Archive for August 9th, 2008

गोरखाली अनलाईन डटकमको परिक्षण आजदेखि शुरु

नविन गुरुङ, काठमाडौं / एचकेनेपाल डट कम -
अनलाईन समाचारको दुनियांमा अब अर्को एक नयां वेभसाईट Error! Hyperlink reference not valid. नामक वेभसाइट थपिएको छ। १६ औं विश्व आदिवासी दिवस २००८ को अवसर पारेर आजदेखि यस डटकमले परिक्षण शुरुवात गरेको हो।

संचार जगत मानव जीवनको अभिन्न अंग बनी सकेको छ र सूचना प्रविधि प्रयोग गर्ने नेपालीहरु पनि दिन प्रतिदिन बढ्दै छ। त्यसैले स्वदेश तथा विश्वमा छरिएर रहेका नेपालीहरु समक्ष सत्य, तथ्य, निष्पक्ष अनि स्वच्छ, समाचार पस्किएर, गोरखा अनि गोरखालीहरु र गोरखाली संघ संस्थाहरुको बारेमा जानकारी दिने उद्धेश्य यस अनलाईनको हो।

कतिपय अनलाईनहरु चलेको केही समयमा नै बन्द भएका छन्। हामीमा त्यस्तो दिनहरु नआओस भन्ने चाहन्छौं। तसर्थ यस वेभसाईटले सबै पाठकबृन्द समक्ष आफ्नो रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरेको छ। हालै मात्र संचालनमा ल्याएको यस वेभसाईटले स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुलाई सुख दुखको साथी बनाउन र सत्य तथ्य समाचार दिन हर प्रयास गरिने कुरा सम्पादक गुरुङ बताउनु हुन्छ।

नेपाल, कतार र अमेरीकाबाट नियमित रुपमा अपडेट गरिने यस वेभसाईटको सम्पादक बुधबल गुरुङ (कतार) हुनुहुन्छ। सल्लाहकारहरुमा बिलबहादुर गुरुङ (कतार) र अमृत गुरुङ (कतार) रहेको छ। यस अनलाईनबाट देश विदेशको समाचारका साथै मित्रताको लागि रुची राख्नेहरुका लागि पेनपल र आफन्तहरुलाई सन्देश पनि पठाउन सकिने तथा विश्वमा रहेका प्रवासी नेपाली संघ संस्थाहरु तथा ब्यक्तिगत विवरणहरुको पनि जानकारी लिन सकिनेछ। साथै यस अनलाईनमा सूचना, समाचार, लेख रचनाहरु त्था प्रतिक्रिया वा सुझावहरु वेभसाईटको इमेल info@gorkhalionline.com अथवा gorkhaonline@gmail.com मा पठाउन सकिनेछ।

Popularity: 8%

3 comments August 9th, 2008

युथ फोर्सद्वारा सरकारी सवारी साधनहरु नियन्त्रणमा

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा एमालेका भातृ संगठन प्ररायु संघले गठन गरेको सुर्खेतस्थित युथ फोर्सले आज शनिवार निजी प्रयोगमा चलाइएका सरकारी एवं संस्थानका सवारी साधनहरु पक्राउ गरी जिल्ला प्रशासन कार्यलायलाई बुझाएको छ।

शनिवारका दिन पास नलिईकन व्यक्तिगत काममा सरकारी सवारी साधनको दुरपयोग गरेको भन्दै त्यसको नियन्त्रण गर्न युथ फोर्सका संयोजक तेजविक्रम बस्नेतको नेतृत्वमा रहेको टोलीले सवारी साधनहरु पक्राउ गरेका हुन्।

युथ फोर्सले पुनरावेदन अदालत सुर्खेतका मुख्य नायाधीश चढ्ने बा १ झ ११४३ नं. को कार, जिल्ला बन कार्यालयको बा १ झ ५०८२ नं. को जीप र जिल्ला विकास समितिको भे १ पा २७८ नं. को मोटरसाइकललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयलाई बुझाएको छ।

युथ फोर्सले विदाका दिन दुरपयोग गरी चलाइएका अरु सरकारी एवं संस्थानका सवारी साधनहरु पक्रिने क्रम जारी रहेको संयोजक तेजविक्रम बस्नेतले बताएका छन्।

Popularity: 8%

Add comment August 9th, 2008

सभासद्हरुद्वारा देवकोटापुत्रीको अपहरणबारे ध्यानाकर्षण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विभिन्न उन्नाइस संविधानसभा सदस्यले न्युरोसर्जन डा.उपेन्द्र देवकोटाकी छोरीको नाटकीय अपहरण र आर्थिक असुलीजस्ता कार्यले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र नागरिक समाज असुरक्षित भएको जनाउनुभएको छ।

उहाँहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विगत एक वर्षदेखि देशका विभिन्न क्षेत्रमा स्वास्थ्य संस्थाजस्तो मर्यादित, प्रभावकारी र संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि हुने गरेको हातपात, धम्की र जनधनको क्षतिजस्ता घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा डा.देवकोटा र उहाँका परिवारमाथि घटेको घटनामा संलग्न अपहरणकारीहरुको तत्काल खोजी गरी आवश्यक कानुनी कारबाही गर्न र स्वास्थ्यकर्मीको माग पूरा गर्ने, गराउनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गरिएको छ।

विज्ञप्ति प्रकाशित गर्नुहुने सभासद्हरुमा नवीन्द्रराज जोशी, जगदीश्वर नरसिंह केसी, ध्यानगोविन्द रञ्जित, धनराज गुरुङ, भुष्पा भुसाल, महाँ नेपाली, देवराज जोशी, निर्मला प्रसाईं, किरण यादव, उर्मिला थापामगर, अमृतलाल राजवंशी, कृष्णा ठाकुर, उषा गुरुङ, लीला सुब्बा, प्रमिला राई, हर्षित लामा, अजय चौरसिया, उमाकान्त चौधरी र गगन थापा हुनुहुन्छ।

Popularity: 8%

1 comment August 9th, 2008

देवु सिधै प्रि क्वाटरफाइनलमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बेइजिङमा सुरु भएको २९औँ ओलम्पिक खेलकुदमा सहभागी नेपाली खेलाडी देवु थापाले जुडो ६३ केजी तौल समूहको प्रि क्वाटर फाइनलमा प्रवेश पाउनुभएको छ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले दिने वाइल्ड कार्डका आधारमा नेपालबाट सहभागिता जनाउनुभएकी देवुले पहिलो चरणमा बाइ पाएर सिधै प्रि क्वाटर फाइनलमा प्रवेश पाउनुभएको हो।

श्रीलङ्कामा भएको १०औँ सागमा रजत पदक जितेकी देवुले अब हुने एक खेलमात्र जिते पनि क्वाटरफाइनलमा प्रवेश पाई नेपालको खेल इतिहासमा नयाँ रेकर्ड कायम गर्नुहुनेछ।

हालसम्म नेपालका कुनै पनि खेलाडीले ओलम्पिकको क्वाटर फाइनलसम्मको यात्रा तय गर्न सकेका छैनन्।

पहिलो खेलमा हारेता पनि उहाँले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउने सम्भावना रहेको बताइएको छ।

उहाँलाई प्रिक्वाटर फाइनलमा हराउने खेलाडी फाइनलमा पुग्यो भने उहाँले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनुहुने बताइएको छ।

Popularity: 8%

Add comment August 9th, 2008

सरकार गठन संविधानसभाबाट हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रपतिले राजनीतिक सहमति जुटाएर सरकार गठन गर्न दिएको आजसम्मको समयसीमामा माओवादीले सहमति जुटाउन नसकेपछि सरकार गठनको निर्णय संविधानसभा व्यवस्थापिका-संसदबाट हुने भएको छ।

माओवादीको नेतृत्वमा सरकार गठनका लागि माओवादीसमेत नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरमको हिजो अपराह्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बसेको बैठक सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रमलगायतका महत्वपूर्ण विषयमा सहमत हुन नसकेपछि उक्त स्थिति आएको हो।

बैठकपश्चात् सञ्चारकर्मीसँग बोल्दै नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले भन्नुभयो-दुःखका साथ भन्नुपर्छ, बैठकले राष्ट्रपतिले गर्नुभएको आह्वानअनुसारको समयसीमामा राजनीतिक सहमति जुटेन, तर राजनीतिक दलबीच सहमतिका आधारमै सरकार गठन गर्ने सम्भावना अझै छ।

संविधानसभामा निर्विरोधरुपमा प्रधानमन्त्री चयन हुने परिस्थिति देखिएको छ भन्दै उहाँले बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने कुरा टुङ्गोमा पुग्न नसकेको र सरकारमा दलहरुको पद बाँडफाँडको विषयमा समेत थप छलफल गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले शनिबार बिहान ११ बजे बस्ने बैठकले उक्त दुवै विषयको टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो।

आफ्नै नेतृत्वमा सरकार बन्नेमा करिबकरिब सहमति भएको दावी गर्दै अध्यक्ष प्रचण्डले माओवादीका तर्फबाट आफूमात्र प्रधानमन्त्रीको दावेदार रहेको स्पष्ट गर्नुभयो।

फोरमका अध्यक्ष उपेन्द्र यादवले भने बैठकमा सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम, शक्ति बाँडफाँड, आचारसंहिता र सरकारको नेतृत्वका विषयमा दलहरुबीच सहमति हुन नसकेर बैठक टुङगिएको जानकारी दिनुभयो।

Popularity: 8%

Add comment August 9th, 2008

वर्षाका कारण २३ घर भत्किए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अविरल वर्षाका कारण सोनपुर गाविस वडा नं. ४ मा २३ घर भत्किएका छन्।सोनपुर गाविस-४ का १ देखि २८ घर नं.सम्मका ६६ घर जलमग्न भएको पनि बताइएको छ।

लगातारको पानीपछि आएको बाढीले केही घरभित्र रहेका खाद्यान्न तथा कुखुरा पनि बगाइदिएको छ।

घर भत्किँदा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ।

Popularity: 8%

Add comment August 9th, 2008

सडकको सुटिङले मानिसहरु तर्से (+Photo)

सुटिङ रिपोर्ट
सम थापा, नेपालगंज / एचकेनेपाल डट कम -
चलचित्र कहां छौ कहां
सडकको सुटिङले मानिसहरु तर्से

नेपालगंज अत्यन्त गर्मी हुने सहर। दिनभरीको गर्मीले दिक्क भएका मानिसहरु साझंपख सडकमा जम्मा हुन थालेका थिए। भीडभाड बढदै थियो। एक्कासी टक….टक…टक…को आवाज संगै घोडागाडी (टांगा)मा एउटा युवती र एक जना युवक भारतीय सिमावर्ती बजार रुपैढिया तर्फ हुईकिदै थिए। बुढो टांगा चालक घोडालाई तीब्र गतीमा दुगराउदै थियो।

(more…)

Popularity: 8%

Add comment August 9th, 2008

कोरियामा प्रवासी श्रमिकहरुले र्यालीको आयोजना गर्ने

खगेन्द्र खत्री, दक्षिण कोरिया / एचकेनेपाल डट कम -
इपीएस अर्थात इम्प्लोइमेंट पर्मिट सिस्टम सुरु भएको यही १७ अगस्टमा ४ बर्ष पूरा भई सक्दा पनि यस प्रणालीमा सुधार नगरी ब्यापक धड्पकड़ गरी मानव अधिकारको हनन गरिदै आएकोमा त्यसको विरोधमा प्रवासी मजदुरहरुले र्यालीको आयोजना गरिने भएको छ।

प्रवासी श्रमिक यूनियनलगायत कोरियाका प्रवासी श्रमिकहरुलाई सहयोग गर्ने मानव अधिकारवादी संघ संस्थाहरुसहित प्रवासी श्रमिकहरुले र्यालीको आयोजना गर्ने जानकारी प्रवासी श्रमिक यूनियन (एमटीयु) ले दिएको छ।

विरोध र्याली अगस्ट १७ तारिखका दिन हेवा स्टेसनस्थित मारुनी पार्कमा दिनको १ बजे गर्ने भएको छ। आफ्नो हक अधिकारको लागि रयालीमा सहभागी भई दिन प्रवासी श्रमिक यूनियन (एमटीयु) ले आग्रह गरेको छ।

Popularity: 8%

Add comment August 9th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....