Archive for August 19th, 2008

प्रचण्डले राष्ट्रिय पोशाक नलगाएको भन्दै विरोध

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहणको समयमा नेपाली राष्ट्रिय पोशाक नलगाएको भन्दै पशुपति क्याम्पस चावहिलका विद्यार्थीहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेसका भातृ संगठन नेबिसंघ र एमाले भातृ संगठन अनेरास्ववियुले संयुक्तरुपमा विरोध कार्यक्रम गर्दै शपथ ग्रहण समारोहमा प्रचण्डले नेपाली राष्ट्रिय पोशाकको अपमान गरेको बताएका छन्। प्रचण्डले सो समारोहमा नेपाली राष्ट्रिय पोशाक नलगाई टाई, सुट र भादगाउंलेमा टोपीमा सजिएका थिए।

विरोधमा उत्रेका विद्यार्थीहरुले प्रधानमन्त्रीको सुरक्षाको लागि जन मुक्ति सेना खटाएको माओवादी निर्णयको विरोध गर्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।

विरोधका कारण आज बिहान चावहिल क्षेत्रमा यातायात अवरुद्ध बनेको थियो।

Popularity: 10%

39 comments August 19th, 2008

“मिस नेपाल” प्रधानमन्त्रीलाई घाँडो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
मिस नेपाल सौन्दर्य प्रतियोगिता नयाँ प्रधानमन्त्री प्रचण्डलाई ठूलो घाँडो सावित भएको छ।

यता आफ्नो भातृसंगठन महिला क्रान्तिकारीले मिस नेपाल प्रतियोगिता बन्द गराउने अभियानका साथ प्रधानमन्त्रीलाई भेटिसकेको छ भने उता मिस नेपालको प्रतिनिधि मण्डल र सुन्दरीहरुले प्रतियोगिता निर्भयका साथ सम्पन्न हुनु पर्ने आग्रह गर्दै प्रचण्डलाई भेटेका छन्।

सुन्दरीहरुले भदौ ७ मा हुने मिस नेपाल सौन्दर्य प्रतियोगिताका लागि भयमुक्त वातारण सिर्जना गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ। उनीहरुले प्रतियोगितामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तोसमेत दिईसकेका छन्। प्रचण्डले मिस नेपाल प्रतियोगिताबारे सकारात्मक रुपले सोंच्ने बताए पनि उनीहरुलाई ढुक्क हुन सक्ने आश्वासन दिन सकेका छैनन्।

यसअघि माओवादी नेतृ अमृता थापामगरको एक महिला टोलीले मिस नेपाल सौन्दर्य प्रतियोगिता रोक्न प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। मिस नेपाल विरोधी अभियान समूहका ती महिलाहरुले मिस नेपाल सौन्दर्य प्रतियोगिता बन्द गराउनु पर्ने मागसहित संकलित हस्ताक्षर पत्र बुझाएका थिए। त्यस बेला पनि प्रधानमन्त्री प्रचण्डले तत्कालै केही गर्न नसक्ने बताएका थिए र अहिले पनि सुन्दरीहरुलाई सकारात्मक सोंच रहेको मात्र प्रक्रिक्रिया दिएका छन्।

Popularity: 10%

5 comments August 19th, 2008

जापानमा प्रशान्तको भब्य कार्यक्रम (+Photo)

टोक्यो केटीएम, एचकेनेपाल डट कम -
इण्डियन आइडयल २००७ का बिजेता प्रशान्त तामाङको कार्यक्रम भब्यताका साथ हालै जापानको टोयोटा शहरमा सम्पन्न भएको छ।

मुम्बईबाट आएका मानीक शाहले किशोर कुमारका सदाबहार गीत गाएर दर्शकको मन जित्न सफल भएका थिए। आवाजका सहयात्री पारसमणी पोखरेलले प्रशान्तलाई स्टेजमा बोलाए पनि उनले नेपथ्यबाट नै नेपाली गीत ‘असारै महिनामा ‘ गाएका थिए र गीतको दोस्रो अन्तरामा मात्र उनी देखा परेपछि दर्शकहरुले जोड्दार तालीले स्वागत गरेका थिए।

जब प्रशान्तले ‘भिगे होंठ तेरे ‘ भन्ने हिन्दी गीत गाए, दर्शकहरु नियन्त्रण भन्दा बाहिर देखिन्थे। दर्शकहरुको माझबाट एक जना महिलाले प्रशान्तलाई औठी दिंदा उनलाई गाह्रोसमेत भएको थियो।

कार्यक्रमको बिचमा जब आवाजका सहयात्री पारस र प्रशान्तको रमाइलो कुराकानी भयो, दर्शकहरु पेट मिचेर हाँसेका थिए। मन पर्ने खाना कुन हो भनेर सोधेको प्रश्नमा उनले आमाले बनाएको सबै मिठो लाग्छ भन्ने जवाफ दिएका थिए। कुराकानी कै क्रममा उनले स्कुलको समयमा भएको प्रेम प्रसँग र आफ्नो पूर्व प्रेमिकाको बारेमा समेत उल्लेख गर्न वाध्य हुँदा उनी लाजले भुतुक्क त भए तर दर्शकहरुले भने आनन्द लिईरहेका थिए।


Popularity: 10%

4 comments August 19th, 2008

विश्व साइकलयात्री फुर्तेम्बा शेर्पा उत्तरी युरोप यात्रामा

विराज शर्मा र प्रकाश तिवारी / एचकेनेपाल डट कम -
स्वीट्जरल्याण्डको अद्भूत पर्यावरणीय सौन्दर्यताबाट प्रफुल्लित हुँदै वातावरण संरक्षणको नारा बोकेका विश्वसाइकलयात्री फुर्तेम्बा शेपा शान्तिको संकेत बुद्धको झण्डा फहराउँदै उत्तरी युरोपीएन राष्ट्रहरुको यात्राका क्रममा डेनमार्क पुगेका छन्।


तस्विर: प्रकाश ढकाल, डेनमार्क / एचकेनेपाल डट कम।

डेनमार्कबाट प्रकाश ढकालले दिएको जानकारी अनुसार कोपेनहेगन नगरका उपप्रमुखले उनको ३८ औ भ्रमण राष्ट्र डेनमार्कमा स्वागत् गर्दै कदरपत्र प्रदान गरे । नेपालीहरुका कुनै संघ-संगठनहरु नभएता पनि उनलाई व्यक्तिगत रुपमा यहाँका नेपालीहरुले आर्थिक सहयोग प्रदान गर्दै समर्थन जनाएका थिए। डेनमार्कका लागि नेपाली राजदूतावासले उनलाई हरेक सहयोग र समर्थन गर्दै सहजता सुजना गरेको थियो। आफूलाई माया गर्दै सहयोग र समर्थन गर्नु हुनेप्रति कृतज्ञ रहेको बताउँदै फुर्तेम्बा शेर्पाले आफ्नो आगामी यात्राका लागि स्विडेनतर्फ लाग्ने बताए।

Popularity: 10%

Add comment August 19th, 2008

नेपाली चलचित्र मतृभूमिको युएइमा प्रिमीयर (+Photo)

बाल चन्द्र पोख्रेल, यूएइ / एचकेनेपाल डट कम -
दुवईको इम्पेरीयल स्विइट होटलमा गत शुक्रवार नेपाली कथानक चलचित्र मातृभूमिको प्रिमियर सो भएकोछ। युएइका अरबी गायक रसिद महम्मद कर्किनद्धारा उद्घाटित चलचित्र मातृभूमि यूएइमा नै छायाङ्गन सुरु गरी पहिलो पटक यूएइबाट नै रिलिज गरिएको हो।

कथानक चलचित्र मातृभूमिको प्रिमीयर सो को संचालन प्रकाश भट्टराइले गर्नु भएको थियो भने चलचित्र निर्देशक नारायण पुरीले चलचित्र मातृभूमिको छायाङकन बारेमा जानकारी गराउनु भएको थियो। अरबी गायक रसिद महम्मद कर्किनले फिल्म सुटिङको अवसरमा आफू अरबी गीतको भिडीयो सुटिङको लागि नेपाल गएको जानकारी दिनु भएको थियो। रसिदले नेपाल युएइ भन्दा धेरै धनी छ भन्दै युएइले हरियाली र कृतिम झर्ना बनाउन ठूलो धनराशी खर्चिनु परेको यथार्थ औल्याउँनु भएको थियो । आगामी दिनमा आफूहरु अरबी चलचित्रहरुको छायाङ्कन गर्न नेपाल जाने जानकारी कार्यक्रममा दिनु भयो।

चलचित्र मातृभूमिमा सामान्तीहरुले गरीब जनतालाई दिएको दुख कष्ट र बिदेशिनुको कारण स्पष्ट पारिएकोछ। विदेशिएका युवाहरुको मातृभूमिप्रतिको माँया दर्शाइएको छ भने यसरी विदेश पलायनलाई निरन्तरता दिँदा मातृभूमीमा एक दिन बृद्ध, बालक र महिला मात्र बाँकी रहने र लाश उठाउन मलामीको खाँचो हुने प्रष्टाएकोछ। यसैगरी चलचित्रमा बिदेशमा रहँदा कसरी नेपालीले नेपालीलाई नै ठग्छन् यथार्थ चित्रण गरेकोछ भने नेपालमा रहेका यूवाहरुलाई बिदेश जानुभन्दा पहिला शीप लिन जरुरी रहेको सन्देश दिएकोछ।

प्रिमीयर सो को मध्यान्तरमा यूएइका लागि नेपाली राजदूत अर्जुनबहादुर थापाले आफ्नो मन्तब्यमा बैदेशिक रोजगारमा जाने नेपालीलाई केन्द्रबिन्दु राखेर चलचित्र निर्माण गर्नु भएकोमा प्रस्तुतकर्ता इन्द्र थापा तथा निर्देशक नारायण पुरीको प्रशंसा गर्नु भएको थियो । यस चलचित्रले नेपालको पर्यटन तथा प्रबर्धनलाई सहयोग पुर्याउने र नेपाल तथा यूएइको सन्चार माध्यामबीच आगामी दिनमा गहिरो सम्बन्ध स्थापनामा मद्धत पुर्याउने बिचार राख्नु भयो। नेपाली दूतावास अबुधाबीका उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले मातृभुमिको मध्यान्तरपछिको दोश्रो सिडी प्ले गरी दोश्रो चरणको कार्यक्रम सुरु भएको थियो।

त्यसैगरी कार्यक्रमको अन्त्यमा यूएइबाट सन्चालित नेपाल टेलीभिजनको हेलो नेपाल कार्यक्रम टिमले दर्शकहरुको प्रतिक्रिया समेत लिएको थियो। प्रतिक्रियाको क्रममा कतिपय दर्शकले फिल्म हेर्दा हेर्दै रोएँका थिए भने कतिपयको घर परिवारको यादले फोन समेत गरेको बताए।

चलचित्रमा कार्यकारी निर्माता इन्द्र काफ्ले, नृत्य राजु शाह, गोविन्द राई र अनिल कोइरालाको रहेका छन् भने द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ। सुशील क्षेत्री, सौजन्य सुब्बा, बसुन्धरा भुसाल, किरण केसी, शिवहरि पौडेल, जितु नेपाल अन्जु केसी, तुलसी खडका र सुनील थापाका साथमा उदयमान नव कलाकार सुशील खड्का प्रमुख भूमिकामा रहेका छन्। यूएइका स्थानीय कलाकारहरुमा खिमलाल पाण्डे, नारायण लम्साल, राजु भुर्तेल, रामबहादुर थापा, शेषराज अधिकारी, गोपी भुषाल, धनपति न्यौपाने अतिथि कलाकारको रुपमा देखिएका छन्।

हलिउड र बलिउड चलचित्रको छायाँकन केन्द्र बनेको यूएइका गगनचुम्बी भवन, तातो बालुवा तथा समुन्द्री तटदेखि हिमालयको सिखरसम्मका अति मनोरम (पोखरा, मुक्तिनाथ, जोमसोम जस्ता अन्य) स्थानहरुमा चलचित्र मातृभूमि छायाँकन गरिएको छ।

चलचित्रका प्रस्तुतकर्ता इन्द्र थापाले दिएको जानकारी अनुसार अब छिट्टै दुवईको प्लाजा सिनेमा हल तथा आबुधावी, अल ऐन, फुजेरा लगायत कतारमा पनि छिट्टै प्रदर्शन गरिने छ।

Popularity: 10%

Add comment August 19th, 2008

तमू समाज बेल्जियमको नयां कार्यसमिति गठन

एस, बेल्जियम / एचकेनेपाल डट कम -
आन्ट्रोपेन शहरमा तमू समाज बेल्जियमको पाचौं साधारण सभा आइतबार सम्पन्न भएको छ।

साधारण सभाद्वारा सर्वसम्मतिले अध्यक्षमा बालेन्द्र तमू, उपाध्यक्षमा दुर्गा तमूस्यो तथा दिपक तमू, महासचिवमा होम तमू , सचिवमा राम घले, कोषाध्यक्षमा चित्रजङ तमू का साथै सदस्यहरुमा क्रमशः बिपन तमू, भीम तमू, जीवन तमू, बिकास तमू, यामकुमारी तमूस्यो, गंगा तमू, बुद्धिमान तमूलाई चयन गरिएको छ।

साधारण सभामा निवर्तमान अध्यक्ष कुमार तमूद्वारा सँस्थाका वर्तमान अध्यक्ष बालेन्द्र तमूलाई सँस्थाको हर हिसाव, नगद जीन्सी बझ बुझारत गरियो भने नयां समितिले पुरानो समितिलाई धन्यवाद र पुरानो समितिबाट नयां समितिलाई शुभकामना मनत्वय दिइएको थियो। त्यसै गरी टंक तमूको सयोजकत्वमा गठित विधान मस्यौदा संशोधन समितिका तर्फबाट गमबहादुर तमू तथा नारायणप्रसाद तमूले पेश गर्नुभएको तमू समाज बेल्जियमको विधान २००१ लाई छलफल गरी संशोधन गरिएको छ।

साधरण सभालाई सफल बनाउनु हुने यूवा वर्ग निवर्तमान समिति, समाजका अग्रज, वुद्धिजीवी वर्ग महिला तथा सम्पूर्ण तमुहरुमा तमू समाज बेल्जियमले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

Popularity: 10%

Add comment August 19th, 2008

बेल्जियममा तीज कार्यक्रमको तयारी

रामचन्द्र सुवेदी, बेल्जियम / एचकेनेपाल डट कम -
“हामी नेपाली, हाम्रो परम्परा, कला र संस्कृति हाम्रो विशेषता” भन्ने भावनाका साथ आगामी सेप्टेम्वर १ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को उपलक्ष्यमा नेपाल बेल्जियम सांस्कृतिक समाजले तीज कार्यक्रम आयोजना गरिने भएको छ।

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाली परम्परा अनुसार तीज कार्यक्रमका साथ रमाइलो खेलहरुको पनि आयोजना गरिने भएको छ।

कार्यक्रम सफल पार्न संस्थाका संस्थापक मेघरास गुरुङको संयोजनमा चन्द्रप्रसाद ढकाल, राजु शर्मा, विनोद सुवेदी, दुर्गा गुरुङसहितको कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। नेपाल बेल्जियम सांस्कृतिक समाज बेल्जियबासी नेपालीहरुको साझा संस्था हो। सबै जाति, धर्म तथा विभिन्न राजनैतिक विचार धारालाई यसले सम्मान गर्दछ। त्यसैले आफ्नो जात, धर्म, विचार जहां जेसुकै भए पनि बेल्जियमस्थित सम्पूर्ण नेपाली समुदायको साझा परिचयको रुपमा स्थापित गर्नुपर्छ भन्ने मान्यता राखेर गत वर्षहरुदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको कुरा सर्वविदितै छ।

सबै नेपालीहरुको साझा चौतारीको रुपमा स्थापित यस संस्थाले विगतका कार्यक्रमहरुमा नेपालीहरुको व्यापक सहभागीता तथा सहयोग भए जस्तै यस पाली पनि सम्पूर्ण बेल्जियमबासी नेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई निम्न मिति, स्थान र समयमा सहभागीका लागि हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम सम्बन्धी थप जानकारीः
मितिः १ सेप्टेम्वर सोमवार
स्थानः ZAAL RUBENS, statiestraat-175, Berchem,
Antwerpen

समयः दिउंसो १ बजे
प्रवेश शुल्कः ५ यूरो मात्र (खानाको समेत राम्रो ब्यवस्था गरिएको छ)
टिकटको अर्धकट्टीबाट चिठ्ठा खोलिने छ र साथमा विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
महिला दिदीबहिनीहरुको लागि निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ।

Popularity: 10%

Add comment August 19th, 2008

रास्लाफानमा तमू कलाकारको सांगीतिक प्रस्तुती

बिलबहादुर तमू, दोहा, कतार / एचकेनेपाल डट कम -
कतारमा विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरु समय समयमा सम्पन्न भैरहेका छन्। विशेषतः अधिकांश विदेशी कामदारहरु रहेको कतारमा विदेशी सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरु नै आयोजना गरिएका हुन्छन्। हालसालको स्थितिलाई मुल्यङ्कन गर्ने हो भने यी कार्यक्रमहरुमा अधिकतम मात्रामा स्थानीय स्तरमा उपलब्ध विदेशी कलाकारहरुलाई प्राथमिकता दिन थालिएको आभास हुन थालेको छ। चाहे त्यो नेपाली कार्यक्रम होस् या अरु कुनै अर्को देशका कार्यक्रमहरु नै किन नहोस्। केही अपवादलाई छोडेर हेर्ने हो भने स्थानीय स्तरमा उपलब्ध कलाकारहरुको संलग्नतामा विभिन्न ठूला-ठूला सांस्कृतिक कार्यक्रमहरु हालसालै कतारमा सफलता पूर्वक सम्पन्न भएका छन्।

गत विहीवार पुनः अर्को पटक तमू सांस्कृतिक परिवारका कलाकारले रास्लाफानको औधोगिक क्षेत्रभित्र आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न देशका व्यक्तिहरुलाई मन्त्र मुग्ध पार्ने गरि नेपाली कलाकारीता प्रस्तुत गरे। परिवारका उदयीमान गायक द्रोणजङ्ग तमूले आफ्नो गलाको जादु देखाई छाडे। समय समयमा भारतीय र फिलिपिनीलगायत अन्य देशका कलाकारहरुको सांगीतिक प्रस्तुती हुदै आएको रास्लाफानमा विगत केही महिनादेखि तमू कलाकार द्रोणजङ्गको माग बढ्न थालेको छ। त्यसैको फलस्वरुप पुन दोहोर्‍याएर उनै गायक द्रोणजङ्ग तमूलाई आफ्नो कलाकारीता प्रस्तुत गर्न अर्को निम्तो आएको जानकारी तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष बिमल तमूले हामीलाई जानकारी दिनु भएको छ। विशेषतः नेपालीहरु र तेश्रो मुलुकका नागरिकहरुले अति रुचाईएको द्रोणजङ्गको प्रस्तुतीलाई दोहोर्‍याउन आयोजक र गायक स्वयंलाई पटक पटक अनुरोध आएको कुरा तमू बौद्ध सेवा समितिका महासचिव कृष्ण तमूले हामीलाई बताउनु भयो। महासचिव स्वयं उक्त कार्यक्रमको प्रत्यक्षदर्शी हुनुहुन्छ।

यस पटकको प्रस्तुती औधि मन पराइएको अनुभूति आफूलाई भएको कुरा गायक द्रोणजङ्ग तमूले हामीलाई बताए। नेपाली र तेश्रो मुलुकमा नगरिकहरुको पहिलो रोजाई नेपाली लोक गीत हुने गरेको खुलासा गरे गायक तमूले। हाम्रो जिज्ञासामा गायक द्रोणजङ्ग तमूले भने - कलाकारलाई दर्शकको ताली र वान्स मोरको चिच्याहटले साचिकै हौसला प्रदान गर्दो रहेछ। साथै आफ्ना मान्यजनहरुको स्यावासीले पनि ठूलो सहयोग गर्ने रहेछ। दुई हप्ता अगाडि भारतीय, बङ्गाली, पाकिस्तानी र इरानी कलाकारहरुको संयुक्त प्रस्तुती रहेको एउटा सांगितिक कार्यक्रममा भारतीय राजदूतले मेरो गायन कलाको तारिफ गर्दै पिठ्यूँमा धाप मारेको क्षण सायदै म भुल्न सक्छु गायक तमूको अनुभूति थियो। भारतीय महान गायक मोहम्मद रफीको जन्मजयन्तीको अवसरमा “रफीकी यादें” नामक उक्त सांगीतिक कार्यक्रममा गायक तमूले रफीले गाएका हिन्दी गीत गाएका थिए। गायक तमूको उक्त प्रस्तुती उपस्थित सबै दर्शकहरुले अत्यन्तै मन पराएका थिए। गायकले भने - भारतीय राजदूतले मलाई बधाई तथा प्रगतिको शुभकामना दिए। हामी पनि द्रोणजङ्ग तमूको गायन कलामा अरु निखार आवोस भन्ने कामना गर्दै उत्तरोत्तर प्रगतिका हार्दिक शुभकामना दिन चाहन्छौं।
कतारबाटः बिलबहादुर तमू / एचकेनेपाल डट कम।

Popularity: 10%

1 comment August 19th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....