Archive for August 21st, 2008

एमालेको भागमा ६ मन्त्रालयको टुंगो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
नेकपा एमालेले गठबन्धन सरकारमा गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, बन मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय गरी ६ वटा मन्त्रालय पाउने टुंगो लागेको छ।

एमाले महासचिव झलनाथ खनालले ६ वटा मन्त्रालय एमालेको भागमा परेको बताउंदै आजै सहमतिमा हस्ताक्षर भैसकेको बताएका छन्।

त्यसै गरी, फोरमको भागमा परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालय पर्ने निश्चित भैसकेको बताएपनि सहमतिमा हस्ताक्षर भैसकेको छैन। यसको लागि केही बेरमा तीन दलबीच बैठक बस्ने भएको छ।

Popularity: 9%

Add comment August 21st, 2008

विद्यार्थीहरुद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

एस, काठमाडौं / एचकेनेपाल डट कम -
आठ विद्यार्थी संगठनका नेताहरुले आज शितल निवासमा राष्ट्रपति डा. रामवरण यादवलाई भेटी कोशी बाँध फुटेर बाढीले हजारौं नेपाली विस्थापित भएकोप्रति ध्यान आकर्षण गराएका छन्।

विद्यार्थी नेताहरुले भारतसंगको असमान सन्धी खारेज गरी नयाँ सन्धी गर्नु पर्ने सुझाव राष्ट्रपति यादवलाई दिएका छन्। उनीहरुले भारतले समयमै बाँध निर्माण नगर्दा यस्तो भयावह स्थिति पैदा भएको बताउंदै तत्काल भारत सरकारसंग त्यसबारे छलफल चलाउन सरकारलाई दबाव दिनु पर्ने सुझाव दिएका छन्।

राष्ट्रपति यादवले बाँध फुटेर आई परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै सो क्षेत्रमा बाढीबाट पीडित परिवारलाई उद्धार र राहत उपलव्ध गराउने काम राज्यबाट सुरु भैसकेको बिद्यार्थीहरुलाई बताएका छन्। राष्ट्रपति यादवले भारतसंग भएको पुरानो असमान सन्धी खारेज गरेर नयाँ बनाउन आवश्यक रहेको बताउंदै राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।

Popularity: 9%

Add comment August 21st, 2008

राजावादी पार्टी राप्रपा नेपाल फुट्यो

एस, काठमाडौं / एचकेनेपाल डट कम -
राजतन्त्र नामेट भैसकेको अवस्थामा जसोतसो चलिरहेको एक मात्र राजावादी पार्टीमा फुटको श्रृंखला आरम्भ भएको छ।

देशमा गणतन्त्र स्थापना भैसक्दा पनि पार्टीले सही र नयाँ दिशा लिन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गर्दैछन्।

असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टीलाई अध्यक्ष कमल थापाले एकलौटी पेवा बनाएको र पार्टी पुरानै शैलीबाट चलेको आरोप लगाएका छन्। पार्टीका संस्थापक नेताहरु रबीन्द्रनाथ शर्मा र राजेश्वर देवकोटाले सो पार्टीलाई राप्रपामा विलय गराउनेसमेत बताउंदै आएका छन्।

शाही शासन कालमा राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेर राप्रपा नेपाल गठन भएको थियो। अहिले राप्रपा नेपालका असन्तुष्ट नेता तथा कार्यकर्ताहरु पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपामा प्रवेश गर्ने तयारी गर्दै छन्। उनीहरुले केही बेरपछि एक पत्रकार सम्मेलन गरी औपचारिक रुपमा पार्टी परित्यागको घोषणा गर्ने भएका छन्। सोही सम्मेलनमा राप्रपा नेपालका ४१ वटा जिल्ला समितिहरु आजै खारेज हुने घोषणासमेत गरिने राप्रपा नेपालका केन्द्रीय सदस्य रोशन कार्कीले बताएका छन्।

न्युज अपडेटः
राप्रपा नेपालका संस्थापक अध्यक्ष रबीन्द्रनाथ शर्मासहित २३ जना नेता तथा कार्यकर्ताहरु सामूहिक रुपमा राप्रपामा प्रवेश गरेका छन्। उनीहरुले आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत राप्रपा नेपालबाट राप्रपामा प्रवेश गरेको घोषणा गरेका हुन्। संस्थापक अध्यक्ष शर्माले आफूहरु राप्रपामा प्रवेश गरेको नभै पार्टी एकीकरण भएको दाबीसमेत गरेका छन्।

Popularity: 9%

1 comment August 21st, 2008

माओवादी नेता गौरव र रायमाझी कोरिया आउने

सुविन मगर, द. कोरिया / एचकेनेपाल डट कम -
माओवादी पोलिट व्युरो सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख सभासद सीपी गजुरेल गौरव र पोलिट व्युरो सदस्य तथा सभासद टोपबहादुर रायमाझी द. कोरया आउने भएका छन्।

दुवैजना नेताहरु आगामी अक्टुवर ५ तारिखका दिन नेपाली जनअधिकार मंच गणतन्त्र कोरियाको प्रथम अधिवेशनमा सहभागीका लागि आउने मंचका कार्यवाहक अध्यक्ष डिल्लीराज भण्डारीले जनाएका छन्।

नेपाली जनअधिकार मंच गणतन्त्र कोरियाको हालै सम्पन्न भेलाले मंचको प्रथम अधिवेशनमा नेताद्वय गजुरेल र रायमाझीलाई निमान्त्रण गर्ने निर्णय गरेको हो।

Popularity: 9%

1 comment August 21st, 2008

पूर्वराजा ज्ञानेन्द्र आमाको जन्मोत्सवमा सरीक

एस, काठमाडौं / एचकेनेपाल डट कम -
पूर्व राजा ज्ञानेन्द्र शाह निर्मल निवासमा बुधवार साँझ आयोजित आफ्नी आमा रत्न शाहको जन्मोत्सवमा सरीक भए। देशमा राजतन्त्रको विधिवत अन्त्यपछि नागार्जुन सारिएका ज्ञानेन्द्र शाह आफ्नी आमाको जन्मोत्सवका लागि गत मंगलवारदेखि निर्मल निवासमा बस्दै आएका थिए।

लामो समय गुपचुप रहेका शाहले राजीतिक परामर्श सुरु गर्न थालेको बुझिएको छ। पूर्व राजा ज्ञानेन्द्रले आफ्ना सहयोगी तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र तत्कालीन शाही मन्त्रीहरुसंग भेटी देशको अवस्था र भविष्यबारे राजनैतिक परामर्श लिने काम गरेका थिए। भोजमा व्यापारी, अवकाश प्राप्त सुरक्षा सैनिक अधिकारीहरुलगायत ३ सयभन्दा बढी उपस्थित रहेको बताइन्छ।

रत्नको जन्मोत्सवको अवसरमा आयोजित भोजमा शाही परिवारलाई छुट्टै र अन्य व्यक्तिहरुलाई छुट्टै बस्ने व्यवस्था मिलाएको थियो भने सो कामको व्यवस्थापनको जिम्मेवारी धिरेन्द्रका ज्वाईं राजीव शाहीले लिएका थिए।

Popularity: 9%

Add comment August 21st, 2008


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2008
M T W T F S S
« Jul   Sep »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....