Archive for August 16th, 2008

मिस नेपाल प्रतियोगिता रोक्न प्रधानमन्त्रीलाई आग्रह

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा माओवादीकी नेतृ अमृता थापामगरले भदौ ७ गते हुन लागेको मिस नेपाल सौन्दर्य प्रतियोगिता रोक्न नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसंग आग्रह गरेकी छिन्।

थापामगरले नवनिर्वाचित प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गर्न आज बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालय पुगेर यस्तो आग्रह गरेकी हुन्।

महिलाहरुको नेतृत्व गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेकी थापा मगरले मिस नेपाल सौन्दर्य प्रतियोगिता रोक्न आग्रह गर्दै वर्तमान सरकारको महिलासम्बन्धी धारणा स्पष्ट पार्नसमेत माग गरेकी थिइन्।

प्रधानमन्त्रीलाई भेट्न गएका मिस नेपाल विरोधी अभियानका समूहले मिस नेपाल सौन्दर्य प्रतियोगिताको विरोधमा संकलन गरिएको हस्ताक्षर पत्रहरु बुझाएका छन्। प्रधानमन्त्रीले तत्कालै केही गर्न सक्ने अवस्था नरहेको बताएपनि उनीहरुको माग उपयुक्त भएको जनाएका छन्।

यसअघि पनि माओवादी महिलाहरुको दवावमा अगष्ट ७ तारिख हुने भनिएको मिस नेपाल सौन्दर्य प्रतियोगिता स्थगित भएको थियो।

Popularity: 9%

12 comments August 16th, 2008

मन्त्रालय बाँडफाँडका लागि छलफल

एस, काठमाडौं / एचकेनेपाल डट कम -
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि पछिल्लो गठबन्धनका तीन दलका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा बैठक बसेको छ।

माओवादी केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, एमालेका महासचिव झलनाथ खनाल, भरतमोहन अधिकारी, मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव, विजयकुमार गच्छेदारलगायतका नेताहरु उपस्थित रहेका छन्।

बैठकमा मन्त्रालय बाँडफाँडका साथै सरकार सञ्चालनमा आवश्यक न्युनत्तम साझा एजेण्डा तयार गरिने बताएको छ।

यसअघि माओवादीलाई प्रधानमन्त्रीसहित रक्षा र अर्थ, एमालेलाई गृह र पर्यटन, फोरमलाई सञ्चार मन्त्रालय दिने सहमति भएको थियो।

Popularity: 9%

Add comment August 16th, 2008

प्रधानमन्त्रीको शपथ ग्रहण सोमवार

एस, काठमाडौं / एचकेनेपाल डट कम -
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल - प्रचण्डले आगामी सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ।

राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई राष्ट्रपति भवनमा सोमवार दिंउसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहणपछि प्रम दाहालले सिंहदरवारस्थित कार्यालय गएर औपचारिक रुपमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु हुनेछ।

Popularity: 9%

Add comment August 16th, 2008

पौडीवाज करिष्मा कार्कीको प्रदर्शन सामान्य

एस, बेइजिङ / एचकेनेपाल डट कम, अगष्ट १५ -
बेइजिङ ओलम्पिकमा सहभागी नेपाली पौडी खेलाडी करिष्मा कार्कीले शुक्रबार आफ्नो प्रदर्शनमा सुधार गरे पनि राष्ट्रिय कीर्तिमान कायम गर्न सकिनन्। उनी पौडीको महिलातर्फ ५० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धामा सहभागी थिइन्। (more…)

Popularity: 9%

Add comment August 16th, 2008

पोखरा केवल टिभी नेटवर्कमाथि आक्रमण

एकराज गिरी, पोखरा / एचकेनेपाल डट कम -
हतियारधारी समूहले पोखराको नयाँ केवल टिभी ‘व्रोडव्याण्ड नेर्टवर्क प्रालि’ आक्रमण गरी तोडफोड गरेको छ। पोखराको नयाँ वजारमास्थित प्रालिको प्रसारण कक्षमा विहीबार हतियारधारी समूहले केवल संचालक र कर्मचारीलाई नियन्त्रणमा लिई आक्रमण गरेका थिए।

गत साउन १५ गते पनि उक्त नेटवर्कमाथि आक्रमण गरी ४० लाख बरावरको क्षति पुर्‍याइएको थियो। व्रोडव्याण्ड प्रालिका ब्यवस्थापक राजु अधिकारीले दिनदहाडै हातहतियारसहित आक्रमण गरिएको र प्रहरीलाई खवर गर्दा पनि मुकदर्शक बनेर तोडफोडमा संलग्नलाई प्रमाण नपुगेको भन्दै पक्राउ गर्ने तर्फ चासो नदेखाएको आरोप लगाए।

श्रावण २२ गते देखि प्रसारणको तयारीमा रहेको प्रालिमाथि आक्रमण गरि क्षति भएपछि संचालन हुन समय लाग्ने भएपनि पोखरामा केवल संचालन गरेरै छाडने अधिकारीले बताए।

आक्र्रोश पोख्दै अधिकारीले भने कम्पन रजिष्ट्रारमा २०६५ श्रावण ४ गते दर्ता भएको जानकारी दिदै उनले भने संचार मन्त्रालयबाट पनि अनुमति लिएका छौ ।’ सरकारको अनुमति लिएपनि संचालन गर्न लाग्दा हामी माथि पटक पटक किन आक्रमण हुन्छ बुझन सकेका छैनौ उनले थपे।

ब्यवस्थापक अधिकारीले स्वतन्त्र प्रतिस्पर्धामा ब्यवसाय गर्न नपाउने खुल्ला वजार प्रतिस्पर्धालाई निरुत्साहि पार्न खोजिएको आरोप लगाए । केवुल संचालन गर्न लागिएको घर मालिकलाई घरमा राख्न दिए बम पडकाइदिने धम्की समेत दिएको अधिकारीले बताए । मुल्य निर्धारण गरेर हामीले सस्तोमा सेवा दिदाँ केवुलको एकाधिकार तोडिने डरले आक्रमण गरिएको उनले भने।

नेकमा माओबादी निकट मजदुर संगठन अखिल नेपाल छापाखाना तथा केवुल मजदुर संघले मजदुर अलपत्र पार्न खोजेको आरोप लगाउदै एक सूचना प्रकाशित गरी सहयोग नगर्न आग्रह गरेको छ । पोखरामा विगतमा तीन केवुल संचालनमा थिए तर अहिले उक्त तीन केवुल एक भइ एउटै व्यस्थापनमा संचालन हुदै आएका छन्।

Popularity: 9%

Add comment August 16th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....