Archive for August 18th, 2008

माओवादी नेतृत्व र चुनौती - दामोदरप्रसाद आचार्य

- दामोदरप्रसाद आचार्य
ऐतिहासिक संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा जनताबाट अनुमोदित भएको नेकपा (माओवादी) लाई स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुको विभिन्न छलकपट, घेराबन्दी र षड्यन्त्रहरुका कारण निर्वाचन सकिएको चार महिनासम्म सरकारको नेतृत्व गर्न नदिई देशलाई अनिर्णयको बन्दी बनाइयो। (more…)

Popularity: 10%

Add comment August 18th, 2008

प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

एस, काठमाडौं / एचकेनेपाल डट कम-
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड - पुष्पकमल दाहालले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपति डा. रामवरण यादवले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउंनुभएको हो। उहाँले टाई सुट र भाद गाउंले टोपीमा सजिएर शपथ ग्रहण गर्नुभएको थियो।

शपथ ग्रहणको बेला “इश्वरको नाममा” भन्ने उच्चारण हुंदा उहाँले “जनताको नाममा” शपथ लिन्छु भनेर शपथ ग्रहण गर्नुभएको थियो। शपथ ग्रहणपछि उहाँलाई अमेरिकी र भारतीय राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरुले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

Popularity: 10%

2 comments August 18th, 2008

प्रचण्डको सुरक्षा जिम्मा जनमुक्ति सेनाले लिने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको सुरक्षाको प्रमुख जिम्मेवारी जनमुक्ति सेनाले लिने भएको छ।

नेकपा माओवादी केन्द्रीय समितिको आज बसेको बैठकले प्रधानमन्त्रीको सुरक्षाको प्रमुख जिम्मेवारी माओवादी सेनाले लिने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार प्रधानमन्त्रीको सुरक्षाको लागि पहिलो घेरामा जन मुक्ति सेना र त्यसपछि मात्र नेपाली सेना रहने छ।

माओवादी नेता नेत्रविक्रम विप्लवले नयाँ मन्त्रीपरिषदको अर्को निर्णय नहुञ्जेल हाल प्रधानमन्त्रीलाई उपलव्ध हुंदै आएको सुरक्षा व्यवस्था कायमै रहने बताएका छन्।

Popularity: 10%

10 comments August 18th, 2008

उपराष्ट्रपतिमाथिको हमलाको जिम्मा मुक्ति सेनाले लियो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
हिजो साँझ उपराष्ट्रपति परमानन्द झाको निवासमा बम विस्फोट गराएको जिम्मेवारी राष्ट्रिय मुक्ति सेनाले लिएको छ। विस्तारवादी भारतीय “रअ” को एजेन्टहरुमाथि ठोस परिस्थितिमा, ठोस कारवाही गर्ने भन्दै घोषणा गर्दै आएको राष्ट्रिय मुक्ति सेनाले आफूहरुले जारी गरेको अल्टिमेटमलाई वेवास्ता गरेपछि चेतावनीस्वरुप बम विस्फोट गराएको दाबी गरेको छ।

यसअघि राष्ट्रिय मुक्ति सेनाले रअका एजेन्टहरु भनी केही व्यक्तिहरुको नाम जारी गर्दै उनीहरुले नेपाली जनता सामु आममाफी मागेर रअ परित्याग गर्न भनेका थिए। माफी नमागे भौतिक कारवाही गर्ने चेतावनी दिइएको थियो। रअका एजेन्टहरु भनी सार्वजनिक गरिएका व्यक्तिहरुमध्ये उपराष्ट्रपति झाको नामसमेत उल्लेख गरेका थिए।

विज्ञानको नाममा हस्ताक्षरित विज्ञप्तिमा उनीहरुले नेपाल र नेपालीको अस्तित्व रक्षाका लागि जुनसुकै बलिदान दिन तयार रहेको पनि बताएका छन्।

हिजोको बम विस्फोटनमा उपराष्ट्रपतिलाई केही नभएपनि सुरक्षामा खटिएका एक नेपाली सेना घाइते भएका छन्। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भैरहेको छ।

Popularity: 10%

6 comments August 18th, 2008

प्रधानमन्त्री प्रचण्ड शनिवार चीन जाने

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

उहाँ छिमेकी मुलुक चीनमा भैरहेको ऐतिहासिक “बेइजिङ २००८ ओलम्पिक” को समापन समरोहमा सहभागी हुन चीन जान लाग्नुभएको हो। उहाँलाई नेपालस्थित चीनिया राजदूतले हिजो प्रधानमन्त्री प्रचण्डलाई भेटी चीन भ्रमणको निम्तो दिएका थिए। अगष्ट ८ तारिख सुरु भएको बेइजिङ २००८ ओलम्पिक अगष्ट २४ तारिख आइतबार समापन हुंदै छ।

यसअघि उद्घाटन समारोहमा राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा जाने भनिएपनि उहाँको सहभागीता नरहेपछि छिमेकी मुलुक चीनले चासो प्रकट गरेको थियो।

Popularity: 10%

1 comment August 18th, 2008

उपराष्ट्रपति झाको निवासमा बम बिस्फोट, सुरक्षाकर्मी घाइते

एस, काठमाडौं / एचकेनेपाल डट कम -
उपराष्ट्रपति परमानन्द झाको काठमाडौंस्थित गौरीघाट निवासमा आइतबार साँझ अज्ञात समूहले बम विस्फोट गरेको छ।

करीव साढे ७ बजे भएको बम बिस्फोटबाट त्यहाँ सुरक्षामा खटिएका एक नेपाली सेना पीयुष श्रीप्रसाद सर्बुजा घाइते भएका छन्। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भैरहेको गौशाला प्रहरी प्रभागले बताएको छ। बम बिस्फोटा हुंदा उपराष्ट्रपति झा घरमै थिए।

गृहमन्त्रालयले यस घटनाको घोर भत्सर्ना गरेको छ। घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटना कसले गराईएको हो भन्ने विषयमा केही खुल्न सकेको छैन।

केही दिनअघि उपराष्ट्रपति परमानन्द झाले राष्ट्रिय भाषा र मातृभाषाको अपमान गरी हिन्दी भाषामा शपथ ग्रहण गरेको भन्दै देशभर व्यापक विरोध भएको थियो।

Popularity: 10%

2 comments August 18th, 2008

कोरियाको अन्तर्क्रियामा जनजाति नेताहरु (+Photo)

सुविन मगर, द. कोरिया / एचकेनेपाल डट कम -
१४औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले संविधानमा आदिवासी जनजातिको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकोछ। अन्तर्क्रिया कार्यक्रममा नेपालका जनजाति नेताहरु सहभागी रहेका थिए।

सउलको गुरुङ सा मन्दिरको हलमा आइतवार दिउंसो २ बजेबाट कार्यक्रम शुरु भएको थियो। दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा पहिलो चरणमा उद्घाटन र दोस्रो चरणमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। जनजाति महासंघ कोरियाका अध्यक्ष चङकुमार गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासंघका महासचिव उमेश थापा मगरले गर्नुभएको थियो। प्रमुख अतिथि जनजाति महासंघका पूर्व महासचिव तथा जनजाति महासंघका सल्लाहकार डा. ओम गुरुङ, विशेष अतिथिमा जनजाति महासंघका संस्थापक महासचिव तथा नेकपा माओवादीका सभासद सुरेश आले मगर र जनजाति महासंघ नेपालका अध्यक्ष नेकपा एमालेका सभासद पासाङ शेर्पाले संयुक्त रुपमा मैनवत्तीको दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो। ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात नेपाली सम्पर्क समितिका अध्यक्ष इश्वर केसी र एनआरएनका अध्यक्ष गंगाराज राईले स्वगत भाषण गर्नुभएको थियो।

नेपालबाट पाल्नु भएका सभासद सुरेश आले मगरले गणतन्त्र नेपालका जनजातिहरुको सहभागितामा संविधान निर्माणको एजेण्डामा प्रवेश गरेको बताउंदै नेपालमा वामनवादी जति हावी छ त्यसको विरुद्धमा उत्रन म हरदम तत्तपर रहने छु। यो नाफाको जिन्दगीमा जनजातिको मुक्तिका लागि लड्ने छु। विभिन्न पार्टीमा रहेका जनजातिहरुलाई एक ठाँउमा ल्याएर सहमति निर्माण गर्ने छौं। एकात्मक प्रणाली होइन अव संघीय प्रणालीमा हुने छ। सारा नेपाल अब संघीय प्रणालीमा जाने छ। संघीय प्रणालीले देश टुक्रदैन देश उत्पीडनमा परे भनेमात्र देश टुक्रिन्छ। वैज्ञानिक विचार र सही राजनीतिक विचारले जातिय मुक्ति हुन्छ। संविधानमा जातिय समानताको सुनिश्चिता, जातिय स्वयत्तता र आत्म निर्णय अधिकारप्रति हाम्रो प्रतिद्घता छ। जनजातिका आवाजहरु बुलन्द रुपमा संविधानसभामा प्रस्तुत गर्ने छु उहाँले भन्नुभयो।

प्रमुख अतिथि जनजाति महासंघका पूर्व महासचिव तथा जनजाति महासंघका सल्लाहकार डा. ओम गुरुङले जनजाति महासंघले गरेका आजसम्मको कार्य विवरण पढेर सुनाउनु भयो। राजनीति दलहरुले जनजातिका आवाजहरुलाई आफनो एजेन्डा बनाएर प्रस्तुत गरिरहेका छन्। आफनो एजेन्डा बनाउन नसक्नेले विरोध गरिरहेका छन् भन्नु भयो। अर्का विशेष अतिथि जनजाति महासंघका अध्यक्ष तथा सभासद पासाङ शेर्पाले भन्नु भयो पार्टी अलग अलग भए पनि जातिय सवालमा जातिय हकहितको लागि आदिवासी जनजाति सभासदहरु एक भएर अगाडि बदनेछौं। शेर्पाले कोरियामा बसोवास गर्ने नेपालीको सवालमा गैरकानुनी रुपमा बस्ने नेपालीहरुलाई वैधानिक रुपमा बस्ने व्यवस्था गर्नको लागि कुटनीतिक रुपमा र सदनमा कुरा उठाउने छु भन्नु भयो। उहाँले जनजाति महासंघ कोरियाका महासचिव उमेश थापा मगरले लेख्नु भएको प्रवासका हरफहरु पुस्तक प्रमुख अतिथिबाट विमोचनसमेत गरिएको थियो।


तस्विरः दिनेश हिराचन, द. कोरिया / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment August 18th, 2008

जुरीखमा भलिवल प्रतियोगिता सम्पन्न

विराज शर्मा र प्रकाश तिवारी, जुरीख / एचकेनेपाल डट कम -
जनसम्पर्क समिति स्वीट्जरल्याण्डको आयोजनामा जुरीखमा स्वीट्जरल्याण्डव्यापी नेपाली भलिबल प्रतियोगिता सम्पन्न भयो।

खेलकूद गतिविधिहरुमा नेपालीहरुको चहलपहलता बढ्दै गइरहेको अवस्थामा औपचारिक प्रक्रियामार्फत यसलाई भविष्यमा विस्तृत एवं व्यवस्थित गर्दै लैजान यो एक उत्कृष्ट शुरुवात् थियो। जुरीख, बासेल, आरगाऊ र आयोजक समितिसमेत गरी ४ समूहको सहभागिता रहेको उक्त प्रतियोगिता लीग कम नकआउट नियमानुसार संचालन गरिएको थियो।


तस्वीर: जली प्रधान / एचकेनेपाल डट कम।

जुरीख र बासेल समुहबीच भएको फाइनल प्रतिस्पर्धामा सर्वोत्तम् खेल प्रदर्शन गर्दै बासेल टिम विजय प्राप्त गर्न सफल भयो। प्रथम हुने बासेल समूहलाई शिल्ड, पदक, प्रमाणपत्र एवं नगद पुरस्कार, द्वितीय हुने जुरीख समूहलाई पदक, प्रमाणपत्र एवं नगद पुरस्कार र सहभागी सवै टिमका सम्पूर्ण खेलाडीहरुलाई कदरस्वरुप प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि माधव आचार्यले प्रतियोगीताको शिल्ड हारजीतको संकेत मात्र नभई स्वस्थ प्रतिस्पर्धाको पहिचान भएको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा भएका कमीकमजोरीलाई औल्याउँदै सो प्रतियोगिता सफल रुपमा संचालन गर्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई संयोजक राम चौधरी र जनसम्र्क समिति स्वीट्जरल्याण्डका अध्यक्ष गुणराज शर्माले धन्यवाद ज्ञापन गर्नुभयो।

Popularity: 9%

Add comment August 18th, 2008

ऐक्यबद्धता मञ्च स्वीट्जरल्याण्डको दोश्रो महाधिवेशन तयारी

विराज शर्मा र प्रकाश तिवारी, जुरीख / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रियतावादी ऐक्यबद्धता मञ्च स्वीट्जरल्याण्डका पदाधिकारीहरुको बैठक विभिन्न निर्णयहरु गर्दै जुरीखमा सम्पन्न भयो।

बैठकले संविधानसभाका प्रतिनिधिहरुको दुइतिहाइ भन्दा बढि वहुमतले गणतान्त्रिक नेपालको कार्यकारीणी अधिकार सहितको प्रथम प्रधानमन्त्रीमा ने.क.पा. माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विजयी हुनुभएकोमा बधाई तथा शुभकामना प्रस्ताव पारित गर्‍यो। साथै मञ्चको दोश्रो महाधिवेशन गर्ने कार्यक्रम, मिति र स्थानको तय गर्दै कमरेड सीपी गजुरेल (गौरव) प्रमुख आतित्थ्यमा हुने जानकारी समेत गराइयो। महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न पुरानो समिति विघटन गरी कमरेड अशोक चौलागाईंको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरिएको छ। सो बैठक कमरेड अशोक चौलागाईंको अध्यक्षतामा बसेको थियो।

Popularity: 9%

Add comment August 18th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....