुक भारतको राष्ट्रभाषा हिन्दी बाट शपथग्रहण लिएको र लिन दिएको बिरोधमा जर्मनीको हामबर्ग क्षेत्रमा बसोबास गरी बस्ने राष्ट्रप्रेमी नेपालीहरुले एक भेलाको आयोजना गरी बिरोध सभा सम्पन्न गरेका छन्।

ज्ञात अज्ञात शहिद हरुको सम्झनामा १ मिनेटको मौन धारणा बाट सुरु भएको बिरोध सभा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। हामबर्ग घुम्न आईपुग्नु भएका जर्मनीस्थित गल्जेनकिर्सेन निवासी बयोबृद्ध राम बहादुर राईको नामबाट चिनिनु हुने डोर गुरुङले सभाको अध्यक्षता गर्नु भएको थियो।

सभामा आधिकारिक बक्ताहरु हामबर्गस्थित देश र जनताप्रति सदैव तत्पर रहने स्थानीय सामाजिककर्मी गाकुल न्यौपाने, तमु समाजका प्रतिनिधि बिजय गुरुङ, जननी जन्मभूमि हामबर्गका बिशेष सल्लाहकार बासु दाहाल, जनजाति सरोकार मञ्च हामबर्गका संयोजक पञ्चकुमार राई तथा अन्तर्राष्ट्रियबादी नेपाली ऐक्यबद्धता मञ्च हामबर्गका संयोजक बिष्णु अधिकारीले बोल्नु भएको थियो। सहभागीहरुका तर्फबाट बिजय खड्का र हिराबहादुरलगायतले मन्तब्य राख्नु भएको थियो। सभामा सम्पूर्ण वक्ताहरुले नेपाल र नेपालीको अपमान गरी आफ्नो कर्तब्य र मर्यादाभन्दा बाहिर गई देशको स्वाधीनतामै आँच पुर्‍याउने उपराष्ट्रपति झाको घोर बिरोध गर्नुका साथै उहाँले गरेको कामलाई सिर्फ गल्ति मात्र सम्झेर माफी दिन नहुने कुरा औंल्याउंदै पदबाट तुरुन्त राजिनामा दिनलगाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आहवान समेत गरिएको थियो र सभामा उपस्थित सम्पूर्ण सहभागीहरुले कर्तल ध्वनीकासाथ समर्थन गरेका थिए।

सभामा उपराष्ट्रपति झाको बिरोधमा हामबर्ग इलाकाभित्र बसोबास गर्ने सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली जनताहरुको तर्फबाट नेपालको महामहिम राष्ट्रपतिको नाममा एक बिरोध पत्र जारी गरिएको थियो र सो बिरोथ पत्रलाई नेपाली राजदूतावास, बर्लिन मार्फत सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय गरिएको थियो।

Popularity: 8%

Add comment August 5th, 2008

तमू खेलकुद समिति कतार गठन

बिलबहादुर तमू दोहा, कतार / एचकेनेपाल डट कम -
तमू बौद्ध सेवा समिति शाखा कतारले कतारका तमूहरुको बढ्दो संस्था प्रतिको चासोलाई ध्यानमा राख्दै एक छुट्टै खेलकुद समिति गठन गरेको छ। शाखा कतारका महासचिव कृष्ण तमू र तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूको उपस्थितिमा खेल प्रेमी तमूहरुको एक भेलालेसमिति गठन गरिएको हो।

तमू खेलकुद समिति कतार नामाकरण गरिएको उक्त समितिमा तमू बौद्ध सेवा समिति शाखा कतारका कार्यसमिति सदस्य बुद्ध तमूको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण गरिएको छ । समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सचिवमा क्रमशः टकराज तमू, मदन तमू र पूर्ण तमू रहनु भएको छ। सदस्यहरुमा क्रमशः आइतसिंह तमू, हविराज तमू, यम तमू, मेख तमू, काजी तमू, बुद्धि तमू, तुलसी तमू, बसन्त तमू, कोष तमू, कुमार तमू, सावन तमू, अनिल तमू र मोहन तमू रहनु भएको छ। त्यसै गरि, सल्लाहकारहरुमा तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमू र तमू बौद्ध सेवा समिति शाखा कतारका कार्यसमिति सदस्य सूर्य तमू रहनु भएको छ।

विगतको तदर्थ समितिलाई विघटन गरि वैधानिक रुपले समितिलाई अगाडि लानु पर्ने तदर्थ समितिको आग्रहलाई स्वीकार गर्दै कतारवासी सम्पूर्ण तमूहरु तथा गैर तमूहरुलाई संगठित गर्न र एक आपसमा भाईचाराको सम्बन्धलाई कायम राख्ने उद्देश्य समितिले लिएको कुरा नव गठित खेलकुद समितिका अध्यक्ष बुद्ध तमूले बताउनु भएको छ। यस उद्देश्यलाई परिपूर्ति गर्नका लागि समय समयमा खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने र कतारमा रहेका खेलकुद प्रेमी तथा खेलाडीहरुलाई उत्साहित गरि प्रवासबाट खेलकुदलाई थोरै मात्रमा भए पनि टेवा पुग्न सक्ने विश्वास समितिले लिएको छ।

नेपालको राजनैतिक अस्थिरताका कारण क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडीहरु समेत रोजगारको शिलसिलामा यस खाडि मुलुकमा कार्यरत रहेका छन्। यि क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडीहरु र स्थानीय स्तरका खेलाडीहरुलाई आफ्नो प्रतिभा र खेल कौशल देखाउने अवसर श्रृजना गर्नु पनि यस समितिको उद्देश्य हो। यस समितिले प्रतिभावान खेलाडीहरुको संलग्नतामा विदेशी टीमसंग प्रतिस्पर्धा गर्न सक्ने एउटा ससक्त टिमको निर्माण गर्ने लक्ष्य लिएको छ।

विशेषतः नेपालीहरुको प्रिय खेल भलिवल भएकोले नजिकै आईरहेको मुश्लिमहरुको महान चाड इदमा भलिवल खेलको आयोजना गर्ने सोंच रहेको कुरा अध्यक्ष बुद्ध तमूले बताउनु भएको छ।

कतारबाटः बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम ।

Popularity: 8%

Add comment August 5th, 2008

एनआरएनए कतारको तेश्रो परिषद भेला सम्पन्न (+Photo)

एनआरएनए कतारको तेश्रो परिषद भेला सम्पन्न (+Photo)
बिलबहादुर गुरुङ दोहा, कतार / एचकेनेपाल डट कम -
गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारको तेश्रो परिषद भेला सम्पन्न भएको छ।

सनैयास्थित न्यू माउन्टेन रोष्टुरेण्टमा एनसीसी कतारका अध्यक्ष कमलमणी गुरागाईको सभापतित्वमा हालै सम्पन्न भएको उक्त भेलाको प्रमुख अतिथिका रुपमा एनआरएनए-आईसीसीका सचिव सागर नेपाल हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा आईसीसी सदस्य तथा कतार प्रतिनिधि टि.बि. कार्की हुनुहुन्थ्यो। विशेष अतिथि टि.बि.कार्कीले द्विप प्रज्वलित गरि उद्घाटन गर्नु भएको एनआरएनए कतारको तेश्रो परिषद भेलालाई सदस्य बिलबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो। भेलामा सल्लाहकार संयोजक तथा एनआरएनए-आईसीसीका कोअपरेटिभ मेम्बर बद्रिप्रसाद पाण्डे, एनआरएन उमन फोरमकी कतार प्रतिनिधि श्रमति सुनिता पाण्डे, सल्लाहकारहरु प्रज्ञान उदास, युवराज पाठक लगायत उल्लेख्य मात्रमा राष्ट्रिय पार्षदहरुको उपस्थिति थियो।

एनसीसी कतारका कार्यवाहक महासचिव नरेन्द्र भाटले प्रस्तुत गर्नु भएको कार्य प्रगति प्रतिवेदन उपर व्यापक छलफलपछि सामन्य संशोधनसहित सर्वसम्मत रुपमा पारित गरिएको छ। साथै कोषाध्यक्ष के.बि. हमालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई पनि सामन्य संशोधनपछि सर्वसम्मत परित गरिएको जनाईएको छ।

एनआरएनए-आईसीसीको विधानको दफा २२ उपदफा ७ ले दिएको अधिकार प्रयोग गरी बनाईएको एनआरएनए कतार च्याप्टरको निर्देशिकालाई आईसीसीबाट प्राप्त परिपत्रसंग समायोजन गराउनका लागि संशोधन गर्नु पर्ने देखिएकोले उपाध्यक्ष दिलकिरण खजुमको संयोजकत्वमा निर्देशिका संशोधन मस्यौदा समिति गठन गरिएको थियो। समितिका तर्फबाट संयोजक खजुमले कार्यसमितिले पारित गरेको निर्देशिका शंसोधन मस्यौदा छलफलका लागि भेलामा प्रस्तुत गर्नु भएको थियो। भेलाले व्यापक छलफलपछि आगामी अप्रिल २००९ मा हुने राष्ट्रिय महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गर्ने गरि केही दफा र उप दफाहरुको संशोधनसहित पारित गरेको छ।

परिषद भेलामा एनसीसी कतारको वर्तमान कार्यसमितिको एक वर्षको कार्यकालमा सम्पन्न कार्यहरुको समिक्षा गर्नुका साथै आगामी राष्ट्रिय महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ। गत जुनमा कार्यकाल सम्पन्न भएको वर्तमान परिषदलाई एनआरएनए केन्द्रीय विधानले व्यवस्था गरे मुताविक समायोजन गर्नका लागि आईसीसीबाट प्राप्त परिपत्रका आधारमा केही ढिला गरि परिषदको भेला बोलाईएको जानकारी अध्यक्ष कमलमणी गुरागाईले बताउनु भएको थियो। भेलाले आगामी अप्रिल २००९ सम्ममा नयाँ परिषद सदस्यताका लागि आवेदन आव्हान गरि राष्ट्रिय महाधिवेशन बोलाउन र नयाँ कार्यसमिति चयन गराउनका लागि वर्तमान कार्यसमिति र राष्ट्रिय परिषदलाई निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको छ।

भेलाले स्वदेशमा राजनैतिक परिवर्तनको उपलब्धीको रुपमा नव निर्वाचित नेपालको प्रहिलो राष्ट्रपति सम्माननीय डा. रामवरणयादव, उपराष्ट्रपति सम्माननीय परमानन्द झा र संविधान सभाका सम्माननीय सभाध्यक्ष शुवासचन्द्र नेम्वाङ गरी तीनै जनालाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै उहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ। कतारको यो परिषद भेला अत्यन्त सौहार्दपूर्ण र उपलब्धीमूलक भएको टिप्पणी सबै सहभागीहरुले गरेका थिए। छलफलमा अत्यन्त सम्यम र सौहार्दपूर्ण सहभागितालाई उदृत गर्दै प्रमुख अतिथि सागर नेपालले भन्नु भयो एनआरएन अभियानमा कतारको योगदान उल्लेखनिय हुने बताउनु भएको थियो। त्यसरी नै विशेष अतिथि टि.बि. कार्कीले एनसीसीलाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। त्यसरी नै सहभागीहरुले पनि आ-आफ्नो विचारहरु राख्नु भएको थियो। त्यसरी विचार राख्नु हुने सहभागीहरुमा सल्लाहकार प्रज्ञान उदास र पार्षद्वय नरेश श्रेष्ठ र अमृत गुरुङ हुनु हुन्थ्यो।

कतारबाटः बिलबहादुर गुरुङ / एचकेनेपाल डट कम ।

Popularity: 8%

Add comment August 5th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....