Archive for August 12th, 2008

ओलम्पिकमा देवुको खराव प्रदर्शन

एस, बेइजिङ / एचकेनेपाल डट कम -
वाइल्ड कार्डको आधारमा प्री क्वाटर फाइनलको पहिलो चरणमा बाइ पाएर प्रतियोगितामा प्रवेश पाएकी नेपाली जुडो खेलाडी देवु थापा आज ताइवानकी खेलाडी वाङबाट पराजित भएकी छिन्।

६३ केजी तौल समूहको उक्त प्रतियोगितामा उनी वाङसंग १ मीनेटभन्दा बढी टिक्न सकिनन्। देवुलाई हराउने खेलाडी फाइनलमा पुगेकी भए उनलाई तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने अवसर मिल्ने थियो। तर उनी पनि पराजित भएपछि देवुको तेश्रो स्थानको लागि खेल्ने सपना तुहेको छ।

बेइजिङ ओलम्पिकमा नेपाली खेलाडी

Popularity: 10%

4 comments August 12th, 2008

फोरमका नेता सीतानन्दनको निधन

एस, काठमाडौं / एचकेनेपाल डट कम -
मधेसी जनअधिकार फोरमका वरिष्ठ नेता सीतानन्दन रायको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

उच्च रक्तचाप र हृदय रोगबाट पीडित रायको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो। महत्तोरीको बकरी गाविसमा जन्मनु भएका रायको पार्थिव शरीरलाई अन्तिम श्रद्धाजलिका लागि उहाँकै निवास कोटेश्वरमा राखिएको छ। उहाँको आजै साँझ पशुपति आर्यघाटमा अन्येष्ठि गरिने फोरमका प्रचार विभाग प्रमुख बीपी यादवले जानकारी दिनुभएको छ।

लामो समयसम्म वामपन्थी राजनीतिमा लाग्नुभएका राय कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री पनि बन्नुभएको थियो। नेकपा एमालेबाट ६ वर्ष राष्ट्रिय सभा सदस्यसमेत रहनुभएको राय पछिल्लो समय मधेसी जनअधिकार फोरममा सक्रिय रही हाल फोरमको अनुशासन विभाग प्रमुख रहनुभएको थियो।

उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ।

Popularity: 10%

2 comments August 12th, 2008

कतारमा “आदिवासी जनजाति सांस्कृतिक महोत्सव” (+Photo)

बुधबल गुरुङ र बिलबहादुर गुरुङ, दोहा कतार / एचकेनेपाल डट कम -
१४औं विश्व आदिवासी दिवसको अवसरमा
कतारका जनजातिहरुले “आदिवासी जनजाति सांस्कृतिक महोत्सव” मनाए

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारले १४ औं विश्व आदिवासी दिवस २००८ लाई आदिवासी जनजाति सांस्कृतिक महोत्सव २००८ को रुमा भव्यका साथ सम्पन्न गरेको छ। महासंघका अध्यक्ष अमृत गुरुङको सभापतित्वमा “जातिय स्वायत्तता र आत्म निर्णयको अधिकार, स्वाधीन, संघीय र समृद्ध नेपाल निर्माणको मूल आधार” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ।

महासंघमा आबद्ध मातृसंस्थाहरुले आ-आफ्नो संस्कृति झल्कने झाँकीं तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। किरात याक्थुङ्ग एकता समाजको तर्फबाट च्याब्रुङ्ग नाच, नेपाल प्रवासी मगर संघको तर्फबाट हुर्रा नाच, आप्रवासी तामाङ्ग समाजको तर्फबाट तामाङ सेलो, किरात राई यायोक्खाको तर्फबाट मारुनी नाँच, थारु कल्याणकारीणी सभाको तर्फबाट थारु आधुनिक नाँच, तमू बौद्ध सेवा समिति कतारको तर्फबाट तमू नाँच प्रस्तुत गरिएको थियो भने नेपाल प्रवासी दराई समाजले आफ्नो जातिय पहिरन प्रस्तुत गरेको थियो। सहभागी कलाकार तथा स्वयंसेवकहरु सबैलाई महासंघको तर्फबाट अतिथिहरुद्वारा प्रशंसा-पत्र प्रदान गरिएको थियो।

तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका कलाकारहरुले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए भने नेपाल प्रवासी मगर संघ, कतारका कलाकारहरुबाट स्वागत गीतबाट सबैलाई स्वागत गरेका थिए।

नेपाली राजदूतावासको आयोजनामा हालै सम्पन्न भएको नेपाल पर्यटन तथा सांस्कृतिक महोत्सव २००८ मा महासंघको नेतृत्वमा आ-आफ्नो मातृ संस्थाका तर्फबाट सहभागी हुनु भई विभिन्न जातिय संस्कृति झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तत गर्नु भएका कलाकारहरुलाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो।

१४औं विश्व आदिवासी दिवस कार्यक्रमको सहयोगार्थ सञ्चालन गरिएको भाग्यशाली चिठ्ठाको नतिजा पनि उक्त कार्यक्रममा घोषणा गरिएको थियो। चिठ्ठा कार्यक्रम योजना अनुसार प्रथम हुनेले - मुभी क्यामरा - १, दोश्रो पुरस्कार पाउनेले २१” को कलर टि.भी - १, तेश्रो पुरस्कार पाउनेले - डि.भी.डी. प्लेयर - १ र चौथो पुरस्कारको रुपमा हाते घडि - ५ जनाले पाउने व्यवस्था गरिएको थियो। यस चिठ्ठा कार्यक्रमलाई राई रमेश “गाउँले” ले सञ्चालन गर्नु भएको थियो।

दोहास्थित मलायलम समाजम केन्द्रको हलमा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्र र विशेष अतिथि गैर आवासिय नेपाली संघ - अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल हुनुहुन्थ्यो।

कार्यक्रमको अन्य अतिथिहरुमा प्रेम बराल (सहचारी नेपाली राजदूतावास कतार), टी.बी.कार्की (सदस्य -एनआरएनए आईसीसी तथा कतार प्रतिनिधि), कमलमणी गुरागाई -अध्यक्ष (एनआरएनए-एनसीसी कतार), बद्रिप्रसाद पाण्डे (कोअपरेटिभ मेम्बर -एनआरएनए-आईसीसी तथा सल्लाहकार संयोजक एनसीसी कतार), मदन श्रीस -उपाअध्यक्ष (कतार नेपाली एकता समाज), बीरबहादुर थापा -उपाध्यक्ष (प्रवासी नेपाली सम्पर्क मञ्च), बिमल सुवेदी -महामन्त्री (नेपाली जनसम्पर्क समिति), इ. नारायणप्रसाद चौधरी -अध्यक्ष (नेपाल इन्जिनियर्स एशोसियसन, कतार च्याप्टर), इ. राधाकृष्ण देव -अध्यक्ष (सेफ्टी अवेयरनेस सेन्टर कतार), कुमार कार्की -महासचिव (नेपाल कतार पत्रकार संघ), लगायत हुनुहुन्थ्यो।

प्रमुख अतिथि राजदूत डा. सूर्यनाथ मिश्र र विशेष अतिथि सागर नेपालद्वारा संयुक्त रुपमा व्यानर अनावरण गरि उद्घाटन गरिएको सो कार्यक्रमलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारका सल्लाहकार बिलबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो। ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा एक मिनट मौन धारण गरि सुरु गरिएको कार्यक्रममा उपस्थित सहभागिहरुलाई महासंघका कार्य वाहक महासचिव देवबहादुर राना मगरले मन्तब्यबाट स्वागत गर्नुभएको थियो।

सो अवसरमा महासंघलाई स्थापना कालदेखि विशेष सहयोग गर्नु हुने व्यक्तित्वहरुलाई महासंघको तर्फबाट प्रमुख अतिथि राजदूतबाट कदर-पत्र प्रदान गरि सम्मान गरिएको थियो। त्यसरी सम्मानि हुने व्यक्तित्वहरुमा क्रमशः दिलकिरण खजुम, बिलबहादुर गुरुङ, बुधबल गुरुङ, छत्रबहादुर घले मगर, देवबहादुर राना मगर, राई रमेश गाउँले, सुकबहादुर तामाङ, कमलराज थापा मगर, चन्द्रशेर राई र तेन्जिङ नोर्के शेर्पा हुनुहुन्थ्यो।

कार्यक्रममा १४ औ. विश्व आदिवासी दिवसको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासंघ नेपालबाट महासंघ दोहा कतारलाई सम्बोधन गरि पठाईएको शुभकामना-पत्र पढेर सुनाईएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले पनि कार्यक्रमको सफलताको शुभकामना दिएका थिए। आदिवासीहरुले उठाउदै आएको राजनैतिक र सांस्कृतिक अधिकारहरु उनिहरुको नैसंर्गिक अधिकारभित्र पर्ने धारणा सबै वक्ताहरुले आफ्नो शुभकामना मन्तव्यको क्रममा ब्यक्त गरेका थिए।

मन्तव्यको क्रममा प्रमुख अतिथि डा.सूर्यनाथ मिश्रले कार्यक्रम र महासंघलाई शुभकामना व्यक्त गर्दै कतारमा ९९ प्रतिशत नेपाली श्रमजिवी भएको र १ प्रतिशत चाही परजिवीहरु छन् जसले केवल नेपालीलाई मात्र ठगेका छन् भन्नु भयो। जो सामाजिक संस्थाहरु श्रमजिवी नेपालीहरु प्रति समर्पित छन् तिनीहरुको राजदूतावासले उच्च मुल्यङ्ककन गर्ने छ भनि नेपाली संघसंस्थाहरु प्रति राजदूतावासको दृष्ट्रिकोण समान नभएको भन्ने गुनासोप्रति लक्षित गर्दै प्रमुख अतिथिले भन्नु भयो। राजदूत मिश्रले कतारमा समाज सेवाको खोल ओढेर श्रमजिवी नेपालीहरुको शोषण भईरहेको छ भन्ने जस्तो संगीन आरोप समेत लगाउनु भयो। तर नेपाली राजदूतावासको सभाकक्ष नेपाली संघसंस्थाहरुलाई उपलब्ध गराउने विषयमा उठेका विभिन्न जिज्ञासाहरुको वारेमा भने मौन रहन उचित सम्झनु भयो। कार्यक्रममा थारु कल्याणकारीणी सभा, कतार च्याप्टरका अध्यक्ष इ.विद्यानन्द चौधरीले विश्व आदिवासी दिवस वारे प्रकाशः पार्नु भएको थियो।

मन्तव्यकै क्रममा विशेष अतिथि सागर नेपालले आदिवासी जनजातिहरुले उठाउदै आएका राजनैतिक मुद्दाहरुप्रति पूर्ण एक्यबद्धता जनाउनु हुदै सर्वप्रथम जनजातिहरु आफै आफ्ना मागहरुप्रति प्रस्ट हुनु जरुरी छ भन्नु भयो। त्यसै गरी, अतिथि कमल मणी गुरागाईले शुभकामना मन्तव्यका क्रममा कतारस्थित नेपाली राजदूतावासको कृयाकलाप प्रष्ट नभएको वारे जिज्ञाषा राख्नु भएको थियो। अर्का अतिथि टी.बी.कार्कीले पनि कतारस्थित नेपाली समाज र राजदूतावासबीचको असमन्जस्याताले नकारात्मक सन्देश गएको भन्नु हुदै यसलाई सहज बनाउन एनआरएनए-आईसीसीले पहल गर्न अग्रसर हुन सक्ने विचार व्यक्त गर्नु भयो। त्यसै गरी बीरबहादुर थापाले जनजातिहरुले हालका संविधान सभाध्यक्ष सुवाषचन्द्र नेम्वाङ जस्ता नेता जन्माउनु पर्ने र नेपालको सत्ता कब्जा गर्न शुभकामना दिनु भयो। अन्य मन्तब्य व्यक्त गर्नु हुनेहरुमा मदन श्रीष, बिमल सुवेदी, इ.नारायणप्रसाद चौधरी, इ.राधाकृष्ण देव, कुमार कार्की, श्याम सुन्दर शशीआदि हुनुहुन्थ्यो। अन्तमा कार्यक्रममा उपस्थित अतिथिहरु तथा सहभागीहरुलाई किराँत राई यायोक्खा शाखा कतारका अध्यक्ष चन्द्रशेर राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने महासंघका अध्यक्ष अमृत गुरुङले आदिवासी जनजाति महासंघप्रतिको सकारात्मक सोंचप्रति धन्यवाद ज्ञापन गर्नु हुदै आगामी दिनहरुमा पनि यस्तै सदभाव र समर्थन पाईरहने विश्वास व्यक्त गर्नु हुदै कार्यक्रमको समापन गर्नु भएको थियो।

कतारबाटः बुधबल गुरुङ र बिल बहादुर गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 10%

2 comments August 12th, 2008

मलेसियामा किरात राई यायोक्खा पुनर्गठन

एस क्वालालम्पूर / एचकेनेपाल डट कम -
सम्पूर्ण राईहरुको साझा संगठन किरात राई यायोख्खा, मलेसियाको एक भेलाबीच आइतवार पुनर्गठन भएको छ।

सञ्जय राई छुच्चाको अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्ष तेजबहादुर राई, सचिव ठूले दोभान अरुण कोइमी, सहसचिव राजरुङमाङ राई, कोषाध्यक्ष प्रमोद चाम्लिङ र सदस्यहरुमा नवीन राई, दशरथ राई, मनी राई गोठाले रहेका छन्।

किराया, केन्द्रीय कमिटी, नेपालको मातहतमा रहेको किराया मलेसियाले अब मलेसियामा रहेका सम्पूर्ण राईहरुलाई यायोख्खाको सदस्यता दिलाउने, आजीवन सदस्यको संख्या बढाउने, भाईचारा संगठनसँग संगठन बढाउने, आपसी सहयोग गर्ने कार्यक्रमहरु तर्जुमा गरेकोछ।

भेलाले विश्व राई र बलधन राईलाई संस्थाको संरक्षक तोकेको छ।

Popularity: 10%

4 comments August 12th, 2008

प्रधानमन्त्रीको निर्वाचन साउन ३१ गते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्ततः प्रधानमन्त्रीको चयन संविधानसभामा निर्वाचन प्रक्रियाबाटै हुने भएको छ । तर त्यसअघि राजनीतिक दलहरुबीच सहमतिका लागि तीव्र प्रयास भइरहेको छ।

संविधानसभा-व्यवस्थापिका संसदको हैसियतमा बसेको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले यही साउन ३१ गते शुक्रबार अपरान्ह १ बजेका लागि निर्वाचनको समय तोकिएको जानकारी गराउनुभएको हो ।

सोअनुसार साउन ३० गते बिहान १० देखि अपराहृन ५ बजेसम्म अन्तरराष्ट्रिय सम्मेलन केन्द्रस्थित व्यवस्थापिका-संसदका कार्यवाहक महासचिवको कार्यकक्षमा उहाँसमक्ष संविधानसभाका कुनै सदस्यलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा -२) बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्नुपर्नेछ ।

सोही दिन अपराहृन ५ः३० बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची व्यवस्थापिका संसदको सूचनापाटीमा प्रकाशन गरिने व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा-३८ -१) अनुरुप सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति कायम गरी सरकार निर्माण गर्न राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा -माओवादी)लाई सुरुमा सात र त्यसपछि तीन दिनका लागि दिनुभएको समयमा अपेक्षित सहमति कायम हुन नसकेपछि यो अवस्था आएको हो ।

यसरी राष्ट्रिय सहमति कायम हुन नसकेपछि संविधानको धारा-३८ -२) बमोजिम प्रधानमन्त्रीको चयन संविधानसभामा तत्काल कायम सदस्य सङ्ख्याको बहुमतबाट हुनुपर्ने प्रावधानअनुरुप आगामी शुक्रबार निर्वाचन हुनेछ ।

Popularity: 10%

Add comment August 12th, 2008

सडक बालबालिका यौन शोषणमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सडक बालबालिकामाथि सडकमा रहेका वयस्क, विदेशी पर्यटक तथा सडकभन्दा बाहिर रहेकाबाट चरम यौन शोषण तथा दुर्व्यवहार हुने गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

चाइल्ड प्रोटेक्सन सेन्टर एन्ड र्सर्भिसेज र भ्वाइस अफ चिल्ड्रेन नामक गैरसरकारी संस्थाले एक वर्षको अवधिमा काठामाडौँ उपत्यकामा गरेको अध्ययन प्रतिवेदनले सडकबालबालिकामाथि यौन शोषण हुने गरेको देखाएको छ।

अध्ययन गरिएका सडकबालबालिकाले बताएका २०३ वटा यौन दुर्व्यवहारका घटनामा ६६ वटा घटना सडकमै रहेका ठूला केटा, ८६ वटा सडकभन्दा बाहिर रहेका केटा र ५१ वटा घटनामा विदेशी पर्यटकको सङ्लग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।

सडक बालबालिकालाई यौन दुर्व्यवहारसँगै मानसिकरुपमा दुर्व्यवहार हुनेगरेको तथ्य प्रतिवेदनले र्सार्वजनिक गरेको छ ।

अध्ययनमा सङ्लग्न सडकबालबालिकामध्ये ६३ प्रतिशतले चुम्बन गरेर, ६४ प्रतिशतले अश्लील चित्र तथा फोटो देखाएर र ६५ प्रतिशतले यौन क्रियाकलाप देखाएर आफूहरुलाई दुर्व्यवहार गर्ने गरेको बताएका थिए ।

सडकबालबालिकालाई महिलाले पनि यौन दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।चौँसठ्ठी प्रतिशत सडकबालबालिकाले आफू महिलाबाट दर्ुर्व्यवहारमा परेको बताएका थिए ।

अध्ययनमा सहभागी सडकबालबालिकामध्ये ८० प्रतिशतले आफूलाई यौन दुर्व्यवहार गर्नेले हस्तमैथुन गर्न लगाउने बताएका थिए ।

Popularity: 9%

Add comment August 12th, 2008

अधिकारीद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

एस, बेइजिङ / एचकेनेपाल डट कम -
नेपाली खेलाडी कमल अधिकारीले भारोत्तोलनको ६९ केजी तौल समूहमा समग्रमा २ सय ६८ केजी उचालेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। बेइजिङको प्रतिस्पर्धामा अधिकारीले तीनवटा राष्ट्रिय कीर्तिमान भंग गरेपनि ओलम्पिक छनोट चरण पार गर्न सकेनन्। (more…)

Popularity: 9%

Add comment August 12th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....