Archive for August 7th, 2008

मनोज गजुरेल बने उप-राष्ट्रपति (+Photo)

निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
समसामयिक विषयबस्तुहरुमाथि चोटिलो व्यङ्ग प्रहार गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्रदेखि माधव नेपाल, गिरिजाप्रसाद कोइराला र प्रचण्ड समेतको क्यारिकेचर गरी प्रशस्त ताली पाएका हास्यकलाकार मनोज गजुरेलले यसपाली उपराष्ट्रपति परमानन्द झालाई व्यङ्गको तारो बनाएका छन्। ‘फोटोकपि’ शिर्षकको उक्त प्रहसन आउंदो हप्ता अडियो र भिडियोमा एकैसाथ बजारमा आउने छ। यही श्रावण ३२ गतेदखि आयोजना हुन गइरहेको ‘गाइजात्रा महोत्सव’ को तयारीमा ब्यस्त रहेका मनोजले हास्यव्यङ्ग समेटिएको गीति एल्बम समेत दशै अगाडिनै बजारमा ल्याउने तयारीमा छन्। हास्य गीतहरुको नामका हल्काफुल्का र कुनै अर्थ नरहेका गीतहरु बजारमा आइरहेका बखत हास्य विधा भनेको सकारात्मक सोचको साधन पनि हो भन्ने अभिप्रायले गीति एल्बमको नाम नै ‘सकारात्मक’ राखेको जानकारी हामीसंगको अनलाईन कुराकानीमा उनले बताए।

(more…)

Popularity: 8%

Add comment August 7th, 2008

माओवादी धम्कीका कारण “मिस नेपाल सौन्दर्य प्रतियोगिता २००८” स्थगित

अगष्ट ७ तारिख हुने भनिएको “मिस नेपाल सौन्दर्य प्रतियोगिता २००८” माओवादी धम्कीपछि हाललाई स्थगित भएको छ। (more…)

Popularity: 8%

Add comment August 7th, 2008

देशमै पहिलो पल्ट दुरविनबाट मृगौलाको उपचार नेपालगंजमा

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
नेपालगंज मेडिकल कलेजले अप्रेशन नगरेर दुरविनका माध्यमद्धारा खराब मृगौला झिक्ने प्रविधिको सुरुवात गरेको छ। उपचारको यस्तो प्रविधिलाई लैप्रोस्कोपिक नेफ्रेक्टोमी भनिन्छ।

पहिलो पल्ट १४ महिनाअघि दाङ शान्तिनगर - २ की ४४ बषीर्या टिका तिवारीको खराब मृगौला दुरविनका माध्यमद्वारा झिकेर मेडिकल कलेजले यस्तो प्रविधिको सुरुवात गरेको हो। हालसम्म यस्तो प्रविधिबाट १२ जना मृगौलाका विरामीहरुको उपचार गरिएको मेडिकल कलेजले जानकारी गराएको छ।

यी सबैका उपचार युरो सर्जन डाक्टर संदीप, डाक्टर नरेश श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीको टोलीले गर्दै आईरहेको छ। यसका लागि डाक्टर संदीपले सिंगापुरबाट विशेष तालिम लिएका छन्।

मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रविधि नेपालमै पहिलो पल्ट यहांबाट सुरुवात गरिएको युरो सर्जन डाक्टर संदीप गुप्ताले दावी गरे। धेरै चिरफार पछिमात्र खराब मृगौला झिकेर फाल्न सकिने पुरानो प्रविधिलाई यस नंया प्रविधिले विस्थापन गरिदिने विश्वास डाक्टर संदीपले गरेका छन्।

दुरविनबाट गरिने यस्तो उपचार भारत लगायतका केही मुलुकहरुमा थोरै मात्र अस्पतालहरुमा हुने गरेको बताउदै डाक्टर संदीपले यस्तो उपचार पद्धतीका कारण विरामीको शरीर बढी चिरफार गर्नु नपर्ने, उपचार भईसकेपछि दुई तीन दिनमै विरामी आफ्नो काममा फर्कन सक्ने हुन्छन्।

अन्यत्र झण्डै पचास हजार रुपैया जति खर्च लाग्ने मृगौला झिक्ने उपचारको नेपालगंज मेडिकल कलेजले नौ हजार रुपैयामा गर्दै आएको छ।

Popularity: 8%

1 comment August 7th, 2008

६ महिनाको मानवअधिकार रिपोर्ट सार्वजनिक

सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
मध्य र सुदूरपश्चिमका जनताका लागि वितेका ६ महिना मानवअधिकारका दृष्टिले अत्यन्त दुखदायी भएको रिपोर्ट यहांस्थित एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको छ।

मानवअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था इन्सेकले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। मध्य र सुदूरपश्चिमका सबै जिल्लाहरुमा गाउं तहसम्म पुगेर मानवअधिकारको बारेमा अनुगमन गरी फर्केका इन्सेकका जिल्ला प्रतिनिधीहरुले संकलन गरेका तथ्यांङकका आधारमा तयार भई सार्वजनिक गरिएको यो ६ महिने रिपोर्टमा ४६ जनाले ज्यान गुमाउनु परेको उल्लेख छ।

यो संख्या मध्ये १५ जनाले राज्यपक्ष र ३१ जनाले गैरराज्यपक्षबाट ज्यान गुमाउनु परेको छ। यसमा ३१ जना पुरुष र ३ जना महिला रहेका छन्। अपहरण हुनेको संख्या वितेका ६ महिनामा ७८ रहेको छ।

इन्सेकले आफ्नो रिपोर्टमा संविधान सभाको निर्वाचनताका चैत्र २६ गते दाङमा पूर्वगृहमन्त्री खुमबहादुर खडकाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सात जना माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको, बांके निर्वाचन क्षेत्र नंवर २ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमलप्रसाद अधिकारीको हत्या र सुर्खेत क्षेत्र नंवर १ का एमाले उम्मेदवार ऋषीप्रसाद शर्माको हत्याको घटनालाई ६ महिना अवधिको जधन्य मानवअधिकार उलंघनका घटनाका रुपमा दर्ज गरेको छ।

सन २००८ को पहिलो ६ महिना नेपाली जनताका लागि राजनीतिक रुपमा अत्यन्त सुखद रहेको ठानिए पनि मानवअधिकारका दृष्ट्रिले भने वितेका ६ महिना दुखद रहेको बताएको छ।

निरंतर भईरहेका मानवअधिकारका उलंघनका घटनाले जनतामा असुरक्षा, भय र त्रास बढेको, सरकार जनतालाई सुरक्षा दिन असफल रहेको, कर्णाली प्रदेशमा खाद्यान्न संकट हुदा भोकमरीको स्थिति आएको, चक्काजाम हडताल र आन्दोलनहरुले जनताको जिविकोपार्जन गर्न पाउने अधिकार प्रभावित बनेकोमा रिपोर्टमा चिन्ता व्यक्त गरिएको छ।

Popularity: 8%

Add comment August 7th, 2008

अ‍ोलम्पिक चीनमा, कडा सुरक्षा नेपालमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चीनमा हुने बेइजिङ ओलम्पिक खेल अवधिका क्रममा नेपालमा बस्दै आएका तिब्बती शरणार्थीद्वारा हुनसक्ने सम्भावित चीनविरोधी प्रदर्शनलाई लिएर नेपाल सरकारले उच्च सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको छ ।

चीनमा पहिलो पटक हुन लागेको ओलम्पिक खेलका क्रममा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षा गराउने उद्देश्यले नेपालमा बस्दै आएका तिब्बती शरणार्थीले स्वतन्त्र तिब्बतको माग राखेर गत केही महिनादेखि नेपालस्थित चिनियाँ दूतावास र हात्तीसारस्थित प्रवेशाज्ञा कार्यालयवरपर प्रदर्शन गर्दै आएका छन् ।

स्रोतका अनुसार विगतमा प्रदर्शनका क्रममा पक्राउ परेका शरणार्थीलाई तत्कालै सरकारले छाड्ने गरेको भएपनि ओलम्पिक खेल अवधिमा पक्राउ परेका शरणार्थीलाई भने केही दिन थुनामै राखिनेछ ।

पक्राउ पर्नसक्ने शरणार्थीको परिचयपत्र कडाइका साथ सुरक्षा निकायले जाँच गर्ने व्यवस्था मिलाएको बताइएको छ ।

नेपालले एक चीन नीतिप्रति दृढ र्समर्थन जनाउँदै नेपालमा चीनविरोधी गतिविधि हुन नदिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिसकेको छ।

Popularity: 8%

Add comment August 7th, 2008

अपराधी छुटाउनसमेत चक्काजाम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अपहरण, लुटपाटजस्ता कार्यमा संलग्न रहेका मुन्ना यादवको रिहाईको माग गर्दै उनका आफन्तहरूले हिजो महेन्द्र राजमार्गको मिर्चैयामा चक्काजाम गरेका छन् ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाले मुन्ना यादव तराईको सशस्त्र समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।

उनको रिहाई नहुञ्जेल चक्काजाम जारी रहने बताइएको छ भने चक्काजामबाट सयौं यात्री अलपत्र परेका छन् ।

Popularity: 8%

2 comments August 7th, 2008

आमाको नाममा नागरिकता पाउन अझै कठिन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कोटेश्वरका रन्जित थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले आमाको नामबाट नागरिकता नदिएको भन्दै सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षको नाममा कारण देखाउ आदेशको साथै मुद्दालाई अग्राधिकार दिई सुनुवाई गर्ने भनी आदेश दिएको छ ।

२१ वर्षीय थापाले आमाको नामबाट नागरिकता पाउँ भनी सम्बन्धित वडाबाट सिफारिस ल्याई प्रशासनमा पुग्दा प्रमुख जिल्ला अधिकारीले निजको पिता काभ्रे जिल्लामा बसोबास गर्ने भएकाले वंशज भनेको बाबुको हुन्छ, तपाईँको बाबुको ठेगाना काभ्रे जिल्लाको छ, मेरो क्षेत्राधिकार भित्र परेन’ भन्दै नागरिकता दिन इन्कार गरेको भनी साउन २० गते रिट दर्ता गरिएकोमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

यसरी निज थापा नागरिकता लिनबाट बन्चित हुने भएकाले निजको संवैधानिक समानता, उच्चशिक्षा प्राप्त गर्ने, रोजगारी गर्न पाउने, बासस्थान छनौट गर्ने, राष्ट्रियताको अधिकार, नागरिकता लिने व्यक्तिले बाबुको नामबाट लिने कि आमाको पहिचानबाट लिने भनी छनौट गर्ने हकबाट बन्चित हुनुपर्ने अवस्था भएको भन्दै महिला कानुन व्यावसायीहरू मीरा ढुङ्गाना र सुष्मा गौतमले रिट दर्ता गराउनुभएको थियो ।

अधिवक्ता ढुङ्गाना नेपालको अन्तरिम संविधान २०६३ को धारा ८ (२) (ख) र नेपाल नागरिकता ऐन २०६३ को दफा ३ (१) ले आमाले छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन सक्ने स्पष्ट व्यवस्था हुदाँहुदै पनि यस्तो घटना हुनु नेपालको ऐन विपरित भएको टिप्पणी गर्नुभयो ।

Popularity: 8%

Add comment August 7th, 2008

रोम विधान अनुमोदन गर्न सरकारलाई सिफारिस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले अन्तरराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालको अन्तरिम संविधान २०६३ को धारा १३२ (२) (छ) अनुसार अनुमोदन गर्न सरकारलाई सिफारिस गरेको छ ।

रोम विधानसम्बन्धी आयोगले गरेको अध्ययन प्रतिवेदनसमेत संलग्न गरी आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिसपत्र पठाएको हो ।

जेनेभा महासन्धिमा उल्लिखित मानवताविरुद्धको अपराधलाई रोम विधानले स्पष्टरुपमा सम्बोधन गर्ने भएकाले आयोगले रोम विधानलाई अनुमोदन गर्न सरकारलाई सिफारिस गरेको बताइएको छ ।

Popularity: 8%

1 comment August 7th, 2008

कोरियाको कोटा नगुम्ने मन्त्रालयको जिकिर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दुई सरकारबीच पटकपटक भएको कुराकानीको आधारमा गणतन्त्र कोरिया सरकार नेपाली कामदार स्वीकार गर्ने सर्न्दर्भमा सकारात्मक देखिएकाले कोरियाली कोटा गुम्ने कुनै पनि सम्भावना नरहेको जनाएको छ ।

रोजगार अनुमति प्रणाली इपिएस कार्यक्रमअन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सम्बन्धमा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न सम्झौतामा कोरिया पठाइने कामदारको कोटा यो वर्षका लागि यति नै भन्ने निश्चित नभएको पनि मन्त्रालयले बताएको छ ।

इपिएस/केएलटी परीक्षामा उत्तीर्ण भएका छ हजार ७६८ जनामध्ये प्रक्रिया पूरा भएका छ हजार ५८७ जनाको नाम आइसकेकामा १८३ जनाको भिसा प्राप्त भएको, श्रम सम्झौता गरिएका नेपाली कामदारलाई अभिमुखीकरण तालिम दिने कार्य भइरहेको, भिसा प्राप्त भएकाको जाने क्रम सुरु भइसकेको र पहिलो पटक साउन २७ गते ५५ जना नेपाली गणतन्त्र कोरियामा इपिएसअन्तर्गत कामका लागि जाने भएको बताइएको छ।

सरकारले रोस्टरमा भएका सबैलाई लिइदिन कोरिया सरकारलाई अनुरोध गरेको र यसप्रति कोरिया सरकार सकारात्मक रहेको छ -मन्त्रालयले उल्लेख गरेको छ ।

Popularity: 8%

Add comment August 7th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....