Archive for August 8th, 2008

सुरु भयो “बेइजिङ २००८ ओलम्पिक” (News update)

एस, हङकङ / एचकेनेपाल डट कम, अगष्ट ८ -
मुख्यभूमि चीनको राजधानी बेइजिङमा “बेइजिङ २००८ ओलम्पिक” को औपचारिक समुद्घाटन समारोह सम्पन्न भएको छ। आठै आठ अंकको संयोग जुरेको यस ओलम्पिकलाई चीनको प्रगति र प्रतिष्ठासंग तुलना गरिएको छ। २००८ साल, ८ महिना, ८ तारिख, ८ बजेर ८ मिनेट जाँदा बेइजिङ २००८ ओलम्पिकको औपचारिक उद्घाटन भएको थियो। (more…)

Popularity: 8%

Add comment August 8th, 2008

राजेश हमाल उपचारपछि घर फिर्ता (News Update)

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चलचित्र सुटिङका क्रममा घाइते भएका सुपरस्टार नायक राजेश हमाल उपचार पछि घर फर्किएका छन्। उनलाई केही दिन आराम गर्न भनिएको छ।

शुक्रबार ‘जंगबाज’ फिल्मको शुटिङ गर्ने क्रममा नायक हमाल घाइते भएका थिए। उनलाई चाबहिलको ओम नर्सिङ होममा उपचार गरिएको थियो।

थापाथलीमा शुटिङको क्रममा बारुद भरिएको नक्कली बम पडकिँदा उनको कानमा चोट परेको थियो। उनको कानको बाहिरी जाली फुटेको बताइएको छ।

उपचारपछि शुक्रबार नै उनी घर फर्किएका थिए। उनले अब सात दिनसम्म घरमै आराम गर्नुपर्नेछ भने चार महिनासम्म कानको विशेष हेरचाह गर्नुपर्नेछ।

*************
नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमाल आज एउटा चलचित्र छायाङ्कनका क्रममा घाइते भएका छन्।

उनको काठमाडौँको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ। यससम्बन्धमा थप जानकारी आउन बाँकी छ।

Popularity: 8%

6 comments August 8th, 2008

मिस नेपाल रोक्न तालबन्दी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विभिन्न राजनीतिक पार्टीसँग आवद्ध महिलाहरुको एक समूहले सुन्दरी प्रतियोगिताले नारी अस्मिताको अपमान गर्ने भन्दै यस्तो प्रतियोगिता रोक्न प्रतियोगिता आयोजक संस्थाहरुका कार्यालयमा तालाबन्दी गरेका छन्।

नेकपा (एमाले)सँग आवद्ध अखिल नेपाल महिला सङ्घ, नेकपा (माओवादी)सँग आवद्ध अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकिकृत)सँग आवद्ध अखिल नेपाल महिला सङ्घ तथा नेकपा (संयुक्त मार्क्सवादी)सँग आबद्ध प्रगतिशील महिला फेडरेशनका करिब २५० जना अधिकारकर्मी महिलाहरुले कोटेश्वरस्थित डावर बाटिका र कुपण्डोलस्थित हिडन ट्रेजरको कार्यालयमा ताला लगाएका हुन् ।

तालाबन्दी कार्यक्रममा बोल्दै महिला नेतृहरुले नेपाली महिलाहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता चाहिएको बताउदै सुन्दरी प्रतियोगिताबाट महिलाको शोषण गर्न नहुनेमा जोड दिए ।

उनीहरुले यस्ता सुन्दरी प्रतियोगिताको आयोजना गर्नुभन्दा प्रतियोगितामा लाग्ने लगानी महिलाको उत्थान, विकास र सशक्तिकरणको काममा लगाउनुपर्ने बताए ।

कार्यक्रममा सभासद् तारा घर्ती, महिला नेतृहरु अञ्जना बिसंखे, सरिना महर्जन, सीता सुवेदी, सूर्य थापालगायतकाले नयाँ नेपालको प्रक्रिया सुरु भएको वर्तमान अवस्थामा महिलामाथि हुने सबै प्रकारका हिंसा र शोषणको अन्त्य हुनुपर्ने माग राख्‍नुभएको थियो ।

Popularity: 8%

4 comments August 8th, 2008

माओवादीपीडितद्वारा संघर्षको कार्यक्रम सार्वजनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीपीडित राष्ट्रिय सङ्घर्ष समितिले १० वर्षको द्वन्द्वका क्रममा पीडित पक्षलाई आन्तरिक शरणार्थी घोषणा गरी परिचयपत्र र राहत उपलब्ध गराउन माग गरेको छ ।

द्वन्द्व अवधिमा मारिएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई रु.१० लाख उपलब्ध गराउन, अपाङ्ग पारिएकालाई रु.दुई सयका दरले दैनिक अपाङ्ग भत्ताको व्यवस्था गर्न, विस्थापितलाई स्थापित गर्नका लागि रु.सात लाख दिन तथा जागिर छोड्न बाध्य पारिएका शिक्षक, प्रहरीलगायतका कर्मचारीलाई बिना शर्त पुनःबहाली गर्न राष्ट्रिय सङ्घर्ष समितिले आग्रह गरेको छ ।

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएकाको सङ्ख्या र्सार्वजनिक गर्न, कब्जा गरिएका घरजग्गा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न, पीडितका बालबच्चालाई स्नातक तहसम्मको निःशुल्क शिक्षा उपलब्ध गराउन र घाइते भएकाको उपचारको व्यवस्था मिलाउन पनि समितिले सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

Popularity: 8%

1 comment August 8th, 2008

भारतीय प्रहरीलाई मरणासन्न हुने गरी कुटियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भारतीय एसएसबी जवानले गुलरिया नगरपालिका-१ गाउँ नं.१६ बस्ने महिलामाथि दुर्व्यवहार गरेको भन्दै उनलाई गाउँलेले कुटपिट गरेका छन् ।
भारतको बहराइच जिल्लास्थित बेनुवा कुवाँ एसएसबी क्याम्पका सिपाही दर्शन सिंहले नेपालतर्फ घाँस काटिरहेकी २८ वर्षीया महिलासँग यौनसम्पर्क गरेको थाहा पाएपछि आक्रोशित गाउँलेले उनलाई मरणासन्न हुने गरी कुटेका हुन् ।

घाइते एसएसबी जवानको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पीडित महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक सोधपुछ भइरहेको प्रहरी निरीक्षक कृष्णकुमार क्षेत्रीले बताउनुभयो ।

यौन दुर्व्यवहार गर्ने सिपाहीलाई विभागीय कारवाही गर्न गाउँलेले भारत सरकारसँग माग गरेका छन्।

Popularity: 8%

4 comments August 8th, 2008

जङ्गली माहुरीले चिल्दाबाट चार चिन्ताजनक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पिपलाडी गाविस-७ ढाणाका चारजना किशोरलाई जङ्गली माहुरीले टोक्दा उनीहरुको स्थिति चिन्ताजनक भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षको तारापुर क्षेत्रमा गोठाला गएका १६ वर्षीय चक्रदेव कुँवर, १५ वर्षीय धर्मराज जोशी, १४ वर्षीय जगदीश जोशी र दलबहादुर भण्डारीलाई भेरी नामक जङ्गली माहुरीले चिलेको हो।

माहुरीले चिल्दा गम्भीर घाइते भएका चक्रदेव कुँवरको अवस्था बढी चिन्ताजनक भएको बताइएको छ । उनलाई महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । बाँकी अन्य घाइतेको झलारीका स्थानीय निजी मेडिकलमा उपचार भइरहेको घाइते किशोरका परिवारजनले बताएका छन् ।

सिमलको रुखमा घार बनाएर बसिरहेका माहुरीलाई मह निकाल्न चलाउँदा ती किशोरलाई टोकेको बताइएको छ । गोठालाहरुको सहयोगमा ती सबैलाई घरसम्म पुर्‍याइएको थियो ।

Popularity: 8%

Add comment August 8th, 2008

फोरमले पत्रिका कार्यालय फोरे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम (मधेस)का कार्यकर्ताले वीरगन्जबाट प्रकाशन हुने ‘प्रतीक’ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

वीरगन्ज उपमहानगरपालिका त्रिमूर्ति सिनेमा हलस्थित सो पत्रिकाको कार्यालयमा अपराह्न करिब २३० बजे उनीहरुले एक्कासी प्रवेश गरी तोडफोड गरेको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले बताउनुभयो ।

फोरम (मधेस)की नेत्री रेखा साहको नेतृत्वमा गएका करिब १५/२० जनाको समूहले सो पत्रिकाले गलत समाचार सम्प्रेषण गरेको भन्दै कार्यालय तोडफोड गरेको बताइएको छ ।

एक साताअघि रेखाका श्रीमान् चढेको मोटरसाइकलसम्बन्धी समाचार प्रतीक दैनिकमा प्रकाशन भएको विषयलाई लिएर सो तोडफोड भएको जनाइएको छ ।

तोडफोडका कारण कार्यालयमा व्यापक क्षति भएको छ । कार्यालयका झ्याल र ढोकामा लागेका सिसा फुटेका छन् भने कार्यालयभित्र रहेका कुर्सी टेबुललगायतका सामान पनि तोडफोड भएका छन् ।

यसैबीच नेपाल पत्रकार महासङ्घ पर्सा नेपाल प्रेस युनियन पर्सालगायत पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले प्रेस विज्ञप्ति प्रकाशन गरी सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

Popularity: 8%

Add comment August 8th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....