Archive for August 6th, 2008

पोखरामा श्रृंखलाबद्ध बम बिस्फोटन, ५ घाइते

एस, पोखरा / एचकेनेपाल डट कम -
सुन्दर नगरी पोखरा श्रृंखलाबद्ध बम आक्रमणको शिकार भएको छ। विदेशी पर्यटकहरुका लागि सुन्दर र शान्त शहर भनेर चिनिने पोखरामा आज साँझ अज्ञात समूहले दुई ठाउँमा बम बिस्फोट गराएर आतंक फैलाएका छन्। बम बिस्फोटनमा नावालकसहित ५ सर्वसाधारण घाइते भएका छन्।

पहिलो पटक करीव पौने ८ बजे पृथ्वीचोकस्थित सभागृह चोकनजिक चिया पसलमा बम बिस्फोट भएको थियो भने करीव ४० मिनेटपछि सोही ठाउंदेखि केही पर सृजना चोकमा दोश्रो पटक बम बिस्फोट भएको प्रहरीले बताएको छ। पहिलो बम बिस्फोटनमा परी घाइते हुनेमा ५ वर्षीया सुदिना सुवेदी, चिजा परियार, भिमबहादुर परियार, मिठा तिमिल्सिना र लोटस एकेडमी होस्टलमा बस्ने विद्यार्थी विश्वास गुरुङ घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुलाई फेवासिटी अस्पतालमा उपचारको लागि लगिएको छ।

दोश्रो पटक भएको बम बिस्फोटनमा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको छ भने घटनाको जिम्मेवारी कसैले लिएको छैन।

Popularity: 8%

1 comment August 6th, 2008

बस दुर्घटनामा ८ को मृत्यु, ४ दर्जनभन्दा बढी घाइते

एस, काठमाडौं / एचकेनेपाल डट कम -
रौतहट पूर्वपश्चिम सडक खण्डको चन्द्रनिगाहपुरमा बुधवार करीव पौने ६ बजे यात्रुवाहक बस दुर्घटना हुंदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४ दर्जनभन्दा बढी घाइते भएका छन्।

बीरगञ्जबाट रौतहट गौरतर्फ हिडेको ना २ खा ८८५८ नं.को लालिमा यात्रुवाहक बस नियन्त्रण बाहिर गै सडकमा पल्टिदा मृत्यु हुनेमा अधिकांश बालबालिकाहरु रहेकाछन्। मृत्यु हुनेमा चन्द्रनिगाहपुर - १ का १० वर्षीय सुनिल घिसिङ, ११ वर्षीय आकाश सुवेदी, ११ वर्षीय सरोज खड्का, १४ वर्षीया निशा महत रहेकाछन्। दुर्घटनामा सशस्त्र प्रहरीका दुई प्रहरी जवानहरु उमेश यादव र राकेश ठाकुरसमेतको मृत्यु भएको छ। दुर्घटनामा अरु २ जनाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। घाइतेहरुलाई उपचारको लागि बीरगञ्ज लगिएको छ।

Popularity: 8%

Add comment August 6th, 2008

कोरियामा कबड्डी प्रतियोगिता सम्पन्न

खगेन्द्र खत्री, सियोल कोरिया / एचकेनेपाल डट कम-
दक्षिण कोरियाको पुसान शहरको समुन्द्री तटमा कोरियामा रहेका नेपालीहरुले आयोजना गरेको कबड्डी प्रतियोगिता आइतवारका दिन सम्पन्न भएको छ।

थुप्रै कोरियनहरुको उपस्थितिमा सम्पन्न उक्त प्रतियोगितामा ५ टिमहरुले भाग लिएका थिए। नेपाली सम्पर्क समिति पुसान शाखाले आयोजना गरेको सो प्रतियोगिता नेपाल वुद्ध र सगरमाथाको देश भनी विदेशीहरुलाई परिचय गराउने उद्धेश्यले आयोजना गरिएको थियो। प्रतियोगितामा पुसान एकता समाजले प्रथम पुरस्कार तथा नेपाली सम्पर्क समिति पुसान शाखाले द्धितीय पुरस्कार प्राप्त गरेका थिए।

Popularity: 8%

Add comment August 6th, 2008

नेपाली पत्रपत्रिका बन्द गर्न धम्की

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल पत्रकार महासङ्घले जनकपुरका स्थानीय पत्रकारहरूलाई नेपाली भाषाका पत्रपत्रिका र रेडियो कार्यक्रम बन्द गर्न तराई राष्ट्रिय मुक्ति सेनाका नाममा टेलिफोन मार्फ धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ ।

मुक्ति सेनाका पूर्वी कमाण्ड इन्चार्ज आकाश त्यागीका नाममा विज्ञप्ति निकाली नेपाली भाषाका पत्रपत्रिका र रेडियो कार्यक्रम बन्द नगरे भौतिक कारवाही गर्ने चेतावनी दिइएको छ ।

तराई राष्ट्रिय मुक्ति सेनाको नाममा महासङ्घका जिल्ला कार्यसमिति सदस्य अजय साह र सदस्य गणेश खरेललाई टेलिफोन मार्फत् पत्रपत्रिका र रेडियो कार्यक्रम बन्द नगरे कार्वाही गर्ने चेतावनी दिइएको छ ।

महासङ्घले प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीपूर्ण अभिव्यक्तिको निन्दा र भर्त्सना गर्दै निर्वाध ढङ्गबाट उपयोग गर्न पाउने संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैमा आग्रह गरेको छ ।

Popularity: 8%

2 comments August 6th, 2008

काँग्रेस, एमाले खत्तम, म र माअ‍ोवादीमात्रै राम्रोः थापा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले जनादेश विपरित नेकपा (माओवादी) लाई सरकार गठन गर्न नदिएर नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक बेइमानी गरिरहेको आरोप लगाउनुभएको छ ।

राप्रपा (नेपाल), ललितपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले माओवादीलाई असफल गराउन विभिन्न चलखेल गरिरहेको दावी गर्नुभयो ।

बैचारिक रूपमा नेपालमा दुइवटा राजनीतिक ध्रुब रहेको र त्यसको प्रतिनिधित्व नेकपा (माओवादी) र राप्रपा (नेपाल)ले गरिरहेको बताउँदै अध्यक्ष थापाले बैचारिक आधारमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) आधारहीन भएको बताउनुभयो ।

माओवादीले अहिले गरिरहेको सहमतीको प्रयास भ्यागुताको धार्नी पुर्‍याउने जस्तै हो भन्दै उहाँले धार्नी पुगिहाले पनि दिगो नहुने बताउनुभयो ।

राष्ट्रपति डा. रामवरण यादवलाई सरकार गठनको आव्हान गर्ने अधिकार नभएको भन्दै अध्यक्ष थापाले राष्ट्रपतिले संविधानले दिएको अधिकारमात्र प्रयोग गरेर विवाद रहित हुनुपर्ने बताउनुभयो ।

राष्ट्रियताको सवालमा आफूहरू माओवादीसँग निकट रहेको उहाँले स्पष्ट गर्नुभयो ।

Popularity: 8%

Add comment August 6th, 2008

नेपाल वनलाई नेपालबाट हटाइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल वन टेलिभिजनको काठमाडौँस्थित ब्युरो कार्यालयका पत्रकार तथा कर्मचारीले सूचना तथा सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेलाई भेटी नेपालबाट नेपालवन टेलिभिजन केवलबाट हटाउने मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझेपछि सञ्चार सचिव पाण्डेले केवल सञ्चालकहरुसँग कुरा गरी त्यसतर्फकारवाही अगाडि बढाइने बताउनुभएको पत्रकार तथा कर्मचारीले बताएका छन् ।

पत्रकार तथा कर्मचारीले नेपाल केवल एसोसिएसन तथा नेपाल केवल सङ्घका पदाधिकारीलाई भेटी नेपालबाट केवलमा नेपालवन टेलिभिजन हटाउन माग गरे ।

प्रत्युत्तरमा सङ्घका पदाधिकारीले नेपालवनको नयाँदिल्लीस्थित व्यवस्थापन पक्षलाई नै समस्या समाधानका लागि चेतावनीपत्र पठाउने र दुइ दिनभित्र समस्या समाधान नभएमा तेस्रो दिनदेखि केवलबाट नेपालवन हटाइने बताएको जनाइएको छ ।

Popularity: 8%

Add comment August 6th, 2008

गोली हानी साथीको शिकार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
डडेलधुरामा सिकार खेल्न गएका बेला सहकर्मीको गोली लागेर एकको मृत्यु भएको छ । आलिताल गाविस खैरेनीका ३८ वर्षीय पदमबहादुर बोहराको साथीले हानेको गोली लागी उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अभियुक्त आलितालकै रामबहादुर खड्का फरार छन् । मृतकको पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ ।

Popularity: 8%

1 comment August 6th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....