Archive for August 20th, 2008

होस्टेलभित्र गोली हानी शिक्षिकाको हत्या

एस, काठमाडौं / एचकेनेपाल डट कम -
दाङको तुलसीपुरस्थित एक बोर्डिङ स्कूलको होस्टेलमा गए राति अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउंदा एक शिक्षिकाको मृत्यु भएको छ।

समाचार स्रोतका अनुसार जीवन प्रेम बोर्डिङ स्कूलको होस्टेलमा नकावधारी अज्ञात समूहले गोली चलांउदा गम्भीर घाइते भएकी सोही बिद्यालयकी शिक्षिका कमला थापाको मृत्यु भएको हो। घटनामा ५ वर्षीय छात्र सुगम बुढामगर र घरधनी शेरबहादुर खडका घाइते भएका छन्। उनीहरुलाई गोलीको छर्रा लागेको बताइन्छ। घाइतेहरुको दाङको राप्ती केयर अस्पतालमा उपचार भैरहेको छ।

अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउंदा शिक्षिका थापाको तिघ्रा र पेटमा गोली लागेको थियो। थापालाई उपचारको लागि अस्पताल लैजांदै गर्दा बाटोमा मृत्यु भएको बताइन्छ।

प्रहरीले घटनासम्बन्धी आवश्यक छानविन र अनुसन्धान सुरु गरेको जनाएको छ।

Popularity: 9%

Add comment August 20th, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....