Archive for August 13th, 2008

राष्ट्रपतिको निवासमा आगलागी

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राष्ट्रपति डा. रामवरण यादवको निवासमा आज बिहान करीव साढे ८ बजे आगलागी भएको छ। धापासीस्थित उहाँको निवासमा बिद्युत सर्ट भै आगलागी भएको समाचार स्रोतले जनाएको छ।

आगलागी भएपछि तत्कालै स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आउन करीब आधा घण्टा लागेको प्रहरीले बताएको छ। आगो नियन्त्रणको लागि काठमाडौंबाट दुईवटा वारुणयन्त्र पठाईएको थियो।

वारुणयन्त्रका कमर्चारीका अनुसारमा सो निवासमा भएको आगलागीबाट सामान्य क्षति भएको बताए पनि यकिन विवरण भने प्राप्त भै सकेको छैन।

ग्लोबल बैंकका चन्द्र ढकालको घरलाई केही दिनअघि सरकारले राष्ट्रपति निवासको लागि व्यवस्था गरिदिएको थियो।

Popularity: 10%

3 comments August 13th, 2008

कान्तिपुरका सम्पादकद्वारा राजीनामा

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय दैनिक कान्तिपुरका सम्पादक नारायण वाग्लेले औपचारिक रुपमा राजीनामा दिएका छन्। त्यसैगरी, काठमाडौं पोष्टका सम्पादक प्रतीक प्रधानसमेतले राजीनामा दिएका छन्।

वाग्लेले हिजो चीनबाट र प्रधानले अमेरिकाबाट फ्याक्स पठाई औपचारिकरुपमा राजीनामा दिएका हुन्। कान्तिपुर पव्लिकेशनबाट ज्ञवाली समूह आफ्नो सेयरसहित अलग भएपछि दुबै जनाले हिजो औपचारिक रुपमा राजीनामा दिएका हुन्।

कान्तिपुरका वाग्लेसंगै समाचार सम्पादक गुणराज लुइँटेल र चर्चित कार्टुनिष्ट राजेश केसीले कान्तिपुर छाडेका छन्। काठमाडौं पोष्टका प्रधानसंगै अमित ढकाल र दमाकान्त जैसीलेसमेतले काठमाडौं पोष्ट छोडेका छन्।

कान्तिपुरबाट वाग्लेले राजीनामा दिएपछि सुधीर शर्माले सम्पादकको जिम्मेवारी पाउने सम्भावना बढेको छ। त्यसैगरी काठमाडौं पोष्टको सम्पादकमा अखिलेस उपाध्यय र नेपाल साप्ताहिकको सम्पादकमा प्रशान्त अर्याललाई जिम्मेवारी दिइने भएको छ।

लामो समयसम्म सञ्चारक्षेत्रमा लगानी गर्दै आएको ज्ञवाली समूहले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने योजना बनाउंदै गरेको अनुमान गरिएको छ।

Popularity: 10%

Add comment August 13th, 2008

काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी दिने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
दलहरुबीच सहमतिको आधारमा राष्ट्रिय सरकार गठन गर्ने सम्भावना नदेखेपछि काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी दिने भएको छ।

पर्सी शुक्रबार हुने प्रधानमन्त्रीको निर्वाचनमा भोलि मनोनयन दर्ता गर्नु पर्ने प्रावधान रहेको छ। प्रधानमन्त्रीका लागि निर्वाचनमा पराजयको अवस्था रहेपनि उम्मेदवारी दिने कांग्रेसको केन्द्रीय समितिको औपचारिक बैठकले निर्णय गरेको छ।

तर प्रधानमन्त्रीको लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बैठकमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण घिमिरे बताउनु भएको छ। कांग्रेसले रक्षा मन्त्रालयको दाबीलाई नछोड्नेसमेत बताउनुभएको छ। यदी त्यसो नभएमा कांग्रेसको विकल्प भनेको प्रतिपक्षमा रहने छ स्रोत बताएको छ। कांग्रसले बैठकको लागि आज अपरान्ह आफ्ना सभासदहरुलाई बोलाएको छ।

Popularity: 10%

Add comment August 13th, 2008

हङकङ विधान परिषदमा दुई नेपाली उम्मेदवार

निर्मल श्रेष्ठ, हङकङ /एचकेनेपाल डट कम, अगष्ट १२ -
हङकङ विधान परिषद्को निर्वाचनमा पहिलोपटक दुईदुई नेपालीले उम्मेदवारी दिएका छन्। चुनाव आगामी सेप्टेम्बर ७ मा हुंदै छ। प्रत्याशी दुईदुई उम्मेदवारमध्ये कोमल थापा ‘कान्छा’ ले ब्लु इन्टेलिजेन्ट युनियन र शुक्र बान्तवाले साउदर्न डेमोक्रेटिक एलायन्सका तर्फबाट उम्मेदवारी दिएका हुन्। (more…)

Popularity: 9%

Add comment August 13th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....