Archive for August 15th, 2008

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित (Breaking News)

एस, काठमाडौं / एचकेनेपाल डट कम, अगष्ट १५ -
माओवादी अध्यक्ष प्रचण्ड गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ। प्रचण्डलाई प्रधानमन्त्री चुनियोस् भन्ने प्रस्तावमाथि मतदान हुंदा उहाँको पक्षमा ४६४ मत खसेको थियो।


नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आफ्नी पत्निका साथ गुरूङ भेषमा। फाइल तस्विरः एचकेनेपाल डट कम।

उहाँलाई नेपालको अन्तरिम संबिधानसभाको धारा ३८ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरिएको हो। यसअघि देउवालाई प्रधानमन्त्रीमा चुनियोस् भन्ने प्रस्तावमाथि मतदान हुंदा देउवाले ११३ मत पाउनुभएको थियो। देउवाको प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमाथि दोश्रो पटक मतदान भएको थियो। मतदानमा ५५१ सभासदहरु सहभागी भएका थिए।

प्रचण्ड - पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वचित हुनु भएको घोषणा संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङले भर्खरै गर्नुभएको हो। दाहाल नेपालको दोश्रो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्छ। यसअघि २०५१ मा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारी पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो।

प्रधानमन्त्रीमा निर्वाचित हुनु भएपछि उहाँलाई संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङ, काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले महासचिव झलनाथ खनालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

Popularity: 10%

25 comments August 15th, 2008

हिमानी फर्किन् नेपाल

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालकी पूर्वयुवराज्ञी हिमानी करीव १ महिनापछि सिंगापुरबाट नेपाल फर्केकी छिन्। उनी आफ्नी कान्छी छोरी किर्तिका लिएर हिजो सिंगापुर एयारलाइन्सबाट नेपाल फर्केकी हुन्।

समाचार स्रोतका अनुसार पारसकी माइज्युको निधनका कारण उनी नेपाल फर्किएको बताएको छ। यसअघि सोही शोकसभामा सामेल हुन पारस नेपाल आउने तयारी गरिरहे पनि कारणवस आउन नसकेपछि हिमानी आएको बताइन्छ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएलगत्तै राजतन्त्रको अन्त्य भएपछि मर्माहत बनेको राजपरिवार छिन्नबिन्न भएको छ। यहि परिणाम स्वरुप सिंगापुर हानिएका पूर्वयुवराजा पारसले हिमानी र आफ्ना छोराछोरीलाई सिंगापुर बसाई सारेका थिए।

सिंगापुरमा समेत पारसको स्वभावमा सुधार नभएको बताईन्छ कतिपयले पारसको उही उदण्ड स्वभावका कारण दिक्दार भएकी हिमानी स्वदेश फर्केका हुनसक्ने अनुमान गरेका छन्।

Popularity: 9%

Add comment August 15th, 2008

नेपाल तामाङ संघ दक्षिण कोरियाको कार्यसमिति विस्तार

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
दक्षिण कोरियाको राजधानी सउलस्थित पाथिभारा मार्टमा अगस्ट १० तारिख वसेको नेपाल तामाङ संघको आकस्मिक वैठकले संघमा रिक्त हुनगएको पदहरु पूर्ति गरेको छ।

संघका सचिव रामबहादुर तामाङले दिनुभएको जानकारी अनुसार नेपाल तामाङ संघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष गुणबहादुर तामाङलगायत उपाध्यक्ष तथा केही सदस्यहरुलाई कोरिया सरकारले धरपकड गरी स्वदेश फर्काएपछि तामाङ जातिहरुको एकता तथा आपसी सहयोगको लागि गठन गरिएको उक्त संस्थालाई सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको कारण कोरियामा रहेका तामाङ जातिहरुलाई भेला गरी कार्य समिति विस्तार गरिएको जानकारी प्राप्त भएकोछ।

संघले विस्तार गरेको उक्त कमिटिको अध्यक्षमा रेखबहादुर तामाङलाई मनोनित गरिएको छ भने उपाध्यक्षमा गणेश मोक्तान र विवराज तामाङलाई चैन गरिएकोछ। त्यसैगरी सदस्यहरुमा कमल तामाङ, मणिकुमार योञ्जन, इनसिंह तामाङ, कार्सङ तामाङ, वीरध्वज तामाङ, दुर्गा तामाङ, राम तामाङ, रामप्रसाद तामाङ, फूलमाया तामाङ, स्यलगर तामाङलाई चैन गरिएको छ।

Popularity: 9%

Add comment August 15th, 2008

पौडीवाज शाह पहिलो चरणबाटै बाहिरिए

एस, बेइजिङ / एचकेनेपाल डट कम, अगष्ट १४ -
स्विमिङको पुरुषतर्फ ५० मिटर फ्रि-स्टायलमा बेइजिङ ओलम्पिकमा सहभागिता जनाएका नेपाली पौडीवाज प्रसिद्धजंग शाह बिहीबार प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन्। उनले आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेपनि राष्ट्रिय कीर्तिमान तोड्न सकेनन्। उनले २७ दशमलव ५९ सेकेन्डमा उक्त दूरी पुरा गरेका थिए। चित्रबहादुर गुरुङले बनाएको ५० मिटर फ्रि-स्टायलको राष्ट्रिय कीर्तिमान २६ दशमलव ३९ सेकेन्ड रहेका छन्। (more…)

Popularity: 9%

Add comment August 15th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....